सुध्रिएन विप्लव माओवादी,हिंसात्मक बन्दै बन्द, पेट्रोल छर्केर ट्रकमा आगजनी

काठमाडौं,कात्तिक २८ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्द शान्तिपूर्ण भनेपनि हिंसात्मक बन्दै गएको छ । बन्दकर्ताले  बिहानै अत्तरिया-धनगढी सडक खण्डमा से १ क ४३७ नम्बरको ट्रकमा आगजनी गरेका छन्।

दाङबाट सिमेन्ट बोकेर आउँदै गरेको उक्त ट्रकलाई रोकेर पेट्रोल छर्केर आगजनी गरिएको हो। निलो रङ्गको ९०१२ नम्बरको पल्सर मोटरसाइकलमा आएको दुई जनाको समूहले आगजनी गरेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ। त्यस्तै दोलखामा अज्ञात समूहले घरमा राखेको दुईवटा बाइक र एउटा कारमा आगो लगाई फरार भएका छन् ।

दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा१०प २४० र स्थानीय रवीन्द्र पोखरेलको बा४७प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको छ ।

अज्ञात समूहले करिब राती २ बजेतिर आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालय दोलखाको भनाइ रहेको छ । घरमा पार्किङ गरिरहेको कार्कीको बाइक बाहिर तानेर आगो लगाएको र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिएपछि ठूलो घटना हुनबाट जोगिएको छ ।

आगो नियन्त्रणमा नआएको भए घरमा समेत आगलागी हुन सक्ने प्रहरीको भनाइ छ । आगलागीमा बन्दकर्ता विप्लव माओवादीको संलग्नता हुन सक्ने स्थानीयवासीको भनाइ रहेको छ ।

अंगिकृतलाई राज्यका मुख्य ५ पद दिन सरकारको प्रस्ताव

काठमाडौं,कात्तिक २८ । अहिलेको संविधानले अंगीकृतलाई निषेध गरेका राज्यका ९ मध्ये ५ पद दिने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ताका तयारी गरेको  छ। यही महिनाभित्रै संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री सम्बद्ध स्रोतले बतायो। संशोधन प्रस्तावमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार दिनभर दौडधुप गरे।

दाहालले शनिबार बिहान  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे। दिउँसो उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरे। देउवासँग संशोधन प्रस्तावमा सत्तारुढ दलबीच सहमति जुटाउने विषयमा छलफल भएको थियो। दाहालसँगको वार्तामा यादवले मोर्चासँग सहमति गरेरमात्र संशोधन प्रस्ताव संसद्मा दर्ता गराउन सुझाव दिए। यादवले मोर्चाको पूर्ण टिमसँग वार्ता  गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे। आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

वैवाहिक अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सुरक्षा निकाय प्रमुख बन्न रोक लगाउने गरी संविधान संशोधन गर्ने सरकारी तयारी छ। संविधानको धारा २८९ मा अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्य मन्त्री, प्रदेश सभामुख र सुरक्षा निकाय प्रमुख बन्न रोक लगाइएको छ।

यसैगरी प्रधानमनन्त्री दाहालले प्रदेश विवाद मिलाउन पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याएर केहीलाई ४ नम्बर  र केहीलाई ६ नम्बरमा गाभ्न प्रस्ताव गरेका छन्। तर यसमा सत्तारुढ दलबीचमै सहमति जुटेको छैन। पाँच नम्बर प्रदेशका अर्घाखाँची, पाल्पा र गुल्मीलाई ४ नम्बर प्रदेशमा  तथा प्युठान र रोल्पालाई ६ नम्बर प्रदेशमा गाभ्न प्रधानमन्त्रीले प्रस्ताव गरेका छन्। यो प्रस्ताव मान्य भए पाँच नम्बर प्रदेशमा अब नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामात्र रहने छन्। मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीले यस्तो तयारी गरेका हुन्। मोर्चाले मधेशमा दुई प्रदेशमात्र हुनुपर्ने अडान राख्दै आएको छ । प्रधानमन्त्रीको प्रस्तावअनुसार संविधान संशोधन भए मोर्चाले भनेझै नवलपरासीदेखि बाँकेसम्मका तराईका जिल्लाको एउटै प्रदेश हुनेछ। ुकात्तिक १४ गतको बैठकमा प्रधानमन्त्रीज्यूले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई छ्ट्टयाउँछु। झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको हकमा एउटा आयोग बनाएर टुंग्याउँछु। आयोगको कार्यविधि तोकिदिन्छु भन्नुभएको थियो,ु सो बैठकमा सहभागी सद्भावना पार्टीका महासचिव मनीष सुमलने  नागरिकसँग भने।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार र ६ नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव अझै टुंगोमा नपुगेको बताए। ुयस विषयमा अझै टुंगो लागेको छैन। विभिन्न विकल्पमा छलफल भइरहेको छ,ु आचार्यले भने। प्रधानमन्त्री निकट अर्को स्रोतका अनुसार पाँच नम्बर प्रदेशका पहाडी जिल्लाको मात्रै छुट्टै प्रदेश बनाउने विषयमा पनि छलफल भइरहेको छ। सम्बन्धित जिल्लाका प्रतिनिधिले यस्तो प्रस्ताव राखेको स्रोतको दाबी छ। यो प्रस्ताव पारित भए प्रदेश संख्या आठ पुग्ने छ।

