उदाउँदो सूर्यलाई अर्घ दिई छठ सम्पन्न

२२ कार्तिक, काठमाडौं ।

उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ पर्व सकिएको छ ।

व्रतालु भक्तजनले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर नदीनालाका किनारमा भजन किर्तन गरी रमाइलो गरेका  थिए ।

विशेषगरी तराईमूल र पहाडी जातीका मानिसले पनि देशका विभिन्न ठाउँमा छठ पर्व मनाएको छ ।

पछिल्ला वर्षमा तराई समुदायका व्यक्ति मात्र नभएर काठमाँडा उपत्यका लगाएत देशका विभिन्न ठाँउमा पनि छठ मनाउन थालिएको छ ।

न्यायाधीशमा पनि बारले माग्यो प्रतिशत

२२ कार्तिक, काठमाडौं ।
दलका झण्डा झुण्ड्याएर बारको नेतृत्व लिने गरेका नेपाल बार एशोसिएसनका नेतृत्ववर्गले जनतालाई न्याय दिनुपर्ने न्यायपालिकाको न्यायधीशमा उनिहरुलाई ५० प्रतिशत दिन माग गरेका छन् ।

न्याय परिषद्को आजको बैठकमा न्यायाधीशको नियुक्तिका विषयमा छलफल हुँदा उनिहरुले यस्तो माग राखेका हुन् ।

बैठकमा न्यायाधीश नियुक्तिका विषयमा आवश्यक अध्ययन गर्ने विषयमा छलफल भएको न्याय परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिए ।

प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष सुशीला कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश वैद्यनाथ उपाध्याय र सदस्य रामप्रसाद सिटौला बैठकमा सहभागी थिए ।

न्यायाधीश नियुक्तिका विषयमा आजै नेपाल बार एसोसिएनले प्रधानन्यायाधीश कार्कीसँग भेटी ५० प्रतिशत बारको प्रतिनिधित्व हुनुपर्ने माग राखेको थियो ।

सहमतीमै संविधान संशोधन हुँदैछ-प्रधानमन्त्री

२२ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांगेस एमाले माओबादी र मधेशकेन्द्रित दलबीच सहमतिमै संबिधान संशोधन जारी गरि निर्बाचनमा जाने बिषयमा सकारात्मक छलफल भैरहेको बताएका छन् ।

मानब अधिकार तथा शान्ति समाजको नेतृत्वमा पुगेको अधिकारकर्मीको टोलीसंग आज कुराकानी गर्नुहुंदै प्रधानमन्त्री दाहालले संबिधान संशोधन कार्यान्वयन र तीनै तहको निर्बाचन गर्ने बिषयमा दलहरु सहमति नजिक पुगेको बताए ।

प्रधानमन्त्री दाहालले संसदमा प्रस्तुत भैसकेको अख्तियार प्रमुख बिरुद्धको महाअभियोग प्रस्ताब पारित गर्नु पर्ने बताए ।

उनले लोकतन्त्रको रक्षका लागि पनि संसदमा पेश भएको प्रस्ताब पारित हुनु पर्ने बताए ।

समाजका अध्यक्ष गंगाधर अधिकारी मानबअधिकारबादी नेता कृष्ण पहाडी कृष्ण कंडेल लगायत अधिकारकर्मीहरुले लोकतन्त्रको प्रबद्र्धनका लागि निर्बाचन गर्नु पर्ने अख्तियार प्रमुखलाई कारबाही गर्नु पर्ने हिमालयको संरक्षणका लागि कार्ययोजना ल्याउनु पर्ने बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

आजै शान्ति समाजका प्रतिनिधि मण्डलसंगको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको प्रबद्र्धनका लागि निर्बाचन अपरिहार्य रहेको बताएका छन् ।

अध्यक्ष ओलीले संसदमा पेश भैसकेको महाअभियोगक प्रस्ताब प्रमुख तिन वटै दलको सहमतिमा पािरत हुने बिश्वास पनि व्यक्त गरे ।

PM insists on passing impeachment motion against Karki

Prime Minister Pushpa Kamal Dahal has insisted on the need of the Parliament passing the impeachment motion against Chief (now suspended) of the Commission for the Investigation of Abuse of Authority (CIAA) Lokman Singh Karki.

