US Ambassador to Nepal Alaina B Teplitz hosted a ceremony at her official residence today coinciding with the ongoing US presidential election in the United States of America.

On the occasion, she said election is the most beautiful aspect of democracy and the US has been witnessing the handover of state power through peaceful means for the last 200 years.

Speaker Onsari Gharti Magar, members of the Council of Ministers, lawmakers, various political leaders, chiefs and officials of diplomatic missions here, heads of the constitutional bodies, representatives of the UN bodies here, business community and senior journalists were invited to the ceremony.

Commander of democratic movement Singh remembered

People from various walks of life, and the leaders and supporters of the Nepali Congress (NC) remembered the late Ganesh Man Singh, NC leader and commander of the democratic movement of 1990, by organising a programme in the Capital to mark his 102nd birth anniversary.

Meanwhile speaking at the event organised by Ganesh Man Singh Memorial Foundation, NC leader and son of Singh, Prakash Man said sacrifice and principles of the late Singh helped to promulgate the constitution and all political parties should unite to implement it.

India scraps 500 and 1,000 rupee bank notes overnight

Indian Prime Minister Narendra Modi has announced that the 500) and 1,000 rupee banknotes will be withdrawn from the financial system overnight.

The surprise move, announced last evening, is part of a crackdown on corruption and illegal cash holdings.

Banks will be closed on Wednesday and ATM machines will not be working.

India is overwhelmingly a cash economy. New 500 and 2,000 rupee denomination notes will be issued to replace those removed from circulation.

Black money and corruption are the biggest obstacles in eradicating poverty, Mr Modi said.

People will be able to exchange their old notes for new ones at banks over the next 50 days but they will no longer be legal tender.

The announcement prompted people across the country to rush to ATMs that offer 100 rupee notes in an attempt not to be left without cash over the next few days.

Partly cloudy in the eastern region , mainly fair in the rest of the country. Light rain or thunder possible at one or two places of the eastern region towards evening.

US election 2016 result: Trump beats Clinton to take White House

Donald Trump will become the 45th US president after a stunning victory over Democrat Hillary Clinton.

Trump won with 289 electoral votes compared to 218 for Clinton.

Speaking to his supporters in New York after clinching victory, Trump said that Clinton had congratulated him on his win.

He said he received a call from Secretary Clinton congratulating him on his victory … and said he also congratulated her and her family on a very very hard-fought campaign.

The Republican nominee defied pre-election polling to claim swing states, winning the key battlegrounds of Florida, Ohio and Pennsylvania.

He told cheering supporters that Americans must now unite and "bind the wounds of division", after a gruelling, acrimonious campaign.

Global markets fell sharply at the news, but later recovered somewhat.

Outgoing President Barack Obama has congratulated Mr Trump and has invited him to a meeting at the White House on Thursday to discuss the transition.Around the world, leaders and the media have been reacting to America's election upset:

Germany's foreign minister said the outcome would make things "more difficult', with US foreign policy "less predictable"

Russian President Vladimir Putin – for whom Mr Trump has voiced support but who Democrats accused of election meddling – said he hoped ties could improve from their current "critical condition"

The European Union said close co-operation with the US was the only way to deal with "unprecedented challenges" around the world Mr Trump, 70, will take office in January with a Republican-dominated Congress, as Democrats were unable to wrest control of the Senate in the general election.

हिलारीलाई हराउँदै ट्रम्प बने अमेरिकाको राष्ट्रपति

२४ कार्तिक, एजेन्सी ।
ठूलो चर्चा र बाहिर हल्लाका बिच हिलारीको अग्रता र बिजयी प्रचारलाई गतल सावित गर्दै डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा बिजयी भएका छन् ।

बिजयी भएसँगै ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा बराक ओबामाको कुर्सी सम्हाल्ने भएका छन् ।

विश्वभरनै निकै महत्वका साथ हेरिएको अमेरिकी राष्ट्रपति चुनावको नतिजा अनुसार ट्रम्प बिजयी भएपनि आधिकारीक घोषणा भइसकेको छैन । केहीबेरमा नै यसको घोषणा हुँदैछ ।

