नेपालीको स्वास्थ्य खर्च ४ हजार, रक्सी–चुरोट खर्च ५ हजार

काठमाडौं,कात्तिक २३ । नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने खर्च बढी छ । केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणअनुसार सहरी क्षेत्रमा बस्ने एकजना मानिसले आफ्नो स्वास्थ्यका लागि एक वर्षमा चार हजार चार सय ३० रुपैयाँ खर्च गर्छन् भने मद्यपान र धुम्रपानमा पाँच हजार २३१ रुपैयाँ खर्च गर्छन् ।

विभागले निकालेको सन् ०१४/१५ को वार्षिक घरपरिवार सर्वेक्षणले सहरमा बस्ने मात्र नभएर ग्रामीण क्षेत्रमा बस्ने व्यक्तिले स्वास्थ्यका लागि भन्दा पनि मद्यपान र धुम्रपानमै बढी खर्च गरिरहेको देखाएको छ ।

ग्रामीण क्षेत्रमा एक व्यक्तिले स्वास्थ्यका लागि दुई हजार पाँच सय ९२ रुपैयाँ र मद्यपान र धुम्रपानका लागि दुई हजार आठ सय ३४ रुपैयाँ खर्च गर्ने गरेको सर्वेक्षणमा उल्लेख रहेको छ ।

मद्यपानमा मात्रै सहरी क्षेत्रमा बस्ने व्यक्तिले वर्षमा तीन हजार सात सय ४४ रुपैयाँ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार चार सय ९३ रुपैयाँ खर्च गर्ने गरेका छन् ।

धुम्रपानमा सहरी क्षेत्रमा बस्नेले एक हजार चार सय ८७ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार तीन सय ४१ रुपैयाँ खर्च गर्ने गरेको पाइएको केन्द्रीय तथ्यांक विभाग घरपरिवार सर्वेक्षण शाखाका निर्देशक डिल्लीराज जोशी बताउँछन् ।

नेपालीले रक्सी र चुरोटमा गर्ने खर्चमा परिवर्तन आएको छ । सन् ०१३/१४ मा भन्दा ०१४/१५ मा चुरोट (धुम्रपान) का लागि गरेको खर्च बढेको पाइएको छ । धुम्रपानमा अघिल्लो वर्ष सहरी क्षेत्रमा बसोबास गर्नेले एक हजार दुई सय आठ रुपैयाँ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार एक सय ७९ रुपैयाँ खर्च गर्ने गरेकोमा पछिल्लो वर्ष बढेर सहरी क्षेत्रमा एक हजार चार सय ८७ र ग्रामीण क्षेत्रमा एक हजार तीन सय ४१ रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ आजको नयाँ पत्रिकामा समाचार छ ।

दूरसञ्चार जीएसएम नवीकरण शुल्क अन्योलमा

२३ कार्तिक, काठमाडौं ।
सरकारले दूरसञ्चार क्षेत्रको सबैभन्दा महँगो जीएसएम सेवाको लाइसेन्स नवीकरणका सम्बन्धमा स्पष्ट व्यवस्था गर्न नसक्दा अन्योल उत्पन्न भएको छ ।

दुई ठूला सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले दोस्रो पटक गर्नुपर्ने लाइसेन्स नवीकरणका सम्बन्धमा हालसम्म् कुनै नीतिगतव्यवस्था सरकारले गर्न सकेको छैन ।

नेपाल टेलिकमले पाएको लाइसेन्सको म्याद गत बैशाख अन्तिम साता नै सकिएको आजको कारोबार दैनिकमा समाचार छ ।
सरकारले पछि शुल्क तय हुने अन्तिम सर्तमा नवीकरण गरेको छ ।

हालसम्म् सरकारले मोवाइल सेवाको दोस्रो पटक लाइसेन्सनवीकरण गर्नलाग्ने शुल्क कति हुने भन्ने सम्बन्धमा कुनै निर्धारण गरेको छैन ।

