काठमाडौं,कात्तिक २७ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा दुई नेताबीच कुनै सहमति भने भएन । भेटपछि कांग्रेस सभापति देउवाले भने, ‘संविधान संशोधनका विषयमा छलफल भयो, कुराकानी सकारात्मक छ ।’

एमाले अध्यक्ष ओलीले भने राष्ट्रिय हितमा तलमाथि नहुने गरी संशोधन प्रस्ताव आउँदा एमाले नकारात्मक नहुने बताए । ‘राष्ट्रिय हितका निम्ति प्रस्ताव आउँदा एमाले नकारात्मक हुनुपर्ने कारण छैन,’ भेटपछि ओलीले सञ्चारकर्मीसँग भने ।मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ताको तयारी गरेको छ ।

सहमतिका लागि प्रमुख दलका शीर्ष नेताहरूबीच नियमित छलफल भइरहेको छ । यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग संविधान संशोधनबारे छुट्टाछुट्टै छलफल गरेका थिए ।

तीन दलको बैठक हुने

संविधान संशोधनका विषयमा छलफल गर्न शीर्ष तीन दलबीच बैठक गर्ने देउवा र ओलीबीच सहमति भएको छ । ‘अब संविधान संशोधन गर्दै निर्वाचनमा लाग्न ढिलाइ गर्न हुन्न भन्ने विषयमा कुराकानी भएको छ,’ देउवाका सहयोगी भानु देउवाले भने, ‘संविधान संशोधनका लागि अब प्रमुख तीन दलबीच छलफल गरेर सहमतिमा जाने कुरा छ । यसका लागि छिटै तीन दलको बैठक बोलाउने भन्ने भएको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं,कात्तिक २७ । प्रमुद दलबीच चैतभित्र स्थानीय निकाय र डेढ वर्षभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नेबारे छलफल भइरहँदा गृह मन्त्रालयले घुम्ती शिविरमार्फत नागरिकता वितरणको तयारी थालेको छ । निर्वाचन अघि घुम्ती शिविरमार्फत लाखौंको संख्यामा वितरण गरिने नागरिकता विवादास्पद बनिरहेन पनि गृहले यसपालि पनि घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको छ ।

देशका ७५ वटै जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत हरेक दिन योग्य नागरिकले सहजै नागरिकता पाउने व्यवस्था हुँदाहुँदै सरकारले घुम्ती शिविरमार्फत नागरिकता वितरण तयारी गरेको आजको नागरिक दैनिकमा समाचार छ ।

गृहस्रोतका अनुसार प्रमुख दलबीच आगामी चैतमा स्थानीय निकाय निर्वाचन गर्ने सहमति जुटेलगत्तै गृहले घुम्ती शिविरमार्फत नागरिकता वितरणको काम अघि बढाएको हो । निर्वाचन आयोगस्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र गृहमन्त्री विमलेन्द्र निधिबीच घुम्ती शिविर पडाएर नागरिकता वितरण गरेपछि मात्रै उक्त जिल्लमा मतदाता नामावली संकलन गर्ने कार्यक्रम तय भएको छ ।

तराईका सहित बाँकी जिल्लामा पुस १५ देखि अभियानकै रुपमा नागरिकता वितरण गर्ने तयारी गृहको छ ।

काठमाडौं,कात्तिक २७ । स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारीले तालिम अवलोकन भ्रमण तथा गोष्ठीका नाममा एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण गरेका छन् । विभिन्न देश र दातृ निकायले आयोजना गरेका कार्यक्रममा स्वास्थ्यमन्त्रीदेखि विभिन्न तहका कर्मचारी विदेश भ्रमणमा गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारका स्वास्थ्यमन्त्री रामजनम चौधरी नौ महिनाको अवधिमा तीनपटक विदेश भ्रमणमा गएका छन् । उनी दुईपटक विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा सम्मेलन र मिटिङमा भाग लिन गएको मन्त्रालयको रेकर्डमा छ भने एकपटक हैदराबाद गएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, तत्कालीन स्वास्थ्यसचिव एक वर्षमा सातपटक विदेश भ्रमणमा गएको पाइएको छ । उनी जेनेभा, टिमोर, इन्डोनेसिया, बैंकक, नयाँ दिल्लीलगायत ठाउँ गएका हुन् ।