विश्वकै शक्तिशालि देशको रुपमा हेरिएको अमेरिकी राष्ट्रपती निर्वाचनमा अमेरिकाले पहिलो पटक महिला राष्ट्रपति पाउने कतिपयको आँकलनलाई स्वयं अमेरिकी जनताले अस्विकार गरिदिएका छन् ।

रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार बनेका ट्रम्पको बिजयीसँगै उनको पार्टीले महत्वपूर्ण राज्य र हाउस अफ रेप्रीजेन्टेटिभमा समेत बहुमत बनाएको छ ।

यस आधारमा ट्रम्पले सहज रुपमा अमेरिकी राष्ट्रपतिको कार्यकाल चलाउने देखिएको छ ।

यद्यपी राष्ट्रपतिको रुपमा ट्रम्पले अंगाल्ने विदेश नीति तथा उनको नेतृत्वका बारेमा भने अनेक प्रश्न उब्जाइदै आएको छ ।

हत्या गर्नेनै प्रहरीमा उजुरी गर्न पुगेपछि

काठमाडौं ।
डेराबाट निस्किएकी २३ वर्षीया छोरी एलिसा नेपाली नफर्किएपछि उनको परिवार छोरी हराएको निवेदन लिएर कात्तिक १३ मा महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय टेकु पुग्यो । अघिल्लो दिन बिहान डेराबाट निस्किएकी छोरी ‘खोजी गरिपाउँ’ भन्ने निवेदन दिन प्रहरी कार्यालय पुगेका एलिसाको परिवारसँगै थिए १९ वर्षीय मुक्तिनाथ लामिछाने ।

एलिसाको परिवार आत्तिएको थियो, लामिछाने दुस्खी थिए । युवती हराएको निवेदन आइरहने भएकाले प्रहरीले यो केसलाई पनि खास ठानेन । र, फोटो लिएर खोजीका लागि सर्कुलर गर्छौं भन्दै उनीहरूलाई फिर्ता पठायो ।

निवेदन दिएकै दिन एलिसाको मोबाइलबाट उनका बुबालाई फोन आयो । छोरी फेला परिन् भनेर दंग परेर मोबाइल उठाएका उनी झसंग भए । छोरीको फोनबाट एक युवक बोलिरहेको थियो, त्यो पनि हिन्दीमा । उसले छोरी चाहिने भए १ करोड ५० लाख रुपैयाँ फिरौती माग्यो । उनले तत्काल प्रहरी महाशाखामा फोन गरेर यसबारे जानकारी दिए । यसपछि पनि परिवार प्रहरी कार्यालय पुग्यो । यसरी जाँदा हरेक पटक परिवारसँग लामिछानेसँगै हुन्थे । कान्तिपुरमा खवर छ ।

बोरामा फेला परिन् एलिसा
कात्तिक २० मा भक्तपुर बोडेको सडक किनारामा बोराभित्र युवतीको शव फेला परेको सूचना आएलगत्तै महाशाखाको टोली घटनास्थल पुग्यो । टाउकोका गम्भीर चोट लागेको अवस्थामा फेला परेको शवको अनुमानित उमेर र हुलिया हराएकी भनिएकी एलिसासँग मिलेपछि महाशाखाले उनको परिवारलाई खबर गर्यो ।

खबर आएको तेस्रो दिन अस्पतालमा रहेको शव हेर्न पुगेका एलिसाको परिवारले शवको पहिचान गरे । त्यसको दोस्रो दिन एलिसाको हत्यामा संलग्न रहेको आरोपमा तिनै लामिछाने पक्राउ परे । हत्याको कारण देखियो सम्बन्धमा उब्जिएको शंका ।

