आरबीआई भन्छ– बैंकसँग भएको मात्रै साट्छौं, व्यक्तिको साट्दैनौं

काठमाडौं,मंसिर २ । व्यवस्थापिका संसदको अर्थ समितिले नेपाली नागरिकसँग रहेको ५ सय र हजारका भारु साट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । अर्थ मन्त्री कृष्ण बहादुर महरा र नेपाल राष्ट्रका गभर्नर डा. चिरञ्जिवी नेपालको उपस्थितीमा बसेको अर्थ समितिको बैठकले भारत सरकारसँग समन्वय गरेर नेपाली नागरिकसँग रहेको बैध भारतीय रुपैंयाँ साट्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

तर रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले नेपालीसँग भएको भारतीय रुपैयाँ (भारु) नसाट्ने बताएको छ । राष्ट्र बैंकको स्रोत अनुसार आरबीआईले नेपाल राष्ट्र बैंकलाई नेपालीसँग भएको एक हजार र पाँच सयका भारु नोट लिन नसकिने जानकारी गराएको बताएको छ ।

आरबीआईले नेपालीसँग भएको पैसा नसाट्ने जनाउ दिएको छ । आरबीआईले नेपालका वाणिज्य बैंकहरुमा भएको पैसा भने लिने बताएको छ । “बैंकसँग भएको पैसा हामी साट्छौं,” आरबीइआईको भनाई उद्धृत गर्दै राष्ट्र बैंक स्रोतले भन्यो, “तर, जनतासँग भएको एक हजार र पाँच सयको नोट सटही गर्दैनौं ।” तर अर्थमन्त्री कृष्ण बहादुर महराले भारतीय अर्थमन्त्रीसँग आफुले फोनमा कुरा गरेको र नेपालको चाहना अनुसार नोट सटहीको सुबिधा दिन उनी तयार रहेको जानकारी गराएका थिए ।

‘भारतीय अर्थमन्त्रीले नेपाली नागरिकको हितलाई मध्यनजर गर्दै ५०० र १०० दरका भारतीय नोट साट्ने व्यवस्था मिलाउन आफु तयार रहेको बताउनुभएको छ’, अर्थमन्त्री महराले बैठकमा भने । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले समेत भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरिहेको जानकारी गराएका थिए ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले रिजर्भ बैंक अफ इण्डियाका गभर्नर अजित पटेलसँग दैनिक २/३ पटक कुरा गरिरहेको जानकारी गराएका थिए । आरबिआईका गभर्नर पटेलले नेपालमा रहेका ५०० र १०० दरका भारतीय नोट साट्ने कुरा आफ्नो हातमा मात्रै नरहेकाले उच्चस्तरमा कुटनीतिक लबिङ गर्न सुझाएको पनि बताएका थिए । नेपालको बैंकिङ प्रणालीमा सो दरका भारतीय नोट ३ करोड ६० लाख ९० हजार मात्रै रहेको पनि उनले जानकारी गराएका थिए ।

‘कामना अवार्ड’को मिति तय, को-को छन् प्रतिस्पर्धाको सूचीमा ?

काठमाडौं – यस वर्षको कामना अवार्ड यही मङसिर १८ गते काठमाडौँमा हुने भएको छ । कामना न्यूज पब्लिकेसन्स्को आयोजनामा हुने अवार्ड वितरण समारोहमा यो वर्ष थप एक नयाँ विधा थपिएको छ । ‘लक्स पपुलर च्वाइस अवार्ड’ थपिएसँगै दोस्रो संस्करणको यो अवार्डमा अब ३२ विधामा पुरस्कार प्रदान गरिनेछ ।

एसएमएस मतका आधारमा लक्स व्युटी स्टार छनोट हुने अवार्डको यो विधामा केकी अधिकारी, नम्रता श्रेष्ठ, सामाज्ञ्रीराज्यलक्ष्मी शाह, प्रियंका कार्की र सृष्टि श्रेष्ठबीच प्रतिस्पर्धा चलिरहेको छ । यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले अवार्ड हासिल गर्नुहुनेछ । अन्य १८ लोकप्रिय विधामा पनि एसएमएस भोटिङ चलिहरेको आयोजकको भनाइ छ ।

ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाएर विजेता चयन गरिनेछ । कामना अवार्डस्मा चलचित्र ‘नाइँ नभन्नु ल –४’ सर्वाधिक धेरै २१ विधाको मनोनयनमा परेको छ । त्यस्तै चलचित्र ‘प्रेमगीत’ १९, ‘क्लासिक’ १७, ‘ड्रिम्स’ १६, ‘वडा नम्बर छ’ १४ र ‘पशुपतिप्रसाद’ १२ विधाको मनोनयनमा परेको छ ।

त्यसैगरी अवार्ड वितरण समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानका आधारमा कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ । साथै निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक चलचित्र, कलाकार वा प्रविधिज्ञलाई जुरी अवार्ड प्रदान गरिनेछ । सङ्गीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।

कामना अवार्डस् समग्र चलचित्र क्षेत्र र चलचित्रकर्मीमा समर्पित हुने आयोजक समितिका निर्देशक समेत रहेका कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले बताउनुभयो । विसं २०७१ सालदेखि सुरु भएको अवार्ड वितरण कार्यक्रम गत वर्ष गएको भूकम्पका कारण स्थगन गरिएको थियो । अब भने हरेक वर्ष अवार्ड वितरणलाई निरन्तरता दिइने आयोजक समितिका अर्का निर्देशक तथा सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले बताउनुभयो । समितिका सदस्य तथा कामनाका सम्पादक विदुर गिरीले अवार्ड सिनेकर्मीका लागि दशैं सावित हुने विश्वास व्यक्त गर्नुभयो । रासस

अमेरिकी राष्ट्रपति ट्रम्पको जापानी प्रधानमन्त्रीसँग पहिलो शिर्ष भेट हुने

टोकियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो शिर्ष भेट जापानी प्रधानमन्त्री सिन्जो आवेसँग गर्ने भएका छन् ।

आगामी बिहिबार भेटवार्ता तय भइसकेको र यो औपचारिक भेट हुने जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

जापानका मन्त्री तोमोहिको तानिगुचिले भेटवार्ता बारे बताउँदै भनेका छन् ‘हामीले अवको चार वर्ष ट्रम्पसँग मिलेर काम गर्नुपर्नेछ, भेटघाटले त्यसलाई सहजता र सम्बन्ध सुधारमा भूमिका खेल्छ ।’ ।

आवे र ट्रम्पको भेटभने अमेरिका वा जापानमा नभई पेरुमा हुन लागेको एसिया प्यासिफिक इकोनोमिक कोअप्रेसन’ सम्मेलनको क्रममा हुने भएको हो ।

भेटमा दुई देश बीच चार वर्षे रणनीतिक कार्ययोजनाको भारेमा छलफल हुने बताइएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचीत भएपछि जापानी प्रधानमन्त्री आवेले टेलिफोन गरेर बधाईसँगै अझै सुमधुर सहकार्यको विश्वास सहित सुरक्षा र परराष्ट नीतिमा दुई देशबीच सहकार्यबारे बताइको जापानी सञ्चारमाध्यमहरुले लेखेका छन् ।
चीनसँगको विवादास्पद समुन्द्रीक टापुमा अमेरिका जापान सँगै ताईवानको पक्षमा उभिंदै आएको छ ।

पछिल्लो समय समेत समुन्द्र सागरमा बढ्दो चिनको सैनिक उपस्थितिलाई लिएर जापानले आफु चुप लागेर नबस्ने बताइरहेको बेलामा दुई शक्ति राष्टका नेताहरुको भेटले चिनलाई थप दबाव दिने ठानिएको छ ।