एकैपटक १८ जना भ्रमणमा विनाशकारी भूकम्पपछि पुनर्निर्माणको अनुभवका लागि भन्दै विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरी १५ देखि १९ सम्म भारतको गुजरातमा १८ जनालाई अवलोकन भ्रमण गराएको आजको नयाँ पत्रिकामा समाचार छ । त्यसैगरी, स्वास्थ्य बीमाको कार्यक्रमका लागि तत्कालीन स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा सातजना जर्मनी गएको थियो ।

त्यसको दुई महिना पनि नपुग्दै स्वास्थ्य बीमाको अवलोकन भ्रमण गर्न भन्दै हालका सचिव (तत्कालीन प्रमुख विशेषज्ञ) डा. सेनेन्द्रराज उप्रेतीको नेतृत्वमा नौजनाको अर्को टोली गुजरात नै गएको थियो । त्यसैगरी एक महिनाको बीचमा १७ जना कर्मचारी चीन भ्रमणमा गएका थिए ।

पप्पु गुरुङ्ग, २६ कार्तिक, दोधारा चाँदनी । दोधारा चाँदनीमा भारतिय पक्षबाट दशगजा जग्गा अतिक्रमण भएको छ् । दोधारा चाँदनी नगरपालिका– ८, सुन्दरनगर स्थित सीमा स्तम्भ नं १६ र १७ बिच क्षेत्रमा भारतिय नागरिकद्धारा दुबै तर्फको दशगजा अतिक्रण भएको स्थानियहरुले बताएका छन् । स्थानीयवासी टिकाराम उपाध्याय् अनुसार भारतीय पक्षले विगत लामो समय देखि जग्गा नेपाली भूमि अतिक्रमण गरेर भारतियहरुले खेतीपाती गर्दै आएका छन् ।

“अहिले आएर फेरी दुबै पक्षको दशजगा जग्गा भारतियहरुले मिचेर खेती गर्न थालेका छन्” स्थानीयवासी टिकाराम उपाध्यायले भने– “नेपाली जग्गा समेत अतिक्रण भएको छ” आज सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टको टोली र भारतिय सिमा सुरक्षा बल एसएसबी सहित स्थानियहरुको टोलीले अतिक्रण भएको स्थानको निरिक्षण गरेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टको टोलीका तर्फ देखि सशस्त्र प्रहरी सहायक निरिक्षक राधेश्याम राना र भारतिय सिमा सुरक्षा एसएसबीको टोलीको तर्फ देखि भारतिय सिमा सुरक्षा बल एसएसबकिा सहायक निरिक्षक जगदिश जोशीले दशजगा क्षेत्र भारतिय पक्षले मिचेको क्षेत्रको निरिक्षण गरेको सशस्त्र प्रहरीले जनाएको छ् ।

“भारतिय नागरिकले दुबै तर्फको दशजगा मिचेको छ” सशस्त्र प्रहरी सिमा सुुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी सहायक निरिक्षक राधेश्याम रानाले भने । भारतियहरुले दशजगा अतिक्रमण गरेको बिषयमा आज सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीलाई स्थानियहरुले खबर गरेपछि तत्कालै टोली अतिक्रमण क्षेत्र तिर लागेको थियो ।

