टोकियो ।
आगामी डिसेम्बर ४ तारिखमा जापानमा फुटसल प्रतियोगिता हुने भएको छ ।

राईजिङ नेपाल युथ क्लवको आयोजनामा प्रथम जेआरएफप्रभु गोल्डकप फुटसल प्रतियोगिता हुने भएको हो ।

स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ जापानका २० टिमले फुटसलमा सहभागीता जनाउने भएको आयोजकले बताएको छ ।

प्रतियोगितामा प्रथम हुनेले दुई लाख एक येन तथा दोश्रो हुनेलाई एकलाख एक येन नगद पुरस्कार पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, स्कोररलाइ पनि पुरस्कार तथा सम्मान गरिने आयोजकले बताएको छ ।

कुल २० टिम मात्र सहभागि हुने भएकाले प्रतियोगितामा सहभागिता जनाउन ईच्छुक क्लवले टोकियो सिनओकुवो स्थित सोल्टी खाजा घरमा सम्पर्क राख्न सक्ने आयोजकले जानकारी दिएको छ ।

फुटसल प्रतियोगिता टोकियो सिन्जुमुदोरीमा हुने भन्दै आयोजकले प्रतियोगितामा सहभागि भई कार्यक्रमलाई सफल बनाईदिनुहुन जापानमा रहेका नेपालीहरुसँग अनुरोध समेत गरेको छ ।

टोकियो ।
नेपालको कुनै क्षेत्रको आधारमा गठन गरिएको मध्ये सबैभन्दा ठूलो गल्कोट समाज जापानले राजधानी टोकियो सहित ओसाका र नागोयामा भव्य सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

पूर्व घोषणा अनुसार तीन ठाउँमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको संस्थाले बताएको छ । डिसेम्बर ३१ मा नागोयाबाट सुरु सांस्कृतिक कार्यक्रम जनवरी १ ओसाका र जनवरी २ को टोकियोमा गरिने भएको संस्थाका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।

कार्यक्रमको लागि तयारी तिब्र पारिएको भन्दै कार्यक्रममा नेपालबाट लोकप्रिय कलाकारहरु ल्याउने तयारी भइरहेको समेत बताइएको छ ।

गल्कोट समाज जापानले सांगीतिक कार्यक्रमबाट संकलित रकमलाई भूकम्प प्रभावित तथा बिकट क्षेत्रमा ७ कोठे बिद्यालय भवन बनाउन खर्च गर्ने बताएको छ । साथै बाँकी रकमबाट गल्कोट क्षेत्रको पर्यटन प्रवर्द्दनका लागि खर्च गरिने भएको छ ।

गत वर्ष अयोजना गरिएको सांगीतिक कार्यक्रमबाट संकलित रकमलाई समाजले गल्कोट क्षेत्रका सम्पूर्ण गाबिसका प्राथमिक स्वास्थकेन्द्र तथा स्वास्थ चौकिहरुमा स्वास्थ उपकरण वितरण तथा निशुल्क बृहत स्वास्थ शिबिर सम्पन्न गरेको बताएको छ ।

गल्कोट समाजले जापानमा कार्यक्रम गरेर उठेको रकम र सहयोग संकलनबाटै गल्कोटमा एम्बुलेन्स समेत सहयोग गरिसकेको छ ।

काठमाडौं ।
आफ्नै श्रीमतीलाई खान नदिइ अचेत अवस्था बनाएर फोहोरको डंगुरमा फालेको भनि कान्तिपुर टेलिभिजनमा प्रशारित कञ्चन शर्मा रेग्मिको अन्र्तवार्तापछि उनका श्रीमान् र छोराहरु भनिएकाको तस्विर सामाजिक सञ्जालमा फैलिएको छ ।

सरकारी सेवामा रहेका ईन्जिनियरको रुपमा रहेका मोहन रेग्मिसँगै उनका दुई छोरा दिपेन्द्र रेग्मी र सागर केसीको तस्विर सार्वजनिक भएको हो ।

