जर्वजस्ती बन्द र तोडफोड गर्न खोज्ने ६ जना माओवादी कार्यकर्ता पक्राउ

कार्तिक २८, २०७३ मा प्रकाशित | 774 views

२८ कार्तिक, सुर्खेत ।
सुर्खेतमा जबरजस्ती पसल बन्द गराउँदै हिड्ने ६ जना नेकपा (माओवादी) का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम वीरेन्द्रनगरको यारीचोकका पसल बन्द गराउँदै हिडेका उनीहरुलाई आईतबार विहान प्रहरीले पक्राउ गरेको हो ।

नेकपा (माओवादी) ले गरेको नेपाल बन्दका कारण सुर्खेतसहित आसपासका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण मोटरसाइकल लगायतका केही साना सवारी साधन छिटपुट रुपमा चलेपनि लोमो रुटका सवारी साधनहरु पूर्ण रुपमा ठप्प रहेका छन । बन्दले गर्दा बजार समेत बन्द छ ।

सुर्खेतका प्रहरी उपरीक्षक मोहन आचार्यले माओवादीको बन्द आव्हानलाई मध्यनजर राख्दै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी खटाईएको जानकारी दिनु भयो । उहाँले जिल्लामा अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको जनाउनु भयो । छैन् ।
तर, सामुदायिक विद्यालयमा बन्दको प्रभाव परेन

नेकपा (माओवादी) ले गरेको नेपाल बन्दमा सुर्खेतका अधिकाँश सरकारी विद्यालय खुलेका छन् । चर्को महङ्गीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्नु पर्ने माग राख्दै गरेको नेपाल बन्दको प्रभाव सामुदायिक विद्यालयमा परेको छैन् ।

मध्यपश्चिम विकास क्षेत्रका अधिकाँश सामुदायिक विद्यालय खुलेको मध्यपश्चिम  क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ । तर बन्दको प्रत्यक्ष प्रभाव नीजि विद्यालय, सवारी साधन तथा कलकारखाना लगायतमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web