जापानले एक बर्षमै पिआर दिने, परिवारका सदस्य पनि ल्याउन पाइने

टोकियो ।
जापान सरकारले बिदेशी नागरिकलाई एक बर्षमै पिआर दिने भएको छ ।

एक बर्षमै पिआर पाउनको लागि भने जापान सरकारले उच्च दक्ष कामदार हुनुपर्ने बताएको छ ।

जापानी अधिकारीहरुलाई उदृत गर्दै जापानी सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार उच्च दक्ष विदेशीलाई पिआरमा सरलता सहितको कानुन निर्माण अघि बढेको छ । जस अनुसार घरेलु कामदारको रुपमा समेत जापान आउने बाटो खुलेको छ ।

जापान सरकारले उच्च दक्ष विदेशीहरुलाई दिइदै आएको स्थायी बसोबास अनुमति ९पिआर० प्रक्रियालाई सहज बनाउने भन्दै यसअघि कम्तिमा ५ बर्षमा मात्र दिइंदै आएको पिआर लाई एक बर्षमा झार्ने भएको हो ।

जापानी अधिकारीहरुका अनुसार आर्थिक क्षेत्रमा दक्ष र विशेषज्ञता हाँसिल गरेका, प्राविधिक दक्ष कामदारलाई जापान आउन सहज हुनेगरि नयाँ नियम आउने भएको छ ।

मंगलबार जापान न्याय मन्त्रालयले उच्चस्तरका दक्ष जनशक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेको भन्दै विश्वभरका दक्ष जनशक्तिको लागि जापानको यात्रा सहज बनाउने बताएको छ ।

आगामी मार्चसम्ममा नयाँ पिआर सम्बन्धी निर्देशिका बन्ने र यसमा बढीमा तीन बर्षमा त्यस्ता जनशक्तिले पिआर पाउने न्याय मन्त्रालयले प्रष्ट पारेको छ ।

अमेरिकाले बिदेशी नागरिकको लागि नयाँ कडा नियम लागु गर्ने तथा भएका बिदेशी नागरिकलाई समेत न्यून गर्ने खवरहरु सार्वजनिक भइरहँदा विश्वकै तेस्रो आर्थिक शक्तिको रुपमा रहेको जापानले भने आफ्नो देश आउन चाहने विदेशीको लागि सहज नियम बनाउन लागि परेको छ ।

यसरी पिआर पाउन आवेदन दिएकाहरुको वार्षिक आम्दानी, भाषा, शिक्षा लगायतका आधार बनाइने भएको छ ।

जापानको तल्लो सदनले समेत केयरगिभर क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई वर्किङ भिसा दिने गरी नयाँ अध्यागमन संशोधन नीति पारित गरिसकेको छ ।

यो नीति पारित भएसँगै न्यून तलब पाउने केयर गिभर, घरेलु कामदार, कृषि लगायतका क्षेत्रमा समेत अब बिदेशीले वर्किङ भिसा लिएर कानुनी रुपमा जापान आउने बाटो खुलेको छ ।

जापान न्याय मन्त्रालयले पिआर पाएकाहरुले आफ्नो परिवार सहित काम गर्ने कामदार समेत ल्याउन पाउनेगरि नयाँ नीति ल्याउने बताएपनि पिआर पाउने व्यक्तिका परिवार समेत प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिएको छ ।

जापानद्धारा नेपाल रेडक्रसलाई चारवटा एम्बुसलेन्स सहयोग

काठमाडौं ।
नेपाल रेडक्रक सोसाइटीलाई जापान सरकारले चारवटा एम्बुलेन्स सहयोग गरेको छ ।

बुधबार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा नेपालका लागि जापानका राजदूत मासासी ओगाआले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापामार्फत चारवटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

नेपाल रेडक्रस मार्फत चारवटा एम्बुलेन्स गुल्मी, प्युठान, मोरङ र उदयपुर जिल्लाको लागि दिइने भएको छ ।

