२२ कात्तिक, काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एटीएम चलाउने सम्पूर्ण ग्राहकलाई तत्काल पिनकोड परिवर्तन गर्न आग्रह गरेको छ । अर्काको पिन र पासवर्ड चोरी गरी नेपाली एटीएम बुथबाट पैसा निकाल्ने अन्तर्राष्ट्रिय गिरोह नेपालमा पनि सक्रिय भएपछि प्रहरीले यस्तो आग्रह गरेको हो ।

नेपालमा अहिले ३५ लाख एटीएम प्रयोगकर्ता रहेको सिआइबीको तथ्याङ्क छ । ती मध्ये अधिकांशको पिनकोड चोरी भएको प्रहरीले जनाएको छ । अर्काको एटीएमको पिन र पासवर्ड चोरेर पैसा निकाल्ने तीन रोमानियनलाई सिआइबीले पक्राउ गरेको छ ।

जिता हुजुन, इओसिफ मोरारु, एलुक्स क्रिस्टेइनलाई सिआइबीले पिनकोड र पासवर्ड परिवर्तन गर्न प्रयोग गर्ने सामाग्री सहित आज सार्वजनिक गरेपछि नेपालको एटीएम असुरक्षित रहेको भन्दै प्रहरीले सबै एटीएम प्रयोगकर्तलाई पिनकोड परिवर्तन गर्न भनेको हो ।

२२ कार्तिक, काठमाडौं ।
नेपाली सेनाले धरहरा पूनर्निर्माणका लागि छ करोड सत्र लाख रुपियाँ बराबरको रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्रीे कार्यालय सिंहदरबारमा आज प्रधान सेनापति राजेन्द्र क्षेत्रीले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाली सेनाले भूकम्पपछीको पुनर्निमार्णमा गरेको प्रयासको प्रशंसा गर्दै धरहरा निर्माणका लागि सरकारले पनि गृहकार्य गरिरहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहाले भूकम्पपछीको पुनर्निमार्णका लागि नेपाली सेनाको परिचालन र मेरो धरहरा मै बनाउछु अभियाका लागि गरेको रकम संकलन र हस्तानन्तरणले अन्य संघसंस्था र जनतालाई पनि प्रेरणा प्रदान गर्ने बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षेत्रीले मेरो धरहरा मै बनाउछु कार्यक्रमका लागि सकल दर्जाका सैनिकहरुबाट रकम संकलन गरेर हस्तान्तरण गरिएको बताउनु भयो ।

धरहरा निर्माणका लागि प्रारुप तयार पार्ने काम भैरहेको र सम्मपन्न भए लगत्तै धरहरा निर्माण प्रक्रिया अघि बढ्ने पुनर्निमार्ण प्राधिकरणले जनाएको छ ।

२२ कार्तिक, नेपालगञ्ज ।
बाँकेमा ८ वटा स्थानीय तह रहने गरी सहमति भएको छ । जिल्ला विकास समिति बाँकेका अनुसार, स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले बाँकेमा ८ वटा स्थानीय तहको सिफारिस गरी केन्द्रमा पठाएको छ ।

बाँकेमा १ उपमहानगर, १ नगरपालिका र ६ वटा गाउँपालिकामा सहमति भएको स्थानीय विकास अधिकारी जीवलाल भूषालले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, र नरैनापुर गाउँपालिका सिफारिस गरिएको छ ।

त्यस्तै अन्य गाउँपालिकामा राप्ती–सुनारी, बैजनाथ खजुरा र डुडुवा गाउँपालिका छन् ।

स्थानीय तह पुनरसंरचना
स्थानीय तह पुनरसंरचना आयोगले हालसम्म ३१ जिल्लाबाट आयोगमा प्रतिवेदन प्राप्त भएको जनाएको छ ।

जिल्लाहरुलाई प्रतिवेदन बुझाउनका लागि दिइएको थप समय गत शनिवार सकिएको भए पनि काम भैरहेकोले एकदुई दिन भित्रमा प्रतिवेदन आइसक्ने स्थानीय तह पुनरसंरचना आयोगका सदस्य सचिव एवं प्रवक्ता डा. हरि पौडेलले जानकारी दिनुभयो ।

