नदी तर्न नसक्दा विद्यालय छाड्दै

३० कार्तिक, कञ्चनपुर ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बालबालिका जोगबूढा नदी तर्न नसक्दा क्रमशः विद्यालय छाड्न बाध्य भएका छन् ।

दोधारा चाँदनीको कञ्जभोज, कुतियाकभर, शान्तिनगर क्षेत्रका बालबालिका प्रतिव्यक्ति पाँच रुपैयाँ शुल्क तिरेर डुङ्गाको सहायताले नदी तरेर विद्यालय जाने गरेका छन् ।

स्थानीयवासी टेकबहादुर सुनारले पुल नहुँदा धेरैजसो विद्यार्थी बीचमै विद्यालय छाडेर अभिभावकसँगै भारतमा मजदुरी गर्न बाध्य भएको बताउनु भयो ।

काठमाडौँ उपत्यका लोडसेडिङमुक्त घोषणा गर्ने तयारी

३० कार्तिक, काठमाडौं ।

सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला अब चाँडै नै लोडसेडिङमुक्त घोषणा गर्ने तयारी गरेको
छ ।

परिक्षणका रुपमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा लोडसेडिङ नगरिएको र छिट्टै लोडसेडि मुक्त घोषणा गरीने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सुख्खा मौसम कात्तिक, मंसिर, पुस र माघ महिनामा यस अघिका वर्षहरुमा अत्यधिक समय लोडसेडिङ हुने गरेकोमा केही समय यता भने काठमाडौं उपत्यकामा लोडसेडिङ भएको छैन ।

अहिलेको मौसममा उपत्यकामा साँझ दुई घन्टा ३०० देखी सवाँ तीनसय मेगावट र दिउसो करिब २००  र राती डेढ सय मेगावाटको हाराहारीमा विद्युतको माग रहेको नेपाल विद्युत प्राधिकरयाले जनाएको छ ।

राप्रपा–राप्रपा नेपाल एकीकरण मङ्सिर ६ मा

३० कार्तिक, काठमाडौं ।
राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आगामी मङ्सिर छ गते एकता हुने भएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र  राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले मङ्सिर ६ गते काठमाडौँको प्रज्ञा भवनमा पार्टी एकता घोषणासभा गर्ने समझदारीपत्रमा आज संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार एकीकृत पार्टीको अन्तरिम विधान अनुमोदन गरिएको र केन्द्रीय महाधिवेशन सकेसम्म आगामी माघभित्र सम्पन्न गरिने दुवै पार्टीले जनाएको छ ।

तत्काल संबिधान संशोधन हुँदैन-बिजुक्छे

३० कार्तिक, भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तत्काल संबिधान संशोधन हुन नसक्ने बताएका छन् ।

भक्तपुरमा आज आयोजित कार्यक्रममा अध्यक्ष विजुक्छेले मधेशकै जनता समेत नागरिकताको सवालमा संविधान संशोधन नगर्ने पक्षमा रहेको बताए ।

अध्यक्ष बिजुक्छेले केही ठूला राजनीतिक दलका पदाधिकारी समेत भ्रष्टाचारको आरोपमा जेल जान सक्ने अवस्था आएपछि लोकमान प्रकरण बाहिर आएको बताए ।

अङ्गीकृतलाई उच्च पद दिन संविधान संशोधन हुँदैनः नेता खनाल

३० कार्तिक, इलाम ।
नेकपा 'एमाले' का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनभन्दा पनि कार्यान्वयनतर्फ राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी इलामले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले अङ्गीकृत नागरिकता प्राप्त व्यक्तिलाई राज्यका मुख्य जिम्मेवारी दिनका लागि संविधान संशोधन हुनै नसक्ने ठोकुवा गरे ।

नेता खनालले नेपालको संविधान परिवर्तनशील, देशभक्तिपूर्ण, लोकतान्त्रिक चरित्रवान, समाजवाद उन्मुख भएकाले विश्वकै उत्कृष्ठ संविधान भएको दाबी गरे ।