सिमा बनमौलिया, सिशैया ग्राम पञ्चायत उत्तराखण्ड सिमा क्षेत्र पर्ने दोधारा चाँदनी नपा. ८, सुन्दरनगरको सिमा स्तम्भ नं. १६ र १७ को बिच क्षेत्रमा करिब ५ सय मिटर दुबै तर्फको नोमेन्स लेन्डल क्षेत्रको जग्गामा भारतिय नागरिकहरुले अतिक्रण गरेको स्थानियबासी हरिशंकर रोकायाले जानकारी दिएका छन् । “झा“डी फाडेर नेपाली तथा भारतिय तर्फको दशजग्गा जग्गा मिचेको छ” भारतियहरुले केही जग्गामा गहु“ तथा उखु खेती समेत गरेका छन् । दोधारा चा“दनी नगरपालिका सुन्दरनगरका स्थानीयवासीलाई पाएक पर्ने सीमावर्ती बजार मेलाघाट, खटिमा भएको हुदा दिनरात सीमावर्ती भारतीय बजार मेलाघाट तथा खटिमा आवतजावत गर्नै पर्ने भएको हुदा उनीहरुले खुलेर सीमा अतिक्रमणको विरोध गर्न नसकेको बताएका छन् ।

करिब १ बिगाहा भन्दा बढी नोमेन्सलेन्डल गाएत नेपाली भूमि भोगचलन गर्दै स्थानियबासी नारायण अधिकारीले जनाएका छन् । दुबै देशको सुरक्षा अधिकारीको स्थलगत निरिक्षण पछि भारतिय सिमा सुरक्षा बल एसएसबीले एक साता भित्र जग्गा अतिक्रण गर्ने भारतिय नागरिकलाई उक्त जग्गा खाली गर्न लगाउने बिषयमा मौखीक सहमती भएको बताईएको छ् ।

एक साता पछि दुबै देशको सिमा सुुरक्षा अधिकारीहरुको बैठक बसेर दशगजा अतिक्रणको पुनः निरक्षण गरि समस्या समाधान भए नभएको निरिक्षण गर्ने सहमती भएको सशस्त्र प्रहरी दोधारा चा“दनीले जनाएको छ् । “एक साता भित्र अतिक्रण समस्या हल गर्ने सहमती भएको” स्थानिय हरिशंकर रोकायाले भने ।

दोधारा चाँदनीको कञ्चनभोज लगाएत क्षेत्रमा भारतिय नागरिकले नेपाली भुमी सहित दुबै तर्फको दशगजा क्षेत्र मिच्दा समेत नेपाली प्रशासन अझै सम्म मौन बस्दै आएको स्थानियहरुले गुनासो राख्दै आएका छन् । स्थानिय जगदिश जोशी अनुसार भारतको हेपाहा प्रवृत्तिका कारण दोधारा चाँदनीका विभिन्न स्थानमा सीमा समस्या आउने गरेको छ । “अहिले साम्य गर्न नसके भोलि यो जटिल विषय बन्छ्” स्थानिय जोशीले भने ।

पप्पु गुरुङ्ग- २६ कार्तिक, दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिका अन्र्तगतको एक मात्र वृहत तथा अग्रणी सामुदायीक शैक्षिक संस्था भानु बहुमखी क्याम्पस दोधारा चाँदनीले अक्षय कोष निमार्णको लागी धार्मिक महोत्सव ज्ञान महायज्ञ संचालन गर्ने भएको छ । दोधारा चाँदनीको एक मात्र स्नातक तह सम्म अध्यापन गराउने शैक्षिक संस्थाले आफ्नो अक्षय कोष निमार्ण गर्न आउदो मंसिर २८ गते देखि धार्मिक महोत्सव ज्ञान महायज्ञ संचालन गर्ने भएको भानु बहुमखी क्याम्पस दोधारा चाँदनीका क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष राजिव खड्काले जानकारी दिनुभएको छ् ।

आज भानु बहुमखी क्याम्पसको हातामा बसेको आम भेलाले मंसिर २८ गते देखि संचालन गर्ने गरि धार्मिक ज्ञान महायज्ञ संचालन गर्न निर्णय गरेको हो । भानु बहुमखी क्याम्पस दोधारा चाँदनीका क्याम्पस ब्यवस्थापन समिति अध्यक्षतामा संचालन भएको आम भेलाका संचालक क्याम्पस प्रमुख प्रकाश बहादुर चन्दले गर्नु भएको थियो ।

