भारु पाँच सय र हजारको नोटमा प्रतिबन्ध

एजेन्सी ।
भारतले आफ्ना पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै मध्यरात १२ बजे आजैबाट पाँच सय र १ हजार रुपैयाँका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् ।

जाली नोट कारोबारीलाई निरत्साहित गर्न भन्दै भारतले आफ्नै मुलुकभित्र त्यस्ता नोट प्रयोगमा प्रतिबन्ध लगाउनुपरेको जनाएको छ ।

यसअघि भारतको अनुरोधमा नेपाल सरकारले बर्षौंदेखि नेपालभित्र पाँच सय र १ हजार भारतीय रुपैयाँको नोट प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

टेलिभिजन सम्बोधनमा मोदीले त्यस्ता नोट साथमा भएका प्रयोगकर्ताहरुले डिसेम्बर ३० तारिखभित्र बैंकमा जम्मा गर्न अनुरोध समेत गरेका छन् ।

सरकारले पुराना नोटको सट्टा नयाँ पाँच सय र २ हजार दरका नोट प्रयोगमा ल्याउने बताएको छ ।

पुराना नोटको सट्टा नयाँ नोट प्रयोगमा ल्याउन बुधबार भारतका अधिकांश बैंकहरु बन्द रहनेछन भने एटीएमले पनि काम नगर्ने भएको छ ।

सर्वसाधारण सुविधालाई ध्यान दिँदै दुई दिनसम्म अस्पतालहरुले भने पुरानै पाँच सय र एक हजारका नोट लिनेछन् ।

विश्व पर्वतारोहि पण्डित काठमाडौं देखि दोलालघाट उल्टो दौडंदै

काठमाडौं ।
धावक एवं विश्व पर्वतारोहि संजय पण्डितले काठमाडौँ देखि दोलालघाट सम्म उल्टो दौडने भएका छन् ।

काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा धावक पण्डितले यस प्रकारको दौडलाई निरन्तरता दिँदै नेपालमा अन्तराष्ट्रिय उल्टो दौडको आयोजना गर्ने लक्ष्य रहेको  बताउनुभयो ।

पर्वतारोहि पण्डितले सन् २०१४ मा अष्ट्रेलियाको सर्वोच्च शिखर र सन् २०१५ मा अफ्रिकाको सर्वोच्च शिखर उल्टो हिँडेर आरोहण गरिसकेका छन् ।

उनले सगरमाथा, जापानको माउण्ट फुजीआमा, तान्जेनियाको मेरु, युरोपको शर्वोच्च शिखर एल्बुस तथा अमेरिकाको एकोनकागुवा सफतापूर्वक आरोहण गरिसकेका छन् ।

यो वर्षको अन्तयमा आरोहि पण्डितले एनटारटीक महादेशको शर्वच्च शिखर आरोहण गर्ने लक्ष्य लिएका छन् ।

राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता हुने

२३ कार्तिक, काठमाडौं ।
राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता मङसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाआँैं, स्वस्थ्य रहाँैं’ अभियानकासाथ महोत्सवको आयोजना हुन लागेको सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

महोत्सवमा माछासँग सम्बन्धित औजार उपकरण तथा दाना, औषधि कम्पनी, सरकारी तथा गैर सरकारी संस्था एवम् अन्य कृषि उपजका गरी ६० वटा कक्ष रहनेछन् ।

लोकमानलाई लिखित जवाफ लेखेर आउन सर्वोच्चको आदेश

२३ कार्तिक, काठमाडौं ।
सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित चारजनालाई एकहप्ताभित्र लिखित जवाफसहित आफँै उपस्थित हुन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज एकहप्ताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।

आदेशमा सजाय गर्नु नपर्ने कुनै आधार र कारण भए सातदिनभित्र स्वयम् उपस्थित भई लिखित जवाफ पेस गर्नू भनिएको छ ।

म्याद तामेलीमा अवरोध गरेको भन्दै कार्कीसहित उहाँका ज्वाइँ प्रवल थापा, पूर्व सचिव प्रमोद कार्की र असई नकुल गौतमलाई एकहप्ताभित्र लिखित जवाफ दिन आदेश दिइएको छ ।

