The Election Commission today has reiterated to get the authority of declaring the election date and managing the officials for the election purpose.

Chief Commissioner Dr Ayodhi Prasad Yadav, speaking at a meeting of the State Affairs Committee under the Legislature-Parliament today, said that the authorities should be with the commission to make the election fair and trustworthy.

The committee has begun discussions on the integrated bill 2073 BS related to the rights, responsibility of the commission, political parties, voters list among others as the laws required for amendment.

On the occasion, lawmakers stressed on holding three-tier elections to ease the process for the implementation of the constitution.

Similarly, speaking at the meeting, Deputy Prime Minister and Minister for Home Affairs Bimalendra Nidhi assured that the government is preparing to hold three-tier elections in the stipulated time.

He added that the bill was prepared after consulting with concerned parties and authority.
In another context, Minister Nidhi said that the constitution should be amended for genuine reasons adding that it was a progressive document.

A powerful earthquake has struck New Zealand's South Island.

The US Geological Survey said the magnitude-7.4 quake hit just after midnight some 95km from Christchurch.

The ministry of civil defence has warned people on the east coast of the South Island to move to higher ground in case of tsunamis.

New Zealand lies on the notorious Ring of Fire, the line of frequent quakes and volcanic eruptions that circles virtually the entire Pacific rim.

The Herald newspaper said the tremor was felt all the way to Wellington, where sirens sounded and people fled buildings into the streets, some of them crying.

Early reports suggest some houses in Cheviot town, near the epicentre, have been damaged.

एजेन्सी,कात्तिक २८ । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । क्राइटचर्च नजिकैको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तर त्यससँग बाझ्ने खालको न्यूजील्याण्डको स्थानीय रिपोर्टमा भूकम्प ६.६ म्याग्निच्युडको मात्र हुनसक्ने बताइएको छ। पछिल्लो भूकम्पको क्षतिको विवरण आइसकेको छैन।

काठमाडौं,कात्तिक २८ । नेपालमा हिन्दी भाषालाई संविधानमा सूचीकृत गर्ने कि नगर्ने भनेर विवाद चलिरहेको समयमा भारतीय रिजर्भ बैंकले भने आफ्नो नयाँ नोटमा नेपाली भाषा समेत प्रयोग गरेको छ । एक हजार र ५ सयका भारु नोटमा प्रतिवन्ध लगाएको भारत सरकारले ल्याउन लागेको २ हजारको नयाँ नोटमा नेपाली भाषाको समेत प्रयोग भएको हो ।

उक्त नोटमा लेखिएको भाषा मध्ये “दुई हजार रुपैयाँ” भनेर नेपाली भाषा समेत समावेश छ । भारतमा २ हजार भारुको नयाँ नोटमा प्रयोग भएको देवनागरी शब्दलाई लिएर गल्ती रहेको भन्दै चर्चा भएको हो । भारतमा पनि नेपाली भाषी नागरिकहरु छन् र भारतको संविधानको अनुसूचिमा समेत नेपाली भाषा उल्लेखित छ ।

नेपाली भाषा नेपाल बाहेक भारत, भुटान, बर्मा आदि ठाउँमा नेपाली भाषा बोल्ने गरिन्छ । भारतको पश्चिम बङ्गालअन्तर्गत पर्ने दार्जिलिङ, जलपाइगुडी, बागडुग्रा, डुवर्स आदि विभिन्न क्षेत्रमा नेपालीहरूको बाहुल्य रहेको छ ।

यसका अतिरिक्त आसाम, मेघालय, मणिपुर, नागाल्यान्ड, मिजोरम, सिक्किम, अरुणाचल आदि राज्यमा पनि नेपालीहरूको ठूलो उपस्थिति रहेको छ । उता देहरादुन, भाग्सु, कुमाउ, गढवाल, बनारस, दिल्ली आदि क्षेत्रमा पनि नेपालीहरू स्थायी रूपमा बसोबास गरिरहेका छन्।

काठमाडौं,कात्तिक २८ । सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सरको उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको आइतबारको बैठकले नेतृ सुजातालाई क्यान्सरको उपचारका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री गगन थापाले असहमति जनाउदाँ जनाउदै आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई उपचार खर्च दिने निर्णय गरेको हो। केही दिन अघि स्वास्थ्य मन्त्री गगन थापाले विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी तयार पारेको उपचार खर्चसम्वन्धी मापदण्डलाई पन्छाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको दबावमा ५० लाख दिने निर्णय भएको हो । केही समयअघि मलेसिया भ्रमणका बेला अस्वस्थ भएर उपचार गराउँदा उहाँलाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो भने उहाँले स्वास्थ परिक्षण गरेर स्वदेश फर्किनुभएको थियो । सुजाता कोइरालालाई लागेको जस्तो उपचार स्वदेशमै आठरदश लाख रुपैयाँमा गर्न सकिने डाक्टरहरुले बताउँदै आएका थिए ।