भेलाले क्याम्पसको सर्वागिण बिकासका लागी अक्षय कोष तथा दोधारा चाँदनी क्षेत्रको आध्यात्मिक चेतना अभिबृद्धी एवम् पृतिमोक्षको लागी नेपालकै प्रख्यात गुरु वाचन प्रविण दीनबन्धु पोखरेलको मुखार विन्दबाट कथा बाचन हुने गरि धार्मिक महोत्सव संचालन गर्ने निर्णय समेत गरेको छ् । भेलाले समाजसेवी तथा ब्यवसायी जंग बहादुर चन्दको अध्यक्षतामा गग्न खत्री महासचिव, कोषाध्यक्ष धनसरा चन्द हुने गरि २८ सदस्यीय ज्ञान महायज्ञ आयोजक मुुल समिति र तत्कालीन दोधारा गाबिस कार्यालय अध्यक्ष बेल बहादुर रानाको संयोजकत्वमा ११ सदस्यीय ज्ञान महायज्ञ आयोजक सल्लाहकार समिति गठन गरिएको छ् ।

आगामी दिनहरुमा महायज्ञ आयोजक मुुल समिति बिस्तार तथा बिभिन्न उपसमिति गठन गर्ने समेत निर्णय गरिएको क्याम्पस प्रशासनले जनाएको छ् । आम भेलाले दोधारा चाँदनीका प्रत्येक वडाहरुमा गएर बिभिन्न समिति तथा उपसमिति गठन गरि भानु बहुमुखी क्याम्पसमा संचालन हुने धार्मिक महोत्सव ज्ञान महायज्ञलाई भबयताको साथ सम्पन्न गर्ने समेत अपेक्षा गरेको छ् । भेलाको स्वागत भानु बहुमखी क्याम्पसका सहायक प्रमुख गग्न खत्रीले स्वागत गर्नु भएको थियो । क्याम्पसको स्थापना हुदा भानु उच्च माध्यमिक बिद्यालय भवनमा सञ्चालन भएको र तत्काल स्थापनाकालमा २४ जना विद्यार्थी ६ जना प्राद्यापक २ जना कर्मचारी बाट हाल आएर क्याम्पसले ११ कोठे भवन निमार्ण गरी ५ कोठा निमार्णाधिन अवस्थामा छन र विद्याथी संख्या करिव २ सय हाराहारी रहेको छन भने यस क्याम्पस बाट झण्डै १ सय विद्यार्थी जना स्नातक उर्तिण गरेर उच्च शिक्षा अध्ययन गर्न बाहिर गईसकेका छन । झण्डै १४ जना प्राद्यापकहरु र ४ जना कर्मचारी वर्तमान अवस्था कार्यरत छन ।

२६ कार्तिक, सुनसरी ।

जिल्ला प्रशासन कार्यालय सुनसरीबाट झुट्टा विवरण पेस गरी नागरिकता लिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घरभई सप्तरी कटैया–४ मा बसोबास गर्दै आएका ३३ वर्षीय इन्द्रदेव भन्ने उमेशकुमार दास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

काठमाडौं ।
मध्यपहाडी लोकमार्ग आसपासका १० सहरलाई व्यवस्थित नयाँ सहरका रुपमा विकास गर्न सुरु गरिएको एकीकृत विकास योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सरकारले पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटन र अछामको साँफेबगरलाई व्यवस्थित सहरका रुपमा विकास गर्न लागिएको छ ।

आव २०६७÷०६८ देखि पूर्वाधार निर्माणका लागि १० सहर छनोटको काम सुरु भएको थियो । प्रत्येक विकास क्षेत्रका दुई सहरलाई व्यवस्थित सहर बनाउन कार्यक्रम सुरु भएको हो ।

सहर छनोट गरी तीन वर्ष अघिदेखि १० सहरलाई २० वर्षमा एक लाख जनसङ्ख्या अत्यावश्यक सुविधासहित बस्न सक्ने गरी पूर्वाधार विकासको काम गर्न एकीकृत विकास योजना निर्माण अन्तिम चरणमा पुगेको नयाँ सहर आयोजना समन्वय कार्यालयका इन्जिनियर शान्तिवदन श्रेष्ठले बताउनुभयो ।

