लोकमानको बचाउ गर्दै कमल थापा भन्छन्-‘छापामार शैलीमा महाअभियोग लगाइयो’

कार्तिक २६, २०७३ मा प्रकाशित | 820 views

२६ कार्तिक, काठमाडौं ।
आफ्ना नातेदार रहेका तथा भ्रष्टाचार काण्डमा मुछिएका तत्कालिन एन्फा अध्यक्ष तथा भाई सांसद गणेश थापाको बचाउ गरेका लोकमानसिंह कार्कीको कमल थापाले बचाउ गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष रहेका थापाले कार्कीमाथि लगाएको महाअभियोगको औचित्य भन्दा पनि एक्कासी आफुहरुसँग सल्लाह नगरेको भन्दै महाअभियोगको बिरोध गरेका छन् ।

अख्तियार प्रमुख लोकमान सिहं कार्कीमाथि छापामार शैलीमा महाअभियोग लगाइएको थापाको भनाई छ ।

राजनीतिक दलहरुसँग कुनै छलफलनै नगरी रातारात अख्तियार प्रमुखमाथि महाअभियोग लगाइएकाले ससंदबाट पारित हुनेमा आशंका गरे ।

सल्यानको श्रीनगरमा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले महाअभियोगका सम्वन्धमा पार्टीभित्र छलफल चलाएरमात्र आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

थापाले माघ ७ भित्र निर्वाचन नभए देश संकटमा पर्ने बताउँदै असन्तुष्ट मधेशवादी दलहरुका मागहरुलाई सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web