बाँकेमा ८ वटा स्थानीय तह रहने सहमति

कार्तिक २२, २०७३ मा प्रकाशित | 1121 views

२२ कार्तिक, नेपालगञ्ज ।
बाँकेमा ८ वटा स्थानीय तह रहने गरी सहमति भएको छ । जिल्ला विकास समिति बाँकेका अनुसार, स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले बाँकेमा ८ वटा स्थानीय तहको सिफारिस गरी केन्द्रमा पठाएको छ ।

बाँकेमा १ उपमहानगर, १ नगरपालिका र ६ वटा गाउँपालिकामा सहमति भएको स्थानीय विकास अधिकारी जीवलाल भूषालले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, र नरैनापुर गाउँपालिका सिफारिस गरिएको छ ।

त्यस्तै अन्य गाउँपालिकामा राप्ती–सुनारी, बैजनाथ खजुरा र डुडुवा गाउँपालिका छन् ।

स्थानीय तह पुनरसंरचना
स्थानीय तह पुनरसंरचना आयोगले हालसम्म ३१ जिल्लाबाट आयोगमा प्रतिवेदन प्राप्त भएको जनाएको छ ।

जिल्लाहरुलाई प्रतिवेदन बुझाउनका लागि दिइएको थप समय गत शनिवार सकिएको भए पनि काम भैरहेकोले एकदुई दिन भित्रमा प्रतिवेदन आइसक्ने स्थानीय तह पुनरसंरचना आयोगका सदस्य सचिव एवं प्रवक्ता डा. हरि पौडेलले जानकारी दिनुभयो ।

आयोगले थपिएको मापदण्डका आधारमा स्थानीय तहको पुनरसंरचना गर्न  कार्तिक ४ गते जिल्लाहरुमा रहेका स्थानिय तह पुनरसंरचना प्राविधिक सहयोग समितिलाई पत्राचार गरेको थियो ।

स्थानीय तह पुनरसंरचना आयोगले थपिएको मापदण्डका आधारमा पाँच सय ७ देखी ७ सय ४४ सम्म स्थानीय तह रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web