एक ब्यापारि जो सम्हाल्दैछन् जनवरी २० बाट अमेरिकी नेतृत्व

एजेन्सी ।
राष्ट्रपति पदमा निर्वाचित भएपछि न्यू योर्कमा आयोजित सभालाई संवोधन गर्दै नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगी सहित मतदातालाई धन्यवाद दिए ।

चुनावी सभाहरुमा विपक्षीसंग आक्रामक देखिने गरेका डोनाल्ड ट्रम्प विजयी सभामा आफनो प्रतिश्पर्धी डेमेक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिङटने आफूलाई फोन गरेर बधाइ दिएकोमा आभार व्यक्त गर्दै मुलुकलाई क्लिङटनले गरेको योगदानको खुलेर प्रशंसा गरे ।

उनले चुनावी अभियानमा आफूसंग असहमत रहेका हरुसंग मिलेर मुलुकलाई अझ एकताबद्ध बनाउने र आर्थिक बृद्धिमा ध्यान केन्द्रित गर्ने बताए ।

निर्वाचनमा पराजित भए पछि न्यू योर्कमा आयोजित सभालाई संवोधन गर्दै डेमेक्र्याटिक पार्टीकी हिलारी क्लिङटनले आफूलाई सघाउने सवै मतदातालाई धन्यवाद दिइन् ।

क्लिङटनले राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई बधाइ दिदै मुलुकको हितका लागि मिलेर काम गर्न तयार रहेको बताइन् ।

राष्ट्रपति बाराक ओवामाले ट्रम्पलाई बधाइ दिदै सत्ता हस्तान्तरणका बारेमा छलफल गर्न ह्वाइट हाउसमा निमन्त्रणा दिएका छन् ।

सिनेट र हाउस अफ रिप्रिजेन्टेटेभमा समेत बहुमत हासिल गरेका टम्पले आगामी जनवरी २० देखि अमेरिकी राष्टपति पदको कार्यभार सम्माल्ने छन् । जनवरी २० अघि नै ट्रम्पले आफूलाई सहज हुने गरि मन्त्रिपरिषद गठन गर्नेछन् ।

धनाढ्य व्यापारिका रुपमा परिचित टम्पले निर्वाचन अघि गरिएका विभिन्न मत सर्वेक्षण विपरित अनुभवी राजनीतिज्ञको रुपमा व्याख्या गरिंदै आएकी क्लिङटनलाई पराजित गरेका हुन् ।

दुवै उम्मेदवारले आफ्नो प्रचार प्रसारमा विशेष ध्यान केन्द्रीत गरेका स्विगं स्टेट अर्थात कुनै पनि पक्षका भनेर नखुलेका राज्यहरु फ्लोरिडा, ओहायो र नर्थ क्यारोलिनामा समेत रिपब्लिकनले जिते पछि डेमेक्र्याटिकलाई थप धक्का लागेको थियो ।

यसअघि राजनीतिक भूमिकामा नरहेका ट्रम्पको सफल व्यापारिक पृष्ठभूमि अन्तराष्ट्रिय सम्वन्धलाई अझ बलियो बनाउन र सफल कार्यकालका लागि महत्वपूर्ण हुने बताइएको छ ।

रक्त चन्दन तस्करीमा फेरिएको शैली

२५ कार्तिक, काठमाडौं ।

नेपालमा रक्तचन्दन तस्करीको नयाँ शैली अपनाइएको तथ्य बाहिर आएको छ । बहुमूल्य मानिएको प्रतिबन्धित रक्तचन्दनको गोलियालाई पेलेर तेल बनाइ तस्करी गर्ने दुई जना तेलसहित पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो ।

प्रहरीका अनुसार राजनीतिक र प्रशासनिक आडमा मौलाएको रक्तचन्दन तस्करीमा कडाइ गरेपछि तस्करहरुले अब तेल बनाएर रक्तचन्दन तस्करीको धन्दा अघि बढाएका हुन् । राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

भारतबाट चीनतर्फ तस्करी गर्न लागेको रक्तचन्दनको तेलसहित कीर्तिपुर प्रहरीले खोटाङ खाल्टे–७ का चन्द्रकुमार केसी र काभ्रे जैसीथोकका फणीन्द्र भट्टराईलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ९० लिटर रक्तचन्दनको तेल बरामद भएको छ । प्रहरीका अनुसार अभियुक्तले रक्तचन्दनको तेल बनाएर भारतबाट चीनतर्फ तस्करी गर्न लागेका हुन्।

