सुदूर पहाडी जिल्लामा भव्य जात्रा सुरु

बैतडी ।
सुदूरपश्चिमको पहाडी जिल्लाका विभिन्न मन्दिरमा आजबाट दुईदिने मेला तथा जात्रा सुरु भएको छ ।

बैतडीको तल्लो स्वराडमा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिर, राष्ट्रैकै सातौं धाम मानिएको दार्चुलाको मालिकार्जुन मन्दिर, डडेल्धुरामा रहेको उग्रतारा मन्दिर र डोटी जिल्लाको प्रसिद्ध गगुडा लाटामष्टा मन्दिरमा आज विशेष पूजाआजासहित जात्रा सुरु भएको हो ।

प्रसिद्ध शक्तिपीठका रूपमा रहेको मेलौली भगवती मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा तथा पूजाआजा हुँदै आएको छ ।

भारतले नेपाली भूमिमा तटबन्ध बनाउन समेत दिएन

२८ कार्तिक, नवलपरासी ।
नवलपरासी सुस्ता क्षेत्रमा तटबन्ध निर्माणमा भारतीय पक्षद्वारा भएको अवरोध तत्काल हटाउन सुस्तावासीले माग गरेका  छन् ।

नेपाली भूमिमा रहेको नारायणी नदीमा तटबन्ध निमार्णका  काममा भारतपक्षद्वारा गरिएको अवरोध हटाउन भारत समक्ष पहल गरिदिन सुस्तावासीले सरकारसँग आग्रह गरेका हुन् ।

सुस्ता संरक्षणका लागि सरकारको लगानीमा नारायणी नदी छेउमा करिब एक हजार ५०० मि तटबन्ध निर्माण भइसकेको छ ।

यद्यपि भारतीय पक्षको अवरोधका कारण  नेपाली भूमिमा  बाँकी रहेको करिब ६० देखि ८० मि नारायणी नदीमा तटबन्ध निर्माण गर्न बाँकी छ ।

तेजेश्वरबाबु ग्वंगलाई घटराज पुरस्कार

काठमाडौं ।
घटराज भट्टराई स्मारक कोषले लामो समयसम्म शिक्षा र नेपाली वाङ्मयको श्रीवृद्धिका लागि समर्पित तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको ’घटराज पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

घटराज भट्टराई स्मारक कोषका संस्थापक एवं अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको कोषको बैठकले निबन्ध लेखनका अतिरिक्त कला, संस्कृतिका क्षेत्रमा समेत उल्लेखनीय योगदान गरेवापत ग्वंगलाई ताम्रपत्रका साथै पचास हजार रुपियाँ राशीको  पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

आगामी मङ्सिर ११ गते घटराज भट्टराईको ७५ औं जयन्तीका अवसरमा काठमाडौंमा शताब्दी पुरुष डा।सत्यमोहन जोशीबाट घटराज पुरस्कार समर्पण गरिने कोषकी सदस्य सचिव साधना दाहालले जानकारी दिनु भयो ।

कथित बन्दका नाममा तोडफोड र आगजनी गर्ने बिप्लवका २९५ कार्यकर्ता पक्राउ

२८ कार्तिक, काठमाडौं ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा 'माओवादी' ले गरेको जर्वजस्ती बन्दका क्रममा तोडफोड र आगजनी गर्दै हिँडेका चन्दका २ सय ९५ कार्यकर्ता पक्राउ परेका छन् ।

बिप्लव माओवादीले आज गरेको नेपाल बन्दका कारण राजधानी लगायत देशभर जनजीवन सामान्य प्रभाब परेको छ ।