During his meeting with a team of human rights activists this morning, the Prime Minister said top leaders of major political parties are in favour of the impeachment and discussions among the political parties are going on to approve it.

The delegation led by senior human rights activist Krishna Pahadi demanded that a word 'nonviolence' should be incorporated in the preamble of the constitution, any individual convicted of human rights violation should be barred from an appointment to any post and a national campaign be launched against the drug abuse.

Meantime, the Prime Minister has instructed the Nepal Electricity Authority (NEA) to come up with a draft regarding the government plan to make the capital free from power outage.

During his meeting with NEA executive director Kulman Ghising this morning, the Prime Minister sought support and cooperation from the NEA to materialise the government announcement to end the load shedding in the capital soon.

On the occasion, the Prime Minister directed the NEA to take elaborate measures to control power theft and address the problem of power dues.

In response, Executive Director Ghising expressed NEA full support and cooperation to the government in the effort to end the load shedding in the capital initially and across the country finally.

Nepal Army supports over 61.7 m to construct Dharahara

Nepal Army (NA) has provided over Rs 61 million 713 thousand 783 to construct the Dharahara (Bhimsen Tower).

The Dharahara was demolished in last year's Gorkha earthquake.

NA chief Rajendra Chhetri handed over a cheque of this amount today to Prime Minister Pushpa Kamal Dahal.

While receiving the cheque, PM Dahal thanked NA for its support to construct the Dharahara saying that the effort has conveyed positive message to all.

PM Dahal further shared that the government was also searching alternative resources to construct the Dharahara.

On the occasion, NA chief Chhetri while providing the cheque, said that the amount was collected from the NA rank and file aimed at contributing in national pride projects.

Three Romanian citizens arrested for ATM cards fraud

The Nepal's Police central investigation bureau has arrested three Romanian nationals on the charge of ATM card skimming and illegally withdrawing amounts from other's bank accounts.

The arrested are Ghita  Huzum, Losif Moraru and Alexe Cristian Bughiurlan. They were arrested on Friday and made public today.

They used hidden cameras to keep the records of data and pin codes of the ATM cards while customers were busy with withdrawing amounts from the ATM booths in Durbarmarg, Thamel and other areas in the capital.

Of late, the cases of card skimming and illegal withdrawing the bank amount by foreign nationals are on the rise in the country.

Ensure effective public access to health insurance-Vice-President

Vice-President Nanda Bahadur Pun has noted that the country should be taken towards the path to economic prosperity as it has already gone through a hiatus of political change.

At a programme organized Lalitpur today to mark the Silver Jubilee of Human Development and Community Services (HDCS), Vice-President Pun said building prosperous Nepal is possible only when Nepali people residing in all three regions – hilly, mountain and Terai –worked together.

रामलिला फर्जी टिकट प्रकरणको छानबिन समितिको म्याद भोली सकिदै,बिषय रहस्यमय

पप्पु गुरुङ्ग-२२ कार्तिक दोधारा चाँदनी ।

दोधारा चाँदनीमा संचालित रामलिला नाट्य मञ्चनमा कुर्ची बिक्रीको फर्जी टिकट बिषय रहस्यमय भएको छ् । छानबिन समितिको प्रतिबेदनमा समेत रामलिलाको कुर्ची बिक्रिको फर्जी टिकट बिषयमा पत्ता नलागेको प्रतिबेदन तयार परेको श्रोतले जनाएको छ ।

कार्तिक ९ गते आदर्श रामलिला समिति र दोधारा चाँदनी स्थित रहेका सर्वदलिय समितिको सयुक्त बैठकले छानबिन समिति गठन गरि फर्जी टिकट छानबिन समिति गठन गरि छानबिन कार्य अघि बढाएको हो । “फर्जी टिकटको बारे केही फेला परेन्” छानबिन समितिका एक सदस्यले बताए । उनका अनुसार रामलिलाको समयमा फर्जी टिकट देखा परेपनि छानबिनको क्रममा फर्जी टिकटको बिषयमा छानबिन समितिलाई कस्ले फर्जी टिकट लिएर आयो भन्ने कुनै प्रमाण नभएको कारण कसैलाई दोषी ठहरा¥याउन नसकिएको हो ।

