पप्पु गुरुङ्ग- २७ कार्तिक दोधारा चाँदनी ।

सिमावर्ती भारतिय बजारमा नुनको अभाव देखिएपछि दोधारा चाँदनीमा नुनको हाहाकार देखिएको हो । दोधारा चाँदनीको बजारहरुमा नुन नपाउदा स्थानियहरुले महङ्गो दर रेटमा नुन खरिद गर्नु परेको छ् । दोधारा चाँदनीको बाबाथान बजार, आमभोज तथा चाँदनी लगाएत बजारहरुमा नुन नपाउदा दोधारा चाँदनीका स्थानियहरुले ब्यापारीको गोदाममा रहेका नुन चर्को दर रेटमा खरिद गर्नु परेको हो ।

नेपाली नुन आयातित नहुने दोधारा चाँदनी क्षेत्रमा बिगत लामो समय देखि भारतिय बजारका नुनमा आश्रित हुदै आएका छन् । सिमावर्ती भारतिय बजार मेलाघाट, नगरा तथा बंगाली कलौनी लगाएत सिमावर्ती बजारमा नुनको अभाव हिजोबाट देखिदै आएको हो ।

आज बिहान नुनको अभाव भारतिय संचारमाध्यमहरुमा आएपछि दोधारा चाँदनीबासीहरु नुन खरिदको लागी दोधारा चाँदनीका खुद्रा पसलहरुमा ओईरो लागेका थिए । भारतिय सिमावर्ती बजारमा हिजो सम्म नुनको अभाव देखिएपनि आज चर्को दर रेटमा नुन बिक्रि भईरहेको दोधारा चाँदनी बाबाथान बजारका खुद्रा ब्यापारी बल बहादुर सुनारले बताएका छन् ।

“हिजो सिमावर्ती बजारमा नुन नपाई पनि आज बिहान देखि दोब्बर दरमा नुन पाईरहेको छ्” खुद्रा ब्यापारी बल बहादुर सुनारल खुद्रा ब्यापारी बल बहादुर सुनारले भने “सिमावर्ती भारतिय बजारमा १६ रुपियाँ पर्ने नुनको प्याकेट आज ३२ रुपियाँमा पाईरहेको छ्” हिजो अबेर साँझ सम्म नुनको अभाव भएको हल्ला फैलिएपछि आज बिहान मात्रै दोधारा चाँदनीको खुद्रा पसलमा नुन खरिद गर्नेको ओईरो लागेको हो ।

नुनको अभावको कारण आज बिहान सिमावर्ती भारतिय नागरिक समेत नेपाली बजारमा नुन खरिद गर्न आएको स्थानियबासी तथा नेकपा एमाले जिल्ला कमिटि सदस्य गगन खत्रीले बताएका छन् । “सिमावर्ती बजारहरुमा खाने नुनको अभाव देखिएपछि दोधारा चाँदनीमा समेत खाने नुनको अभाव देखिएको हो” गगन खत्रीले भने ।

भारत सरकारले नुनको अभाव नभएको बताए पनि भारतिय बिभिन्न बजारहरुमा नुन हिजो सम्म नुनको अभाव देखिदै आएको हो । आज बिहान मात्रै नुन खरिद गर्न बाबाथान बजार पुगेका डम्मर गुरुङ्गले दोब्बर मुल्य तिरेर खाने नुन ल्याएको बताएका छन् । “खाने नुन कहिकतै पाईएको छैन् । दोब्बर मुल्यमा खरिद गर्नु प¥यो” स्थानिय डम्मर गुरुङ्गले बताए ।

आज बिहान मात्रै खाने नुन सिमावर्ती बजारमा देखिएपनि दोब्बर दर भाउमा नुन बिक्रि हुदै आएको ब्यापारीहरुले बताएका छन् । न्युन मात्रामा नेपाली नुन प्रयोग गर्ने दोधारा चाँदनीबासीले बिगत लामो समय देखि सिमावर्ती भारतिय बजारबाट आउने बिभिन्न ब्राण्डका खाने नुन प्रयोग गर्दै आएका छन् ।

Nepal made it to the finals of the AFC solidarity Cup football championship, edging Laos 3-0 in a match played today at the Negeri Stadium in Kuching, Malaysia. The match was decided through penalty shoot-out.

Goalkeeper Kiran Kumar Limbu helped Nepal secure a win by saving two penalty kicks from the opponent Laos players. Likewise, another shot from a Laos player was charged beyond the goalpost.

As for Nepali team, all three players Heman Gurung, Bikram Lama and Sujal Shrestha did not miss the target.

Before ending up in a tiebreaker, the two teams played a 2-2 draw in the stipulated 90 minutes and extra time.