करिव ७४ लाख रुपैयाँ पर्ने ति एम्बुलेन्स गुणस्तरिय र सुविधा सम्पन्न रहेको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदूत मासासीले नेपालका ग्रामीण समुदायका मानिसहरुलाई स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग गरिएको एम्बुलेन्सले सघाउने विश्वास व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले नेपाल रेडक्रससँग तीन दशक अगाडिदेखि खानेपानी, सरसफाई लगायत मानवीय सेवा कार्यमा जापान सरकारले सहकार्य र सहयो गर्दै आएको भन्दै जापान सरकार, जापनीज रेडक्रस र जापानी जनताबाट निरन्तर सहयोग पाइरहेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा स्वागत गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रस सोसाइटीलाई जापान सरकार र जापानी रेडक्रसले गर्दै आएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै सहयोग र सहकार्य पाइरहने विश्वास व्यक्त गरे ।

अख्तियारका चार आयुक्त पनि धरापमा

काठमाडौं,मंसिर २ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका चार जना आयुक्तहरूको योग्यता नपुगेको उल्लेख गरी बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । नागार्जुना नगरपालिका ८ बस्ने दक्षबहादुर क्षत्रीले दायर गरेको रिट निवेदनमा अख्तायारका चार आयुक्तहरू दीपकुमार बस्न्यात, डा. सावित्री थापा गुरूङ, गणेशराज जोशी र नविनकुमार घिमिरेको आयुक्त हुनका लागि योग्यता नपुगेको दाबी गरिएको छ ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा ११९ (५) (ग) म अख्तियारका आयुक्त हुनका लागि लेखा, राजश्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा २० वर्ष काम गरी अनुभव वा ख्याती कमाएको हुनुपर्ने स्पष्ट गरिएको छ ।

रिट निवेदनमा ती चार जना आयुक्तमध्ये कसैको पनि ती विषयमा अनुभव वा ख्याती नभएको उल्लेख गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

सोलिडारिटी कपको उपाधि विजेता टोलीलाई भव्य स्वागतको साथ नगर परिक्रमा

काठमाडौं,मंसिर १ । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल त्रिभुवन विमानस्थलमा भब्य स्वागतको साथ नगर परिक्रमा गराईएको छ ।  मालिन्दो एयरको बोइङ ७३७–९ विमानबाट बुधबार राति ८ः३० बजे मलेसियाबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेको थियो।

उपाधि विजेता टोलीलाई स्वागत गर्न युवा तथा खेलकुल मन्त्री दलजित श्रीपाली स्वयं विमानस्थल पुगेका थिए। टोलीको स्वागतका लागि राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव केशवकुमार विष्ट, एन्फा कार्यवाहक अध्यक्ष मणि कुँवर, राष्ट्रिय टोलिका पूर्व प्रशिक्षक, पूर्व कप्तान तथा राष्ट्रिय खेलाडीहरू उपेन्द्रमान सिंह, कृषण थापा, बालगोपाल महर्जन, हरि खड्कालगायत पनि ड्रमसेटलगायत बाजागाजासहित विमानस्थल पुगेका थिए।
र्‍याली एयरपोर्टबाट गौशाला-बत्तिसपुतली-मैतिदेवी-पुतलीसडक-घण्टाघर-शहिदगेट-त्रिपुरेश्वर-थापाथली-पुल्चोक-मंगलबजार-ग्वार्को हुँदै एन्फा मुख्यालय सातदोवाटोमा पुगेर सम्पन्न हुनेछ । नेपाली टिमलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

हिजो मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा भएको फाइनल मकाउलाई १–० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो। एक वर्ष भित्र नेपाली फुटबल टोलीले जितेको यो तेस्रो उपाधि हो । यस अघि गत माघमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप र फागुनमा भारतमा भएको १२ औं साग गेम्समा फुटबलतर्फ गोल्ड मेडल जितेको थियो ।