अनुहार राम्रो नभएको भन्दै बिवाह गरेको १९ बर्षपछि ७ बर्ष चरम यातना दिएर बेवारिसे बनाएर छाडेको अन्र्तवार्ताका क्रममा कञ्चनले कान्तिपुर टेलिभिजनमा बताएकी थिइन् ।

सुमन खरेलसँगको अन्र्तवार्ताका क्रममा रुँदै आफ्ना पिडा पोखेकी कञ्चन खरेलले आफुलाई वेवारिसे बनाएर मरोस् भनेर छाडेको बताएपछि विश्वभर रहेका नेपालीहरुले उक्त अन्र्तवार्ताको भिडियो हेरि उनिप्रति सहानुभुती र सहयोग गर्न ईच्छा देखाएका छन् ।

उनका दुई छोरा समेतको फोटो सार्वजनिक भएपछि भने सामाजिक सञ्जालमा कञ्चनका श्रिमान् तथा उनका दुई छोरामाथि सामाजिक सञ्चाल प्रयोगकर्ताहरु खनिएका छन् ।

तस्विर सामाजिक सञ्जाल फेसबुकमा ट्वाके प्रोडक्सन नामको फेसबुकबाट लिइएको हो ।
सम्पादक

हेर्नुहोस् सुमनसँगमा कञ्चनको अन्र्तवार्ता, अनि प्रतिक्रिया सहित सेयर गरेर उनलाई न्याय पाउन सघाउनुहोस्

काठमाडौं,मंसिर ३ । आगामी नोभेम्बर २७ देखि थाइल्याण्डमा हुने छैटौं संस्करणको एशिया कप टी—२० महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि सम्मिलित छनौट समितिले आज १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीको कप्तानीको जिम्मेवारी रुविना क्षेत्रीलाई कायमै राखिएको छ ।

नेपाली टोलीका सदस्यहरुमा इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मी शर्मा चौलागाईं, रोशनी बोहर, सवनम राई, सीता मगर, सरस्वती कुमारी चौधरी, संगीता राई, शोभा आले र सीता रानामगर छन् । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल २६ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ । त्यस्तै २८ नोभेम्बरमा श्रीलंका, २८ नोभेम्बरमा बंगलादेश, १ डिसेम्बरमा आयोजक थाइल्याण्ड र २ डिसेम्बरमा भारतीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौं,मंसिर ३ । नेपाल र जापानको द्वौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा शनिवार जापान–नेपालबीच मैत्रीपूर्ण फुटबल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने च्यारिटी म्याचको हेर्न साधारणका लागि एक हजार र भीआईपीका लागि १५ सय टिकट मूल्य राखिएको छ । टिकट एन्फा कम्प्लेक्स, इन्सेन्टिभ होलिडेज, मेट्रो पार्क र नारायणहिटी दरबारको उत्तरढोकामा पाइनेछ ।

मैत्रीपूर्ण खेल खेल्न जापानी फुटबल टोली बिहीबार काठमाडौं आइपुगेको छ । जापानका पूर्वविश्वकप खेलाडी काजुयिका टोडाको नेतृत्वमा आएको १६ सदस्यीय टोलीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास पनि गरेको थियो । नेपाल र जापानको द्वौत्य सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथसँग मिलेर खेल आयोजना गरेको हो । खेलबाट उठेको रकम भूकम्प प्रभावित जिल्लामा खर्च गरिनेछ ।

टोकियो ।
नेपालमा सफल प्रदर्शन र व्यापक चर्चा पाइरहेको चलचित्र जात्रा जापानमा पनि प्रदर्शन हुने भएको छ ।

सनराईज कर्पोरेसन् र बाराकाडेले हांस्य चलचित्र भनिएको जात्रालाई जापानमा प्रदर्शन गर्ने भएको छ ।

प्रदिप भट्टराईद्वारा निर्देशित चलचित्र जात्रामा विपिन कार्की, रविन्द्र सिंह बाँनिया, बर्षा राउत र रविन्द्र झाको अभिनय रहेको छ ।