अटेरी लोकमान पक्राउ पर्ने डरले आफैं लिखित जवाफ लिएर सर्वोच्च पुगे

३० कार्तिक, काठमाडौं ।
सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की आफँै उपस्थित भएर आज लिखित जवाफ पेस गरेका छन् ।

सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध पुर्याएकामा कारबाही गर्न नपर्ने भए एक हप्ताभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न कार्कीविरुद्ध आदेश दिएको थियो ।

सोही आदेशअनुरुप निलम्बित आयुक्त कार्कीले लिखित जवाफ पेस गरेका हुन् ।

कार्कीको लिखित जवाफमा विपक्षीले मनसाय झुटो भएको आरोप लगाउँदै आफू घटना भएको भनिएको दिन विदेशमा रहेको हुनाले त्यसमा आफ्नो संलग्नता नरहेको उल्लेख गरेका छन् ।

आफू सपरिवार अख्तियारकै परिसरभित्र बसोबास गर्दै आएको र पुरानो बानेश्वरस्थित घर भाडामा दिएकाले निजी निवासमा नभई सरकारी निवासमा यसअघि पनि सर्वोच्चका कर्मचारीले म्याद बुझाएकाले न्यायिक प्रक्रियामा आफूले कुनै अवरोध नगरेको लिखित जवाफमा उल्लेख छ ।

अख्तियार प्रमुखमा कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने निर्णयको म्याद तामेली गर्दा अवरोध पु¥याएकामा कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दर्ता गराउनुभएको थियो ।

त्यसैगरी, आयोगका निलम्बित प्रमुख कार्कीको घरमा म्याद गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रहरी नायब निरीक्षक नहकुल गौतमले पनि आज सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।

PM directs agriculture minister to devlop ‘Super Zones’

Prime Minister Pushpa Kamal Dahal today has directed the Agriculture Development Minister Gauri Shankar Chaudhary to develop super zones in different seven districts.

Prime Minister Dahal instructed the Minister to intensify the preparations for the same aimed at inaugurating these super zones within 45 days.

PM Dahal called Minister Chaudhary at his official residence, Baluwatar and directed him to develop such zones for increasing agricultural production.

He urged to develop super zones for paddy production in Jhapa, fish in Bara, potato in Kavrepalanchok, vegetables in Kaski, maize in Dang, apple in Jumla and wheat in Kailali.

PM Dahal directed to develop such zones in each province aimed at increasing the special production in particular pocket areas.

Prime Minister Dahal called for intensifying the programmes for extending different facilities to the public under the pension to people programme and Prime Minister Agriculture Modernization Project.

RPP and RPP (N) unification on Nov. 21

The merger process between the Rastriya Prajatantra Party (RPP) and Rastriya Prajatantra Party Nepal is taking place on November 21.

Chairmen of both parties Pashupati Shamsher Rana and Kamal Thapa today signed on a joint statement for the same.

The unification programme will take place at Nepal Academy Hall in the capital, it is learnt.

The statement reads that both parties agreed to merge the party for strengthening democratic and nationalistic forces and to restore Hindu state.

The RPP Nepal spokesperson Rajaram Shrestha shared that the two parties have ratified an interim statute and have agreed to call central congress of the unified party by February as far as possible.

National URBAN policy forthcoming : Minister KC

Urban Development Minister Arjun Narsingh KC has said the National Urban Policy is forthcoming to systematise the urban settlement by ensuring basic facilities to urban denizens.

Speaking at a press meet organised by Nepal Press Union, Morang chapter today, he informed that the government is  planning to announce the "People's Housing Programme" under which 20,000 shelters will be constructed for the neglected community at lower level.

On a different note, the central member of the ruling partner Nepali Congress assured that the government will make no such decision against the interest of the nation.

He further said the NC is in favour of revising the constitution by incorporating the issues left out during its promulgation.