जीएसएम मोबाइलको लाइसेन्स लिएको समयदेखि पहिलोपटक १० वर्षमा र त्यसपछि हरेक ५ र५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रचण्ड दोस्रोपटक असफल बन्दै ! जनताको बिरोध, दलहरुको घेराबन्दी

काठमाडौं ।
आफ्नो नेतृत्वमा सकारका गठन भएको एक सय दिन नपुग्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चौतर्फी घेराबन्दीमा परेका छन् ।

आफ्नो सचिवालय, पार्टीका तर्फबाट मन्त्री भएका नेता, पार्टी नेता तथा कार्यकर्ता, सञ्चारजगत, सामाजिक सञ्जाल र विपक्षीबाट प्रधानमन्त्री प्रचण्ड घेराबन्दीमा परेका हुन् ।

उनको पक्षमा वकालत गरिदिनको संख्या न्यून छ भने आलोचना गर्नेहरु अधिक देखिएका आजको अन्नपूर्णमा समाचार छ ।

लाभको पद पाउन प्रतिस्पर्धा गर्ने आफ्नै पार्टीका नेताकार्यकर्ता पनि प्रधानमन्त्री प्रचण्डका पक्षमा देखिएका छैनन् ।

‘प्रधानमन्त्रीलाई असफल बनाउन पार्टीभित्र रस बाहिरबाट घेराबन्दी गरिएजस्तो देखिएको छ,’ प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने,‘कोही योजनाबद्ध रुपमा लागेको छ भने पनि त्यसलाई सफल हुन दिइनेछैन ।’

परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, अंगीकृत नागरिकलाई राष्ट्रध्यक्ष बनाउन प्रस्ताव अगाडि सारेको, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजेको, भारत र चीसँग सन्तुलित सम्बन्ध कायम राख्न नसकेको, जनताका पक्षका देखिने गरी कुनै निर्णय  कार्यान्वयन गराउने नसकेको , कांग्रेससँगको गठबन्धन सुमधुर बनाउन नसकेको आरोप प्रधानमन्त्री प्रचण्डमाथि पार्टीभित्र र बाहिरबाट लागेको छ ।

लोकमान महाअभियोगविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारीमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संसदमा विचाराधीन महाभियोग प्रस्ताव र सर्वोच्च अदालतको म्याद तामेलीविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन् ।
लोकमान सिंह कार्की

कार्की निकट स्रोतका अनुसार महाभियोग लगाउने निर्णय कानुनसम्मत नभएको तथा आफूमाथि भ्रष्टाचारमा छानविन हुन लागेपछि एमाले र माओवादी नेताहरुले बदनियत राखेर प्रस्ताव ल्याएको दाबी गर्दै मुद्दा दर्ता गर्न लागिएको हो ।

महाभियोग प्रस्तावमा सांसदलाई झुक्याएर सहीछाप गराई संख्या पुर्‍याएको दाबी कार्कीका तर्फबाट गर्ने तयारी भएको स्रोतले बताएको आजको नागरिक दैनिकमा समाचार छ ।

कार्कीका एक कानुन व्यवसायीले सोमबार सर्वोच्चमा दुई निवेदन दर्ता गर्नेगरी तयारी भइरहेको बताए ।

अदालतमा आफूविरुद्ध परेको योग्यतासम्बन्धी मुद्दा र संसदमा दर्ता महभियोग प्रस्तावविरुद्ध रणनीति बनाउन कार्की कानुनी सल्लाहकारसँग छलफलमा जुटेका छन् । करिब एक दर्जन कानुन व्यवसायीसँग आइतबार कार्कीले आफूविरुद्धको मुद्दा अदालतमा पेसी चढ्ने र त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा राय मागेका थिए ।

कार्कीले पूर्वमहान्यायाधिवक्ता महादेव यादव, कोमलप्रकाश घिमिरे, बालकृष्ण न्यौपाने, बाबुराम कुँवर लगायतसँग परामर्श गरेका थिए । उनीहरुले अदालतमा मुद्दा फेस गरेर जानुपर्ने सुझाव दिएका थिए ।