स्रोतका अनुसार पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार र ६ नम्बरमा प्रदेशमा गाभ्ने प्रस्तावको माओावदी केन्द्रकै नेताले विरोध गरेका छन्। माओावदी केन्द्रका नेता टोपबहादुर रायामाझीले पाँच नम्बर प्रदेशलाई नचलाउन सुझाव दिएका छन्। ुपाँच नम्बर प्रदेशमा विवाद नै छैन। विवाद नभएको प्रदेशमा किन विवाद झिक्नेरुु उनले नागरिकसँग प्रतिप्रश्न गरे।

झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको हकमा आयोग बनाएर टुंगोमा पुग्ने विषयमा छलफल भइरहेको छ। ुझापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको हकमा प्रधानमन्त्रीज्यूले आयोग बनाएर टुंगो लगाउन प्रस्ताव  गर्नुभएको छ। यसमा हामी सहमति नजिक छौुं, राष्ट्रिय मधेस समाजवादी  पार्टीका महासचिव केशव झाले भने। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले भने संघीय आयोग बनाएर झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई टुक्र्याउने विषयमा मोर्चाको सहमति नहुने बताए। ुआयोग बनाएर हुँदैन। यो विषयलाई तत्कालै टुंगो लगाउनुपर्छु, उनले भने।

भाषाको विषय टुंगो लगाउन भाषिक आयोग बनाउने, राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन–तीन जनाले प्रतिनिधित्व गर्ने, बाँकी सदस्य जनसख्या आधारमा प्रतिनिधित्व गराउने प्रस्ताव प्रधानमन्त्रीले गरेका छन्।

हिट–विकेट आउट हुँदा विराट कोहली नाममा बन्यो कीर्तिमान

एजेन्सी,कात्तिक २८ । राजकोटमा भइरहेको इंग्ल्याण्डसँगको पहिलो टेस्ट क्रिकेटमा भारतक कप्तान विराट कोहली पछिल्लो १४ वर्षको अवधिमा टेस्ट क्रिकटमा हिट–विकेट आउट हुने विराट पहिलो भारतीय खेलाडी बनेका छन् ।  चौथो दिनको खेलको क्रममा शनिबार विराट हिट–विकेट आउट हुदाँ उनको नाममा नयाँ किर्तीमानी बन्न पुगेको हो । कोहली अदिल रशिदको बल ब्याटिङको क्रममा हिट–विकेट आउट भएर कीर्तिमान बनाएका हुन् ।  ४० रन बनाएका विराट राम्रो लयमा देखिएका थिए । उनी रशिदको बल पुल गर्ने क्रममा ब्याकफुटमा गए र उनको खुट्टा विकेटमा लाग्यो ।

यसअघि सन् २००२ मा भिभिएस लक्ष्मण पनि यसैगरी आउट भएका थिए । यस्तै विराट पछिल्लो ६७ वर्षमा यसरी आउट हुने पहिलो भारतीय टेस्ट कप्तान बनेका छन् । सन् १९४९ मा लाला अमरनाथ मद्रास टेस्टमा हिट–विकेट आउट भएका थिए । टेस्ट क्रिकेटको एक सय ३९ वर्षको इतिहासमा यसरी आउट हुने विराट विश्वका एक सय ५५ औं तथा भारतका २२ औं खेलाडी हुन् ।

प्रतिपक्ष सहमत नभए पनि तीन दिनभित्रै संशोधन विधेयक

काठमाडौं,कात्तिक २८ । सरकारले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन हुनेगरी आगामी बिहीबारसम्ममा संसद्मा संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको सय दिन बितिसक्दा पनि सरकार माग सम्बोधनमा गम्भीर नभएको भन्दै मधेसी मोर्चाले आन्दोलनको चेतावनी दिएपछि सरकारले संसद्मा संविधान संशोधनको एकतर्फी प्रस्ताव पेस गर्न लागेको हो ।

सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालले शनिबार तीन दिनभित्र (कात्तिक मसान्त) मा संशोधन प्रस्ताव दर्ता गर्ने सहमति गरेका हुन् । संविधान संशोधन मस्यौदामा रहेको नागरिकता र प्रदेश सीमांकन हेरफेरको प्रावधानमा प्रमुख प्रतिपक्षी दल एमालेले गम्भीर असहमति जनाइरहेका बेला सत्तारूढ दल संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका हुन् ।

आगामी बिहीबार (३० कात्तिक) भित्रै संविधान संशोधन विधेयक दर्ता गर्ने विषयमा दुई नेताबीच सहमति जुटेको छ, अबको तीन दिनभित्र संशोधन दर्ता हुन्छ,’ दुई नेताबीच भएको सहमति उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । उनका अनुसार प्रधानमन्त्री दाहालले देउवासँग प्रतिपक्षसमेत प्रस्ताव दर्ता गर्न सहमत भएको बताएपछि देउवाले तीन दिनभित्रै संशोधन गर्दा गर्न दाहाललाई सहमति दिएका हुन् ।

संविधान संशोधनकै विषयलाई लिएर दाहालले बिहीबार र देउवाले शुक्रबार एमाले अध्यक्ष केपी ओलीसँग बेग्लाबेग्लै छलफल गरेका छन् । देउवाकै सुझावमा एमाले अध्यक्ष ओलीसँग छलफल गरेका प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयकमा समावेश गरिएको नागकिरता, सीमांकनलगायत विषयमा जानकारी गराएका थिए । तर, ओलीले सरकारले तयार पारेको प्रस्तावले संशोधनको औचित्य पुष्टि गर्न नसकेको भन्दै सो प्रस्ताव आफूहरूलाई मान्य नहुने बताएका थिए । देउवासँगको भेटमा समेत ओलीले यो अडान राखेपछि बसेका सत्तारूढ दलका दुई शीर्ष नेता एकतर्फी नै भए पनि संशोधन दर्ता गर्ने निष्कर्षमा पुगेका हुन् ।

यो तीन दिनको बीचमा प्रमुख प्रतिपक्षसँग संवाद र सहमतिमा पुग्ने कोसिस जारी राख्ने र सहमति नजुटे पनि संसद्मा प्रस्ताव भने दर्ता गर्नेमा दाहाल–देउवाको सहमति जुटेको हो । ‘संविधान संशोधनको विषय अन्तिम चरणमा पुगेको छ, दलहरूबीच सहमतिको प्रयास पनि भइरहेको छ,’ आचार्यले भने, ‘प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा ल्याउने प्रयास हुँदै छ, उसको सहमति वा असहमति जे भए पनि संविधान संशोधन विधेयक दर्ताचाहिँ हुन्छ दुई नेताबीच यसैमा सहमत हुनुभएको छ ।’

प्रमुख प्रतिपक्षी दल एमाले संविधान संशोधनमा लचिलो बने पनि सरकारले तयार पारेको मस्यौदामा उल्लेख भएका सीमांकन र नागरिकताको प्रावधानमा भने सहमत हुन नसकिने एमालेको अडान छ । सरकारले तयार पारेको प्रस्तावमा आन्दोलनरत मधेसी मोर्चाकै नेताहरूको समेत एकमत छैन । मोर्चा आबद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संशोधन प्रस्ताव पेस गर्ने विषयमा आफूसँग कुनै छलफल नभएको बताए । ‘संशोधनका विषयमा दीपावलीयता मसँग कुराकानीसमेत भएको छैन, प्रस्ताव कसरी र के भनेर आउँदै छ मलाई थाहा छैन,’ यादवले भने ।

तर एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमाले संविधान संशोधनको विषयमा लचिलो भए पनि सीमांकन र नागरिकताको विषयमा नयाँ संविधानको प्रावधान भन्दा दायाँबायाँ हुन नसकिने बताए ।सरकारले एकतर्फी नै भए पनि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय लिएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘संविधान संशोधनमा एमाले लचक छ, आवश्यकताअनुसार संशोधन हुनुपर्छ तर सीमांकन र नागरिकताका विषयमा नयाँ संविधानमा जुन व्यवस्था छ त्यसलाई संशोधन गर्न सकिँदैन यसमा हाम्रो स्पष्ट अडान छ,’ भट्टराईले भने ।

बन्दको प्रभाव सामान्य,बन्द गराउँदै हिँड्ने ५० जना बिहानै पक्राउ

कठमाडौं,कात्तिक २८ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले  आह्वान  गरेको बदको प्रभाव सामान्य रुपमा परेको छ । सडकमा बन्दकर्ता नदेखिएपनि सार्वजनिक सवारीको साधान भने चलेको छैनन् । बाटो बन्द गराउदै  हिँड्ने ५० जना भन्दा धेरै पक्राउ परेका छन् ।

काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई आइतबार बिहानै पक्रेको प्रहरीले जनाएको छ । आइतबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले बन्दको आह्वान गरेकाले काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । उपत्यकाका चोक चोक तथा भित्रि गल्लीमा सादा पोशाकका प्रहरी पनि खटिएका छन् ।

सरकारले कालोबजारी र महंगी नियन्त्रण नगरेको भन्दै चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्न विप्लव माओवादीले नेपाल बन्द गरेको जनाएपनि जनता भने वन्दवाट दिक्क भएका छन् ।

विभिन्न माओवादी घटकहरुबीच एकता भए यता विप्लवले कैयौं पटक बन्द आह्वान गरिसकेका छन् । अखाद्य वस्तु आयात गर्ने, मुलुकमै उत्पादन भएको उत्कृष्ट खाद्य निर्यात गर्ने प्रचलनको अन्त्य गर्न सहजै सम्भव नभएकाले आम जनताको व्यापक सहभागितामा खाद्य सम्प्रभुताको सूनिश्चितताको लागि अन्तिम संघर्ष बन्द रोजेको छ ।

राष्ट्र बैंकले ५ सय र १ हजारको भारु साट्ने

काठमाडौं ।
मङ्गलबार भारत सरकारले पाँच सय र एक हजारका भारतीय नोटमा अचानक प्रतिबन्धको घोषणा गरेपछि त्यसको असर नेपाली बजारमा पनि फैलिँदो छ ।

कालो धन रोक्ने उद्देश्य राखिएको उक्त घोषणाले भारुमा कारोबार गर्दै आएका नेपाली व्यापारीदेखि सीमा क्षेत्रका सर्वसाधारणलाई अलमलमा पारिदिएको छ ।  मुलुकको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्क आफैँ भारतीय नोट सटहीको अनुमतिका लागि भारतीय रिजर्भ बैङ्कको निर्णयको प्रतीक्षामा रहेकाले सटही सुविधा पाउने अथवा नपाउने पिरलो सर्वसाधारणमा यथावत् छ ।  भारतीय बैङ्क तथा एटीएममा नोट साट्ने काम सुरु भइसक्दा पनि नेपालमा यसबारे औपचारिक जानकारी नआउँदा द्विविधा थप बढ्दो छ । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

नेपालको वित्तीय प्रणालीमा कायम रहेको भारतीय नोट सटहीका लागि राष्ट्र बैङ्कले भने आफ्नो तर्फबाट प्रयास अघि बढाएको जानकारी दिएको छ ।  नोट सटही सुविधा उपलब्ध गराउने विषयमा भारतीय रिजर्भ बैङ्कसँग छलफल भइरहेको राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए।

“उता 'भारत'बाट हामीसँग भएको भारतीय नोटको जानकारी माग भएको छ”, उनले भने, “त्यसै अनुसार हामीले भारतीय नोट रहेका बैङ्क वित्तीय संस्थासँग रकमको विवरण मागेका छौँ । ”

केन्द्रीय बैङ्कलाई बैङ्क तथा वित्तीय संस्थाले उपलब्ध गराएको तथ्याङ्क अनुसार पाँच सय र एक हजारका दुई करोड ५२ लाख भारतीय नोट सञ्चित रहेको पाइएको छ ।  त्यस्तै ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी तथा होटलमा गरी ८० लाख भारु प्रचलनमा रहेको तथ्याङ्क राष्ट्र बैङ्कले पाएको छ ।  राष्ट्र बैङ्कले अहिलेसम्म तीन करोड ३६ लाख ९० हजार भारतीय रुपियाँको विवरण पाएको शिवाकोटीले जानकारी दिनुभयो ।  अझै पनि केही बैङ्क तथा वित्तीय संस्थाको शाखाबाट पूरा विवरण नआएकाले २० लाखसम्म रकम बढ्नसक्ने राष्ट्र बैङ्कको अनुमान छ ।

एक हप्ताभित्र टुङ्गो

नोटमा प्रतिबन्ध लगाउने विषय भारतीय सरकारको घोषणा भएकाले रिजर्ब बैङ्क आफैँले यसमा निर्णय गर्न नसक्ने कुरा राष्ट्र बैङ्कलाई जानकारी गराइसकेको छ तर नोट सटहीका लागि भारत सरकारले सीमितमात्र समय तोकेको र नेपालभित्र पनि सोही समयभित्रै साट्नुपर्ने बाध्यता रहेकाले अबको एक हप्ताभित्र निर्णय आउनसक्ने प्रतीक्षामा राष्ट्र बैङ्क रहेको छ ।

