एटीएम प्रयोगकर्तालाई पिनकोड परिवर्तन गर्न प्रहरीको आग्रह

कार्तिक २२, २०७३ मा प्रकाशित | 733 views

२२ कात्तिक, काठमाडौं  ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एटीएम चलाउने सम्पूर्ण ग्राहकलाई तत्काल पिनकोड परिवर्तन गर्न आग्रह गरेको छ । अर्काको पिन र पासवर्ड चोरी गरी नेपाली एटीएम बुथबाट पैसा निकाल्ने अन्तर्राष्ट्रिय गिरोह नेपालमा पनि सक्रिय भएपछि प्रहरीले यस्तो आग्रह गरेको हो ।

नेपालमा अहिले ३५ लाख एटीएम प्रयोगकर्ता रहेको सिआइबीको तथ्याङ्क छ । ती मध्ये अधिकांशको पिनकोड चोरी भएको प्रहरीले जनाएको छ । अर्काको एटीएमको पिन र पासवर्ड चोरेर पैसा निकाल्ने तीन रोमानियनलाई सिआइबीले पक्राउ गरेको छ ।

जिता हुजुन, इओसिफ मोरारु, एलुक्स क्रिस्टेइनलाई सिआइबीले पिनकोड र पासवर्ड परिवर्तन गर्न प्रयोग गर्ने सामाग्री सहित आज सार्वजनिक गरेपछि नेपालको एटीएम असुरक्षित रहेको भन्दै प्रहरीले सबै एटीएम प्रयोगकर्तलाई पिनकोड परिवर्तन गर्न भनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web