संभावना बोकेका निर्देशक र अभिनयमा उत्कृष्ठ मानिएका कलाकारले भरिएको चलचित्रले नेपालमा १ करोड रुपैयाँको ब्यापार गरिसकेको निर्माण पक्षले बताएको छ ।

चलचित्र जात्रा मल्टिप्लेक्स सहित देशभरका चलचित्र घरहरुमा प्रदर्शन भइरहेको छ ।

जापानमा बाराकाडे रेष्टुरेन्ट स्थित ‘बाराकाडे गुड टाईम्स हल’ मा समेत चलचित्र नियमीत प्रदर्शन गरिने भएको आयोजकले बताएको छ ।

चलचित्र जात्राको आधिकारिक वर्ल्ड वाईड विक्रेता हाईलाइटस् नेपालले गरेको छ ।

जापानमा २७ नोभेम्बर २०१६ आईतवार र ४ डिसेम्वर २०१६ आईतवारका दिन दुईपटक प्रदर्शन गरिने भएको छ ।

साँझ ६ बजे प्रदर्शन गरिन लागिएको चलचित्रको टिकट २ हजार येन तोकिएको छ ।

३ कार्तिक, काठमाडौं ।
भोली नेपाल र जापानबिच मैत्रीपूर्ण फुटवल खेल हुने भएको छ ।

नेपाल जापान कुटनीतिक सम्वन्ध स्थापनाको ६० औं बर्ष गाँठको अवसरमा दुई देश बिच ललितपुर स्थित एन्फा एकेडेमीको फुटवल मैदानमा खेल हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा र कलरबाथ नेपालले संयुक्त आयोजना गर्न लागेको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली टोलीसंग भिड्नको लागि जापानी ‘फ्रेन्ड्रस टोली’ बिहिबार नेपाल आइपुगिसकेको छ ।

काकाजुयुकी तोडाको नेतृत्वमा १६ सदस्य सहित नेपाल आएको जापानी फुटबल टोली र नेपाली टोली बिच खेल हुने छ ।

जापानी टोलीलाई एन्फाका सिइओ इन्द्रमान तुलाधर र कलरबाथ नेपालका प्रमुख गणेशलाल लामाले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

सन २००२ मा जापानी राष्ट्रिय टोलीबाट विश्वकपमा सहभागी भै सकेका काजुयुकीले नेपाली टोलीबारे आफु अनविज्ञ भएको बताएका छन् ।

साथै उनले नेपाली टोलीलाइ एक अनुशाशित टोलीको रुपमा लिएको बताएका थिए । उनले नेपाली टिमको दुइ खेल मात्र हेरेको बताए ।

जापानी फ्रेन्ड्स टोलीमा विश्वकप, जे लिग तथा जापानी पूर्व राष्ट्रिय खेलाडी लगायत विभिन्न देशमा व्यावसायिक फुटबल खेलेका खेलाडीहरु सहभागी छन् ।

एन्फा प्रवक्ता तुलाधरले जापानी टोलीसंग नेपाली फुटबल टोलीको खेलको बारेमा दुवै देशका प्रशिक्षक र खेलाडीले केही भन्न नसक्ने बताएका छन् ।

नेपाल बुधबार मात्रै मकाउलाई १-० ले सोलिडारिटी कपको फाइनलमा हराउँदै स्वदेश फर्कीएको छ ।

सातदोबाटो स्थित एन्फा मुख्यालयमा आयोजना हुने मैत्रपूर्ण खेलबाट संकलन हुने रकम भुकम्प प्रंभावित जिल्लामँ विद्यालय पुननिर्माण तथा सो जिल्लामा खेलकुदको विकासमा खर्च गरिने आयोजकले बताएको छ ।

टोकियो ।
उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले शिष्टाचार भेट गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालय बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग जापानका राजदूत ओगावाले आज शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उपराष्ट्रपतिले नेपाल र जापानबीचको औपचारिक सम्बन्ध ६० वर्ष पूरा भए पनि दुई देशबीचको सम्बन्ध निकै पूरानो भएको बताएका छन् ।

