पप्पु गुरुङ्ग-२२ कार्तिक दोधारा चाँदनी ।

दोधारा चाँदनीमा संचालित रामलिला नाट्य मञ्चनमा कुर्ची बिक्रीको फर्जी टिकट बिषय रहस्यमय भएको छ् । छानबिन समितिको प्रतिबेदनमा समेत रामलिलाको कुर्ची बिक्रिको फर्जी टिकट बिषयमा पत्ता नलागेको प्रतिबेदन तयार परेको श्रोतले जनाएको छ ।

कार्तिक ९ गते आदर्श रामलिला समिति र दोधारा चाँदनी स्थित रहेका सर्वदलिय समितिको सयुक्त बैठकले छानबिन समिति गठन गरि फर्जी टिकट छानबिन समिति गठन गरि छानबिन कार्य अघि बढाएको हो । “फर्जी टिकटको बारे केही फेला परेन्” छानबिन समितिका एक सदस्यले बताए । उनका अनुसार रामलिलाको समयमा फर्जी टिकट देखा परेपनि छानबिनको क्रममा फर्जी टिकटको बिषयमा छानबिन समितिलाई कस्ले फर्जी टिकट लिएर आयो भन्ने कुनै प्रमाण नभएको कारण कसैलाई दोषी ठहरा¥याउन नसकिएको हो ।

“सबै अपुष्ट प्रमाणहरु फेला परेका छन्” छानबिन समितिका एक सदस्यले भने । दोधारा चाँदनीको लक्ष्मी उच्च माबिको प्राङग्राणमा असोज १५ देखि १ गते सम्म संचालन भएको रामलिलामा कुर्चीको फर्जी टिकट देखा परेको बिषयलाई लिएर रामलिला समिति अध्यक्ष र सदस्य तथा उपसमितिका संयोजक बिच आरोप तथा प्रत्यारोपको साथै गाली गलौच तथा हातपात समेत भएको हो ।

फर्जी टिकट छानबिन समितिले फर्जी टिकटको बारेमा पत्ता लगाउन रामलिलाको सम्पुर्ण आय–व्यय् तथा बिल भर्पाई समेत छानबिन समेत गरेको छ् । छानबिनको क्रममा रामलिला समितिका पदाधिकारीहरुले समेत तिर्नु पर्ने रकम समेत नतिरेको देखिएको छ् । “रामलिला समितिका पदाधिकारीहरुले सहयोग ठेलीबाट रसिद काटेर अझै सम्म रकम नबुझाएको अवस्था रहेको छ्” छानबिन समितिका सदस्य श्रोतले भने –“रामलिलालाई घाटा भए रसिदमा लेखिएको रकम बुझाउने, नाफा भए नबुझाउने रामलिला समितिको मौखिक सहमती भएको रहेछ्” रामलिला समितिमा धेरै जसो बिल भर्पाई नियम संगत नभएको छानबिन समिति श्रोतले जानकारी दिएको छ् ।

“धेरै जसो बिलहरु भारतिय बजारका तथा सादा कागजमा लेखिएका बिलहरु छन्” छानबिन समितिका सदस्य श्रोतले भने । सामाजिक सदभाव कायम राख्न संचालनमा आएका श्री आदर्श रामलिला नाट्य मञ्चनमा देखा परेको फर्जी टिकटले हातपात तथा गाली गलौच र आपसी बैमश्यता श्रजना तथा एक आपसमा आरोप प्रत्यारोप भएपछि नेपाली काग्रेंसबाट डम्मर चन्द, नेकपा एमाले बाट राजिब खड्का, नेकपा माओबादी केन्द्रबाट ईन्द्र बहादुर रावत, राप्रपा नेपालबाट अमर बोहरा र राष्ट्रिय जनमोर्चाबाट दिपेन्द्र सिंह कोठियाल गरि ५ सदस्यीय फर्जी टिकट सर्वदलिय छानबिन समिति रामलिला समितिले गठन गरेको हो । छानबिनको क्रममा फर्जी टिकटको बारे केही प्रमाण नभेटिएको छानबिन समिति श्रोतले जनाएका छन् ।