आज किरात धर्मावलम्बी सरकारी कर्मचारीलाई मात्र बिदा-गृह मन्त्रालय

२५ कार्तिक, काठमाडौं ।
गृह मन्त्रालयले आज सार्वजनिक विदा नभएको बताएको छ ।

गृहप्रवक्ता बालकृष्ण पन्थीका अनुसार सरकारबाट आज कुनै विदाको निर्णय भएको छैन ।

किरात धर्मगुरु फाल्गुनन्दको जयन्ती परेकोले किरात धर्ममालम्बी कर्मचारीलाई मात्र बिदा रहेको मन्त्रालयले जनाएको छ ।

५ खर्ब ५६ अर्बको लगानी प्रधानमन्त्रीका कारण रोकियो

२५ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डको बैठक बस्न नसक्दा ५ खर्ब ५६ अर्बको लागनी प्रस्ताव अन्योलमा परेको छ । प्रचण्ड प्रधानमन्त्री बनेको ४ महिना पुग्नलाग्दासम्म बोर्ड बैठक बसेको छैन ।

बोर्ड बैठकले सहमति नदिएसम्म लगानीको प्रक्रिया अघि बढ्न सक्दैन ।

देशमा ठूला परियोजना समयमै निर्माण सम्पन्न गर्न दू्रत गतिमा प्रक्रिया अघि बढाउन भन्दै सरकारले पाँच वर्षअभि लगानी बोर्ड गठन गरेको हो ।

बोर्डलाई १० अर्बभन्दा बढीको लगानी स्वीकृत गर्ने तथा नियमन र परिचालन गर्ने अधिकार भए पनि विभिन्न मन्त्रालयसँग यदाकदा क्षेत्राधिार विवादसमेत उत्पन्न हुने गरेको आजको कारोबार दैनिकमा समाचार छ ।

तर, बोर्ड बैठक बस्न नसक्दा अहिले ठूला लगानीका आयोजनाको प्रक्रिया ठप्प छ ।

बोर्डले तत्काल निर्णय गर्नुपर्ने माथिल्लो कर्णाली र अरुण तेस्रोलगायतका ठूला परियोजना अलपत्र छन् ।

मेलम्ची खानेपानीको ६३ प्रतिशत पाइपलाइन बिछ्याइ सकियो

२५ कार्तिक, काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको उप आयोजना २ अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल तथा सुधारको काम ६३ प्रतिशत सम्पन्न गरेको छ ।

मेलम्ची खोलाबाट करिब २७ किमि सुरुङ हुँदै ल्याइने पानी राजधानीबासीका घर घरमा पुर्याउन हाल पाइप बिच्छ्याउने काम भइरहेको छ ।

पीआईडीले हालसम्म ४ सय २५ किमि पाइपलाइन विछ्याइ सेको जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

यसमध्ये करिब २० किमि फलामे र बाँकी पोलिथिन पाइपलाइन विच्छ्याइएको पीआईडीका प्रवक्ता लीला ढकालले जानकारी दिए ।

उपत्यकाभित्र ५२ किमि थोक वितरण प्रणालीसहित पानी वितरणका लागि करिब ७ सय किमि पाइपलाईन विस्तार गर्नुपर्नेछ ।

चौतर्फी हमला भएको भन्दै प्रतिरक्षा गर्न प्रचण्डले कार्यकर्तासँग गुहार मागे

२४ कार्तिक, काठमाडौं ।
नेकपामाओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समयमा सरकार र पार्टीविरुद्ध चौतर्फी हमला भएकाले त्यसको प्रतिरक्षा गर्न कार्यकर्तासँग आग्रह गरेका छन् ।

आफु नेतृत्वमा सरकारले गरेको गलत कामको आलोचना गर्दा सच्चिनुको साटो उल्टै प्रतिकार गर्न भन्दै प्रधानमन्त्री दाहालले कार्यकर्ताको सहयोग मागेका हुन् ।

पार्टी भातृ विद्यार्थी संस्था अनेरास्ववियू 'क्रान्तिकारी'ले काठमाडौँमा गरेको ‘अगुवा प्रशिक्षण कार्यक्रम’मा नेकपा 'माओवादी केन्द्र'का अध्यक्षसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत विस्तारैविस्तारै माओवादी सिद्धान्तविरुद्ध प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले अहिले सामाजिक सञ्जाल र केही मिडियामार्फत माओवादीमाथि आक्रमण र घेराबन्दी भइरहेकोले पार्टीको नेतृत्व र सरकारले गरेका कामको प्रतिरक्षा गर्न युवा विद्यार्थीले भूमिका खेल्नुपर्ने बताए ।

त्यस अवसरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको क्रान्तिकारी चरित्रमा स्खलन, प्रदूषण र भ्रष्टीकरण भएको बताउँदै पुनःएकीकरण र रुपान्तरण गर्नुपर्ने धारणा राखेका थिए ।

अर्का नेता रामबहादुर थापाले देशमा नयाँ कम्युनिस्ट पार्टीको अझै आवश्यकता रहेको बिचार राखे ।

