वीर अस्पतालमा टिकट लिँदा लाइनमा उभिनु नपर्ने, यस्तो छ नियम

मंसिर १, २०७३ मा प्रकाशित | 770 views

<p>काठमाडौं,मंसिर १ । वीर अस्पतालमा अब टिकट लिँदा लाइनमा उभिनु नपर्ने भएको छ । बुधवारदेखि डिजिटल कुपन&nbsp; लागू भएसँगै&nbsp; ‘क्यु सिस्टम’ लागू गरी लाइनमा उभिएर ठेलमठेल गर्नुपर्ने अवस्थाको अन्त्य भएको हो । नयाँ प्रणाली अनुसार अस्पताल पुग्नेवित्तिकै डिजिटल कुपन लिएर कुर्चीमा पालो पर्खिन पाइन्छ । यसरी पालो पर्खिन बस्ने कुर्सीको प्रबन्ध गरिएको छ । टिकट काउन्टरमा आएको डिस्प्ले अनुसार आफ्नो पालोमा गएर टिकट लिन सकिन्छ । सोही टिकटमा ओपिडीको पालो नम्बर पनि उल्लेख हुनेछ । यसअघि टिकल लिन १ घन्टा भन्दा बढी लाइन उभिनुपथ्र्यो&nbsp; र ओपिडिमा&nbsp; जँचाउँदा पनि अनेक झन्जट बेहोर्नुपथ्र्यो । यस्तो अवस्थाका कारण एक्लै स्वास्थ्य जाँचका लागि अस्पताल पुग्ने बिरामीले ठूलो सास्ति भोग्नुपथ्र्यो ।<br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web