उपराष्ट्रपती पुनले नेपाल जापानबीचको सम्बन्ध जनस्तरसम्म विस्तार भएको र दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिले जापानी सहयोग नियोग ९जाइका०को ऋण सहयोगमा बन्न लागेको नागढुंगा सुरुङ मार्ग नेपालको लागि महत्वपूर्ण परियोजना भएको बताउँदै छिटो भन्दा छिटो निर्माण प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए ।

नेपाल र जापानबीच दौत्य सम्बन्ध सुरु भएको ६० औँ वर्षगाँठको अवसरमा शनिबार नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल हुन लागेकोमा उपराष्ट्रपतिले खुशी समेत व्यक्त गरेका थिए ।

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि जापानका राजदूत ओगावाले जापान र नेपालबीचको दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ चलिरहेकोले यो वर्ष दुवै देशका लागि विशेष वर्ष रहेको बताएका छन् ।

जापानी राजदूतले नागढुंगा सुरुङ मार्ग निर्माण प्रक्रिया चाँडै सुरु हुने भन्दै सुरुङ मार्ग निर्माणका लागि जापान सरकारले अनुमोदन गरिसकेको बताउँदै चाँडै निर्माण प्रक्रिया सुरु हुने बताए ।

भेटमा राजदूत ओगावाले नेपालले केही दिन अघि मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधी जितेकोमा बधाई दिएका थिए । हाल नेपालको लागि फुटवल प्रशिक्षको रुपमा जापानी नागरिक रहेका छन् ।

राजदूतले जापान र नेपालको दौत्य सम्बन्ध स्थापनाको ४० औँ वर्षगाँठको अवसरमा शनिबार जापान र नेपालबीच हुने मैत्रीपूर्ण फुटबल रोमान्चक हुने बताए ।

खेलकूदले सबै पक्षलाई एउटै छातामुनी ल्याउने बताउँदै उनले नेपालजस्ता विविधतायुक्त देशमा खेलकूदको विकास गर्नुपर्ने बिचार व्यक्त गरेका थिए ।

टोकियो ।
तीन महिनाअघि असोज २ गते निधन भएका नेपाली विद्यार्थी शिवराज रोकामगरको यही २० नोभेम्बर आइतबारका दिन दाहसंस्कार गरिने भएको छ ।

अध्ययनका लागि जापान आएका मगरको उपचारका क्रममा निधन भएको थियो । सुतेको कोठामै अचेत अवस्थामा भेटेपछि अस्पताल भर्ना गरिएका शिवराजको उपचाको क्रममा निधन भएको थियो ।

मृत्युपछि उनको शव नेपाल पठाउन परिवारबाट आग्रह गरिएपछि संकलन गरिएको रकमबाट पछि शव भन्दा पैसा पठाउन भन्दै परिवारका सदस्यबाट अनुरोध आएपछि शव सदगद गर्ने विषय रोकिएको थियो ।

हालैमात्र दिवंगत भएका शिवराजको शव जापानमै सदगद गर्न परिवारबाट अनुमतीपत्र जापानस्थित नेपाली दुतावास प्राप्त भएपछि यही २० नोभेम्बरÞ आइतबार दाहसंस्कार गरिने भएको छ ।

शिवराजको दाहसंस्कार दिनको ठीक २ः३० बजे कामोइची ३–चोमे सिन्जुकु, टोकियो १६–१००३४ मा दाहसंस्कार हुने जनाइएको छ ।

यो स्थान ताकादानाबाबा स्टेसनबाट २ स्टेशनमा रहेको छ ।

यस्तो छ शिवराजको दाहसंस्कार गर्न परिवारबाट प्राप्त पत्र

जापानमा नेपाली विद्यार्थीको निधन

२ मंसिर, एजेन्सी ।
जापानी प्रधानमन्त्री शिन्जो आवेले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक विश्वासिला व्यक्ति भएको बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचीत भएपछि पहिलो पटक शक्ति राष्टका प्रमूखसँगको औपचारिक भेटका क्रममा जापानका प्रधानमन्त्रीलाई डोनाल्ड ट्रम्पले भेटेका हुन् ।