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्नो सङ्गठनले राजनीतिक र शैक्षिक दुवै मुद्दा सँगसँगै उठाउने बिचार सो अवसरमा व्यक्त गरे ।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएपछिका प्रतिक्रिया

एजेन्सी ।
डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

निर्वाचन अघिका सर्वेक्षण र मिडिया विश्लेषणलाई चकित पार्दै रिपब्लिकन उम्मेदवार ट्रम्पले आफ्ना प्रतिद्वन्दी डेमोक्रेटिक उम्मेदार हिलारी क्लिन्टनलाई पराजित गरेका हुन् ।

निर्वाचित भएपछि न्युयोर्कमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफुलाई हिलारी क्लिन्टनले टेलिफोन मार्फत् बधाई दिएको बताएका थिए ।

क्लिन्टनको राष्ट्रप्रतिको सेवाको प्रशंसा गर्दै ट्रम्पले आफु सबै अमेरिकीको राष्ट्रपति रहने र एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता जनाए ।

डेमोक्रेटिक पक्षले आफ्नो हारको सङ्केत पाउने वित्तिकै समर्थकहरुलाई विदावारी गरेको थियो ।

सत्तरी बर्षिय ट्रम्प ब्यवसायी हुन् । आफ्नो कर विवरण खुलासा नगरेको भनेर विपक्षीले चुनावी अभियानमा ट्रम्पको चर्को आलोचना गरेका थिए ।

शुरुमा मुसलमानहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने नारा उठाएपछि ट्रम्पको आलोचना भएको थियो ।

अमेरिकी नागरिकलाई रोजगारीमा प्राथमिकता दिन उत्तर अमेरिकी, स्वतन्त्र ब्यापार क्षेत्र लगायतका सम्झौता खारेज गर्ने ट्रम्पले बताउँदै आएका छन् ।

बैध आप्रवासीले आफ्नो नितिप्रति कुनै आशङ्का लिनु नपर्ने ट्रम्प अभियानले स्पष्ट पारेको थियो ।

सिरियाली गृहयुद्धमा विद्रोहीलाई समर्थन गर्ने यस अघिको अमेरिकी नीतिलाई परिवर्तन गर्ने सङ्केत ट्रम्पले दिइसकेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मिलेर काम गर्ने ट्रम्पको भनाइ पछि अमेरिकी विदेश नीतिमा परिवर्तन आउने अनुमान गरिएको छ ।

अमेरिका भरिको कुल लोकप्रिय मतले नभई राज्य स्तरमा उम्मेदवारले पाउने मतले अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणाम निर्धारण हुने गर्छ ।

कुल ५ सय ३८ इलेक्टोरल मत मध्ये ट्रम्पले २ सय ८९ मत र क्लिन्टनले मात्र २ सय १८ इलेक्टोर मत प्राप्त गरेका थिए ।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि विश्व समुदायले ट्रम्पको नेतृत्वमा अमेरिकासँग सहकार्य गरेर अघि बढ्ने चाहना ब्यक्त गरेका छन् ।

ट्रम्पको विजय घोषणा लगत्तै टेलिग्राम सन्देश पठाउँदै रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले दुई देशको सम्बन्ध ट्रम्पको कार्यकालमा थप उचाईमा पुग्ने विश्वास ब्यक्त गरेका छन् ।
पुटिनले दुई देशका आन्तिरिक समस्या सहित विश्वका सबै मुद्दामा ट्रम्पको नेतृत्वमा अमेरिकासँग सहकार्य गर्न रसिया तत्पर रहेको बताएका छन् ।

त्यसैगरी, चीनको विदेश मन्त्रालयले नवनिर्वाचित राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिकासँग सम्बन्ध थप बलियो र प्रगाढ हुने विश्वास व्यक्त गर्दै बधाई दिएको छ ।

आज बेइजिङ्गमा पत्रकार सम्मेलनमा चीनिया विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले चीन र अमेरिकाबीच व्यापारलगायतका साझा फाइदाका सम्बन्धमा रहेको बताउँदै सबै विषयमा दुई देशबीच थप मित्रबत् व्यवहार हुने विश्वास ब्यक्त गरे ।

त्यसैगरी, बेलायकी प्रधानमन्त्री क्षेरेसा मेले दुई देशबीचको विषयमा विशेष सम्बन्ध थप प्रगाढ हुने विश्वास ब्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति बराक ओवामाले आज टेलिफोन गरी नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बधाई दिएका छन् ।

त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई दिएको बताइएको छ ।

उनले ट्विटरमा आफुले नवनिर्वाचित राष्ट्रपतिलाई भारत र अमेरिकाबीचको सम्बन्ध थप सुधार हुने विश्वाससहित शुभकामना दिएको लेखेका छन् ।

इरान, जापान, टर्की, इजरायल, युरोपियन युनियन, फिलिपिन्स लगायतका विभिन्न देशले नवनिर्वाचित राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिका सँगको विद्यमान सम्बन्धमा थप सुधार आउने विश्वास ब्यक्त गरेका छन् ।

Efforts to incite conflict for short-term interest -Chairman Oli

CPN-UML Chairman KP Sharma Oli has said that various elements are working to incite conflict among the Nepalis for fulfilling their short-term interests.