आयोगले थपिएको मापदण्डका आधारमा स्थानीय तहको पुनरसंरचना गर्न कार्तिक ४ गते जिल्लाहरुमा रहेका स्थानिय तह पुनरसंरचना प्राविधिक सहयोग समितिलाई पत्राचार गरेको थियो ।

स्थानीय तह पुनरसंरचना आयोगले थपिएको मापदण्डका आधारमा पाँच सय ७ देखी ७ सय ४४ सम्म स्थानीय तह रहने जनाएको छ ।

२२ कार्तिक, धनगढी ।
सहरी बिकास मन्त्री अर्जुन नरसिंह केसीले कार्तिक महिना भित्रै संबिधान संशोसन गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

कैलालीको टिकापुरमा आज आयोजित कार्यक्रममा मन्त्री केसीले संबिधान संशोसनका बिषय बस्तुमा सरकारले बिपक्षी दल तथा मधेशी मोर्चासंग छलफल अघि बढाएको बताउनु भयो ।

मन्त्री केसीले दलिय सहमतिमा सिमाकन हेरफर गर्न सकिने भएपनि संघीय प्रदेशको संख्या बढाउन नमिल्ने बताउनुभयो ।

उहाले स्थानीय तहको निर्वाचनमा जानुको बिकल्प नरहेको बताउनुभयो ।

२२ कार्तिक, धनकुटा ।
नेपालको धरै ठाउँमा अन्नबाली उब्जनी नभएर बसाई सराई हिंड्नुपर्ने बाध्यता छ तर उता धनकुटाको बोधे गाबिसमा भने पाकेको धानबाली थन्क्याउने जनशक्ति नहुंदा किसानहरु समस्यामा परेका छन् ।

बैदेशिक रोजगारमा गएर यूवाहरु गाउँमा नभएपछि यति बेला बुढापाकाहरु भेला पारेर धान भण्डारण गनुृपर्ने बाध्यता रहेकोले बिस्तारै जमिनै बाँझो छाड्ने अबस्था आएको बोधे ५ हंसमोरङ्गका ६३ बर्षिया गोबिन्द बहादुर बस्नेत बताउनु हुन्छ ।

त्यस्तै धान खेती गर्ने र काट्न दैनिक ५ सय ज्याला दिंदा समेत कामदार नपाउने भएपछि बुढापाकाको सहारामा धान खेती गर्नुपर्ने बाध्यता भएको सोहि गाउँकी किसान रुपा देवी दाहाल बताउनु हुन्छ ।

सो गाउँको जमिन तराईमा जस्तै एक माना बिउ बरावर एक मुरी धान फल्ने उर्वर भएपनि यूवाहरुको अभावमा गाउँका ४५ परिवारले हरेक बर्ष धान खेती गर्न समस्या भोग्नु परेको गाउँलेहरुको गुनासो छ ।

बोधे गाबिस जस्तै धानबालीको पकेट क्षेत्रका रुपमा रहेका धनकुटाको लेगुवा,सान्ने,मारेकटाहारे लगाएतका गाबिसहरुमा पनि यूवा जनशक्तिको अभावमा धान खेती गर्न गाह्रो भईरहेको गाउँलेहरुको भनाई रहंदै आएको छ ।

गत बर्ष धनकुटामा ७ हजार ८ सय २० हेक्टर मा २५ हजार ८ सय मेट्रिक टन बर्खे धान उत्पादन भएको थियो । यो बर्ष भने प्रसस्त बर्षा भएको कारण धान उत्पादन २० प्रतिशत सम्म बृद्धि हुने जिल्ला कृषि बिकास कार्यालय धनकुटाले जानकारी दिएको छ ।

२२ कार्तिक, टोकियो ।
नेपाली चलचित्रको ईतिहाँसमा दुई सफल सिक्वेल मुभि बनाएका निर्देशक रामबाबु गुरुङको नयाँ चलचित्र पुरानो डुंगा नेपालमा प्रदर्शन अघि नै जापानमा प्रदर्शनको मिति तोकिएको छ ।