आव २०७१÷२०७२ देखि १० वटै सहरमा पूर्वाधार निर्माणको काम चालु आवको अन्तसम्म योजना निर्माण सक्ने गरी भइरहेको आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताउनुभयो ।

२६ कार्तिक, काठमाडौं ।
आफ्ना नातेदार रहेका तथा भ्रष्टाचार काण्डमा मुछिएका तत्कालिन एन्फा अध्यक्ष तथा भाई सांसद गणेश थापाको बचाउ गरेका लोकमानसिंह कार्कीको कमल थापाले बचाउ गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष रहेका थापाले कार्कीमाथि लगाएको महाअभियोगको औचित्य भन्दा पनि एक्कासी आफुहरुसँग सल्लाह नगरेको भन्दै महाअभियोगको बिरोध गरेका छन् ।

अख्तियार प्रमुख लोकमान सिहं कार्कीमाथि छापामार शैलीमा महाअभियोग लगाइएको थापाको भनाई छ ।

राजनीतिक दलहरुसँग कुनै छलफलनै नगरी रातारात अख्तियार प्रमुखमाथि महाअभियोग लगाइएकाले ससंदबाट पारित हुनेमा आशंका गरे ।

सल्यानको श्रीनगरमा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले महाअभियोगका सम्वन्धमा पार्टीभित्र छलफल चलाएरमात्र आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

थापाले माघ ७ भित्र निर्वाचन नभए देश संकटमा पर्ने बताउँदै असन्तुष्ट मधेशवादी दलहरुका मागहरुलाई सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

२६ कार्तिक, काठमाडौं ।
जानु अघि दलाई लामा सम्वन्धि कार्यक्रम नै नभएको, गएपछि भेटेर पनि नभेटेको भन्दै उल्टै पत्रकार र सर्वसाधारण जनतामाथि खनिएका उनै झुठ शेरबहादुर देउवाको बचाउ गर्दै नेपाली काँग्रेस र सरकारले विज्ञप्ति निकालेको छ ।

एउटै कार्यक्रममा बसेर, एउटै मञ्चमा बोलेर भेटै भएन, बोल्दै बोलेन भन्दै पड्कीएका देउवाले सुरुमा कार्यक्रममा दलाई लामाका कोइपनी सहभागी नभएको बताएका थिए । फोटो सार्वजनिक भएपछि भने देउवाले बोल्न छाडेका छन् ।

यसको बदलामा काँग्रेसकै नेता तथा शेरबहादुर प्यानलबाट परराष्टमन्त्री भएका प्रकाश शरण महतले चिनसँगको सम्वन्ध बिगार्न खोजेको भन्दै पत्रपत्रिका र सर्वसाधारणको आलोचनाको टिप्पणी गरेका छन् ।

परराष्ट्र मन्त्रालयले एक चीन नीतिमा नेपाल सरकार पूर्ण प्रतिबद्ध र दुढ रहँदै आएको बताएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल र चीनबीचको सम्बन्धलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित समाचारबाट द्विपक्षीय सम्बन्धमा भ्रम सिर्जना गर्ने खोजिएको भन्दै त्यसमा सत्यता नभएको जनाएको छ ।

नेपालले छिमेकी मित्र राष्ट्रसँगको सम्बन्धलाई सधैंँ उच्च महत्व दिई आएको र वर्तमान सरकार उक्त सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

मन्त्रालयले मित्रराष्ट्रसँगको सम्बन्धका बारेमा समाचार सम्प्रेषण गर्दा विषयको संवेदनशीलताप्रति आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

यसैगरि नेपाली काँग्रेसले एक चीन नीतिप्रति पार्टीको स्पष्ट दृष्टिकोण रहेको जनाएको छ ।