Addressing a gathering of party cadres in Dhangadi today, the former Prime Minister said though social cohesion and national harmony is the need of the hour, external forces are trying to create conflict in the name of ethnicity, religion, language and territory.

Nobody has the right to intervene in the internal affairs of Nepal, he said.

UML leader Madhav Kumar Nepal said as the matter of amendment of the constitution is an internal affair of Nepal, any outside influence will be rejected.

Party and govt. attacked from all quarters: PM Dahal

CPN (Maoist Centre) Chairman and Prime Minister Pushpa Kamal Dahal has urged the party cadres to defend the government and party, which, he said, are being attacked from all quarters.

At a training organised by the All Nepal National Independent Students' Union (Revolutionary) in the capital today, PM Dahal expressed worry over the premeditated attack against the party through the social media.

CPN (Maoist Centre) Chairman Dahal shared that the government has launched a campaign for poverty alleviation.

Similarly, leader Narayankaji Shrestha, said that reunion and transformation is necessary in the party while another leader Ram Bahadur Thapa pointed out the need of a new communist party in the country.

NC President back home from India, stresses on ‘one-China’ policy

Nepali Congress President Sher Bahadur Deuba has said Nepal and his party is firm on the 'one-China' policy.

The former Prime Minister who returned home today after attending a programme of the India Foundation held in Goa, India, said, Tibet is the integral part of China and he  too, individually is firm on one China policy.

He said this while talking to media persons upon arrival at Tribhuvan International Airport from New Delhi. During his India visit, he held high- level meetings with Indian leaders in New Delhi.

Expressing his displeasure at some of the Nepali media for what he said their disseminating false reports regarding his statements at the Goa event, he said he had no such meeting with any person against the one-China policy, contrary to the media reports.

He briefed the media his meeting with Indian Prime Minister Narendra Modi focused on further consolidating the bilateral ties and on Nepal's ongoing post- earthquake rebuilding efforts. He said he found that Modi has a high-level of goodwill towards Nepal.

On the occasion, the Indian Prime Minister suggested Nepal for involving ex-Gurkhas who as described by him are honest and responsible towards works in the reconstruction efforts.

He apprised Prime Minister Modi that Nepal is making efforts to forge a political consensus so as to make the constitution that is in the enforcement process all-acceptable.

Six political parties including UML submit memo against LBRTC proposal

Various six political parties, including the main opposition CPN (UML), submitted a memorandum to the District Development Committee, opposing the decision made on November 7 by the Local Body Restructuring Technical Committee, Jhapa in relation to the demarcation of the boundaries of local bodies.

The parties demanded that eight municipalities and three village bodies be formed against the decision of the committee to increase the local bodies (up to 15 bodies). They said the decision was taken in their absence.

The note was signed by district leaders of the UML, Naya Shakti Nepal, Sadbhawana Party, CPN (ML), Rastriya Janashakti Party and CPN (Samyukta).

Nepal’s foreign policy is friendly towards all,” reaffirms PM Dahal

Prime Minister Pushpa Kamal Dahal has stated that Nepal's foreign policy embodies the sentiments of 'friendship towards all and enmity towards none.'

Inaugurating the one-day 'Trans-Himalayan Cooperation beyond Trilateral Discourse' seminar organized by the Development Institute (DI) in Kathmandu today, PM Dahal reassured that the friendship, trust and mutual understanding are the basic principles of the country's foreign policy.

Underscoring the need for connectivity from Kailash Manasarovar to Pashupatinath to Lumbini and Varanasi to promote religious tourism, PM Dahal called for the trans-Himalayan cooperation for the same.

The PM argued, "From the business perspective, Nepal could serve as an important transit corridor for which investment in infrastructure build-up such as development of multilane highways and railways connecting the economic giants as India and China should be emphasized.

Reiterating his effort towards forwarding trilateral cooperation among Nepal, India and China, PM Dahal stated that the sole aim of the trans-Himalayan cooperation is to pursue collaborative development projects.
Similarly, CPN (UML)'s secretary Pradeep Gyawali insisted on developing Kathmandu as a trade transit point between India and China.
Nepali Congress leader Dr Ram Sharan Mahat pointed out the need for establishing political stability along with the enforcement of the new constitution for the promotion of trade.

Institute Chair Bharat Mohan Adhikari said Nepal could reap benefits from its potential areas such as cash crops, cultural and recreational tourism, hydro and Himalayan water resources.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web