चर्चित चलचित्र 'कबड्डी' र 'कबड्डी-कबड्डी' बनाएका निर्देशक रामबाबुको पोखरा ताल किनारका दुई दाजुभाईको मौलिक कथा समेटिएको पुरानो डुंगा नेपालमा मल्टिफ्लेक्स सहित देशभरका चलचित्रघरहरुमा मंसिर १० गतेबाट प्रदर्शन हुँदैछ भने जापानमा १८ डिसेम्वरमा दिन दुई शो हुने भएको छ ।

चलचित्र जापानको राजधानी टोकियोको मेगुरोमा रहेको मेगुरो कुमिन सेन्टरमा १८ डिसेम्बरका दिन पहिलो दिउँसो २ बजे र दोस्रो ६ बजेबाट हुने भएको छ ।

टोक्यो ड्म्सि इन्टरटेनमेन्टका अनुसार चलचित्रको टिकट बुकिंग खुल्ला भइसकेको छ । यसअघि समेत जापानमा पहिलो पटक सिटसँख्या भन्दा दुईगुणा बढी दर्शक आएर फर्कीनुपरेको रामबाबुकै निर्देशनको कबड्डी कबड्डीलाई जापानमा प्रदर्शन गर्नुभएका अन्जु श्रेष्ठका अनुसार चलचित्रको टिकट बुकिंग अर्डन आउन थालिसकेको छ ।

टोक्यो बाहेकका अन्य शहरमा समेत प्रदर्शनको लागि अनुरोध आइरहेको भन्दै श्रेष्ठले टोकियोमा हुने शोको टिकटको लागि समयमै सम्पर्क गरेर टिकट सुरक्षित राख्न अनुरोध समेत गर्नुभयो ।
टिकट बुकिंगको लागि तल उल्लेखित नम्वरहरुमा सम्पर्क गर्न सकिने बताइएको छ ।

डुंगा चलाएर जीविकोपार्जन गरेको एक परिवारको अंशबन्डा हुँदा भाइले डुंगा लगिदिएपछि परिवारलाई पर्ने समस्याको विषयमा चलचित्रको मुल कथा समेटिएको छ ।

सिनेमा आर्ट र माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङलगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

माओत्सेको मूलधारको चलचित्रमा पहिलोपटक कथा लेखेका हुन् भने कथामा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले चलचित्र कोरेका हुन् ।

चलचित्रमा चर्चीत संगितकार कालीप्रसाद बाँस्कोटाको गीतसंगीत रहेको छ भने रोहित शाक्यको पाश्र्वसंगीत रहेको छ ।

शैलेन्द्र डी कार्कीले खिचेको चलचित्रको निर्मातामा रौनकविक्रम कँडेल, ओमचन्द्र रौनियार र धनबहादुर गुरुङ रहेका छन् ।

फिल्म आर्ट र माओत्से गुरुङ फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा मेनुका प्रधानको पनि अभिनय रहेको छ ।

सामान्य कथाबस्तुलाई फरक धारमा राखेर चलचित्र मौलिक कथाबस्तुसँगै पोखरा र आसपासका सुन्दर दृश्य समेटेर चलचित्र बनेको निर्देशक गुरुङले बताएका छन् ।
कबड्डी र कबड्डी कबड्डी जस्तो सफल चलचित्र बनाईसकेका रामबाबुले फेरी पनि उही नाम राखेर चलचित्र बनाउँदा नयाँ नाम र कथामा नसक्ने हो कि भनेर गाल पर्ने हुनाले आफुले नयाँ परिवेशमा मौलिक नेपाली कथा समेटेको चलचित्र बनाएको बताएका छन् । चलचित्रको एक गित आज काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक हुँदैछ ।

निरा जैले रिसाउने निरा जैले हँसाउने बोलको गितबाटै लोकप्रिय बनिरहेको यो गित मात्रै सामाजिक सञ्जाल युट्युवमा करिव ४९ लाख पटक हेरिसकिएको छ । यस्तै फिलिमको टेलर समेत करिव ६ लाख पटक हेरिएको छ ।

BOOKING OPEN !!
For more details and information, plz contact :080-4355-5258, 080-3594-0800, 080-7698-7075 or go to page Tokyo Dreams Entertainment !!