भारतीय नोट सटही सुविधा उपलब्ध गराउन राष्ट्र बैङ्कले परराष्ट्र, गृह र अर्थ मन्त्रालयलाई समेत जानकारी गराइसकेको छ ।  भारतीय सरकारको निर्णय भएकाले राष्ट्र बैङ्कले नेपालस्थित भारतीय राजदूतावासलाई सरकारी स्तरमा पहलका लागि आग्रह गरिसकेको छ ।

विगत १४ वर्षदेखि नेपालमा पाँच सय र एक हजारका भारतीय नोट प्रतिबन्ध रहेको र डेढ वर्षअघि मात्र प्रयोगका लागि रिजर्ब बैङ्कले अनुमति दिए पनि राष्ट्र बैङ्क आफैँले भने पाँच सय र एक हजारका नोट प्रयोगमा ल्याएको थिएन ।  यद्यपि रिजर्ब बैङ्कसँगको सहमतिका आधारमा रकम साट्ने प्रयास राष्ट्र बैङ्कको छ ।

भारतीय रिजर्ब बैङ्कमा गरिएको आग्रह अनुसार सकारात्मक निर्णय प्राप्त भए राष्ट्र बैङ्कले आधिकारिक कागजपत्रका आधारमा वैध रकममात्र साट्ने बताएको छ ।  बैङ्क तथा वित्तीय प्रणालीभन्दा सर्वसाधारणसँग पाँच सय र एक हजारका भारु बढी रहेकाले औपचारिक स्रोत खुलेका रकममात्र साट्न सकिने राष्ट्र बैङ्कका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुङ्गानाले जानकारी दिए।

उनका अनुसार रिजर्ब बैङ्कले यसअघि अनुमति दिएको २५ हजारको सीमाभित्र रहेर नै भारतीय नोट सटहीको सुविधा सर्वसाधारणलाई उपलब्ध गराइनेछ ।  स्रोत नखुलेका र अवैध किसिमबाट नेपाल भित्रिएका भारतीय नोट भने कागजमा परिणत हुनेछन् ।

अब कक्षा १२ पढेपछि मात्र एसएलसी परिक्षा

२८ कार्तिक, काठमाडौं ।

शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी 'माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा' नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा लिने निर्णय गरेको हो। खबर आजको नयाँ पत्रिकाबाट हामीले लिएका हौ।

उच्च माध्यमिक शिक्षा परिषद्को कार्यालय सातै प्रदेशमा राख्न सिफारिस

शिक्षा ऐनको आठौँ संशोधनबाट उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड स्थापना भएपछि यसका कार्यालयहरू सातै प्रदेशमा राख्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले गठन गरेको ६ सदस्यीय प्राविधिक समितिले सहसचिवस्तरको कर्मचारी प्रमुख रहने गरी सातै प्रदेशमा कार्यालय राख्न तथा अहिलेको संरचनाभन्दा केही फरक हुनेगरी संरचना तयार गर्न सुझाब दिएको हो ।

प्रतिवेदनमा सातवटै प्रदेशमा सहसचिवसरहको कर्मचारीको नेतृत्वमा राष्ट्रिय परीक्षा बोर्डका क्षेत्रीय कार्यालयहरूको व्यवस्थापन गर्ने सिफारिस भएको छ । बोर्डका क्षेत्रीय कार्यालयहरू परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि सक्षम नहुँदासम्म कक्षा १० को परीक्षा हालको परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गर्न सिफारिस गरेको छ । कक्षा ११ को राष्ट्रिय परीक्षा हाल कार्यान्वयनमा रहेको कक्षा ११ र १२ को पाठ्यक्रम पुनव्र्यवस्थापन नहुँदासम्म मात्र सञ्चालन गर्ने र परिमार्जित पाठ्यक्रमअनुसारको परीक्षा सञ्चालन गर्दा कक्षा ११ विद्यालय तहबाटै र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा परीक्षा बोर्डले सञ्चालन गर्नेलगायतका सिफारिस भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिने

शिक्षा मन्त्रालयले कक्षा १० को परीक्षालाई ‘माध्यमिक शिक्षा परीक्षा, कक्षा १०’ नामकरण गरेको छ । आठौँ संशोधनपछि शिक्षा ऐनमा माध्यमिक तहको कक्षा १० को परीक्षा क्षेत्रीयस्तरमा र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट हुने उल्लेख छ । यसअघि एसएलसी परीक्षा कक्षा १० र एसएलसी परीक्षा कक्षा १२ राख्ने विषयमा धेरै छलफल भए पनि सुझाबका आधारमा शिक्षामन्त्रीस्तरीय निर्णयबाट परीक्षाको नामकरण भएको हो । मन्त्रालयले १८ कात्तिकको निर्णय २३ कात्तिकमा राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । १९९० देखि कक्षा १० मा एसएलसी परीक्षा सञ्चालन हुँदै आएको थियो ।