“सबै अपुष्ट प्रमाणहरु फेला परेका छन्” छानबिन समितिका एक सदस्यले भने । दोधारा चाँदनीको लक्ष्मी उच्च माबिको प्राङग्राणमा असोज १५ देखि १ गते सम्म संचालन भएको रामलिलामा कुर्चीको फर्जी टिकट देखा परेको बिषयलाई लिएर रामलिला समिति अध्यक्ष र सदस्य तथा उपसमितिका संयोजक बिच आरोप तथा प्रत्यारोपको साथै गाली गलौच तथा हातपात समेत भएको हो ।

फर्जी टिकट छानबिन समितिले फर्जी टिकटको बारेमा पत्ता लगाउन रामलिलाको सम्पुर्ण आय–व्यय् तथा बिल भर्पाई समेत छानबिन समेत गरेको छ् । छानबिनको क्रममा रामलिला समितिका पदाधिकारीहरुले समेत तिर्नु पर्ने रकम समेत नतिरेको देखिएको छ् । “रामलिला समितिका पदाधिकारीहरुले सहयोग ठेलीबाट रसिद काटेर अझै सम्म रकम नबुझाएको अवस्था रहेको छ्” छानबिन समितिका सदस्य श्रोतले भने –“रामलिलालाई घाटा भए रसिदमा लेखिएको रकम बुझाउने, नाफा भए नबुझाउने रामलिला समितिको मौखिक सहमती भएको रहेछ्” रामलिला समितिमा धेरै जसो बिल भर्पाई नियम संगत नभएको छानबिन समिति श्रोतले जानकारी दिएको छ् ।

“धेरै जसो बिलहरु भारतिय बजारका तथा सादा कागजमा लेखिएका बिलहरु छन्” छानबिन समितिका सदस्य श्रोतले भने । सामाजिक सदभाव कायम राख्न संचालनमा आएका श्री आदर्श रामलिला नाट्य मञ्चनमा देखा परेको फर्जी टिकटले हातपात तथा गाली गलौच र आपसी बैमश्यता श्रजना तथा एक आपसमा आरोप प्रत्यारोप भएपछि नेपाली काग्रेंसबाट डम्मर चन्द, नेकपा एमाले बाट राजिब खड्का, नेकपा माओबादी केन्द्रबाट ईन्द्र बहादुर रावत, राप्रपा नेपालबाट अमर बोहरा र राष्ट्रिय जनमोर्चाबाट दिपेन्द्र सिंह कोठियाल गरि ५ सदस्यीय फर्जी टिकट सर्वदलिय छानबिन समिति रामलिला समितिले गठन गरेको हो । छानबिनको क्रममा फर्जी टिकटको बारे केही प्रमाण नभेटिएको छानबिन समिति श्रोतले जनाएका छन् ।

“फर्जी टिकट कस्ले ल्यायो भन्ने प्रमाण छैन” छानबिन समितीका एक सदस्यले बताए – “दुबै टिकट आधिकारीक छैन” छानबिन समितिले रामलिला समितिका समिति तथा उपसमिति लगाएत ब्यक्तीहरु संग फर्जी टिकटको बारे सोधपुछ गरि सकिएको जनाएको छ् । दुई प्रकारको टिकटमा रामलिला समितिको छाप तथा आधिकारिक प्रमाण नै नरहेको बताईएको छ् । “प्रतिबेदन तयार गरिसकेका छै । चाडै सार्वजनिक गर्छौ” छानबिन समितिका एक सदस्य राजिव खड्काले भने । छानबिन समितिले फर्जी टिकट प्रकरणलाई सत्य तथ्य छाबिन गरि भोली सम्म प्रतिबेदन सार्वजनिक गर्ने जनाएको थियो ।