भेटपछि जापानी प्रधानमन्त्रीले आवेले ट्रम्प एक विश्वासिला नेताका रुपमा आफुले पाएको भन्दै उनको कार्यकालमा जापानसँगको अमेरिकी सम्वन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरेका छन् ।

ट्रम्पमा आत्मविश्वाससँगै अमेरिकी नेतृत्वको बारेमा भिजन समेत भएको पाएको भन्दै आवेले ९० मिनेटको भेटका क्रममा अमेरिका जापान सम्वन्ध सहित विश्वका महत्वपूर्ण घटनाक्रमका बारेमा समेत छलफल भएको बताए ।

न्यूयोर्कस्थित ट्रम्पको निजी व्यापारिक भवनको रुपमा चिनिएको ट्रम्प टावरमा भएको भेटमा ट्रम्पले पछिल्लो समयमा जापानको सुरक्षाको लागि अमेरिकाले लगानि गर्न नसक्ने भन्दै जापानमा रहेको अमेरिकी सेनाको लागि जापानले मूल्य चुकाउनुपर्ने बताएका थिए ।

ट्रम्पले निर्वाचनका समयमा जापानको सुरक्षा अमेरिकी सैनिकले गर्नुपर्ने भए उसले अमेरिकालाई भुक्तानी गर्नुपर्ने बताएका थिए । ट्रम्पको यहि अभिव्यक्तिका कारण ट्रम्पको कार्यकालमा जापान अमेरिका सम्वन्ध चिसिने ठानिएको थियो ।

दोस्रो विश्व युद्धपछि जापानमा अमेरिकाको करिव ३८ हजार सेना रहेको छ ।

जापान सरकारले आफ्नो देशमा रहेका अमेरिकी सेना हटाउने विषयमा कुनै नीति नबनाएपनि जनस्तरमा भने अमेरिकी सेना राख्ने र हटाउनुपर्ने माग हुँदै आइरहेको छ ।

धेरै जापानीहरु दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा आणविक बम विस्फोट गराएर जापानीहरुको हत्या गरेको अमेरिकाको सैन्य जापानमा राखिनुलाई आफ्नो अपमान भएको बताउने गर्छन् ।

टोकियो ।
अनुहारमा मासुको डल्ला पलाउनुका साथै शरिरका विभिन्न भागमा ट्युमरका कारण मासु पलाएपछि समस्यामा परेका ललितपुर जिल्लाका अशोक श्रेष्ठको उपचारको लागि जापानमा अभियान सुरु गरिएको छ ।

अमेरिकामा मात्र यसको उपचार संभव भएको तथा उपचारको लागि करिव ४० लाख नेपाली रुपैयाँ लाग्नेभएपछि अपुग रहेको करिव ५ लाख रुपैयाँ सहयोगको लागि नेवास् अन्तर्राष्ट्रिय फोरम जापानले आर्थिक संकलन अभियान सुरु गरेको हो ।

ललितपुर धोवीघाटका अशोक श्रेष्ठको उपचारार्थ विभिन्न देशमा रहेका नेपालीहरुको पहलमा करिव ३४ लाख नेपाली रुपैयाँ संकलन भइसकेको बताइएको छ ।

जापानमा नेवास् अन्तर्राष्ट्रिय फोरम जापानको नेतृत्वमा जापानवासी नेपालीहरुसँग सहयोग संलकन थालिएको हो ।

समाचार अनुसार ३४ हजार डलर संकलन गरिसकेका अशोकको लागि ६ हजार डलर अपुग रहेको छ ।

स्नाकोत्तर तहसम्म अध्ययन गरिसकेका अशोक विज्ञानका शिक्षक समेत थिए ।

तर उनले हाल शरिरमा ट्युमरकै कारण पलाएको मासुका कारण दैनिक जिवनमा समस्या झेल्नुका साथै रोजगारी समेत नपाइरहेकाले एक नेपालीको उपचार र भविष्यको लागि सहयोग गर्न नेवास् अन्तर्राष्ट्रिय फोरम जापानले अनुरोध गरेको छ ।