आयोगका निलम्बित प्रमुख आयुक्त कार्कीले अदालतको म्याद तामेलीमा अवरोध पु¥याएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दिनुभएको थियो ।

पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्रिले भने-‘नेपाल एक चीन नितिप्रति प्रतिबद्ध छ’

२३ कार्तिक, काठमाडौं ।
नेपाल एक चीन निति प्रति प्रतिबद्ध भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्रि डा. प्रकाश शरण महतले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरि दुई देशबीचको सम्बन्धका बारेमा केहि छापा माध्यममा प्रकाशित समाचार भ्रामक र गलत भएको बताउंदै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

दुई देश बीचको सम्बन्ध सम्बेदनशिल बिषय भएकाले यस्ता बिषयमा सत्य तथ्यको आधारमा मात्र समाचार सम्प्रेषण गर्न समेत परराष्ट्रमन्त्रि डा. महतले संचारमाध्यमलाई आग्रह गरे ।

एक प्रश्नको जवाफमा परराष्ट्रमन्त्री डा महतले पूर्ब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा भारतमा इण्डिया फाउण्डेशनको कार्यक्रममा सहभागी हुन त्यहां प्रस्थान गरेकोले त्यस क्रममा नयां दिल्लीमा त्यहांका नेता तथा उच्च अधिकारहिरुलाई भेटेको प्रस्टिकरण दिए ।

अति आवश्यक देशमा राजदुताबास गर्नुपर्ने देशमा भने राजदुताबास बन्द गर्ने तैयारीमा मन्त्रालय लागेको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्री भन्छन्-‘सबै वर्ग र क्षेत्रको भावना समेटेर संविधान संशोधन हुँदैछ’

२३ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सबै वर्ग र क्षेत्रका जनताको भावनालाई समेटेर संविधान संशोधनको अन्तिम तयारी भैरहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले संखुवासभाको खाँदवारीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै सरकारले मुलुकको विकास र संविधानको कार्यान्वयनलाई पहिलो प्रथमिकतामा राखेको बताए ।

राष्ट्रिय गौरवका आयोजनाहरुको निरीक्षणको क्रममा माथिल्लो तामाकोशी, विराटनगर किमाथांका सडक तथा खोटाडं र संखुवासभा जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गको स्थलगत निरीक्षण पछि खादवारीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले अरुण क्षेत्र र विराटनगर किमाथांका सडक नेपालको विकासको लागि महत्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्री दाहालले नेपालले प्रकृतिक सम्पदाहरुको प्रभावकारी उपयोगका लागि क्षिमेकी देशहरुसंगको त्रिदेशिय सम्बन्धलाई अघि बढाउन आवश्यक भएको बताए ।

यस अघि मध्यपहाडी लोकमार्गको निरीक्षणको क्रममा खोटाडंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले  आप्नो नेतृत्वको सरकार राष्ट्रिय सहमति निर्माण गर्ने, राष्ट्रिय एकता सिर्जना गर्ने, संविधान संशोधन गरेर त्यसलाई फराकिलो बनाउने, पुनःनिर्माणलाई गति दिने तथा छिमेकीसँगको सम्बन्धलाई सुधार गर्नु केन्द्रित रहेको बताए ।

प्रधानमन्त्री दाहालले निर्माणाधीन सबै विकासे योजना तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरोकारवालाहरुलाई निर्देशन दिए ।

बिकास आयोजनाको अनुगमनमा प्रधानमन्त्री दाहालसंगै निमित्त मुख्य सचिव टङ्कमणि शर्मा, भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव लगायतको सहभागिता थियोे ।

आजै प्रधानमन्त्री दाहालले दोलखास्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई आगामी ६ महिनाभित्र सम्पन्न गरे सरकारले कर्मचारीलाई पुरस्कृत गर्ने बताए ।

आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण पछि प्रधानमन्त्री  दाहालले आयोजनालाई सरकारले छिटो सम्पन्न गर्न जस्तोसुकै सहयोग गर्ने बताए ।

कार्यक्रममा माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले राष्ट्रिय गौरवको र स्वदेशी पुँजीमा निर्माणाधीन चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भएको बताए ।

विसं २०६८ बाट निर्माण सुरु भएको आयोजना २०७४ साल असारसम्म निर्माण सम्पन्न हुनुपर्नेमा २०७२ सालको भूकम्प, निरन्तरको पराकम्प र नाकाबन्दीले प्रतिकूल असर गरेकोले ८१.९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो ।

Award to employees if project completes within six months: PM Dahal

Prime Minister Pushpa Kamal Dahal has assured of rewards to the employees at Upper Tamakoshi Hydropower Project if the project was accomplished within the next six months.

