काठमाडौं ।

धितोपत्र बजारमा सेयरको मूल्य घट्ने क्रम जारी रहेको छ ।

दीपावली र छठपर्वपछि खुलेको बजारमा सोमबार १३.०९ बिन्दुले नेप्से घटेर एक हजार ७४९ बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार लामो बिदापछि खुलेको बजारमा सोमबार कुल १३४ कम्पनीको आठ लाख ८१ हजार कित्ता सेयर ६८ करोड ७४ लाख रुपैयांमा खरीद बिक्री भएको छ ।

सोमबार विशेष गरी होटल र फाइनान्स समूहको सेयर मात्रै बढेको छ भने अन्य समूहका सेयरको मूल्य घटेको छ ।

23.12¡ÆC