अुनसन्धानमा संलग्न महाशाखाका प्रहरी अधिकारीका अनुसार ठिमी बस्ने लामिछाने र एलिसा बूढानीलकण्ठमा रहेको रिफ वाटर प्रोसेस नामको पानी फ्याक्ट्रीमा काम गर्थे । सँगै काम गर्ने क्रममा यी दुवैबीच प्रेम सम्बन्ध बन्यो । यो कुरा थाहा भए पनि उनी हराएदेखि नै खोजीमा युवतीको परिवारसँगै रहेकाले प्रहरीले तत्काल उनलाई अनुसन्धानको दायरामा नल्याई शंकाको घेरामा मात्रै राखेको थियो ।

‘युवती हराएको दिनदेखि नै उनको खोजीमा खटिएर लामिछानेले प्रहरीलाई छक्याइरहेका थिए,’ महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले भने, ‘उनले जति चलाखी गरे पनि जोगिन भने सकेनन् ।’

शंकाले लियो ज्यान

आचरण ठीक नभएको भन्दै लामिछानेलाई कम्पनीले कामबाट निकालेपछि उनको एलिसासँग खटपट सुरु भएको थियो । यसबीचमा एलिसा अर्का युवकसँग निकट भइन् । आफू बेरोजगार भएपछि एलिसाले अर्कै युवकसँग सम्बन्ध गाँसेको भन्दै उनी मुर्मुरिएका थिए । तर, यसबारे एलिसालाई सोधेका थिएनन् ।

चिन बिरुद्ध भारतले पालेको साङेलाई भेटेर देउवाले गल्ती गरे

२४ कार्तिक, काठमाडौं ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भारतमा तिब्बतका स्वतन्त्र तिब्बत आन्दोलन चर्काएपछि लखेटिएका उपस्थित कार्यक्रममा सहभागी भएको विषयमा कांग्रेसकै वरिष्ठ नेताले आपत्ति जनाएका छन् ।

उनीहरुले पार्टी बिपी कोइरालाकै पालादेखि ‘एक चीन नीति’ मा दृढ रहेको दोहो¥याउँदै विवादास्पद कामबाट बच्न नेतृत्वलाई सुझावसमेत दिए ।

महामन्त्री शशांक कोइरालाले सभापति देउवा तिब्बती निर्वासित सरकारप्रमुखसँगै वक्ता रहेर कार्यक्रममा सहभागी हुनु गलत भएको बताए । उनले सभापति देउवाको उक्त भेट पार्टीगत नभई व्यक्तिगत रहेको स्पष्टसमेत पारे । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

‘नेपाली कांग्रेस एक चीन नीतिमा अडिग छ,’ उनले भने, ‘पार्टीको केन्द्रीय समितिलाई यस विषयमा कुनै जानकारी नभएका कारण उक्त कार्यक्रममा भएको उहाँको सहभागिता व्यक्तिगत हो ।’ उनले एक चीन नीतिविपरीत कांग्रेसले कुनै पनि गतिविधि नगर्ने पनि बताए ।

सभापति देउवा इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडियाज कनक्लेभ–२०१६’ मा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्न गोवा पुगेका थिए। उक्त कार्यक्रममा तिब्बतको निर्वासित सरकारका प्रधानमन्त्री लोब्साङ साङेसँग अनौपचारिक कुराकानीसमेत गरेको समाचार आएको थियो । उक्त कार्यक्रममा दलाई लामाले भिडियो सम्बोधनसमेत गरेका थिए ।

कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले चीनलाई शंका हुने काम कहिल्यै नगर्ने बताए । ‘बिपीको पालादेखि नै हामी एक चीन नीतिमा अडिग छौं । त्यसकारण असल छिमेकी राष्ट्र चीनलाई शंका हुने काममा कहिल्यै सहभागी हुँदैनौं,’ उनले भने, ‘कांग्रेसको यो नीतिविपरीत कोही पनि जाँदैन ।’ चीनलाई कांग्रेसले सधैं भरपर्दो र विश्वासिलो मित्रका रुपमा हेर्न चाहेको उनले दोहोर्याए ।

कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइरालाले पनि चीनको चासोप्रति कांग्रेसका शीर्ष नेताले अत्यन्तै संवेदनशीलता देखाउनुपर्ने बताए । ‘दलाई लामाको विषयमा चीन सानोभन्दा सानो विषयमा संवेदनशील छ,’ उनले भने, ‘त्यसैले कांग्रेसका शीर्ष नेताले चीनको चासोप्रति अत्यन्तै संवेदनशीलता देखाउनुपर्छ ।’ उनले तिब्बत चीनको एक स्वशासित क्षेत्र हो भन्नेमा नेपाल स्पष्ट रहेको पनि बताए ।

कांग्रेसकै केही नेताले भारतको गोवामा देउवाको भेट तिब्बती निर्वासित नेतासँग हुनु संयोग मात्र भएको बताउँदै आएका छन् । भारतका केही नेताले नियोजित रुपमा नै चीन र नेपालको सम्बन्ध बिगार्न देउवालाई निर्वासित नेतासँग भेट गराएको हुनसक्ने ती नेताको आशंका छ ।

खानी क्षेत्रबाट ढुंगा–माटो निकाल्न प्रतिबन्ध

२४ कार्तिक, काठमाडौं ।
सरकारले सम्भाव्यता अध्ययन गरिएका खानी क्षेत्रका ढुंगामाटो लगायत कुनै पनि वस्तु परीक्षण तथा कच्चा पदार्थको रुपमा विदेश लैजान प्रतिबन्ध लगाएको छ ।

खानी क्षेत्रमा स्वदेशी र विदेशी कम्पनीको मनोमानी बढेपछि सरकारले आनुमतिवेगर कुनै पनि वस्तु निकासीमा रोक लगाएको हो। यो खबर आजको कारोबार दैनिकमा छापिएको छ।

नेपालमा सक्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरुले मुलुकभित्रैका निजी क्षेत्रलाई प्रयोग गरी खानी क्षेत्रबाट बहुमूल्य बस्तु बाहिल लगिरहेको सूचनाका आधारमा सरकारले यसको संरक्षणमा सतर्कता देखाएको छ।

माथिल्लो मुस्ताङको लोमान्थाङमा युरेनियम सुरक्षालाई लक्षित गरी गत साउन ७ गते बसेको मन्त्रिपरिषद बैठकले सुरक्षा क्याम्प राख्न नेपाली सेनालाई अनुमति दिइसकेको छ ।

एम्बुलेन्स ल्याउँदा पाइने भन्सार छुट रोकिंदै

२४ कार्तिक, काठमाडौं

एम्बुलेन्स आयात गर्दा दिइँदै आएको भन्सार छुट रोक्न सरकारले तयारी गरेको छ । गैरस्वास्थ्य संस्थाले व्यावसायिक प्रयोजनका लागि एम्बुलेन्स खरिद गरी दुरुपयोगको सिकायत प्राप्त हुन थालेपछि सरकार यस्तो निर्णयको तयारीमा लागेको हो ।

स्वास्थ्य मन्त्रालयको नीति तथा अन्तर्राष्ट्रिय महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले एम्बुलेन्स आयात गर्दा लाग्ने भन्सार छुट मिनाहाको सिफारिस बन्द गर्न गृहकार्य भइरहेको जानकारी दिए। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

मन्त्रालयले स्वास्थ्य संस्थालाई मात्रै एम्बुलेन्स आयातमा भन्सार छुटको सिफारिस दिइने प्रावधानसहित नयाँ निर्देशिकाको तयारी गरेको उनले बताए ।

नयाँ निर्देशिकाले तोकेको मापदण्ड पुरा गरेपछि मात्रै स्वास्थ्य संस्थालाई पनि भन्सार छुटको सिफारिस दिइनेछ ।

फागुनसम्ममा राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने

२४ कार्तिक, काठमाडौं ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी फागुनसम्ममा भारतको राजकीय भ्रमण हुने बताएका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

