सुध्रिएन विप्लव माओवादी,हिंसात्मक बन्दै बन्द, पेट्रोल छर्केर ट्रकमा आगजनी

कार्तिक २८, २०७३ मा प्रकाशित | 1128 views

काठमाडौं,कात्तिक २८ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्द शान्तिपूर्ण भनेपनि हिंसात्मक बन्दै गएको छ । बन्दकर्ताले  बिहानै अत्तरिया-धनगढी सडक खण्डमा से १ क ४३७ नम्बरको ट्रकमा आगजनी गरेका छन्।

दाङबाट सिमेन्ट बोकेर आउँदै गरेको उक्त ट्रकलाई रोकेर पेट्रोल छर्केर आगजनी गरिएको हो। निलो रङ्गको ९०१२ नम्बरको पल्सर मोटरसाइकलमा आएको दुई जनाको समूहले आगजनी गरेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ। त्यस्तै दोलखामा अज्ञात समूहले घरमा राखेको दुईवटा बाइक र एउटा कारमा आगो लगाई फरार भएका छन् ।

दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा१०प २४० र स्थानीय रवीन्द्र पोखरेलको बा४७प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको छ ।

अज्ञात समूहले करिब राती २ बजेतिर आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालय दोलखाको भनाइ रहेको छ । घरमा पार्किङ गरिरहेको कार्कीको बाइक बाहिर तानेर आगो लगाएको र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिएपछि ठूलो घटना हुनबाट जोगिएको छ ।

आगो नियन्त्रणमा नआएको भए घरमा समेत आगलागी हुन सक्ने प्रहरीको भनाइ छ । आगलागीमा बन्दकर्ता विप्लव माओवादीको संलग्नता हुन सक्ने स्थानीयवासीको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web