नेपाल बन्दका क्रममा जबरजस्ती बन्द गराउने २९५ जनालाई देशभरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यकाका विभिन्न स्थानबाट महिला २३, पुरुष २१३ र उपत्यका बाहिरबाट महिला पाँच र पुरुष ५४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बन्दका क्रममा बुटवल उपमहानगरपालिकास्थित तिनाउ पुलनजिकै रा १ ह ४५३ नं को इ–रिक्सामा आगजनी, धरानस्थित कोसी राजमार्गमा बा ११ च १८८१ नं को बलेरो गाडी, पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे–३ स्थित १२ किलो भन्ने ठाउँमा बिहान ७ बजे वीरगन्जबाट काठमाडाँै जाँदै गरेको ना ४ ख ७६०२ नंको रात्रि बस र सर्लाही हरिवन नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा ना ५ ख ५८ नं को ट्रकमा ढुङ्गा प्रहार हुँदा सवारी साधनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको अनुसन्धान जारी रहेको तथा आगजनी तथा तोडफोड गरेर फरार व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

स्थानीय तह पुनरसंरचना आयोगमा ५९ वटा जिल्लाको प्रतिवेदन आयो

२८ कार्तिक, काठमाडौं ।
स्थानीय तह पुनरसंरचना सम्बन्धि हालसम्म ५९ जिल्लाबाट प्रतिवेदन प्राप्त भएको छ ।

स्थानीय तह पुनरसंरचना  आयोगले अन्य जिल्लाहरुमा पनि सहमति जुटाउने काम भैरहेको र प्रतिवेदन आउने क्रम जारी रहेको जनाएको छ ।

स्थानीय तह पुनरसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले मंसिर दोश्रो सातासम्ममा प्रतिवेदन बुझाउने गरि आयोगले तयारी गरिरहेको बताउनुभयो ।

अध्यक्ष पौडेलका अनुसार दुई नम्बर प्रदेशका ८ वटा जिल्ला बारा, पर्सा,  रौतहट, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा स्थानिय तह पुनः संरचनाको काम जुन रुपमा अघि बढनुपर्ने हो त्यस रुपमा अघि बढन सकेको छैन । त्यसलाई अघि बढन आयोग लागिरहेको उहांले जानकारी दिनुभयो  ।

आयोगले थपिएको मापदण्डका आधारमा स्थानीय तहको पुनरसंरचना गर्न  कार्तिक ४ गते जिल्लामा रहेका स्थानिय तह पुनरसंरचना प्राविधिक सहयोग समितिलाई पत्राचार गरेको थियो ।

‘तराईका जनता अंगिकृतलाई संवैधानिक पद दिन हुँदैन भन्ने पक्षमा छ’-गच्छदार

२८ कार्तिक, नेपालगञ्ज ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले नागरिकताको बिषयमा विवाद गर्नुको कुनै अर्थ नरहेको वताउनुभएको छ ।

लोकतान्त्रिक फोरम बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष गच्छदारले अहिलेको मुद्दा भनेको सीमाङ्कनको भएको भन्दै अंगीकृत नागरिकलाई संबैधानिक पद दिन नहुने मधेशकै आवाज भएकाले यसमा विवाद गरिरहनु आवश्यक नभएको बताउनुभयो ।

संविधान कार्यान्वयनको विषय संविधान संशोधनसँग जोड्नु हुँदैन ः ओली

२८ कार्तिक, झापा ।
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकको समृद्धिका लागि राजनीतिक दलको ध्यान जानुपर्ने बताउनुभएको छ ।

झापाको धरमपुर–पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले  मुलुकमा राजनीतिक परिवर्तन भएकाले अब विकास निर्माणको साझा लक्ष्यमा राजनीतिक दल अघि बढ्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो,“विकास निर्माणको काममा कसैले राजनीति स्वार्थ लिनुहँुदैन, अबको समय भनेको विकास र संमृद्धिको हो ।”

Gachchhdar says ‘no constittuion posts to naturalized citizens’

Chairman of Madhesi People's Rights Forum (Democratic) Bijaya Kumar Gachhadar has said that naturalized citizens should not be allowed to hold key state positions.

Addressing a press meet in Nepalgunj, he said no countries in the world allow naturalized citizens to hold key state positions.

He was of the opinion that the issue of holding key state positions by naturalized citizens is not the agenda of Madhes and it has been obsolete.