“फर्जी टिकट कस्ले ल्यायो भन्ने प्रमाण छैन” छानबिन समितीका एक सदस्यले बताए – “दुबै टिकट आधिकारीक छैन” छानबिन समितिले रामलिला समितिका समिति तथा उपसमिति लगाएत ब्यक्तीहरु संग फर्जी टिकटको बारे सोधपुछ गरि सकिएको जनाएको छ् । दुई प्रकारको टिकटमा रामलिला समितिको छाप तथा आधिकारिक प्रमाण नै नरहेको बताईएको छ् । “प्रतिबेदन तयार गरिसकेका छै । चाडै सार्वजनिक गर्छौ” छानबिन समितिका एक सदस्य राजिव खड्काले भने । छानबिन समितिले फर्जी टिकट प्रकरणलाई सत्य तथ्य छाबिन गरि भोली सम्म प्रतिबेदन सार्वजनिक गर्ने जनाएको थियो ।

दोधारा चाँदनीमा संचालित रामलिला नाट्य मञ्चनमा कुर्चीमा बसेका प्रति ब्यक्ती दर्शकहरुका लागी रु. २० सहयोग रकम लिने रामलिला समितिको निर्णय अनुरुप गुलाबी कागजमा निलो मसीले लेखिएको सहयोग टिकट रसिद समितीले काट्दै आएकोमा असोज २६ गते देखि गुलाबी कागजमा कालो मसीले लेखिएको कुर्चीको फर्जी टिकट बिभिन्न स्थानमा देखा परेपछि बिबाद श्रजना भएको हो ।

रामलिला फर्जी टिकट बिबादले महायज्ञमा प्रभाव

दोधारा चाँदनी नगरपालिका अन्र्तगतको एक मात्र वृहत तथा अग्रणी सामुदायीक शैक्षिक संस्था भानु बहुमखी क्याम्पस दोधारा चाँदनीले अक्षय कोष निमार्णको लागी महायज्ञ लगाउने कार्यमा समेत रामलिलाको फर्जी टिकट प्रकरणले प्रभाव पर्ने देखिएको छ् ।

क्याम्पसले आफ्नो अक्षय कोष निमार्ण गर्न मंसिरको पहिलो वा दोस्रो सातामा भित्र महायज्ञ संचालन गर्ने भनिएकोमा रकम संकलन तथा सहयोगको लागी राजनितिक दलहरुमा बिमती देखा परेको बताईएको छ् । रामलिला समितिबाट आरोप तथा प्रत्यारोपबाट सल्किएको बिबादले राजनितिक मोड लिएपछि महायज्ञ संचालन गर्ने बिषयमा बिमती देखा पर्ने थालेको हो । रामलिला जस्तो पबित्र धार्मिक कार्यमा भएको फर्जी टिकट तथा बिबादले चरम चुली लिदै बिबादले राजनितिक मोड लिएपछि महायज्ञमा सिधै प्रभाव पर्ने देखिएको हो ।

“रामलिलाको फर्जी टिकटको बिबाद साम्य नहुन सम्म महायज्ञको बारे सोच्न गाहे परेको छ्” दोधारा चा“दनीका एक राजनितिककर्मीले बताए । “रामलिलाको फर्जी टिकटको बिबाद साम्य नभए सम्म भानु बहुमखी कयाम्पसमा संचालनको गर्न लागिएको महायज्ञमा प्रभाव पर्ने निश्चित भएको छ्” तत्कालिन दोधारा गाबिसका कार्यालयका अध्यक्ष बेल बहादुर रानाले बताए ।

रामलिलाको फर्जी टिकट बिबाद चाडै टुङ्ग्याउनु आवश्यक रहेको अध्यक्ष रानाको भनाई रहेको छ् । “धार्मिक कार्यक्रमले समाजमा सदभाव बढाउने कार्य गर्छ न कि, आपसमा बैमश्यता” अध्यक्ष रानाले भने – “सबै मिलेर यसको हल गर्नु पर्छ” क्याम्पसको संचालन का लागि विद्यार्थी अध्ययन शुल्क एक मात्र मुख्य आय श्रोत रहेको क्याम्पस प्रशासनले जनाएको छ् । “२६ गते आम भेला गरेर महायज्ञको तयारी गर्ने सुरसारमा छौ” भानु बहुमुखी क्याम्पसका ब्यवस्थापन समितिका अध्यक्ष राजिव खड्काले भने ।

21.12¡ÆC