'PURANO DUNGA'
18th dec / 1st show 14:00, 2nd show 18:00 Meguro Kumin Center Hall !

२२ कार्तिक, उदयपुर ।
सरुवा भै सकेका जिल्ला शिक्षा अधिकारी दिलीप कुमार ठाकुर फेरी उदयपुरै आउन लागेको भन्दै उदयपुरका शिक्षकहरुले सोमबार जिल्ला शिक्षा कार्यलयको गेटमा कालो ब्यानर सहित फिर्ता जाउ भन्दै आन्दोलनको घोषणा गरेका छन । जिल्ला शिक्षा अधिकारी दिलीप कुमार ठाकुरले शैक्षिक अराजकता मच्चाएको भन्दै सोमबार कार्यलय समय भन्दा अगाबै गेटमा पुगी शिक्षकहरुले गेटमा कालो ब्यानर सहीत प्रबेसमा रोक लगाएका हुन ।

एक बर्ष अघि उदयपुर सरुवा भै आउनु भएको ठाकाुरले सो अवधिमा जिल्लाको शैक्षिक स्थिति तहसनहस पारेको भन्दै तत्काल सरुवा गर्न मागसहित यस अघिनै शिक्षक महासंघको नेत्रित्वमा नेपाल शिक्षक महासंघ , शिक्षक युनियन, शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनले शिक्षामन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत सरुवा गराउन ज्ञापनपत्र समेत बुझाइ सकेका छन ।

ठाकुरालाइ शैक्षिक वितरणमा स्वार्थ साँध्ने, भवन र भौतिक पूर्वाधार निर्माणमा काम सकिए पनि कमिशन नपाएसम्म भुक्तानी रोक्ने, आपूm अनुकुल शिक्षकहरुको सरुवा बढुवा गर्ने, दरबन्दी अनुसार सरुवा नदिने, दरबन्दि मिलान नगर्नेलगायत आरोप उनीमाथि लागेको छ ।

गत असोज पहिलो साताको मन्त्रिपरिषद् निर्णयअनुसार बारा स्थीत शैक्षिक प्रशिक्षण केन्द्रमा काज सरुवा भएका ठाकुर आफ्नो अवधि नसकिएको भन्दै पुनः उदयपुरमै बस्ने माग सहित उत्च अदालत पाटनमा रिट हाल्नुभएको थियो उच्च अदालतले ठाकुरकै पक्षमा फैसला गरेपछी ठाकुर उदयपुर आउन लाग्नुभएको हो ।

यता शिक्षकहरुले भने सरुवा नभए चरनबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन वसमा हाललाइ बिरोध स्वरुप हातमा कालो पट्टी बाँधेर काम गर्ने , जिशिअ कार्यकक्षमा ताला बन्दि गर्ने लगाएतको आन्दोलनको कार्यक्रम रहेको राहात शिक्षक जिल्ला समीती उदयपुरका अध्यक्ष कर्ण बहादुर मगरले जानकारी दिनुभयो ।

२२ कार्तिक, पोखरा ।
कार्यकर्ता पार्टीमा लागेर साथ दिएपनी देश हित र राष्टहित बिपरित लोकमानसिंह कार्की नियुक्ती देखी नाकाबन्दीमा भारतको बिरोध गर्न नसक्ने अनि नेपाली नागरिकता लिएका भारतीयलाई प्रमूख पद दिनेगरि संविधान संसोधन सहित स्वार्थको राजनीति मात्र गरिरहेपनि काँग्रेस वरिष्ठ नेता रहेका रामचन्द्र पौडेलले भने युवाहरुलाई पार्टीमा लागिरहन आग्रह गरेका छन् ।

पौडेलले संविधान जारि गरेको काँग्रेसले संविधान कार्यान्वयन नेतृत्व पनि काँग्रेसले नै गर्नु पर्ने समेत बताए ।