भारतले बन्दरगाहमा रोक्यो नेपालको सयौं कन्टेनर

काठमाडौं ।
भारतको कोलकता बन्दरगाहमा नेपाली व्यवसायीका सयौं मालवाहक कन्टेनर रोकिएका छन् ।

जाम हुने समस्या देखाउँदै भारत कोलकताका प्रहरी कमिसनरले लोड भएका कन्टेनर बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म बजार क्षेत्र हुँदै निकाल्न नदिएपछि कन्टेनरहरु अलपत्र परेको खबर कारोबारमा छापिएको छ।

पटकपटकको अवरोधबाट ठूलो नोक्सानी बेहोरेका नेपाली आयातकर्तामार्फत अहिले फेरि मारमा परेका छन्।

विभिन्न देशबाट आयात गरिएका बस्तुहरु कोलकतामै अलपत्र परेपछि व्यवसायीहरुले यस वर्ष ठूलो क्षति बेहोर्नेु पर्ने देखिएको छ।  गत वर्ष भारतको नाकाबन्दीले पनि यस्तै समसया देखिएको थियो ।

वीरगञ्जको सुख्ख बन्दरगाहसम्म रेलमार्फत आउने मालवाहक कन्टेनर खाली गरेर समयमा पुर्‍याउन नसक्दा विलम्ब शूल्क तिर्न व्यवसायी बाध्य भएका छन् ।

नेपाली उद्योगी व्यवसायीले अहिले कोलकोत्ता बन्दरगाहासम्म  पुर्‍याएका खाली कन्टेनरको पनि जरिवाना तिर्नुपरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीय केडियाले बताए।

मुआब्जाबाटै मालामाल

काठमाडौं । पाथीभरा गाविस–४ का लीलाबहादुर राई हुलाकका पूर्वकर्मचारी हुन् । श्रेणीविहीन उनले गत वर्ष मात्र जागिरबाट अवकाश पाएका थिए ।

केही वर्षयता सपरिवार सदरमुकाम खाँदबारीमै बस्दै आएका उनी गाउँ फर्कने मनस्थितिमा थिएनन् । गाउँमा पाखोबारी त थियो, तर तीन महिना पनि खान नपुग्ने । तर, आज उनी एकाएक करोडपतिमा दरिएका छन् ।

बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाले डुबान तथा अन्य कारण अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा गएको बुधबारबाट वितरण गर्न थालेको छ । पाथीभरामा उनको तीन दाजुभाइको सगोलको २६ रोपनी जग्गा छ । जुन जग्गा डुबानमा पर्ने भयो र जेठा असारमान, माइला शेरबहादुर र उनले मुआब्जा पाउने भएका आजको नयाँ पत्रिकामा समाचार छ ।

आयोजनाले पाखोबारीको प्रतिरोपनी आठ लाख २५ हजारका दरले मुआब्जा दिने भएको छ । त्यस्तै त्योभित्रका रूख, बिरुवा, अलैँची, घर, कटेरोको बेग्लै मूल्यांकन हुने भएको छ । ती सबैको हिसाब गर्दा तीन दाजुभाइले कम्तीमा पनि पाँच करोड पाउने निश्चित भएको छ ।

याफुका टेकबहादुर राईले पनि मुआब्जा वितरण गरेको दोस्रो दिन तीन करोड ७१ लाख रुपैयाँ बुझे । उनी पनि घर–घडेरी र जग्गा जोड्ने ध्याउन्नमा छन् । उनले केही रकम बैंक ब्यालेन्ससमेत गर्ने बताए ।

अरुण तेस्रोको मुआब्जामा भारी रकम पाउन थालेपछि खाँदबारीमा जग्गाको मूल्य आकासिएको छ भने बैंकले पैसा अभाव भएको भन्दै भुक्तानी मागेको जति रकम दिन सकिरहेको छैन ।

