भारु पाँच सय र हजारको नोटमा प्रतिबन्ध

कार्तिक २३, २०७३ मा प्रकाशित | 813 views

एजेन्सी ।
भारतले आफ्ना पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै मध्यरात १२ बजे आजैबाट पाँच सय र १ हजार रुपैयाँका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् ।

जाली नोट कारोबारीलाई निरत्साहित गर्न भन्दै भारतले आफ्नै मुलुकभित्र त्यस्ता नोट प्रयोगमा प्रतिबन्ध लगाउनुपरेको जनाएको छ ।

यसअघि भारतको अनुरोधमा नेपाल सरकारले बर्षौंदेखि नेपालभित्र पाँच सय र १ हजार भारतीय रुपैयाँको नोट प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

टेलिभिजन सम्बोधनमा मोदीले त्यस्ता नोट साथमा भएका प्रयोगकर्ताहरुले डिसेम्बर ३० तारिखभित्र बैंकमा जम्मा गर्न अनुरोध समेत गरेका छन् ।

सरकारले पुराना नोटको सट्टा नयाँ पाँच सय र २ हजार दरका नोट प्रयोगमा ल्याउने बताएको छ ।

पुराना नोटको सट्टा नयाँ नोट प्रयोगमा ल्याउन बुधबार भारतका अधिकांश बैंकहरु बन्द रहनेछन भने एटीएमले पनि काम नगर्ने भएको छ ।

सर्वसाधारण सुविधालाई ध्यान दिँदै दुई दिनसम्म अस्पतालहरुले भने पुरानै पाँच सय र एक हजारका नोट लिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web