काँग्रेसले आज विज्ञप्ति जारी गरी पार्टी पञ्चशीलको सिद्धान्तमा दृढ रहेको जनाउँदै काँग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यपूर्ण हो भनी उल्लेख गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सभापति देउवाको भारत भ्रमणका सम्बन्धमा केही छापामाध्यममा भ्रामक र कपोलकल्पित प्रचार भएको भन्दै त्यसको निन्दा गरेको छ ।

सभापति देउवा इन्डिया फाउन्डेसनद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा भाग लिन भारतको गोवा गएका थिए । सोही कार्यक्रममा दलाई लामाका नेता जो चिन बिरुद्ध भारतमा बसेर गतिविधि गर्दै आएका छन् उनीसँग भेटघाट सहित एउटै मञ्चमा भाषण गरेका थिए ।

२६ कार्तिक, काठमाडौं ।
व्यवस्थापिका– संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्की विरुद्धको महाभियोग प्रस्ताव माथिको छलफलशुरु भएको छ ।

आज १७ जना सांसदहरुले छलफलमा भागिलनुभयो बैठकमा भाग लिने अधिकांश सदस्यले महाभियोगको पक्षमा आफनो धारणा जाहेर गर्नुभएको थियो ।

उहाँहरुले निलम्बित प्रमुख कार्कीले संविधान र कानुनको उपहास गरेको, पदीय आचरण विपरितको काम गरेको तथा सार्वभौमसत्ता सम्पन्न संसद्लाई बेवास्ता गरको बताउनुभयो ।

आजको बैठकमा सांसद मिलन राजवशी, यशोदाकुमारी लामा, शेरबहादुर तामाङ, जगदीशनरसिंह केसी, राजाराम स्याङताङ, भरत साउद, पाँचकर्ण राई, सीता गिरी, सुरेन्द्र चौधरीलगायतले भाग लिनुभएको थियो ।

आजकै बैठकमा सांसदहरुको पारिश्रमिक र सुविधा बढाउने सम्बन्धी विधेयकको प्रस्ताव आज प्रस्तुत भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी विधेयक २०७३ बैठकमा प्रस्तुत गर्नु भएको हो ।

संसदको अर्को बैठक कार्तिक २९ गते सोमबार बस्ने छ ।

ब्यवस्थापिका संसदको बैठक

व्यवस्थापिका संसदको आजको बैठक मधेशवादी दलका सांसदहरुले बहिष्कार गर्नु भएको छ ।

आन्दोलनरत मधेशवादी दल र सरकार बीच भएको तीन बुँदे सहमति अझै कार्यान्वयन नभएको आरोप लगाउँदै मधेशवादी दलका सांसदहरुले बैठक बहिष्कार गर्नुभएको हो ।

बैठक बहिष्कार गर्नु अघि सभामुखसँग समय लिएर संघिय समाजवादी फोरमका नेता सांसद अशोक कुमार राईले मधेशी दल र सरकार बीच भएको सहमति कार्यान्वयन गर्ने सम्बन्धमा मन्त्री परिषद्ले निर्णय गरेर पनि कार्यान्वयन नभएको र कार्याकर्ता थुन्ने एवं मुद्दा लगाउने कार्य जारी रहेको अवस्थामा बैठकको आजको कार्वाहीमा मधेशवादी दलको समर्थन रहन नसक्ने भन्दै बैठक बहिष्कार गर्नु परेको बताउनु भएको थियो ।

२६ कार्तिक, काठमाडौं ।
सामाजिक सञ्जाल सहित देशभर प्रधानमन्त्रीको १ सय दिनको काम भारतसँग लम्पसार पर्नुमात्र भएको आलोचना भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने ३ सय दिनमा गर्ने काम सयदिनमा गरेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा ह्यासट्याग राखेर लम्पसारवाद १ सय दिन भन्दै सर्वसाधारणबाट बिरोध भइरहँदा प्रधानमन्त्रीले स्तर नभएकाले बिरोध गरेको भन्दै अपमान समेत गरेका छन् ।

