काठमाडौं,कात्तिक २८ । सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सरको उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको आइतबारको बैठकले नेतृ सुजातालाई क्यान्सरको उपचारका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री गगन थापाले असहमति जनाउदाँ जनाउदै आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई उपचार खर्च दिने निर्णय गरेको हो। केही दिन अघि स्वास्थ्य मन्त्री गगन थापाले विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी तयार पारेको उपचार खर्चसम्वन्धी मापदण्डलाई पन्छाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको दबावमा ५० लाख दिने निर्णय भएको हो । केही समयअघि मलेसिया भ्रमणका बेला अस्वस्थ भएर उपचार गराउँदा उहाँलाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो भने उहाँले स्वास्थ परिक्षण गरेर स्वदेश फर्किनुभएको थियो । सुजाता कोइरालालाई लागेको जस्तो उपचार स्वदेशमै आठरदश लाख रुपैयाँमा गर्न सकिने डाक्टरहरुले बताउँदै आएका थिए ।

20.71¡ÆC