दोधारा चाँदनीमा संचालित रामलिला नाट्य मञ्चनमा कुर्चीमा बसेका प्रति ब्यक्ती दर्शकहरुका लागी रु. २० सहयोग रकम लिने रामलिला समितिको निर्णय अनुरुप गुलाबी कागजमा निलो मसीले लेखिएको सहयोग टिकट रसिद समितीले काट्दै आएकोमा असोज २६ गते देखि गुलाबी कागजमा कालो मसीले लेखिएको कुर्चीको फर्जी टिकट बिभिन्न स्थानमा देखा परेपछि बिबाद श्रजना भएको हो ।

रामलिला फर्जी टिकट बिबादले महायज्ञमा प्रभाव

दोधारा चाँदनी नगरपालिका अन्र्तगतको एक मात्र वृहत तथा अग्रणी सामुदायीक शैक्षिक संस्था भानु बहुमखी क्याम्पस दोधारा चाँदनीले अक्षय कोष निमार्णको लागी महायज्ञ लगाउने कार्यमा समेत रामलिलाको फर्जी टिकट प्रकरणले प्रभाव पर्ने देखिएको छ् ।

क्याम्पसले आफ्नो अक्षय कोष निमार्ण गर्न मंसिरको पहिलो वा दोस्रो सातामा भित्र महायज्ञ संचालन गर्ने भनिएकोमा रकम संकलन तथा सहयोगको लागी राजनितिक दलहरुमा बिमती देखा परेको बताईएको छ् । रामलिला समितिबाट आरोप तथा प्रत्यारोपबाट सल्किएको बिबादले राजनितिक मोड लिएपछि महायज्ञ संचालन गर्ने बिषयमा बिमती देखा पर्ने थालेको हो । रामलिला जस्तो पबित्र धार्मिक कार्यमा भएको फर्जी टिकट तथा बिबादले चरम चुली लिदै बिबादले राजनितिक मोड लिएपछि महायज्ञमा सिधै प्रभाव पर्ने देखिएको हो ।

“रामलिलाको फर्जी टिकटको बिबाद साम्य नहुन सम्म महायज्ञको बारे सोच्न गाहे परेको छ्” दोधारा चा“दनीका एक राजनितिककर्मीले बताए । “रामलिलाको फर्जी टिकटको बिबाद साम्य नभए सम्म भानु बहुमखी कयाम्पसमा संचालनको गर्न लागिएको महायज्ञमा प्रभाव पर्ने निश्चित भएको छ्” तत्कालिन दोधारा गाबिसका कार्यालयका अध्यक्ष बेल बहादुर रानाले बताए ।

रामलिलाको फर्जी टिकट बिबाद चाडै टुङ्ग्याउनु आवश्यक रहेको अध्यक्ष रानाको भनाई रहेको छ् । “धार्मिक कार्यक्रमले समाजमा सदभाव बढाउने कार्य गर्छ न कि, आपसमा बैमश्यता” अध्यक्ष रानाले भने – “सबै मिलेर यसको हल गर्नु पर्छ” क्याम्पसको संचालन का लागि विद्यार्थी अध्ययन शुल्क एक मात्र मुख्य आय श्रोत रहेको क्याम्पस प्रशासनले जनाएको छ् । “२६ गते आम भेला गरेर महायज्ञको तयारी गर्ने सुरसारमा छौ” भानु बहुमुखी क्याम्पसका ब्यवस्थापन समितिका अध्यक्ष राजिव खड्काले भने ।

फ्रान्समा पूर्वयुवराज पारसका साथी सुमितद्धारा आत्महत्या

२१ कार्तिक, काठमाडौं ।
फ्रान्समा नेपाली युवा सुमित राईले आत्महत्या गरेका छन् । पूर्वयुवराज पारस शाहका साथी रहेका राईले आत्महत्या गरेपछि शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत श्रद्दाञ्जली समेत दिएका छन् ।

प्राप्त जानकारी अनुसार राईले रेलको लिगमा हामफालेर आत्महत्या गरेका हुन् । मृतक राई ४५ वर्षका रहेका र उनको मृत्यु यहि २ तारिखमा भएको खुल्न आएको छ ।