यसैगरि प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको सहमति जुटाएर यहि महिनाभित्रै संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने वताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको वातावरण वनाउने प्रयास भैरहेको वताए ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरु तयार गरी व्यवस्थापिका संसदमा पेश गर्ने कार्यलाई उच्च प्राथमिकता दिइएको र संविधान कार्यान्वयनका लागि स्थानीय तह र अन्य निकायहरुको निर्वाचन सम्पन्न गर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले सविधान कार्यान्वयनका लागि प्रदेश कार्यालय तोक्ने र त्यसका लागि आवश्यक अन्य कार्यहरुलाई अन्तिम रुपदिने काम भै रहेको वताए ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएअनुरुप गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित तथा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण गर्न गठित आयोगलाई थप मापदण्ड उपलब्ध गराई स्थानीय तहको पुनर्संरचना सम्बन्धी काम अन्तिम चरणमा पुगेको बताए ।

प्रधानमन्त्री दाहालले सविधानको कार्यान्वयन गरि २०७४माघ ७ गतेभित्र सवै तहको निर्वाचन सम्पन्न गर्न राष्ट्रिय सहमति आवश्यक भएको र त्यसका लागि राजनीतिक दलसँगै नागरिक समाज, सञ्चार जगत सबै एकतावध्दभएर लाग्नु पर्ने वताए ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अवलोकन र अनुगमन गरि ति आयोजनाहरुको काम निर्धारित समयमै सम्पन्न गर्ने निर्देशन दिएको वताए ।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने सन्दर्भमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगसँग सम्वन्धित ऐनहरुको संशोधन मस्यौदा तयार भएको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भुकम्प पीडितहरुले पाउने अनुदानको रकमलाइ २ लाखबाट वृद्धि गरी ३ लाख र पुरयाइएको र पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ पाउने गरी अनुदान वितरण कार्यविधिमा संशोधनको प्रकृया अगाडी वढेको वताए ।

प्रधानमन्त्री दाहालले चीनसँगका सिमा नाकाहरुलाई सञ्चालनमा ल्याउन आवश्यक काम भै रहेको वताए ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारमा गई करार अवधिभित्र अंगभंग तथा मृत्यू भएका कामदार वा निजका हकवालाहरुलाई प्रदान गरिने राहत तथा क्षतिपुर्तिको रकम ३ लाखबाट वृद्धिगरी ७ लाख रुपैयाँका दरले उपलव्ध गराउने गरी वैदेशिक रोजगार नियमावलीमा सशोधन कार्य अगाडी वढेको वताए ।

यसैबिच नेकपा माओवादी केन्द्र मोरङद्वारा विराटनगरमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान संसोधनका लागि मुख्य दलहरुबीच छलफल गरी कार्तिक महिना भित्र संविधान संशोधन प्रक्रिया अगाडी बढाउने गरी काम भइरहेको बताए ।

प्रधानमन्त्री दाहालले अहिलेको प्रमुख चुनौती भनेको संविधान कार्यान्वयन भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रीत रहेको बताए ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेकाले स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन आउने वितिकै सरकारले निर्वाचनको मिति घोषणागर्ने बताए ।

आजै सिरहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री मधेशबाट चुनाव जितेकाले मधेसप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको बताए ।

दाहालले मधेसका जिल्लामा खानेपानी, बिजुली, सडकलगायतका पूर्वाधार निर्माणतर्फ सरकारले प्याकेजसहित काम अघि बढाएको जानकारी दिए ।

The Ministry of Foreign Affairs (MoFA) has reiterated that Nepal is committed to One China Policy, and the government refutes the news brought by belittling the fact on Nepal's neighbourly relations.

Issuing a press statement today, the MoFA said the Minister for Foreign Affairs has repeatedly made the matter clear after the news reports come recently about Nepal's relations with China created uncertainty.

Representative from the Chinese Embassy in Nepal too has made clear that there was no truth on the news report that had argued of China demanding Nepal's stand on One China Policy.

The Ministry also urged the media to be sensitive while writing news on the neighbourly relations.