२३ कार्तिक, झापा ।
झापाको विर्तामोडबाट प्रहरीले जुखा खेलिरहेको अवस्थामा सात जना जुवाडेलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले गयराति जुखा खेलिरहेको अवस्थामा नगद ६१ हजार ९ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका कसैको पनि नाम सार्वजानीक गरेको छैन ।

गोप्य सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको र आज जुवा ऐन अन्र्तगत उनीहरुलाई मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशव थेवेले बताउनुभयो ।

25.12¡ÆC