०७३ देखि निरन्तरतामा ब्रेक लाग्ने भएको छ । अर्को व्यवस्था नहुन्जेल कक्षा १० को परीक्षा पहिलेदेखि सञ्चालन गर्दै आएको कार्यालयले गर्नेछ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव सूर्यप्रसाद गौतमले अब कक्षा १२ को एसएलसी परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने र संक्रमणकालीन अवस्थामा कक्षा १० को परीक्षा पहिले एसएलसी सञ्चालन गरेको कार्यालयले लिने बताए । सबैको सुझाबअनुसार परीक्षाको नामकरण भएको गौतमको भनाइ छ ।

सुरक्षा निकायलाई पेट्रोलियम सुरक्षामा सुविधाको खात

काठमाडौं ।
आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ आयात, वितरण र व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी सुरक्षा निकायलाई सुम्पने भएको छ ।

पेट्रोल पम्प स्थापना, ट्यांकर खरिद र भण्डार क्षमता विस्तारको जिम्मा मुलुकका तीनवटै सुरक्षा निकायलाई दिने तयारी मन्त्रालयको छ। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

सुरक्षा निकायले हालसम्म १३ वटा पेट्रोल पम्प स्थापना गर्न र २६ ट्यांकर खरिद गर्न सैद्धान्तिक सहमति पाइसकेका छन् ।

यस्तै, ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डार क्षता निर्माण र ग्यास रिफिलिङ सेन्टको अध्ययनको जिम्मेवारी पनि सुरक्षा निकायले नै पाउने भएका छन्।

पुस्तौंदेखी प्रेम बिवाहमात्र हुने एक गाउँ

गोरखा ।
गोरखा काशीगाउँ ३ की २१ बर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए । ६ वर्ष लामो प्रेमसम्बन्धपछि उनीहरुको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरु जीवनसाथी बन्न पाउँदा खुशी छन् ।

विजय घले र सिर्जना घलेको जोडी पनि यही वर्ष विवाहबन्धनमा बाँधिएको हो । उनीहरुको लामो प्रेम हालै विवाहमा बदलियो। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

नयाँ पुस्ताका यी जोडीको मात्र मायाप्रीति झाँगिएर विहे भएको होइन् । उनीहरुका बुबा–आमा, हजुरबा–हजुरआमाको पनि मायाप्रेमपछि विवाह भएको हो ।

गोरखाका उत्तरी भेग काशीगाउँ, केजोरा र आसपासका गाविसमा बसोबास गर्ने सबै युवकयुवतीको विवाह मायाप्रेमपछि मात्र हुने गर्छ । यहाँ गुरुङ, घले र कामी समुदायको बसोबास छ ।

‘यहाँ तीन जात, तीन धर्म छ’, बुद्धिमान घले भन्छन्, ‘बौद्ध, हिन्दु र क्रिश्चियन धर्म मान्छन् । जुन जात र जुन धर्म माने पनि उनीहरु सबैको विवाह गर्ने परम्परा एउटै हो–‘पहिले माया प्रेम अनि विवाह ।’

कसैको मायाप्रेम गर्न थालेको दुईतीन महिनामै विहे हुन्छ, कसैको ५९६ वर्ष पछि । अधिकांश विवाह परिवारले स्वीकार नगर्दा नगर्दै पनि विहे गर्छन्। पछि समायोजन हुँदै जान्छ।

सम्वन्ध बिच्छेद गर्न ब्रत बस्ने एक ठाउँ

काठमाडौं ।
काठमाडौंको चोभारस्थित आदिनाथ लोकेश्वरको मन्दिर आफैंमा एउटा अनौठो सम्पदा हो । पहिलोपटक मन्दिर पुग्ने जोकोही पनि मन्दिरको ुसाजसज्जाुदेखेर छक्क पर्छन् । मन्दिरको चारैतिर पित्तलका विभिन्न भाँडाकुडा किलाले ठोकेर अड्काइएका हुन्छन्— जस्तो भात पकाउने कसौरी, थाल, लोटा, डाडु, पन्यू, पूजाको थाल आदि । यस्ता भाँडाकुडा मन्दिरको आफ्नै वस्तु भने होइन । भक्तजनहरूले आफ्ना दिवंगत आफन्तका सम्झनामा यस्ता भाँडाकुडा मन्दिरमा ल्याएर ठोक्ने रहेछन् जो अहिले आएर मन्दिरको मौलिक परिचयजस्तै बनिसकेको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