Meanwhile, Macau will take on Brunei on Tuesday in the semi-final. Nepal will play against the winner for the winner title.

The national grid is to get an additional 45 MW in the next 18 months.

Of it, 25 MW is to be received from the Madi A hydropower project, which will start production from next month.

Likewise, 6 MW will be added from the Daraundi project, according to Energy Secretary Anup Kumar Upadhyay.

Similarly, 14.9 MW will be added from the Hewa Khola hydel project. The project has already started its test production.

The 50 MW Upper Marsyangdi A project is also currently in the phase of test production.

It is producing 25 MW at the moment and will add 25 MW more after the technical preparation is completed. The project is a joint Nepal-China initiative.

The contribution of the private sector to the central transmission line of Nepal Electricity Authority is 784 MW from a total of 53 hydropower projects to date.

CPN (UML) chair and former Prime Minister KP Sharma Oli has said that the ethnic diversity is the symbol of national unity of Nepal adding that it should be utilized for gaining economic prosperity now.

While inaugurating the first national convention of the Loktantrik Aadivasi Janajati Mahasangh today, Chairman Oli said that the future journey for the nation should be made of economic prosperity and unity, leaving the filthy politics in the name of caste, geography and religion.

Chairman Oli said that prosperity could be achieved utilizing the rights guaranteed by the constitution.

CPN-UML General Secretary Iswar Pokharel has said the UML is not in favour of amending the constitution without any specific agenda for it.

Speaking at a press meet held at Choharwa of Siraha today, he made it clear that his party won't support the constitution amendment process until the rationale behind it is made clear.

Stating that the government is not yet sure about the constitution amendment process, he said a formal proposal for it is yet to arrive.

Nepali Congress President Sher Bahadur Deuba today held a meeting with CPN-Maoist Centre Chair and Prime Minister Pushpa Kamal Dahal.

Discussion on giving final touch to the proposal of the constitution amendment figured during the meeting that took place at the PM's official residence in Baluwatar.

According to the PM's press advisor Govinda Acharya, the two leaders focused on the issues relating to the revision of one of the contentious issues in the constitution amendment-delineation of the federal province.

Prime Minister Pushpa Kamal Dahal, stating that the government has taken note of the labourers' issues, has reaffirmed his commitment to address the issues relating to them.

Talking to a team of representatives from the All Nepal Trade Union Federation in his official residence at Baluwatar in the capital this morning, PM Dahal reiterated that the incumbent government will leave no stone unturned to secure the welfare of the labourers and farmers.

During the meeting, Federation chair Shalikram Jammarkattel brought to the notice of the PM that the Industrial Enterprises Act is not in favor of the labourers.

काठमाडौं ।
आफ्ना ३ बर्ष र १ बर्षका छोरा सहित नेपाल बस्ने गरी फिलिपिन्स फर्केकी फिलिपिनो चेली जोया गएराती नेपाल फर्केकिछिन् ।

साउनको अन्तिम साता पतिबाट कुटाइ र घरबाट हेला भएपछि सडकमा अलपत्र परेको भन्दै समाचार छापिएपछि फिलिपिनो दुतावासले उद्दार गरि फिलिपिन्स पठाएकी जोया पतिसँगै नेपाल फर्कीएकी हुन् ।

उनलाई लिन उनका श्रीमान् फिलिपिन्स नै गएका थिए ।

जोया नेपालकी बुहारी पेज खोलेर अभियाननै चलाएर उनलाई लिन जान विश्वभरका नेपालीबाट आर्थिक सहयोग संकलन समेत गरिएको थियो ।

विभिन्न देशमा रहेका नेपाली दाजुभाइको सहयोगबाट दुई सन्तान सहित ३ महिनापछि जोया नेपाल फर्किएकी हुन् ।

काठमाडौं,कात्तिक २७ । नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको नेगेरी रङ्गशालामा भएको सेमिफाइनल खेलमा लाओसलाई टाइब्रेकरमा ३(० हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालका लागि किरण चेमजोङ नायक बने । टाइब्रेकरमा नेपालका सुजल श्रेष्ठ, हेमन गुरुङ, बिक्रम लामाले गोल गरे । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो ।

खेलको १७ औँ मिनेटमै लाओसले गोल गरेर अग्रता लिएको थियो । नेपालका बिमल घर्तीमगरले खेलको ४७ औँ मिनेटमा बराबरी गोल फर्काए । निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा नेपालका लागि अनन्त तामाङले गोल गरेर २–१ को अग्रता दिलाएका थिए तर त्यो धेरै समय टिकेन र लाओसले बराबरी गोल फर्काएको थियो ।

