काठमाडौं ।
एएफसी सोलीडारीटी कप च्याम्पियन बनेको नेपाली फुटबल टोलीलाई जनही ३ लाख रुपैयाँ पाउने भएका छन् ।

मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १-० ले हराउँदै ऐतिहासिक उपाधि जितेपछि प्रधानमन्त्रीले हरेक खेलाडीलाई ३ लाख रूपैयाँ उपलब्ध गराउन खेलकुद मन्त्रीलाई निर्देशन दिएका हुन् ।

‘प्रधानमन्त्रीले युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीलाई टेलिफोन गरेर खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गर्न भनेका हुन् ।

जवाफमा खेलकुद मन्त्री श्रीपाइलीले च्याम्पियन टोलीका सदस्यहरुलाई जनही ३ लाख पुरस्कार दिने व्यवस्था चाडै गरिने बताएको खेलकुद मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रीपालीले प्रोत्साहन स्वरुप प्रारम्भिक चरणमा सबै सदस्यलाई तीन–तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रेसिडेन्टकपको फाइनलमा मंगलबार नेपालले मकाउलाई १ ० गोलले हराउँदै उपाधि जितेको हो ।

27.12¡ÆC