बेलाबेलामा यी भाँडाकुडा निकालिने पनि गरिन्छ । तर, निकालेपछि त्यसको कुनै काम भने हुँदैन । एक त मरिसकेको मानिसलाई भनेर साह्रै पातलो खालका भाँडाहरू ठोक्ने गरिन्छ । त्यसमाथि किलाले प्वाल पारेपछि त्यसको के काम रु त्यसैले ती भाँडाहरू झिकेर किलोको भाउमा बेच्ने गरिन्छ ।

यो अनौठो मन्दिरमा कात्तिक महिनामा अर्को एउटा अनौठो व्रत बस्ने परम्परा छ । हिन्दू संस्कृतिमा विवाह गर्न व्रत बस्ने चलन छ । तर, यो मन्दिरमा सम्बन्धविच्छेदका लागि व्रत बस्ने गरिन्छ । श्रीमान् श्रीमतीहरू खराब सम्बन्धका कारण अलग बसिरहेका छन् भने त्यो सम्बन्धलाई पुनः जोड्ने वा पूरै विच्छेद गर्ने भन्ने अन्तिम निर्णय यही मन्दिरमा बस्ने एउटा व्रतले गर्छ । यो व्रतलाई स्थानीय नेपाल भाषामा ुमाय् अप्सुं र नेपालीमा ुनिर्जला व्रतु पनि भनिन्छ ।

प्रत्येक वर्ष हरिबोधिनी एकादशी ९अर्थात् गएको बिहीबार०का दिन उक्त व्रत सुरु हुन्छ । र, पाँच दिन लगातार बसेर पूर्णिमाका दिन समापन हुन्छ । अत्यन्त कठिन मानिने यसमा जो बसे पनि हुन्छ । तर, व्रतको अन्तिम दिन भने सबै व्रतालुलाई घरकै सदस्य आएर सँगै लानुपर्ने रहेछ । तीनै व्रतालुका बीच केही त्यस्ता महिला पनि व्रतमा लीन हुन्छन् जो श्रीमान् वा घरका अरू सदस्यहरूसँग सम्बन्ध बिग्रेका कारण माइतीमा बसिरहेकी हुन्छिन् ।

व्रतको अन्तिम दिन उनलाई श्रीमान् आफैंले लिएर गए भने सम्बन्ध पुनः जोडिन्छ । श्रीमान् उनलाई लिन आएनन् भने त्यस दिनपछि उनीहरूको दाम्पत्य जीवन आधिकारिक रूपमै समाप्त भएको ठहरिन्छ । त्यो एक किसिमले सांस्कृतिक(सामाजिक रूपले मान्यता प्राप्त भएको ुसम्बन्धविच्छेदु नै हो । यो 'सम्बन्धविच्छेद'पछि महिला र पुरुष दुवैलाई अर्को विवाह गर्ने स्वतन्त्रता प्राप्त हुन्छ । यसपछि गरिएको दोस्रो विवाहलाई अर्को पक्षको कसुर लाग्दैन ।

अर्को कुरा, व्रत बसेकी कुनै महिलाई श्रीमान्ले लिन आएनन् भने त्यति बेला उनलाई अरू कुनै पुरुषले पनि लिएर जानसक्छ । श्रीमान्ले लिन नआएकी महिलालाई अरू पुरुषले लिएर जान चाहन्छन् र महिला पनि त्यसका लागि राजी छन् भने त्यसलाई पनि यथास्थानमै वैधानिकता प्राप्त हुन्छ ।

झुटो बोल्दा बिबादीत बनेका देउवा भन्छन्-‘तीनवटै चुनाव कांग्रेसले जित्नैपर्छ’

२८ कार्तिक, पोखरा ।
मित्रराष्ट चिनसँगको सम्वन्धमा नै चिसो आउनेगरि चिन बिरुद्ध गतिविधि गर्न भारतले पाल्दै आएको दलाई लामाका नेतासँग भेटेर नभेटेको झुठो बोल्दै हिँडेका देउवाले आगामी चुनाव काँग्रेसले जित्नै पर्ने बताएका छन् ।

सत्ताकै लागि ज्ञानेन्द्रको शासन आधा सच्चिएको भन्दै जाने अनि सत्ताकै लागि भारतसँग मिलेर ओली सरकार ढाल्दै प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै फेरी अहिले आफ्नै सरकार बनाउन लागि परेका देउवाले काम र जनताको मत जितेर भन्दापनि जसरी पनि अब तीन वटै चुनाव कांग्रेसले जित्नु पर्ने भन्दै कार्यकर्तालाई उचालेका छन् ।