सोलिड्यारिटि कप फुटबलको उपाधि नेपालले जित्यो

३० कार्तिक, काठमाडौं ।
नेपालले एएफसी सोलिड्यारिटि कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

मलेसियामा आज सम्पन्न फाईनलमा नेपालले मकाउलाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै सोलिड्यारिटि कपको पहिलो संकरणमा सफलता हात पार्न सफल भएको छ ।

नेपालका लागि एक मात्र निर्णायक गोल खेलको ३० औँ मिनेटमा शुजल श्रेष्ठले गरेका थिए ।

भारत खवासको क्रसमा शुजलले शुन्दर हेड मार्पm नेपालका लागि विजयी गोल गरेका थिए ।

नेपालका लागि यो ऐतिहाशिक जित हो ।

नेपालले ए यफ सी ले आयोजना गरेको आधिकारिक प्रतियोगिता २३ वर्ष पछि जितेको हो ।

नेपाली फुटबल टिमले भारतमा सम्पन्न साग अन्तर्गत २३ वर्ष उमेर समूहको फुटबल र बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्ड कपको उपाधि सहित यो लगातार तेस्रो अन्तराष्ट्रिय उपाधि हात पारेको छ ।

ए यफ सी द्वारा संचालित यस आधिकारीक सोलिड्यारिटि कपको उपाधि प्राप्त गर्नु नेपालको लागि निकै नै ठूलो सफलता मानिएको छ ।

२ समूह गरी सात मुलुकको सहभागिता रहेको प्रतियोगिता गत कार्तिक १७ गतेदेखि मलेसियामा सञ्चालनमा आएको हो ।

प्रधानन्यायाधीश भन्नुहुन्छ-न्यायाधीशले कुर्सीमा बस्ने र कागज मात्र केलाउने सोच बदल्नुपर्छ

३० कार्तिक, झापा ।
प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा सर्वसाधारण जनताको पहुँच पुर्याउन सके दण्डहीनताको अन्त्य हुने बताउनुभएको छ ।

सर्वोच्च अदालतद्वारा झापाको चन्द्रगढीमा आयोजित कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले न्यायालयमा पहुँच नभएका समुदाय र वर्गलाई पहुँच पुर्याउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा झापा, सुनसरी, मोरङ, धनकुटा र इलामका न्यायाधीश, जिल्ला न्यायाधिवक्ता, महिला विकास अधिकृत, कानुन व्यवसायी र महिला अधिकारकर्मी लगायत करिब १०० जना सहभागी छन् ।

अमेरिका रसिया सम्वन्ध सुध्रने संकेत, ट्रम्प र पुटिनबीच फोन वार्ता

एजेन्सी ।
बराक ओबामाको ८ बर्षे शासनकालमा अमेरिकाको रुससँग बढेको चिसो सम्वन्ध नयाँ राष्टपतिको रुपमा शपथ लिंदै गरेका डोनाल्ड्र ट्रम्पको कार्यकालमा सुधार हुने संकेत देखिएको छ ।

अमेरिकाका नवनिर्वाचि राष्टपति डोनाल्ड्र ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ ।

आफ्ना राष्ट्रपति र अमेरिकी नवनिर्वाचित राष्ट्रपतिबीच टेलिफोन सम्वाद भएको पुष्टि गर्दै क्रेमलिनले दुवै राष्ट्रपति अमेरिका रुस सम्बन्ध सामान्य गर्ने प्रयास गर्न सहमत भएको बताएको छ ।

फोनवार्तामा रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई चुनावी कार्यक्रम लागू गर्नमा सफलताको शुभकामना व्यक्त गरेको बताइएको छ ।

कुराकानीमा ट्रम्पले रुसको साथ स्थायी सम्बन्ध बनाउन चाहेको बताएका थिए । चुनावी अभियानका क्रममा ट्रम्पले पुटिनको प्रशंसा गरेको बताइएको छ ।

रुसी राष्ट्रपतिको मुख्यालय क्रेमलिनले पुटिन र ट्रम्पबीच सिरियामा जारी द्धन्द्धको बारेमा छलफल भएको र समस्या समानको लागि रुस अमेरिकाले सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ ।

कसले फोन गरेर कुरा भएको भन्ने नखुलाइएपनि कुराकानीका क्रममा दुई नेताले समय मिलाएर भेट गर्ने र भ्रमणको कुरा भएको सार्वजनिक गरिएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web