हालै मात्र १८ वर्षपछि भारतीय राष्ट्रपतिका तर्फबाट प्रणव मुखर्जीको नेपालको राजकीय भ्रमण सफल भएको भन्दै महतले फागुनसम्ममा राष्ट्रपति भण्डारीले पनि भारतको भ्रमण गर्ने बताएका हुन्। ‘मुखर्जीको भ्रमण सफल भएको छ, अब फागुनसम्ममा हाम्रो राष्ट्रपतिले पनि भारतको भ्रमण गर्नुहुन्छ ।’

बिमलेन्द्र निधिले चिनियाँ टोलीको अपमान गरेर फर्काए

२४ कार्तिक, काठमाडौं ।
नेपाल सरकारको उच्च तहबाट उदासीनतापूर्ण व्यवहार भोगेपछि उत्तरी छिमेकी चीनबाट हालै नेपाल भ्रमणमा आएका दुई प्रतिनिधि मण्डल असन्तुष्ट भई स्वदेश फर्केका छन् ।

यही कात्तिक १५ देखि १८ सम्म नेपाल भ्रमणमा आएको चीनको छिङ्हाई प्रान्तका सार्वजनिक सुरक्षा मामिला प्रमुख वाङ चोङसङ नेतृत्वको टोलीले ‘अपमानजनक’ व्यवहार भोगेर फर्केको हो ।

गृह मन्त्रालयको निमन्त्रणामा आएका ६ सदस्यीय चिनियाँ टोलीलाई मन्त्रालयका उच्च अधिकारी नभेटी फर्काइदिएका आजको अन्नपूर्णमा समाचार छ ।

चिनियाँ टोलीले नेपालका सुरक्षा अंगका प्रमुखसँग भेट्न समय मागे पनि नदिएपछि कसैलाई नभेटी उनीहरु स्वदेश फर्किएका हुन् ।
गृहमन्त्रीमा हाल काँग्रेसका बिमलेन्द्र निधि रहेका छन् । उनी भारत निकट मानिन्छन् ।

गृह अधिकारीलाई भेट्ने कोसिस सफल नभएपछि उनीहरु नगरकोट पुगेरस्वदेश फर्किएका थिए । निकट छिमेकी मुलुकको प्रतिनिधिमण्डललाई कुटनीतिक परम्पराअनुसार उचित आतिथ्य र व्यवहार गर्नुपर्नेमा गृह मन्त्रालयले उल्टो व्यवहार गरेको छ ।

प्रचण्ड पार्टीमा पनि एक्लिँदै, आफ्नै नेताले गरे असहयोग

२४ कार्तिक, काठमाडौं ।
पार्टीभित्र असन्तुष्टि चुलिँदै गइरहेका बेला आफ्ना सहयोगीबाट आफूले चाहेजस्तो सहयोग नपाएपछि प्रधानमन्त्री प्रचण्डले बुधबार केन्द्रीय कार्यालयको बैठक बोलाएका छन् ।

संगठन विभागका प्रमुख रामबहादुर थापासहित प्रचण्ड निकटका नेताहरुको मौनता र अन्तर्राष्ट्रिय विभागका प्रमुख नारायणकाजीको विरोधपछि अप्ठ्यारोमा परेका प्रचण्डले सरकार र पार्टीबीच बुझाइमा एकरुपता कायम गर्न बैठक बोलाएका आजको अन्नपूर्णमा समाचार ।

पार्टीभित्र र बाहिरबाट आफूमाथि तीव्र आलोचना हुन थालेपति अप्ठ्येरोमा परेका दाहालले पार्टीभित्रका छोटे राजाहरुलाई संरक्षण गरेको गम्भीर आरोप एकता प्रक्रियामा आएका नेताहरुले लगाउन थालेका छन् ।

पार्टीभित्र संस्थागत नगरी व्यक्तिगत स्वार्थअनुरुप सञ्चालन गर्न चाहने समूहको साँघुरो घेरामा प्रधानमन्त्री प्रचण्ड परेपछि उनी अप्ठेरोमा पारेका छन् ।

असन्तुष्ट नेताहरुले प्रचण्ड एकल निर्णयबाट अघि बढेको आरोप लगाएका छन् ।

25.12¡ÆC