काठमाडौं,कात्तिक २८ । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले १० औं अनशन सुरु गरेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिन वरिष्ठताका आधारमा नियुक्त गर्नु पर्नेसहितका माग राख्दै डा. केसीले आइतबार अपराहृन अनसन थालेका हुन् ।

विभिन्न माग राख्दै आएका डा केसीले डिन नियुक्त गर्न सरकारलाई आइतबार २ बजेसम्मको अल्टिमेटम दिएका थिए । डिन नियुक्त गरेपनि वरिष्ठता उलंघन गरिएको भन्दै अस्वीकार गरेका छन् । त्रिभुवन विश्वविद्यालयले आइतबार मात्र डा. केशवप्रसाद सिंहलाई नियुक्त गरेको छ ।

डा. केसीका मागहरूः

१) वरिष्ठताका आधारमा तत्काल आइओएममा डीन नियुक्त गरियोस्, साथै नियुक्तिमा चलखेल गर्ने त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गरियोस्

२) एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क अघिल्लो साल कार्यान्वयनमा आए झैं (एमबीबीएसः उपत्यकाभित्र ३५ लाख, उपत्यकाबाहिर ३८.५ लाख, बीडीएसः २० लाख) यो वर्ष पनि कायम गर्न तत्काल विश्वविद्यालयहरुलाई निर्देशन दिइयोस्

३) आइओएमलाई पूर्ण स्वायत्तता संस्था बनाइयोस् । त्यसो नहुन्जेल पहिलेको सहमतिबमोजिम अधिकतम आर्थिक, प्रशासनिक र शैक्षिक स्वायत्ततालाई पूर्ण कार्यान्वयनमा ल्याइयोस् ।

४) चिकित्सा शिक्षा ऐन नआउँदै बिस्तारित कार्यक्रम वा अन्य कुनै वहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिइयोस्

५) संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्दा हामीले सुझाएका संशोधनहरु समेटेर तथा माथेमा प्रतिवेदन र विगतका सम्झौताहरु अनुकूल हुने गरी पारित गरियोस्, सरकारी शिक्षण संस्थाहरुमा शत प्रतिशत सीट निःशुल्क (दुर्गममा र सरकारी विद्यालयहरुमा अध्ययन गरेका विद्यार्थीहरु र समाजमा अपेक्षित बर्गका लागि केहि सिट सुरक्षीत हुनेगरी) गरियोस्।

६) अदुअआ प्रमुख लोकमान सिंह कार्कीमाथि महाभियोग प्रक्रिया निस्कर्षमा पुर्याएर उनलाई जवाफदेही बनाइयोस् तथा मेडिकल शिक्षामा अझै बढ़ी अनियमिततामा संलग्न आयुक्त राजनारायण पाठकमाथि समेत तत्काल छानविन अघि बढाइयोस्।

७) जयराम गिरी समितिले दोषी ठहर्याएका आइओएमका पूर्व पदाधिकारीलाई तत्काल कारवाही गरियोस् । मेडिकल शिक्षामा भएका अनियमिततामाथि छानविन गर्न न्याययिक जाँचबुझ आयोग पुनः गठन गरेर त्यसको कार्यक्षेत्रमा निम्न कुरा थपियोस्: विभिन्न विश्वविद्यालय र प्रतिष्ठानमा परीक्षाका क्रममा भएका धाँधली एवम् अनियमितता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले गरेका अनियमितता समेत ।

८) विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्नका लागि बन्ने सर्च कमिटि शिक्षा मन्त्रीको नभई स्वतन्त्र विज्ञको नेतृत्वमा हुने कानुनी व्यवस्था गर्ने विगतको सम्झौता तत्काल कार्यान्वयन गरियोस् ।

९) प्रत्येक प्रदेशमा कम्तीमा एक सरकारी मेडिकल कलेज खोल्ने समझौता तुरुन्त कार्यान्वयन गरियोस् ।

२८ कार्तिक, काठमाडौं ।
अवकास पाउन ४ महिना मात्र बाँकी रहेका पा. केशव प्रसाद सिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थान 'आइओएम'को डिन नियुक्त गरिएको छ ।

