१ मंसिर, काठमाडौं ।
भारतले पूर्वको जोगवनी नाकामा एकतर्फी रुपमा एकीकृत भन्सार बिन्दु 'आईसीपी' सञ्चालनमा ल्याएको छ ।

नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनसहितको संरचना मंगलबार उद्घाटन गरिएको हो । प्रतिछाँयाका रुपमा नेपालमार्फतसमेत निर्माण गरी एकै पटक सञ्चालनमा ल्याइनुपर्ने नेपाल भारत सरकारबीच सहमति भए पनि नेपाली पक्षकै कमजोरीका कारण नेपालतर्फ भने काम नै अघि बढ्न सकेको छैन ।

भारतमा मात्र आईसीपी सञ्चालनमा आउँदा विराटनगरको बुधनगरमा भवनलगायत भौतिक पूर्वाधार निर्माणको काम नै अघि नबढेको आजको अन्नपूर्णमा समाचार छ ।

भारततर्फ निर्मित भन्सार बिन्दुमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, लगायतका सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ । इलेक्ट्रिक सवस्टेसन, व्रे ब्रिजलगतको सुविधा पनि छन् ।

नेपाल तथा भारतको दुई पक्षीय हितका लागि आसीपीले ठूलो महत्व राख्ने भारतको भन्सार विभागका आयुक्त भीसी गुप्ताले बताए ।

20.33¡ÆC