अरुण तेस्रोका प्रभावितहरूलाई २९ वर्षपछि मुआब्जा वितरण गरिएको हो । ०४४ सालमा विश्व बैंकको लगानीमा अरुण तेस्रो आयोजना निर्माण हुने तय भएको थियो ।

तुम्लिङटार सभाखोलादेखि आयोजनाको बाँधस्थल नुमको फ्याक्सिदा र पावरहाउस रहने स्थान दिदिङको पुखुवासम्म पुग्ने सडकखण्डअन्तर्गतका बाटोको मुआब्जा भने सोही समयमा वितरण गरिएको थियो । अहिले प्रभावित क्षेत्रमा वितरण गर्न बाँकी मुआब्जा वितरण भएको हो ।

अन्त्येष्टि गरेको २ वर्षपछि विदेशबाट शव आइपुग्यो

२३ कार्तिक, काठमाडौं ।

बाँकेको ए गाउँ सीतापुरबाट झन्डै १६ घण्टा लामो बसयात्रापछि सोमबार वीरबहादुर खत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। सिट नपाएपछि उभिएरै गरेको यात्राका कारण उनी थाकेका त थिए नै त्योभन्दा ठूलो चिन्ता उनको मनमा थियो ।

साढे चार वर्षअघि साउदी अरबमा सडक दुर्घटनामा परी मृत्यु भएका छोरा हर्षमान खत्रीको शव बल्ल काठमाडौं आइपुगेको थियो। वीरबहादुर छोराको शव लिन आएका थिए। यो खबर आजको कान्तिपुरमा छापिएको छ ।

शव अहिले आइपुगे पनि वीरबहादुरले दुई वर्षअघि नै विधिपूर्वक छोरा हर्षमानको किरिया गरिसकेका थिए। मृत्यु भएको दुई वर्षसम्म पनि शवको पत्तो नलागेपछि उनले घरछेवैको चिरनखोलामा कुशको शव बनाएर दाहसंस्कार सम्पन्न गरेका थिए ।

किरिया सकेको दुई वर्षपछि गत वैशाखमा जिल्ला प्रहरी कार्यालयले उनलाई खबर गर्‍यो, ‘तपाईंको छोराको शव साउदीको किङ फहाद होफुफ अस्पतालमा भेटिएको छ ।’

काजकिरिया गरिसकेका छोराको शव नेपाल ल्याउने प्रक्रियाका लागि त्यसपछि वीरबहादुर पछिल्ला ६ महिनामा तीन पटक काठमाडौं धाए। परराष्ट्र मन्त्रालयदेखि, कन्सुलर शाखा, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डदेखि गृह मन्त्रालयसम्म धाए। उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरादेखि परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसम्मलाई भेटेर सरकारले नै खर्च बेहोर्ने गरी शव ल्याउने प्रक्रिया सुरु भएको थियो। मन्त्रिपरिषदले शव ल्याउने खर्च बेहोर्ने निर्णय भएको झन्डै तीन महिनापछि हर्षको शव आइपुगेको हो।

विमानस्थलमा भेटिएका वीरबहादुरले भने, ‘दुस्खी भनौं भने महिनौंको दौडधुपपछि छोराको शव आएको छ। खुसी भनौं भने, शव छोराको देख्दा केको खुसी लाग्छ र रु’

कक्षा आठ पास गरेपछि झन्डै डेढ वर्ष माओवादी पार्टीमा प्रवेश गरी सशस्त्र द्वन्द्वमा लागेका हर्षमानपछि वैदेशिक रोजगारीमा साउदी अरब गएका थिए। छोरा माओवादी कार्यकर्ता रहेकाले गर्दा माओवादी सरकारले उनको शव छिटो ल्याउन पहल गरिदिन्छ भन्ने आस वीरबहादुरको थियो।