नेता पौडेलले आज पोखरामा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाटमा देशको सार्वभौमसत्ता र अखण्डता विपरित नहुने गरी संविधान संशोधन गरेर मधेशका माग समाधान गर्नु पर्ने समेत बताए ।

उनले काँग्रेस मुलुकको एकमात्र ऐतिहासिक र जिम्मेवार पार्टी भएकाले कार्यकताहरु पार्टी संगठनमा लागीपरिरहन समेत अनुरोध गरे ।

२२ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको रक्षाका लागि पनि अख्तियार प्रमूख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा पेश भएको महाअभियोग प्रस्ताव पास गर्नुपर्ने जिकिर गरेका छन् ।

बरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा गएको मानव अधिकारकर्मी टोलीसँगको भेटमा प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि महाअभियोग प्रस्ताव पारित गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले भने ‘हिजो भिन्न परिस्थितिमा सबैको सहमतिले लोकमानलाई अख्तियार प्रमूख बनाइयो, त्यसको समीक्षा पनि गरौंला । तर, अहिले भिन्न परिस्थिति आएको छ । लोकतन्त्रको रक्षा र सार्वजनिक संस्थाहरुको संरक्षणका लागि पनि महाअभियोग प्रस्ताव पास हुनुपर्छ । सरकारले प्रमूख दलहरुबीच सहमति जुटाएर प्रस्ताव पारित गराउने पहल गरिरहेको छ ।’

प्रधानमन्त्रीले प्रमूख दलका शीर्ष नेताहरु महाअभियोगकै पक्षमा रहेको जानकारी दिँदै आन्तरिक गृहकार्यपछि सहमतिमा पुगिने बताए । तर उनले यस्तो गृहकार्य महाअभियोग प्रस्ताव दर्ता गरेको तीन साता वित्न लागिसक्दा समेत नभएको बारे भने केही बताएनन् ।

भेटमा प्रधानमन्त्रीले जनआन्दोलन लगायतका परिवर्तनका आन्दोलनमा मानव अधिकारकर्मीहरुको उल्लेख्य योगदान रहेको भन्दै खबरदारी जारी नै राख्न अधिकारकर्मीहरुलाई आग्रह गरे ।

भेटमा अधिकारकर्मीहरुले संविधानको प्रस्तावनामा अहिंसा शब्द थप गर्न, मानव अधिकार उलङ्घनका दोषीलाई भविष्यमा कुनै पनि पदमा नियुक्त नगर्न, लागु औषधविरुद्ध राष्ट्रिय अभियान थालनी गर्न, भारत–पाकिस्तानबीचको तनावमा सहजीकरण गर्न, छिटै स्थानीय तहको निर्वाचनको वातावरण निर्माण गर्न, जलवायु परिवर्तनबारे आयोग बनाएर काम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए

२२ कार्तिक, काठमाडौं ।

प्रधानन्यायाधीश सुशीला कार्कीले उच्च अदालतमा न्यायाधीश नियुक्ति रोक्न आफूलाई नै हटाउने षडयन्त्र भइरहेको खुलासा गरेकी छन्।

सर्वोच्च अदालत बार एसोसिएसन र कानुन व्यवसायीको पेसागत संगठनका केही पदाधिकारीसँग शुक्रबारको छलफलमा प्रधानन्यायाधीश कार्कीले आफ्नो योजनविरुद्ध षडयन्त्र भइरहेको खुलासा गरेकी हुन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।

‘न्यायपरिषद बैठक बस्न नदिने र जसरी पनि नियुक्ति रोक्ने षडयन्त्र भइरहेको मैले थाहा पाएँ,’ कार्कीलाई उद्धृत गर्दै सर्वोच्च बारका एक सदस्यले भने । नाम उल्लेख नगरी कार्कीले आफ्नै सहकर्मीबाट समेत षडयन्त्र भइरहेको बताएकी थिइन् ।

पुनरावेदन अदालतलाई संविधान बमोजिम हालै उच्च अदालतमा परिणत गरिएपछि ८० हाराहारी संख्यामा न्यायाधीश नियुक्ति गर्नुपर्नेछ ।

