जापानले एक बर्षमै पिआर दिने, परिवारका सदस्य पनि ल्याउन पाइने

मंसिर २, २०७३ मा प्रकाशित | 3867 views

टोकियो ।
जापान सरकारले बिदेशी नागरिकलाई एक बर्षमै पिआर दिने भएको छ ।

एक बर्षमै पिआर पाउनको लागि भने जापान सरकारले उच्च दक्ष कामदार हुनुपर्ने बताएको छ ।

जापानी अधिकारीहरुलाई उदृत गर्दै जापानी सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार उच्च दक्ष विदेशीलाई पिआरमा सरलता सहितको कानुन निर्माण अघि बढेको छ । जस अनुसार घरेलु कामदारको रुपमा समेत जापान आउने बाटो खुलेको छ ।

जापान सरकारले उच्च दक्ष विदेशीहरुलाई दिइदै आएको स्थायी बसोबास अनुमति ९पिआर० प्रक्रियालाई सहज बनाउने भन्दै यसअघि कम्तिमा ५ बर्षमा मात्र दिइंदै आएको पिआर लाई एक बर्षमा झार्ने भएको हो ।

जापानी अधिकारीहरुका अनुसार आर्थिक क्षेत्रमा दक्ष र विशेषज्ञता हाँसिल गरेका, प्राविधिक दक्ष कामदारलाई जापान आउन सहज हुनेगरि नयाँ नियम आउने भएको छ ।

मंगलबार जापान न्याय मन्त्रालयले उच्चस्तरका दक्ष जनशक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेको भन्दै विश्वभरका दक्ष जनशक्तिको लागि जापानको यात्रा सहज बनाउने बताएको छ ।

आगामी मार्चसम्ममा नयाँ पिआर सम्बन्धी निर्देशिका बन्ने र यसमा बढीमा तीन बर्षमा त्यस्ता जनशक्तिले पिआर पाउने न्याय मन्त्रालयले प्रष्ट पारेको छ ।

अमेरिकाले बिदेशी नागरिकको लागि नयाँ कडा नियम लागु गर्ने तथा भएका बिदेशी नागरिकलाई समेत न्यून गर्ने खवरहरु सार्वजनिक भइरहँदा विश्वकै तेस्रो आर्थिक शक्तिको रुपमा रहेको जापानले भने आफ्नो देश आउन चाहने विदेशीको लागि सहज नियम बनाउन लागि परेको छ ।

यसरी पिआर पाउन आवेदन दिएकाहरुको वार्षिक आम्दानी, भाषा, शिक्षा लगायतका आधार बनाइने भएको छ ।

जापानको तल्लो सदनले समेत केयरगिभर क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई वर्किङ भिसा दिने गरी नयाँ अध्यागमन संशोधन नीति पारित गरिसकेको छ ।

यो नीति पारित भएसँगै न्यून तलब पाउने केयर गिभर, घरेलु कामदार, कृषि लगायतका क्षेत्रमा समेत अब बिदेशीले वर्किङ भिसा लिएर कानुनी रुपमा जापान आउने बाटो खुलेको छ ।

जापान न्याय मन्त्रालयले पिआर पाएकाहरुले आफ्नो परिवार सहित काम गर्ने कामदार समेत ल्याउन पाउनेगरि नयाँ नीति ल्याउने बताएपनि पिआर पाउने व्यक्तिका परिवार समेत प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web