उदयपुरका जिशिअ दिलीप कुमार ठाकुरलाइ कार्यालय प्रबेशमा रोक

कार्तिक २२, २०७३ मा प्रकाशित | 921 views

२२ कार्तिक, उदयपुर ।
सरुवा भै सकेका जिल्ला शिक्षा अधिकारी दिलीप कुमार ठाकुर फेरी उदयपुरै आउन लागेको भन्दै उदयपुरका शिक्षकहरुले सोमबार जिल्ला शिक्षा कार्यलयको गेटमा कालो ब्यानर सहित फिर्ता जाउ भन्दै आन्दोलनको घोषणा गरेका छन । जिल्ला शिक्षा अधिकारी दिलीप कुमार ठाकुरले शैक्षिक अराजकता मच्चाएको भन्दै सोमबार कार्यलय समय भन्दा अगाबै गेटमा पुगी शिक्षकहरुले गेटमा कालो ब्यानर सहीत प्रबेसमा रोक लगाएका हुन ।

एक बर्ष अघि उदयपुर सरुवा भै आउनु भएको ठाकाुरले सो अवधिमा जिल्लाको शैक्षिक स्थिति तहसनहस पारेको भन्दै तत्काल सरुवा गर्न मागसहित यस अघिनै शिक्षक महासंघको नेत्रित्वमा  नेपाल शिक्षक महासंघ , शिक्षक युनियन,  शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनले शिक्षामन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत सरुवा गराउन ज्ञापनपत्र समेत  बुझाइ सकेका छन ।

ठाकुरालाइ शैक्षिक वितरणमा स्वार्थ साँध्ने, भवन र भौतिक पूर्वाधार निर्माणमा काम सकिए पनि कमिशन नपाएसम्म भुक्तानी रोक्ने, आपूm अनुकुल शिक्षकहरुको सरुवा बढुवा गर्ने, दरबन्दी अनुसार सरुवा नदिने, दरबन्दि मिलान नगर्नेलगायत आरोप उनीमाथि लागेको छ  ।

गत असोज पहिलो साताको मन्त्रिपरिषद् निर्णयअनुसार बारा स्थीत शैक्षिक प्रशिक्षण केन्द्रमा काज सरुवा भएका ठाकुर आफ्नो अवधि नसकिएको भन्दै पुनः उदयपुरमै बस्ने माग सहित उत्च अदालत पाटनमा रिट हाल्नुभएको थियो उच्च अदालतले  ठाकुरकै पक्षमा फैसला गरेपछी ठाकुर उदयपुर आउन लाग्नुभएको हो ।

यता शिक्षकहरुले भने सरुवा नभए चरनबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन वसमा हाललाइ बिरोध स्वरुप हातमा कालो पट्टी बाँधेर काम गर्ने , जिशिअ कार्यकक्षमा ताला बन्दि गर्ने लगाएतको आन्दोलनको कार्यक्रम रहेको राहात शिक्षक जिल्ला समीती उदयपुरका अध्यक्ष कर्ण बहादुर मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web