During a meeting with the employees at the project site while conducting an onsite inspection and monitoring in Dolakha today, PM Dahal said the project is the model development endeavour of the country, so its timely completion would give a positive message in the development sector.

He said he is ready to provide any sort of assistance to accomplish the project on time.

The PM also directed the concerned authorities in the district to expedite the reconstruction and repair of roads damaged by the earthquake.

Nearly 82 percent of the construction activities under the Upper Tamakoshi Hydropower Project has been completed, said project spokesperson Dr Ganesh Neupane, adding the capacity of the project is 456MW.

Nepal firm on One-China Policy: Foreign Minister Mahat

Minister for Foreign Affairs Dr Prakash Sharan Mahat has made it clear that Nepal is committed to the One-China Policy.

Talking to media persons at the Foreign Ministry today, Minister Dr Mahat said, the news concerning our foreign affairs that came in a print media in the capital city today was baseless, rumoured and ill-intended.

He urged the media house and journalists not to report on a very sensitive issue like foreign affairs without in-depth study.

Moreover, he said the high level India visit of NC President and former Prime Minister Sher Bahadur Deuba was focused on the country's welfare.

NC against allowing naturalized citizens to become president

Nepali Congress General Secretary, Dr Shashank Koirala, has said his party does not support the policy of allowing naturalized citizens to take up the mantle of country's president.

At a press conference in Dhangadi today, Dr Koirala referred to the constitutional provisions barring naturalized citizens to become prime minister in India and president in the United States of America.

He said it will not be in the interest of the country to allow a naturalized citizen to take up the mantle of country's premier.

Responding to a journalist's query, the NC General Secretary argued that the constitution cannot be implemented without amending it and stressed on need for all the parties to unite for the same.

SC issues fresh summons to suspended CIAA chief Karki

The Supreme Court (SC) has directed the suspended chief of the Commission for the Investigation of Abuse of Authority (CIAA), Lokman Singh Karki, and three others to be present in person in the court with written response within a week.

The apex court issued the summons order to them in connection to the charge of obstructing court's earlier summons order.

The single bench of SC Justice Dr Ananda Mohan Bhattarai made this decision.

The SC has directed Prabal Thapa, Pramod Karki and Nakul Gautam along with suspended CIAA chief Karki to be present in the court in this connection.

Indian PM Modi, Deuba discuss Nepal’s latest political developments

Nepali Congress President Sher Bahadur Deuba who is presently on India visit  today called on Prime Minister of India, Narendra Modi.

On the occasion, the two discussed about the matters relating to Nepal's latest political developments, the NC central office said.

They exchanged views focusing on mutual interests and concern.

Likewise, Deuba held a meeting with Bharatiya Janata Party leader Bhagat Singh Koshyari on Monday

National consensus on statute amendment being forged: PM Dahal

Prime Minister Pushpa Kamal Dahal has said that the draft of the constitution amendment would be forwarded in the participation of secretaries at the concerned Ministries and the ruling parties' leaders.

PM Dahal, who reached Khotang in course of inspecting the Mid-Hills Highway, said that the government is working out to go for elections after amending the constitution.

He ruled out the reportedly released draft of constitution amendment and stated that the news in this connection was unauthentic. PM Dahal further said that the constitution amendment draft process has just begun since Monday evening.

PM Dahal shared the progress of the incumbent government claiming that the government was concentrating on forging national consensus, making the constitution acceptable to all after amending it, expediting the reconstruction projects and harmonizing bilateral ties with neighbouring country.

The PM took the opportunity to assure that he will do something meaningful for the people of Khotang during his tenure, directing the authorities concerned to complete the under-construction development projects on time.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web