त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि आइतबार साँझ बैठक बसेर उनलाई डिन नियुक्त गरेको हो । वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने भन्दै एउटा प्रणालि बसाएर आइओएम अघि बढाउनुपर्ने माग गर्दै आउनुभएका सामाजिक अभियन्ता डा. गोविन्द केसीले भने डिन नियुक्तीको बिरोध गर्नुभएको छ ।

डिन सर्च कमिटीले प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केपी सिंह र प्रा डा ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो । यसमध्ये प्रा. डाक्टर ज्योति शर्मा वरिष्ठताको आधारमा अगाडी रहेको बताइन्छ ।

तर त्रिविका उपकुलपति डा तीर्थ खनियाँले डा सिंहलाई आइतबार नै पत्र बुझ्ने गरी डिन नियुक्त गरेका छन् ।
विसं २०४५ मङ्सिर ८ गते आइओएममा नियुक्त भएका उनले चार वर्षअघि त्रिवि शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

डा केसीले वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने आफ्नो माग यथावत् रहेकाले सो नसच्याए आफूले फेरि अनशन बस्ने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, “मैले कसैलाई व्यक्तिगत फाइदाका लागि नभई सिङ्गो चिकित्सा शिक्षाका लागि सिस्टममा चल्नुपर्ने मान्यताअनुसार नै वरिष्ठताका आधारमा डिन नियुक्ति हुनुपर्ने माग अघि सार्दै आएको छु । डा सिंहको नियुक्ति वरिष्ठताका आधारमा नभएकाले मेरो असहमति छ ।”

उपकुलपति खनियाँले भने बाहिर जसले जे भने पनि वरिष्ठताका आधारमा नै डिन नियुक्त गरिएको तर्क गर्दै सिफारिस गरिएका मध्ये डा सिंह नै वरिष्ठ भएको जिकिर गरे ।

सामाजिक अभियन्ता डा. केसीले भने सिफारिस गरिएका मध्ये भन्दापनि त्रिविमा रहेका प्राध्यापक मध्येबाट वरिष्ठताका आधारमा हुनुपर्ने बताउनुभएको छ ।

चिकित्सा शिक्षा सुधार र विकृतिविरुद्ध नौ पटकसम्म आमरण अनशन बसिसक्नुभएका प्रा डा केसीले आइओएमको डिन नियुक्ति वरिष्ठताका आधार नभएकाले यसलाई नसच्याए आइतबार अपराह्न ३ बजेदेखि अनशन सुरु गरिने चेतावनी दिनुभएको छ ।

२८ कार्तिक, काठमाडौं ।
भारतीय राष्टपति नेपाल आउँदा कालो झण्डा देखाउन नपाउँदै पक्राउ गरेर छाडेको प्रहरीले फेरी भारतीय दूतावासको निर्देशनमा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाललाई पक्रेको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्षलाई ज्ञापनपत्र बुझाउन हिँडेका नेपाललाई प्रहरीले काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

मोर्चाका अध्यक्ष नेपाल नेतृत्वको टोली आइतबार विहान कालापानी क्षेत्रमा राखिएका भारतीय सेना हटाउनुपर्ने लगायतका तीन बुँदे माग लिएर लैनचौरस्थित भारतीय दूतावास जाँदैथियो ।

भारतीय सेनाध्यक्ष दलबीर सिंहलाई ज्ञापनपत्र बुझाउन जाँदै गर्दा पक्राउ गरेको भन्दै नेपालले शान्तिपूर्ण रुपमा ज्ञापनपत्र बुझाउन जाँदा समेत भारतीय दूतावासको निर्देशनमा पक्राउ गरिएको नेपालले बताउनुभयो ।

गेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल, अधिकारकर्मी मनोजकुमार राउत, आकश चन्दलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त लैनचौरमा राखिएको छ । उनीहरु बेलुकासम्म छुट्ने लैनचौर प्रहरीले जनाएको छ ।

२८ कार्तिक, रौतहट ।
पाँच दिन अघि रौतहटमा बलात्कृत भएकी एक बर्षिय बालिकाको स्वास्थ्य अबस्था नाजुक बन्दै गएको छ ।

बालिकाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बीरगज स्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

गत कार्तिक २४ गते घरकै झोलुङ्गोमा सुतिरहेकी बालिका लाई अभिभाबक नभएको मौका छोपेर रौतहटको चन्द्रपुर नगरपालिका ११ नयाबस्ति घर भएका ४० बर्षिय हरीहर महत्तोले बलत्कार गरेपछि उनको स्वाथ्य अबस्था नाजुक बनेको हो ।