‘प्रधानन्यायाधीश भएपछि मैले थाहा पाएँ, कस्ता–कस्ता षडयन्त्र हुँदा रहेछन्,’ कार्कीले ती पदाधिकारीसँग भनेकी थिइन्, ‘तर पैसाका बिटा र नेताको चाकरी तथा सोर्स, भनसुनका भरमा म नियुक्त हुन दिन्नँ, तत्कालै उच्च अदालतका न्यायाधीशहरु नियुक्त गरेरमात्र बिदा हुन्छु ।’

२२ कार्तिक, दाङ ।
परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद हुन्न । ती सबै चुनौतीलाई जितेर एक्लै सडक खन्न पनि तम्सिएका छन् । उनी हुन्, दाङको तुलसीपुर नगरपालिका–१ स्थित परेखोला निवासी ७२ वर्षीय वृद्ध चन्द्रवीर वली । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।

शनिबार बिहानै घरमा पुग्दा वृद्ध वली आफ्नै सुरमा काम गरिरहेका थिए । कसैले बोलाउँदा अलमलिएर बात गर्ने समय पनि उनीसँग थिएन । एकोहोरो काममै व्यस्त देखिन्थे । हामीले नजिकै गएर आवाज दियौं, यसो हेर्दै फेरि काममै लागे । सामुन्नेमै पुगेर पहिला भेटघाट भएको सम्झाएपछि भने उनले ‘ए बाबु पो आउनुभाको’ भन्दै आफ्नो काममा ब्रेक लगाए । उनको शैली हेर्दा लाग्थ्यो, कामविना उनी बस्नै सक्दैनन् । सायद उनको त्यही शैलीको परिणाम थियो, एक वर्षमा एक्लै खनेको दुई किलोमिटर बाटो ।

सातजना परिवारका सदस्यमा एक मात्र आँखा देख्ने वलीले परिवारका सदस्यकै पीडा मेट्न दुई वर्षदेखि एक्लै गाउँको बाटो खनिरहेका छन् । उनको एक्लो मिहिनेतको फल गाउँले पाएको पनि छ, उनी एक्लैले दुई किलोमिटर बाटो गाडी गुड्नयोग्य बनाइछाडेका छन् । वृद्ध वलीको यो साहसिलो कथा प्रकाशित भएपछि सहयोगी मनहरूले वलीलाई पछ्याउन थालेका छन् । उनको साहसको कथाले मन छोएका लन्डन बस्दै आएका कृष्णप्रसाद शर्माले राप्रपा नेपालका केन्द्रीय सदस्य अञ्जना शाह रावलमार्फत उपलब्ध गराएको ३० हजार रुपैयाँ उपलब्ध गराउन वलीको आँगनमा पुग्दा उनमा बेग्लै जोस देखियो । सामान्य अभिवादनपछि रकम हस्तान्तरण गरेलगत्तै उनी एकाएक हौसिए ।

अनि अठोट गरे, प्राण रहँदासम्म बाटो खनिरहने । ‘मरेको भोलिपल्टको कुरा नगरम, नत्र बाँचुन्जेल बाटो खनिरहन्छु,’ पैसा गन्दै वलीले राजधानीसँग भने, ‘गरे सकिन्छ, म नमर्दासम्म यहाँसम्म जसरी भए पनि जिप त ल्याउँछु–ल्याउँछु ।’ उनले खनेको बाटो हुँदै अहिले उनको आँगनसम्म मोटरसाइकल पुग्ने भएको छ । दृष्टिविहीन श्रीमती र सन्तानका कारण खाना पकाउने, पानी ल्याउने, जुठा भाँडा सफा गर्ने, वस्तुभाउ चराउनेदेखि घाँसपातसम्मका सबै काम उनी एक्लै गर्दै आएका छन् । त्यसबाट पनि समय बचाएर उनले बाटो खन्दै आएका हुन् ।

