२३ कार्तिक, विराटनगर ।
सभामुख ओनसरी घर्तिमगरले संविधान कार्यान्वयनमा सबै राजनैतिक दलहरु एक ठाउँ हुनुको विकल्प नभएको बताउनु भएको छ ।

विराटनगर विमानास्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै सभामुख घर्तिमगरले अहिलेको चुनौती सामना गर्न संविधान कार्यान्वयन अत्यावश्यक रहेकोले त्यसकालागि सबै राजनैतिक दलहरु विच गहन छलफल र वार्ता हुन जरुरी रहेको वताउनु भयो ।

सभामुख घर्तिमगरले संविधान कार्यान्वयन नभएसम्म राजनैतिक परिवर्तनका उपलब्धी संस्थागत हुन नसक्ने भन्दै सभामुख घर्तीले दलहरु एक ठाउ हुनुको विकल्प नरहेकोमा जोड दिनुभयो ।

सभामुख घर्तिमगरले संविधान संसोधन प्रस्ताव संसदमा पेश भएपछिपनि परिपक्व हुन पाँच दिनको समय लाग्ने संसद नियमावलीमा रहेकोले यो महिना भित्र संशोधन हुने संभावना नरहेको स्पष्ट पार्नु भयो ।

सभामुख मगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख निर्वाचन आयूक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोगको प्रकृया संसद संचालन भएसंगै अगाडी बढ्ने जानकारी दिनुभयो ।

27.12¡ÆC