दुर्घटनाको चार वर्षपछि मात्रै गत वैशाखमा रियादस्थित नेपाली दूतावासले ठेगाना प्रस्ट नभएको भनिएको शव हर्षमानकै रहेको पत्तो पाएको थियो। उनको शव डेनिस खत्रीको नाममा दर्ता गरिएका कारण शवको पहिचान खुलेपछि पनि नेपाल पठाउन समस्या परेको थियो। फरक नाममा रहेको शव हर्षकै हो भनेर प्रमाणित गर्न दूतावासलाई लामो समय लागेको थियो।

छिमेकी कमलसिंह खत्री र टंक पोख्रेलको साथ लागेर काठमाडौं आएका वीरबहादुरले भने, ‘यस्तो सास्ती कसैले नखेपोस्।’ छिमेकी टंकका अनुसार छोराको शव आएको खबर थाहा पाएदेखि नै घरमा गाउँलेहरूको भीड लागेको छ। छोराको मृत्युलगत्तै महिनौं शोकमा डुबेको परिवार शव फेला नपर्ने निश्चयमा पुगेपछि कुशको शव बनाएर किरिया गर्ने बेलामा दोस्रो पटक शोकमा डुबेको थियो। टंकले भने, ‘एउटै मृत्युमा परिवारका सदस्यले तेस्रो पटक शोक भोग्नुपर्‍यो।’

२०६८ मा साउदी अरब पुगेका हर्ष २२ महिनापछि सडक दुर्घटनामा परेका थिए। त्यतिबेला बाबु वीरबहादुर पनि साउदीमै थिए। छोराको मृत्युको खबर थाहा पाएपछि उनले महिनौं शवको खोजी गरेका थिए। तर, पत्ता नलागेपछि नेपाल फर्केका थिए। कुशको शव बनाएर पहिले नै तेह्र दिन किरिया गरेकाले पण्डितले पाँच दिनमै किरिया उम्काउने भनेको उनले बताए।

हर्षमानलाई दलाल हिरालाल ओली र उमेश आचार्यले भारतको बाटो हुँदै गैरकानुनी रूपमा साउदी पुर्‍याएका थिए। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार कानुनसम्मत हिसाबले साउदी गएको भए र करार अवधिभित्रै मृत्यु भएको भए खत्रीले सरकारबाट आर्थिक सहायता पाउने थिए। वीरबहादुरका कान्छा छोरा पनि दुबईमा कार्यरत छन्।

मुटुरोग विशेषज्ञ कोइराला स्वास्थ्यमन्त्रीका सल्लाहकार नियुक्त

२३ कार्तिक, काठमाडौं ।
डा. रामेश कोइराला स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकारमा नियुक्त भएका छन् ।

कोइरालाले स्वास्थ्य मन्त्रीको सल्लाहकारका रुपमा काम गरे पनि समय मिलाएर गंगालाल अस्पतालमा बिरामी हेर्ने काम गरिरहने बताएका छन् ।

बिहान वा बेलुकाको सिफ्टमा ओपिडी हेर्ने र समय मिलाएर बाँकी बिरामी हेर्ने गरी सल्लाहकार बसेको कोइरालाको भनाई छ ।

आफ्नो काम नछाड्ने भन्दै कोइरालाले केही राम्रो गर्न सकिन्छ की भनेर स्वास्थ्य मन्त्रीको सल्लाहकारमा बस्न लागेको बताए ।

आमाको मुटु र कोपिला आश्रम शीर्षकका दुई उपन्यास लेखिसकेका कोइरालाले गंगालाल अस्पतालबाट तलब सुविधा लिइरहेको भन्दै स्वास्थ्य मन्त्रीको सल्लाहकार नियुक्त भएबापत कुनै सेवा सुविधा नलिने बताएका छन् ।

सोलिड्यारिटी कप-नेपाल ब्रुनाईसँग भिड्दै

काठमाडौं ।
मलेसियामा जारी सोलिड्यारिटी कप फुटबल प्रतियोगितामा नेपालले मंगलबार ब्रुनाई संग खेल्दै छ ।

