भारतीय दूतावासको निर्देशनमा ग्रेटर नेपाल अभियन्ता नेपाल पक्राउ

कार्तिक २८, २०७३ मा प्रकाशित | 4848 views

२८ कार्तिक, काठमाडौं ।
भारतीय राष्टपति नेपाल आउँदा कालो झण्डा देखाउन नपाउँदै पक्राउ गरेर छाडेको प्रहरीले फेरी भारतीय दूतावासको निर्देशनमा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाललाई पक्रेको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्षलाई ज्ञापनपत्र बुझाउन हिँडेका नेपाललाई प्रहरीले काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

मोर्चाका अध्यक्ष नेपाल नेतृत्वको टोली आइतबार विहान कालापानी क्षेत्रमा राखिएका भारतीय सेना हटाउनुपर्ने लगायतका तीन बुँदे माग लिएर लैनचौरस्थित भारतीय दूतावास जाँदैथियो ।

भारतीय सेनाध्यक्ष दलबीर सिंहलाई ज्ञापनपत्र बुझाउन जाँदै गर्दा पक्राउ गरेको भन्दै नेपालले शान्तिपूर्ण रुपमा ज्ञापनपत्र बुझाउन जाँदा समेत भारतीय दूतावासको निर्देशनमा पक्राउ गरिएको नेपालले बताउनुभयो ।

गेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल, अधिकारकर्मी मनोजकुमार राउत, आकश चन्दलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त लैनचौरमा राखिएको छ । उनीहरु बेलुकासम्म छुट्ने लैनचौर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web