क्षेत्रीय सम्पर्क मञ्चको सम्मेलन सम्पन्न,सचिवको जिम्मेवारी ज्योति जि.सी.लाई

काठमाडौं, कात्तिक २८ । नेकपा (एमाले) दोलखा–काठमाडौं क्षेत्रीय सम्पर्क मञ्चको छैठौं सम्मेलन शनिबार राजधानीमा सम्पन्न भएको छ । सम्मेलनले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका संसद सदस्य पार्वत गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मलेनले जयबहादुर बस्नेतको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सो कमिटीको उपाध्यक्षमा नवीनकिशोर रेग्मी, सचिवमा ज्योति जि.सी., सह–सचिवमा नारद खड्का र कोषाध्यक्षमा राजु बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा राजेश सुवेदी, मिलन शिवाकोटी, शिव मैनाली, गणेश बुढाथोकी, टेकबहादुर सोडारी, तिरेन्द्र मास्के, कमल सुवेदी र मधु बस्नेत निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ध्रुवकुमार श्रेष्ठ, अमिर योञ्जनल धनलाल तामाङ, मिलन गदाल, सुन्दर थामी, सोनाम लामा, जनक श्रेष्ठ, खड्गबहादुर थामी, हरि थामी, ओमकृष्ण आचार्य र दिलकृष्ण श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् । दुई जना महिला सदस्यहरु पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष जयबहादुर बस्नेतले जानकारी दिएका छन् ।

कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा भएको सो कार्यक्रममा नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य रचना खड्का, व्यवस्थापिका संसद सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेल, जिविस पूर्वसभापति लालकुमार केसी, बागमती अञ्चल सम्पर्क कमिटीका अध्यक्ष श्यामकुमार बस्नेत र केन्द्रीय सम्पर्क समन्वय कमिटीका सदस्यहरु कृष्णबहादुर श्रेष्ठ, जसमाया जिरेल, पुस्कर खातीलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, केन्द्रीय सचिव सुरोजंग पाण्डे, भिमेश्वर नगरका पूर्व मेयर चोकबहादुर दाहाल, बागमती अञ्चलका पूर्व नेता बसन्तराज कार्की तथा जिल्ला कमिटीका नेताहरुको भव्य उपस्थिति रहेको थियो ।

Shutdown partially affects life, 295 banda enforcers arrested

The nation-wide closure enforced by Netra Bikram Chand-led CPN (Maoist) partially has partially affected life in the Kathmandu Valley and other parts of the country today.

Fewer public vehicles plied on the road, giving the commuters a hard time while all the schools and factories remained shut.

Nepal Police has said over 295 banda enforcers were arrested from across the country.

The cases of arsons were reported from Butwal Sub-Metropolitan City, Dharan, Thakre-3 of Dhading and Hariwan Municipality in Sarlahi.

Investigation into the arrested was underway and manhunt for those vandalizing the vehicles and absconding the scene continues, shared the police.

Dr Singh appointed dean of IOM

Prof Dr Keshab Prasad Singh has been appointed Dean of Institute of Medicine (IOM) to be effective from today.

The meeting of the Office of Vice Chancellor of Tribhuvan University yesterday took a decision to this effect.

The appointment was based on a recommendation of the Dean Selection Committee. Along with Dr Singh Prof Dr Jagadhish Prasad Agrawal and Prof Dr Jyoti Sharma had also been recommended for the coveted post.

However, senior doctor at TUTH Gobinda KC, who previously launched strike at different times demanding reforms in medical sector, opposed to the appointment. He went a step further warning to launch his 10th fast-onto-death from today at 3 pm if the appointment was not corrected.

However, Dr Khaniya claimed that Dr Singh was appointed on the basis of seniority.

Constitution amendment should not be linked to its implementation-Oli

CPN-UML Chair KP Sharma Oli has said that the political parties should give attention towards achieving prosperity for the nation.

Speaking at a program in Jhapa district today, the former Prime Minister said now that we have achieved political change, we need to move ahead with a common goal of development.

Nobody should play politics in development construction work, the time henceforth is of development and prosperity," he said.

Leader Oli also emphasized on collaboration among the parties to implement the new constitution, which should start from holding elections at the three tiers of government.

However, the issue of implementing the constitution should not be linked to its amendment, he added.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web