बु्रनाईले समूह चरण पार गरेर सेमिफाईनलमा स्थान बनाई सकेको छ भने नेपालको पहिलो खेलमा बराबरी संगै १ अङ्क मात्र रहेको  छ ।

ब्रुनाईले उद्घाटन खेलमा पूर्वी टिमोरलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरिसकेको छ ।

नेपालको पूर्वी टिमोर संग गत शनिबार भएको पहिलो खेल गोल रहित बराबरीमा सम्पन्न भए संगै दुवै राष्ट्रको समान १-१ अङ्क रहेको छ ।

नेपालले सेमिफाईनलको यात्रा तय गर्न बु्रनाई संग ४ भन्दा कम गोल खानु पर्ने हुन्छ ।

प्रतियोगिता पूर्व सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक ग्योटोकु कोजीले ब्रुनाई पहिलो जित संगै निकै ताकतिलो भए पनि होशियारि पूर्वक खेल्दै नपालले सकारात्मक नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

ब्रुनाईका प्रशिक्षक कोन वो सनले आफ्नो टाली दास्रो चरण प्रवेश गरिसकेकाले आगामी खेलहरुका लागि खेलाडिहरुको शुरक्षा नै सबै भन्दा प्रमुख कुरा रहेको बताउनुभयो ।

सेयरको मूल्य घट्ने क्रम रोकिएन

काठमाडौं ।

धितोपत्र बजारमा सेयरको मूल्य घट्ने क्रम जारी रहेको छ ।

दीपावली र छठपर्वपछि खुलेको बजारमा सोमबार १३.०९ बिन्दुले नेप्से घटेर एक हजार ७४९ बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार लामो बिदापछि खुलेको बजारमा सोमबार  कुल १३४ कम्पनीको आठ लाख ८१ हजार  कित्ता सेयर ६८ करोड ७४ लाख रुपैयांमा खरीद बिक्री भएको छ ।

सोमबार   विशेष गरी होटल र फाइनान्स समूहको सेयर मात्रै बढेको छ भने अन्य समूहका सेयरको मूल्य घटेको छ ।

हिमाल चढ्न ११ सयले लिए अनुमति

काठमाडौं ।
हजार बढी आरोही हिमालतिर

शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि एक हजार ६९  जनाले आरोहण अनुमति लिएका छन् ।

आरोहण अनुमति यो महिनाभर लिने भएकाले आरोहीको सङ्ख्या अझै बढ्ने पर्यटन विभागले जनाएको छ ।

यो मौसममा सर्वोच्च शिखर सगरमाथाबाहेक मनास्लु, कञ्चनजङ्गा, धौलागिरि अमा दबलाङलगायतका हिमाल तथा पिक आरोहण गर्न आरोही गएका छन् ।

ट्रम्प र क्लिन्टन दुवै प्रष्ट बहुमतमा देखिएनन्

एजेन्सी ।
अत्यन्त महत्वका साथ हेरिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणाम कस्तो होला भन्ने विषयमा फरक फरक ढंगले व्याख्या र विश्लेषण गर्ने गरिएको  अत्यन्त महत्वका साथ हेरिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणाम कस्तो होला भन्ने विषयमा फरक फरक ढंगले व्याख्या र विश्लेषण गर्ने गरिएको छ ।

नयाँ बन्ने सरकारले आप्रवास सम्वन्धी नीति, अन्तराष्ट्रिय सम्वन्ध, स्वास्थ्य क्षेत्रको सुधार, रोजगारीलगायतका विषयमा लिने नीति नै अमेरिकामा रहेका २० करोड भन्दा बढि मतदाताको मुख्य चासोको विषय भएको छ ।

निर्वाचनका मुख्य प्रतिश्पर्धी डेमेक्र्याटिक पार्टीकी हिलारी क्लिङटन र रिपब्लिकनका डोनाल्ड ट्रम्प प्रष्ट बहुमत नदेखिएका राज्यहरुको मत प्राप्त गर्न अझै चुनावी सभामा व्यस्त रहेका छन ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web