अटेरी लोकमान पक्राउ पर्ने डरले आफैं लिखित जवाफ लिएर सर्वोच्च पुगे

कार्तिक ३०, २०७३ मा प्रकाशित | 1096 views

३० कार्तिक, काठमाडौं ।
सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की आफँै उपस्थित भएर आज लिखित जवाफ पेस गरेका छन् ।

सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध पुर्याएकामा कारबाही गर्न नपर्ने भए एक हप्ताभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न कार्कीविरुद्ध आदेश दिएको थियो ।

सोही आदेशअनुरुप निलम्बित आयुक्त कार्कीले लिखित जवाफ पेस गरेका हुन् ।

कार्कीको लिखित जवाफमा विपक्षीले मनसाय झुटो भएको आरोप लगाउँदै आफू घटना भएको भनिएको दिन विदेशमा रहेको हुनाले त्यसमा आफ्नो संलग्नता नरहेको उल्लेख गरेका छन् ।

आफू सपरिवार अख्तियारकै परिसरभित्र बसोबास गर्दै आएको र पुरानो बानेश्वरस्थित घर भाडामा दिएकाले निजी निवासमा नभई सरकारी निवासमा यसअघि पनि सर्वोच्चका कर्मचारीले म्याद बुझाएकाले न्यायिक प्रक्रियामा आफूले कुनै अवरोध नगरेको लिखित जवाफमा उल्लेख छ ।

अख्तियार प्रमुखमा कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने निर्णयको म्याद तामेली गर्दा अवरोध पु¥याएकामा कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दर्ता गराउनुभएको थियो ।

त्यसैगरी, आयोगका निलम्बित प्रमुख कार्कीको घरमा म्याद गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रहरी नायब निरीक्षक नहकुल गौतमले पनि आज सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web