२२ कार्तिक, काठमाडौं ।
नेपाली सेनाले धरहरा पूनर्निर्माणका लागि छ करोड सत्र लाख रुपियाँ बराबरको रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्रीे कार्यालय सिंहदरबारमा आज प्रधान सेनापति राजेन्द्र क्षेत्रीले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाली सेनाले भूकम्पपछीको पुनर्निमार्णमा गरेको प्रयासको प्रशंसा गर्दै धरहरा निर्माणका लागि सरकारले पनि गृहकार्य गरिरहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहाले भूकम्पपछीको पुनर्निमार्णका लागि नेपाली सेनाको परिचालन र मेरो धरहरा मै बनाउछु अभियाका लागि गरेको रकम संकलन र हस्तानन्तरणले अन्य संघसंस्था र जनतालाई पनि प्रेरणा प्रदान गर्ने बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षेत्रीले मेरो धरहरा मै बनाउछु कार्यक्रमका लागि सकल दर्जाका सैनिकहरुबाट रकम संकलन गरेर हस्तान्तरण गरिएको बताउनु भयो ।

धरहरा निर्माणका लागि प्रारुप तयार पार्ने काम भैरहेको र सम्मपन्न भए लगत्तै धरहरा निर्माण प्रक्रिया अघि बढ्ने पुनर्निमार्ण प्राधिकरणले जनाएको छ ।

20.12¡ÆC