मुकुन्दराज भेटुवाल-अष्ट्रेलिया ।
गैर आवासिय नेपालीसंघ अष्ट्रेलियाको आयोजनामा एकैपटक तीन मूख्य शहरमा नेपाल महोत्सव आयोजना हुने भएको छ ।

आगामी नोभेम्बर १२ तारिख शनिबार क्वीन्सल्यान्ड राज्यको ब्रिसबेनमा पहिलो नेपाल महोत्सव हुने भएको छ । आयोजकले यहाँ २० हजार मानिसले नेपाल महोत्सव अवलोकन गर्ने अपेक्षा गरेको बताएको छ ।

यसैगरि किङ्ग जर्ज स्क्वायरमा आयोजना हुने महोत्सवमा नेपाली खाना, कला संस्कृति र नेपाली पहिरन तथा झाँकीहरूले ब्रिसबेनबासीलाई नेपाली स्वाद संगै नेपाली परम्परा र संस्कृति चिनाउने प्रयास गरिने आयोजकले विश्वास लिएको छ ।

एनआरएनए क्वीन्सल्यान्ड कोअर्डिनेशन कमिटीको आयोजना तथा नेपाली राजदूतावास, पर्यटन बोर्ड र क्वीसल्यान्डका बिभिन्न नेपाली संघ संस्थाको सहयोगमा यस पटकको महोत्सव हेर्न लायक हुने आयोजकको दाबी छ ।

आयोजकले नेपाल महोत्सवलाई सफल र भव्य बनाउन महोत्सवको एक दिन अघि नेपाल र नेपाली कलासंस्कृति झल्काउने नेपाल परेडको आयोजना गरिने र महोत्सवको एक दिनपछि दक्षता अभिबृद्धि र सीप हस्तान्तरण सम्वन्धी एकदिने कार्यशालाकोसमेत आयोजना गरिन लागेको छ ।

अष्ट्रेलियाको सरकारी, गैरसरकारी, अनुसन्धान संस्थाहरु, विश्वविद्यालयमा काम गर्ने विज्ञहरु सम्मिलित उक्त कार्यशालाले नेपालको पुनर्निर्माण र विकासमा योगदान पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले अपेक्षा लिएको छ ।

महोत्सवको आकर्षकका रुपमा नेपालवाट चर्चित ब्यान्ड कन्दरा र गायक सुगम पोखरेलका साथ अन्जु पन्तले आफ्ना लोकप्रिय गितहरु गाउने भएका छन् ।

यस्तै नोभेम्बर २६ तारिखका दिन सिड्नीको ब्यस्त पर्यटकीय नगरी डार्लिङ हार्वरमा नेपाल महोत्सवको आयोजना गरिने भएको छ । यहाँ करिव ५० हजार दर्शकले अवलोकन गरिने अपेक्षा गरिएको छ ।

यसै गरी मेलवर्नमा भने महोत्सव आउँदो डिसेम्बर १७ मा आयोजना हुनेछ । फेडरेसन स्क्वायरमा आयोजना हुने महोत्सवमा यस पटक बिशेष कार्यक्रमका साथ आयोजना गरिने भएको छ ।

आयोजकले नेपाल भन्दा बाहिर आयोजना गरिने महोत्सवहरुमा अस्ट्रेलियामा नै संभवत सर्वाधिक सहभािगता रहने ठोकुवा गर्दै अध्यक्ष सुरेन सिग्देलले नेपालको बिकास र प्रवद्र्धनमा यो आफुहरुको कर्तव्य भएको बताए ।

२७ कार्तिक, काठमाडौं ।
एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा नेपाल अहिले लोओसको सामना गर्दैछ ।

मलेसियामा जारी खेलमा समूह एको बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले समूह बीको उपबिजेता लाओसको सामना गर्न लागेको हो ।

नेपाल र लाओसबीचको खेल मलेसियाको कुन्चिङस्थित सारावा स्टेट रंगशालामा नेपाली समय अनुसार अहिले दिउँसो सवा २ बजे हुँदैछ ।

तीन टोली सम्मिलित समूह एमा दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा गोलरहित बराबरी खेलको थियो ।

नेपालले शनिबार भएको पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो भने मंगलबार भएको दोस्रो खेलमा बु्रनाईलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै उपाधि यात्रा जारी राखेको हो ।

समूह चरणको खेलमा तीन खेल खेलेको लाओसले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।

शनिबार नै हुने अर्को सेमिफाइनल खेलमा मकाउ र ब्रुनाई भिड्नेछन् । प्रतियोगितामा समूह बीको विजेताको रुपमा मकाउ सेमिफाइनलमा प्रवेश गरेको हो भने समूह एको उपविजेता ब्रुनाई हो ।

