काठमाडौं ।
घटराज भट्टराई स्मारक कोषले लामो समयसम्म शिक्षा र नेपाली वाङ्मयको श्रीवृद्धिका लागि समर्पित तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको ’घटराज पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

घटराज भट्टराई स्मारक कोषका संस्थापक एवं अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको कोषको बैठकले निबन्ध लेखनका अतिरिक्त कला, संस्कृतिका क्षेत्रमा समेत उल्लेखनीय योगदान गरेवापत ग्वंगलाई ताम्रपत्रका साथै पचास हजार रुपियाँ राशीको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

आगामी मङ्सिर ११ गते घटराज भट्टराईको ७५ औं जयन्तीका अवसरमा काठमाडौंमा शताब्दी पुरुष डा।सत्यमोहन जोशीबाट घटराज पुरस्कार समर्पण गरिने कोषकी सदस्य सचिव साधना दाहालले जानकारी दिनु भयो ।

18.7¡ÆC