वीर अस्पतालमा टिकट लिँदा लाइनमा उभिनु नपर्ने, यस्तो छ नियम

काठमाडौं,मंसिर १ । वीर अस्पतालमा अब टिकट लिँदा लाइनमा उभिनु नपर्ने भएको छ । बुधवारदेखि डिजिटल कुपन  लागू भएसँगै  ‘क्यु सिस्टम’ लागू गरी लाइनमा उभिएर ठेलमठेल गर्नुपर्ने अवस्थाको अन्त्य भएको हो । नयाँ प्रणाली अनुसार अस्पताल पुग्नेवित्तिकै डिजिटल कुपन लिएर कुर्चीमा पालो पर्खिन पाइन्छ । यसरी पालो पर्खिन बस्ने कुर्सीको प्रबन्ध गरिएको छ । टिकट काउन्टरमा आएको डिस्प्ले अनुसार आफ्नो पालोमा गएर टिकट लिन सकिन्छ । सोही टिकटमा ओपिडीको पालो नम्बर पनि उल्लेख हुनेछ । यसअघि टिकल लिन १ घन्टा भन्दा बढी लाइन उभिनुपथ्र्यो  र ओपिडिमा  जँचाउँदा पनि अनेक झन्जट बेहोर्नुपथ्र्यो । यस्तो अवस्थाका कारण एक्लै स्वास्थ्य जाँचका लागि अस्पताल पुग्ने बिरामीले ठूलो सास्ति भोग्नुपथ्र्यो ।

पूर्वमा चिनियाँ लगानी भित्र्याउन पहल

१ मंसिर, काठमाडौं । निजी क्षेत्रले पूवी नेपालमा चिनियाँ लागनी भित्र्याउन पहल सुरु गरेको छ ।

चिनियाँ उद्योगी व्यवसायीहहरु यस क्षेत्रमा लागनी गर्न सकारात्मक देखिएपछि निजी क्षेत्रले पहल गरेको हो ।

पछिल्लो सयम दुई मुलकका व्यवसायीबीच तलफल तथा भ्रमणको क्रम बाक्लिएको आजको कारोबार दैनिकमा समाचार छ ।
केही महिनाअघि पनि चिनियाँ टोली लगानीको सम्भाव्यता अध्ययन गर्न पूर्व आएको थियो ।

यस्तै उद्योग संगठन मोरङको आगामी माघमा गर्ने औद्योगीक प्रदर्शनीमा सहभागीह हुन चिनियाँ टोली नेपाल आउने भएको छ ।

दुबै देशका निजी क्षेत्रको सम्बन्ध प्रगाढ बनाउन र चिनियाँ लगानी आकर्षित गर्न भ्रमण महत्वपूर्ण भएको अध्यक्ष उपाध्यायले जानकारी मुकेश उपाध्यायले दिए ।

लोकमानका सहयोगी सहित प्रहरी एआइजीमाथि अख्तियारद्धारा अनुसन्धान सुरु

१ मंसिर, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादित पूर्व प्रमूख आयुक्त लोकमानसिंह कार्कीका सहयोगी सरकारका दुई सचिवसहित केही उच्च सरकारी अधिकारीमाथि छानविन थालेको छ ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग दर्ता भएर उनी पदीय जिम्मेवारीमा नरहेपछि अख्तियारले उनलाई सहयोग गर्दै आएकामाथि छानविन थालेको हो ।

कामु प्रमुख आयुक्त दीप बस्न्यातको नेतृत्वमा रहेको अख्तियारले तानेका धेरै उच्चपदस्थहरू यसअघि ‘लोकमान निकट’ र ‘पहुँचवाल’का रुपमा गनिन्थे ।

अख्तियारले छानबिनको प्रक्रियामा ल्याएका पदाधिकारीहरुमा नेपाल ट्रष्टको कार्यालयका सचिव अर्जुनकुमार कार्की, सिंचाई सचिव गजेन्द्रकुमार ठाकुर, सहसचिव तथा आन्तरिक राजस्व कार्यालयका महानिर्देशक चुडामणि शर्मा, कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली रहेका छन् ।