काठमाडौं,कात्तिक २७ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्नालगायतमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन चल्यो । मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाइयो । स्रोतका अनुसार ष्टाचारको मुद्दा चल्ने निश्चित भएपछि प्रतिष्ठानका केही पदाधिकारी ‘झोला’ बाकेर काठमाडौं आए ।

प्रतिष्ठानका टोलीसँग अख्तियारका प्रमुख लोकमानसिंह कार्कीले खटाएका मानिसले होटल अन्नपूर्णमा भेट्ने तय भयो । प्रतिष्ठानको टोलीले आफूहरूको सुरक्षा र सम्भावित रंगेहात कारबाहीको डर हुने भनेपछि प्रहरी सुरक्षाका साथ दुवै पक्षबीच भेट भयो । अख्तियारकै स्रोत भन्छ, ‘उक्त भेटघाट कार्यक्रममा प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालसमेत उपस्थित थिए ।’

पूर्वमहान्यायाधिवक्ता द्रोणराज रेग्मी अख्तियारको कानुनी सल्लाहकारमा नियुक्त भए । अनधिकृत कामका लागि धापासीमा ‘सेफ हाउस’ नै खुलेको स्रोतले बतायो । अख्तियारका एक सहसचिवका अनुसार कार्कीको आदेशमा प्रहरी प्रधान कार्यालयले स्थापना गरेको ‘सेफ हाउस’ मा गम्भीर भ्रष्टाचारका उजुरी र तिनका प्रमाणमाथि छलफल नभई व्यक्तिमाथिका जासुसीका क्रियाकलाप सञ्चालन हुन थाले ।

‘केही दिनमै यथार्थ क्रियाकलाप देखेपछि उहाँ (रेग्मी) ले कानुनी सल्लाहकारको पद छाड्नुभयो,’ ती सहसचिवले भने, ‘भ्रष्टाचार नियन्त्रणमा केही योगदान गरौं भनेर आएका सल्लाहकारहरू प्रहरी र गुप्तचरी निकायले जस्तो शैलीमा क्रियाकलाप सञ्चालन गरेको देखेर छक्क परेका थिए ।’ सेफ हाउसबारे अख्तियारको निर्णय भएको छैन भने आयुक्तहरूलाई पनि जानकारी छैन । तर आयुक्त राजनारायण पाठक बारम्बार उक्त घरमा पुग्ने गरेको स्रोत बताउँछ ।

कार्कीका समर्थक, सचिवालयका कर्मचारीहरूसहित भेला हुने उक्त सेफ हाउसमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र आईजीपी अर्याल पनि नियमित रूपमा पुग्ने गरेको अख्तियार स्रोत बताउँछ । स्रोतका अनुसार नेता तथा कर्मचारीहरूको व्यक्तिगत विवरण समेटिएको ६५ पृष्ठ लामो प्रतिवेदन तयार गर्ने अभियानमा अनुसन्धान विभागका एसपी कुमार खडका पनि संलग्न थिए । उक्त घरमा कारबाही गर्नुपर्ने व्यक्तिहरूको सूची तयार गर्नेदेखि धम्क्याउने, आफूअनुकूल निर्णय गर्न बाध्य पार्ने क्रियाकलाप हुन्थे । लोकमानको टिममा रहेका र सल्लाहकार तथा शुभचिन्तकको समूहका क्रियाकलापका लागि सञ्चालित अड्डा पछि भने बन्द भएको स्रोत बताउँछ ।

जासुसीमा प्रहरी

‘प्रधानन्यायाधीशदेखि आलोचक नेता, पत्रकार, कर्मचारीलगायतको व्यक्तिगत विवरण र अन्य जासुसीका लागि खडा गरिएको उक्त अखडामा विरोधीलाई तह लगाउने रणनीतिसम्म तय हुन्थ्यो,’ अख्तियार स्रोतले भन्यो । कल डिटेल, व्यक्तिको बसाइ र आवतजावतको लोकेसनदेखि म्यासेजका विवरण हेर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाएको उपकरण र सफ्टवेयर आईजीपी अर्यालले अख्तियार पुर्याइदिएका थिए ।

‘कार्कीले गैरकानुनी सम्पत्ति आर्जनको फाइल खोलिदिने धम्की दिएर अर्याललाई आफ्नो काबुमा राखेका थिए, त्यसपछि कार्कीबाट जे आदेश आयो, उनले पालना गरे,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसपछि कार्की प्रहरी संगठनकै दुरुपयोग गरेर झनै शक्तिशाली र निरंकुश बने ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।