स्थानीय रायपानी सामुदायिक वन समूहका अध्यक्ष कलीभान रोकाले आयोजना गरेको सामान्य कार्यक्रममा वृद्ध वलीलाई सहयोग रकम हस्तान्तरण गरिएपछि उनको अनुहारमा एकाएक चमक आएको थियो । उनको अनुहारमा खुसीको हाँसो छायो । अनि जोसिलो पारामा हौसिँदै भने, ‘घरको आँगनमा एकाबिहानै हजार÷हजारका नोट पाउँदा भगवान्ले पठाइदिएको जस्तो लागेको छ, पैसा दिने मान्छे मेरा लागि भगवान् नै हुन्, तर मैले पैसा पाउनका लागि चाहिँ बाटो खनेको होइन ।’ उनी एक्लैले राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकको साततलेदेखि परेखोला हुँदै राम्रीको तल्लो भेगसम्म बाटो पु¥याएका छन् ।

एक मिटर चौडाइ बाटो खनेका वलीले अहिले त्यही बाटोलाई चौडा गर्ने र वर्षाको समयमा भत्किएका र जीर्ण भएका ठाउँमा पुनः मर्मत गर्ने कार्य गरिरहेका छन् । परिवारका सदस्यको पीडा मेट्नका लागि थालिएको यो कामलाई अहिले सबैले प्रशंसा गरिरहेका छन् । यसले वृद्ध शरीरमा पनि जोस भरिदिएको अनुभूति उनले गरेका छन् ।

२२ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने प्रचलन तोडदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले सम्पत्ति विवरण गोप्य राखेको हो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

यसअघि मन्त्रीहरूले मन्त्रिपरिषदमा पेस गर्ने विवरणलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने प्रचलन थियो । तर, त्यसबारे मन्त्रिपरिषदले निर्णय नगर्दा उनीहरूका सम्पत्ति विवरण सार्वजनिक नभएका हुन् ।

प्रधानमन्त्री र मन्त्रीहरूले नियुक्त भएको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा छ । यो परम्परा ०४६ को जनआन्दोलनपछिका पहिला जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालादेखि सुरु भएको हो ।

२०४८ सालमा कोइराला नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले पदमा नियुक्त भएको १५ दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने निर्णय गरेको थियो । त्यसपछिका सरकारहरूले यो परम्परालाई निरन्तरता दिँदै आएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनमा आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सार्वजनिक पदमा रहेका सबैले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने र मन्त्रिपरिषदको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर प्रधानमन्त्री र मन्त्रीहरू कसैको सम्पत्ति विवरण शनिबारसम्म पनि वेबसाइटमा राखिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव दामोदर रेग्मीले भने प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण छिट्टै वेबसाइटमा राखी सार्वजनिक गरिने दाबी गरे । ‘पछि नियुक्त भएका कतिपय मन्त्रीहरूका विवरण प्राप्त भइसकेका छैनन् । त्यसैले पनि केही समय लागेको हो,’ रेग्मीले कान्तिपुरसँग भने । प्रधानमन्त्री दाहालले गत साउन २० देखि ५ जना मन्त्रीसहित जिम्मेवारी सुरु गरेका हुन् । त्यसयता पटक–पटक विस्तार गरी दाहालले ३१ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् । कांग्रेस, माओवादी केन्द्र, राप्रपासहितको गठबन्धन बनाई दाहाल सरकार गठन भएको हो । सुरुमा ६ सदस्यीय मन्त्रिपरिषदमा दोस्रोपल्ट राप्रपाबाट २ र नेकपा संयुक्तबाट एक जना मन्त्री थपिएका हुन् ।

दाहालले साउन ३० मा तेस्रोपल्ट मन्त्रिपरिषद विस्तार गरी आफ्नै पार्टीबाट ५ मन्त्री र ४ राज्यमन्त्री थपेका हुन् । चौथोपल्ट भने भदौ ९ मा मन्त्रिपरिषद विस्तार भएको थियो । त्यतिबेला भने कांग्रेसबाट मात्र १३ जना मन्त्री थपिएका थिए ।

पछिल्लोपटक विस्तारित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने ६० दिने म्याद बाँकी नै भएको तर्क उक्त कार्यालयका अधिकारीहरूको छ । प्रधानमन्त्री दाहालले आफ्नो सम्पत्ति विवरण समयमै पेस गरे पनि सार्वजनिक गर्न भने ढिलाइ भएको हो ।