बलत्कार गरेको आरोपमा महतो पक्राउ परिसकेका छन । बलात्कृत बालिकाको पेट सुन्निनुको साथै, योनीबाट रगत बगिरहेको र पखाला लागेको कारण स्वास्थ्य अबस्था नाजुक बन्दै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन ।

खानलाउन समस्या भएका ती बालिकाको उपचार खर्चमा समेत समस्या रहेको छ ।

महिला सुरक्षा दवाव समुहले बालिकाको उपचारमा खर्च रकम सहयोग गरेको कार्यक्रम संयोजक टिका घिमिरेले बताउनु भयो ।

२८ कार्तिक, सुर्खेत ।
सुर्खेतमा जबरजस्ती पसल बन्द गराउँदै हिड्ने ६ जना नेकपा (माओवादी) का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम वीरेन्द्रनगरको यारीचोकका पसल बन्द गराउँदै हिडेका उनीहरुलाई आईतबार विहान प्रहरीले पक्राउ गरेको हो ।

नेकपा (माओवादी) ले गरेको नेपाल बन्दका कारण सुर्खेतसहित आसपासका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण मोटरसाइकल लगायतका केही साना सवारी साधन छिटपुट रुपमा चलेपनि लोमो रुटका सवारी साधनहरु पूर्ण रुपमा ठप्प रहेका छन । बन्दले गर्दा बजार समेत बन्द छ ।

सुर्खेतका प्रहरी उपरीक्षक मोहन आचार्यले माओवादीको बन्द आव्हानलाई मध्यनजर राख्दै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी खटाईएको जानकारी दिनु भयो । उहाँले जिल्लामा अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको जनाउनु भयो । छैन् ।
तर, सामुदायिक विद्यालयमा बन्दको प्रभाव परेन

नेकपा (माओवादी) ले गरेको नेपाल बन्दमा सुर्खेतका अधिकाँश सरकारी विद्यालय खुलेका छन् । चर्को महङ्गीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्नु पर्ने माग राख्दै गरेको नेपाल बन्दको प्रभाव सामुदायिक विद्यालयमा परेको छैन् ।

मध्यपश्चिम विकास क्षेत्रका अधिकाँश सामुदायिक विद्यालय खुलेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ । तर बन्दको प्रत्यक्ष प्रभाव नीजि विद्यालय, सवारी साधन तथा कलकारखाना लगायतमा परेको छ ।

The nation wide general strike called by the Netra Bikram Chand –led CPN (Maoist) has affected normal life in the capital. The party is said to have announced the strike demanding to food security.

Few public vehicles are seen plying the capital's roads while private vehicles are operating in more numbers. Shops, businesses, schools, colleges and educational institutes are mostly closed.
76 bandh-enforcers arrested
Meanwhile, police arrested 76 strike-enforcers from various places of Kathmandu for their involvement in disrupting vehicular movement.

Spokesperson at the Metropolitan Police Range, Kathmandu SP Pradyumna Karki said the arrests were made in Kalanki, Koteshwar, Maharajgunj and Chabahil areas.

JEEP TORCHED

Similarly, cadres of the Biplav-led CPN (Maoist) torched a Bolero jeep at Chiyabari, Bhadrakali VDC-2 in Sindhuli this morning. The jeep was heading towards Siraha from Kathmandu when the incident occurred.

The jeep was completely destroyed in the incident. Witnesses said a group of seven strike-enforcers stopped the jeep and set it on fire for 'disobeying the strike'. The jeep driver Ram Chandra Mahato said there were no passengers in the jeep.

SAJHA CONTINUES SERVICE
Sajha Transport has continued its services despite the general strike today.

The Transport has been continuing its services even during days of strike, festivals and other adverse situations.
Also, Sajha Transport is preparing to operate additional 30 buses in the valley.

Hillary Clinton has blamed her defeat in the US presidential election on interventions by the FBI director.

James Comey's announcement of a new inquiry into her use of email while secretary of state shortly before election day had stopped her campaign's momentum, Clinton said.

The Democratic candidate was speaking to top party donors in a phone call, which was leaked to the media. Protests are continuing against the victory of her rival, Donald Trump.

In New York, about 2,000 marchers headed for the skyscraper where the president-elect lives, shouting "not my president".

Anti-Trump activists have held daily protests in US cities since his election victory was confirmed on Wednesday.