राजधानी र मुख्य शहर चाहादै उद्घाटन र भाषण मात्रै गर्दै हिँड्ने गरेका देउवाले कार्यकर्तालाई भने अब चुनाव जित्न गाउँ पस्न निर्देशन दिएका छन् ।

पोखरामा शनिबारबाट सुरु भएको नेपाल तरुण दलको अधिवेशन उद्घाटन गर्दै देउवाले भने ‘जनतालाई भ्रम फैलाउने काम एमालेले गरेको छ, कुनैपनि हालतमा हामीले तीनैवटा निकायको चुनाव जित्नैपर्छ, यो नेपाली कांग्रेसको अन्तिम मौका हो ।’

सबैभन्दा गतिशील शक्ति तरुण दल र नेविसंघ भएको भन्दै उनले अब जिल्ला दौडाहामा लाग्न निर्देशन समेत दिए ।

तरुण दलको नेतृत्व सर्वसम्मत बनाउन निर्देशन दिएका देउवाले यसअघि नै तरुण दलको नेतृत्वमा रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग भागवण्डा गरेर नेतृत्व मिलाइसकेका छन् ।

तरुण दलले पोखराको व्यस्त चोक मध्येको एक चिप्लेढुङ्गा मानवअधिकारचोकमा बाटो पूरै रोकेर उद्घाटन सत्र गरेको काँग्रेसका नेताहरुले जनताका अधिकार र देशहितको पक्षमा भन्दै भाषण गरेका थिए ।

तरुण दलको नयाँ नेतृत्वको लागि ११ वर्षपछि अधिवेशन हुन लागेको हो ।

वरिष्ठता नभई दलीय भागवण्डामा डिन नियुक्त भए अभियन्ता केसी अनसनमा बस्ने

२८ कार्तिक, काठमाडौं ।
प्राध्यापक डा. तथा सामाजिक अभियन्ता गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीन वरिष्ठताका आधारमा नियुक्त नगरिए तत्काल आमरण अनसन थाल्ने हुनुभएको छ ।

सरकारलाई २४ घन्टे अल्टिमेटम दिनुभएका केसीले २४ घन्टाभित्र डिन नियुक्त गर्न सरकारलाई बुधबार अल्टिमेटम दिनुभएको थियो तर शनिबारसम्म पनि डिन नियुक्त नभएपछि उहाँले नियुक्त गर्दा वरिष्ठता नहेरी दलिय भागवण्डा भए तत्काल थाल्ने हुनुभएको हो ।

शनिबार अर्को विज्ञप्ति निकालेर डा. केसीले आइतबार २ बजेसम्म आईओएमको डिन नियुक्त गर्न र एमबीबीएस र बीडीएसको शूल्क गत वर्षकै कायम गर्न माग गर्नुभएको छ ।

वरिष्ठता नभई दलीय भागवण्डाका आधारमा तथा माफियको इशारामा डिन नियुक्त गरिएको खण्डमा तुरुन्त आमरण अनशन शुरु गर्ने जानकारी पनि दिन चाहन्छु' डा केसीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

आइओमको डिन पद ९ महिनादेखि रिक्त छ भने चार सहायक डिनको कार्यकाल पनि हालै मात्र सकिएको छ र आईओम पूर्ण रुपमा नेतृत्वविहीन भएको छ ।

त्रिवि उपकुलपति तीर्थ खनियाले राजनितिक कार्यकर्ता तथा माफियालाई नियुक्ति दिन खोजेको बताइएको छ ।
डा केसीले १२ दिने अर्को अल्टिमेटम दिएर त्रिवि उपकुलपति रहेका विवादास्पद खनियालाई बर्खास्त गर्नु पर्ने नौबुँदे माग समेत राख्नुभएको छ ।

आइओमलाई पूर्ण स्वायत्त संस्था बनाउनु पर्ने, संसदमा विचाराधीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक फिर्ता गर्ने, सरकारी शिक्षण संस्थानहरुमा सत प्रतिशत निःशुल्क भर्ना सुनिश्चित र प्रत्येक प्रदेशरक्षेत्रमा कम्तिमा एउटा सरकारी मेडिकल, डेन्टल, नर्सिङ कलेज खोल्ने सम्झौता तुरुन्त कार्यन्वयन गर्नु पर्ने डा= केसीको माग छ ।

स्मरणीय छ अख्तियारका विवादीत प्रमूख लोकमानसिंह कार्कीमाथि संसदमा केसीले राख्नुभएको मागकै आधारमा रहेर महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web