ट्रष्टको कार्यालयका सचिव कार्की यसअघि भौतिक मन्त्रालयमा थिए । भूकम्पका बेला खरिद गरिएको त्रिपालमा भएको अनियमिततामा कार्यालय प्रमुखको रुपमा दोषी देखिएका उनलाई लोकमानसिंह कार्कीले उन्मुक्ति दिएका थिए ।

यस्तै सहसचिव तथा भन्सार विभागका महानिर्देशक शिषिर ढुंगाना र विभागका अन्य कर्मचारीविरुद्ध पनि अख्तियारले छानबिन थालेको बुझिएको छ ।

सहसचिव ढुंगानालाई सोमबारमात्र सामान्य प्रशासन मन्त्रालयले सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । अब उनको कारबाही नटुंगिदासम्म सरकारले बढुवा गर्न पाउँदैन ।

नेपाल प्रहरीका बहालबाला एआईजी प्रताप थापा र विरेन्द्रबाबु श्रेष्ठमाथि पनि छानविन थालिएको बताइएको छ । श्रेष्ठ केही समयपहिलेसम्म कार्की आयुक्त रहेको समयमा अख्तियारमै कार्यरत थिए ।

अख्तियारले उनीहरुको बैंकको लकर र बैंक एकाउन्ट समेत मंगलबारबाट रोक्का गरिसकेको बताइएको छ ।

भारतले नेपालसँग समन्वय नगरि आईसीपी सञ्चालनमा ल्यायो

१ मंसिर, काठमाडौं ।
भारतले पूर्वको जोगवनी नाकामा एकतर्फी रुपमा एकीकृत भन्सार बिन्दु 'आईसीपी' सञ्चालनमा ल्याएको छ ।

नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनसहितको संरचना मंगलबार उद्घाटन गरिएको हो ।  प्रतिछाँयाका रुपमा नेपालमार्फतसमेत निर्माण गरी एकै पटक सञ्चालनमा ल्याइनुपर्ने नेपाल भारत सरकारबीच सहमति भए पनि नेपाली पक्षकै कमजोरीका कारण नेपालतर्फ भने काम नै अघि बढ्न सकेको छैन ।

भारतमा मात्र आईसीपी सञ्चालनमा आउँदा विराटनगरको बुधनगरमा भवनलगायत भौतिक पूर्वाधार निर्माणको काम नै अघि नबढेको आजको अन्नपूर्णमा समाचार छ ।

भारततर्फ निर्मित भन्सार बिन्दुमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, लगायतका सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ । इलेक्ट्रिक सवस्टेसन, व्रे ब्रिजलगतको सुविधा पनि छन् ।

नेपाल तथा भारतको दुई पक्षीय हितका लागि आसीपीले ठूलो महत्व राख्ने भारतको भन्सार विभागका आयुक्त भीसी गुप्ताले बताए ।

सोलीडारीटी कप जित्ने नेपाली खेलाडीलाई जनही ३ लाख

काठमाडौं ।
एएफसी सोलीडारीटी कप च्याम्पियन बनेको नेपाली फुटबल टोलीलाई जनही ३ लाख रुपैयाँ पाउने भएका छन् ।

मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १-० ले हराउँदै ऐतिहासिक उपाधि जितेपछि प्रधानमन्त्रीले हरेक खेलाडीलाई ३ लाख रूपैयाँ उपलब्ध गराउन खेलकुद मन्त्रीलाई निर्देशन दिएका हुन् ।

‘प्रधानमन्त्रीले युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीलाई टेलिफोन गरेर खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गर्न भनेका हुन् ।

जवाफमा खेलकुद मन्त्री श्रीपाइलीले च्याम्पियन टोलीका सदस्यहरुलाई जनही ३ लाख पुरस्कार दिने व्यवस्था चाडै गरिने बताएको खेलकुद मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रीपालीले प्रोत्साहन स्वरुप प्रारम्भिक चरणमा सबै सदस्यलाई तीन–तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रेसिडेन्टकपको फाइनलमा मंगलबार नेपालले मकाउलाई १ ० गोलले हराउँदै उपाधि जितेको हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web