प्रचण्डले आफ्नै लडाकु र तिनका लालाबालालाई पुलिस लगाएर लखेट्न लगाए

कार्तिक २३, २०७३ मा प्रकाशित | 1487 views

२३ कार्तिक, काठमाडौं ।
खोलो तरेपछि लौरो बिर्सने नेपाली राजनीतिमा नेतृत्वको पुरानै वानी हो । यस्तै बानीलाई चरितार्थ गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पुर्व लडाकु र तिनका बालबच्चालाई प्रहरी लगाएर पार्टी कार्यालयबाट हटाएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्नामा बसेका पूर्वलडाकु र तिनका परिवारलाई प्रधानमन्त्रीको निर्देशनमा प्रहरीले जर्वजस्ती भ्यानमा कोचेर कार्यालयबाट हटाएको छ ।

सोमबार दिउँसोबाट बर्हिगमित पूर्वलडाकुहरुले माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडाको मूल गेटमा ताला लगाएर धर्नामा बसेका थिए ।

बालबच्चासहित राति पनि धर्नामा बसेका उनीहरुलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफुहरुलाई जनसेना सरह व्यवहार पक्राउ परेकालाई रिहा, अयोग्यको बिल्ला हटाउनुपर्ने, गणतन्त्रका योद्दा घोषणा गर्नुपर्ने, घाइतेलाई उपचार, उचित राहत र व्यवस्थापन लगायत माग राखेका उनिहरुले पार्टीले युद्धमा बन्दुक बोक्न लगाएर सत्ता पाएपछि लात मारेको भन्दै आक्रोश पोखेका छन् ।

यसअघि समेत माओवादी केन्द्रीय कार्यालयमा ५७ दिनसम्म धर्ना दिएका उनिहरु आफ्ना माग पुरा हुने आश्वासन पाएपछि धर्ना छाडेर घर लागेका थिए ।

बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टसहित करिब दुई सय पूर्वलडाकुपरिवारले हिजोदेखी पेरिसडाँडामा धर्ना गरिरहेका थिए ।

सेना समायोजनका क्रममा तत्कालीन जनमुक्ति सेनाबाट चार हजार नौ जनालाई अयोग्य लडाकु भन्दै शिविरबाट निकालिएको थियो । उनिहरुका नाममा राज्यले विभिन्न पटक राहत र रकम सहयोग गरेको छ ।

सँगै लडाकु शिविरमा रहँदा उनिहरुका नाममा राज्य ढुकुटीबाट अर्बौं रुपैयाँ निकासा भएको छ । तर उनिहरुको नाममा निकासा भएको अर्बौं रुपैयाँ नेतृत्ववर्गले भ्रष्टाचार गरेको स्वयं माओवादीकै कार्यकर्ताले आरोप लगाउँदै आएका छन् भने यसबारेमा अख्तियारमा समेत उजुरी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web