घटनापछि पूर्वयुवराज पारसले फेसबुकमा राईको तस्वीर पोष्ट गरेर श्रद्धाञ्जली दिएका छन् । राईको रेलले किचेर शव क्षतविक्षत भएको बताइएको छ ।

बूढानीलकण्ठमा बाल्यावस्थादेखीनै सँगै पढेका शाह र राईको मित्रता पछिसम्म रहेको बताइन्छ ।

कागजी रुपमा बिवाह गरेर फ्रान्स गएका उनी फ्रन्स पुगेपछि बिवाह गरेको भनिएकी फ्रान्सकी युवतीकै करण डिप्रेसनमा परेको बुझिएको छ ।

बाह्र वर्षसम्म विदेशमा बसेका सुमित एक महिनाअघि मात्रै नेपाल आएका थिए । काठमाडौं आएका बेला उनले पारस शाहलगायत आफ्ना पुराना साथीभाइहरुसित भेटघाट गरेको बुझिएको छ ।

पूर्वयुवराज पारसका साथी सुमितद्धारा आत्महत्या

२२ कात्तिक,काठमाडौं ।

पूर्वयुवराज पारस शाहका साथी सुमित राईले आत्महत्या गरेका छन् ।  ४५ वर्षीय राईले  नोभेम्बर २ तारेखमा फ्रान्समा रेलको लिगमा हाम्फालेर आत्महत्या गरेको हुन । उनका साथीले जानकारी दिए अनुसार उनी डिप्रेसनको विरामी थिए ।

१२ वर्ष पहिले सुमितले एकजना फ्रान्सेली युवतीसँग पेपर म्यारिज (कागजी विवाह) गरेका थिए । त्यही बेलादेखि उनी फ्रान्समा बस्दै आएका थिए । वाल्यावस्थामा बूढानीलकण्ठमा विद्यालय तहको अध्ययन गर्दादेखि नै राई र शाह अनन्य मित्र थिए । उनीहरुको दोस्ती पछिसम्म निरन्तर रहेको थियो ।घटनापछि पूर्वयुवराज पारसले फेसबुकमा राईको तस्वीर पोष्ट गरेर श्रद्धाञ्जली दिएका छन् ।

प्रचण्डले सिकाएको पाठ । अयोग्य लडाकुद्धारा पेरिसडाँडा कब्जा (भिडियो)

२२ कार्तिक, काठमाडौं ।
द्धन्द्धका समयमा कार्यकर्तालाई आफुले भनेको नभए कब्जा गर्न भन्दै प्रशिक्ष दिएका पुष्पकमल दाहाल प्रचण्डको प्रशिक्षण अहिले आएर आफैंलाई गलापासो हुने देखिएको छ ।

लडाकुको रुपमा द्धन्द्धमा बन्दुक बोक्न लगाएर सेना समायोजनका क्रममा अयोग्य भन्दै निकालिएका तिनै लडाकुहरुले माओवादी केन्द्रको केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडा कब्जा गरेका छन् ।

परिवारसहित आएका माओवादीका बर्हिगमित लडाकूहरुले सोमबार दिउँसो माओवादी केन्द्रको पेरिसडाँडामा रहेको पार्टी कार्यालय कब्जामा लिएर बसेका छन् ।

बर्हिगमित लडाकूहरु परिवार तथा बालबच्चासहित माओवादी केन्द्रको पार्टी कार्यालयभित्र प्रवेश गरेका हुन् । स्मरणीय छ तिनै लडाकुका नाममा भन्दै माओवादीले लिएको अर्बौं रुपैयाँ घोटाला भएको आम आरोप लाग्दै आएको छ । जसमा अख्तियारमा समेत आरोप दर्ता भएको छ ।

प्रहरीका अनुसार बहिर्गमीत लडाकुहरु पार्टी कार्यालयमा कार्यक्रम रहेको भन्दै सुरक्षाकर्मीलाई छक्याउँदै पालै पालो कार्यालय प्रवेश गरेका थिए ।

सेना समायोजनका बेला आफूहरुलाई अयोग्य ठहर गरिएपनि आफूहरुलाई अझैसम्म न्याय नदिलाएको र सरकारसँग यसअघि भएका सहमतिको कार्यान्वयन नगरिएकाले पार्टी कार्यालयभित्रै प्रवेश गरेर आन्दोलन थालिएको बहिगर्मित लडाकुहरुले बताएका छन् ।

बहिर्गमीत जनमुक्ति सेना नेपालका अध्यक्ष लेलिन विष्टले सरकारसँग भएका सहमति कार्यान्वयन नभएसम्म आफूहरु पार्टी कार्यालयमै बस्ने प्रतिक्रिया दिएका छन् ।

विष्टले अहिलेसम्म आफूहरुलाई सरकारले कुनै सेवा सुविधा नदिएको बताए । बर्हिगमित लडाकूहरुलाई तत्कालीन माओवादीका नेता डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बर्हिगमित लडाकूहरुलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो। विष्टले भट्टराई सरकारसँग भएको ७ बुँदे सहमति कार्यान्वयन गर्न पनि सरकारसँग माग गरे।

तत्कालीन माओवादीका हाल एकीकरणपछि बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले मुलुकको प्रधानमन्त्री छन्।

प्रधानमन्त्री दाहालले यिनै लडाकुका लागि भन्दै पटक पटक गरेर तीन लाख रुपैयाँ निकासाको निर्णय गराएपनि उनिहरुले भने निर्णय र निकासा अनुसारको रकम नपाएको बताएका छन् ।

बहिर्गमीत लडाकुहरुले पार्टी कार्यालय कब्जा गरेपछि सत्ता सम्हालीरहेको माओवादीलाई अर्को सकस थपिएको छ ।

संविधान संशोधन सँगै सरकार सञ्चालन समेत चुस्त नभइरहेको बेलामा आफ्नै पार्टी कार्यकर्ताको दबावपछि प्रधानमन्त्री दाहालले यसलाई अन्य पार्टीको उक्साहठमा भएको आरोप लगाउन बेर लाग्नेछैन ।

तथापी आफु सत्तामा भएको बेलामा भएको यो घटनापछि उनले राज्यढुकुटीबाट अयोग्य लडाकुका नाममा भन्दै फेरी करोडौं रकम बाँड्ने संभावना देखिन्छ ।

Photo/Video source annapurnapost.com

लोकमानलाई महाभियोग लागेपछि अख्तियार डराएकै हो त ? आयो यस्तो विज्ञप्ती

२२  कात्तिक, काठमाडौं  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न राजनीतिक दलका नेताहरुमाथि छानबीन नगरेको स्पष्ट पारेको छ । अख्तियारले सोमबार एक विज्ञप्ती गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न व्यक्तिहरुलाई कारबाहीको दायरमा ल्याएको भन्दै संचारमाध्ययम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्री प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिद्वारा गरिएको अख्तियारको दुरुपयोग तथा भ्रष्टाचारजन्य कसूरमाथि छानविन, अनुसन्धान तथा अभियोजन गर्ने कानुनी अधिकार आयोगमा रहेको भन्दै आयोगले गरेको छानबिन तथा अनुसन्धान सम्बन्धी सम्पूर्ण कार्य गोप्य रहने भन्दै आयोगद्वारा सम्पादन हुने छानबिन अनुसन्धान तथा अभियोजन लगायतका गतिविधिबारे सार्वजनिक गर्नुपर्ने विषय प्रवक्ताद्वारा मात्रै हुनेसमेत विज्ञप्तिमा उल्लेख छ ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीले राजनीतिक दलका नेताहरुमाथि छानबीन अघि बढाउन खोजेको र त्यहि बुझेर संसदमा महाभियोग प्रस्ताव लगिएको भन्नेसम्मको समाचारहरु आइरहेको सन्दर्भमा अख्तियारले यस्तो बताएको हो ।कार्की विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल संसदमा कात्तिक २५ देखि सुरु हुँदैछ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web