अशोक श्रेष्ठलाइ उपचारको निम्ति जापानमा आर्थिक संकल अभियान संचालन गर्ने नेवास् अन्तर्राष्ट्रिय फोरम जापानको जापान पोष्ट बैक १०१७०(८९१९१८०१ नेवास् कोक्साई फोरम जापान९ ネワコクサイフォーラムジャパン० मार्फत सहयोग गर्न अपिल गरेको छ।

आफ्नो बारेमा आर्थिक सहयोगको बारेमा अशोकले यस्तो भनेका छन् ।

विभिन्न काम तथा पढाईको सिलसिलामा जापानमा बस्दै आउनु हुने समस्त नेपाली दाजुभाई, दिदीबहिनिहरुमा मेरो नमस्कार । सर्बप्रथम समस्त नेपाली दाजुभाई, दिदीबहिनिहरुमा सुस्वास्थ्य र सफलताको लागि प्रथना गर्दछु ।

मेरो उपचारका लागि विभिन्न देशमा नेपाली दाजुभाई, दिदीबहिनिहरुबाट आर्थिक सहयोग अभियानबाट सहयोग जुटिरहेको जानकारी गराउन चाहन्छु । अमेरिकाको सिकागो स्थित सेन्ट जोसेफ अस्पतालमा डा। म्याकिननसँग सन् २०१४ देखि निरन्तर सम्पर्क रहेको र डा म्याकिननले मेरो थ्रीडि सिटि स्कान सहित मेरो सम्पुर्ण मेडिकल अध्ययन गर्नु भएको छ । सोही अनुसार हस्पिटलले इस्टिमेट गरेको अनुसार अप्रेसनको लागि ३५,००० डलर र अन्य खर्च गरि कूल ४०,००० डलर लागत अनुमान गरि मैले आर्थिक सहयोग लागि आव्हान गरिएको थिए र सोही अनुसार आर्थिक सहयोग जुट्न थालेको र हालसम्म ३४,००० डलर उठेको छ ।

अनुमानित रकमको केहि हजार डलर अझै अपुग छ, त्यो रकम पुगेपछि अमेरिका भिसाको लागि प्रोसेस गर्नेछु । भिसाको लागि रकम मेरो आफ्नै खातामा देखाउनु पर्ने भएकोले संकलित सबै रकम मेरो एकाउन्टमा ट्रान्सफर गर्न अनुरोध गरेको छु र सो रकम क्रमश मेरो बैक खातामा जम्मा हुन थालेको छ ।

यसै क्रममा जापानमा बस्नु हुने नेपाली दाजुभाई, दिदीबहिनिहरु पनि आर्थिक सहयोगका लागि इच्छुक हुनुहुन्छ भन्ने खबर पाँए, अत्यन्तै खुशी लाग्यो । जापानमा बसोबास गर्दै आऊनुभएको शिव तण्डुकारले मलाई प्रयत्क्ष सम्पर्क राख्नुभएको थियो । उहाँ आवद्ध संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम, जापानको अगुवाईमा आर्थिक सहयोग संकलन गरे हुन्छ भनेर सोध्नुभएको थियो । यदि स्वईच्छाले दिनुहुन्छ भने हुन्छ भनेको छु ।

सहयोग गर्न चाहनुहुने जापानवासी दाजुभाई, दिदीबहिनिहरु तथा जापानी एवंम विदेशी सहयोगीहरुलाई मेरो बारे केही छोटो जानकारी गराउन चाहन्छु ।

मेरो विस्तृत जानकारी भिडियो तथा राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तर्वार्ताबाट अवगत भएको हुनुपर्छ । तथापि छोटो जानकारी दिन चाहन्छु । मेरो नाम अशोक श्रेष्ठ हो र म हाल ललितपुर धोबिघाटमा डेरामा बस्दै आएको छु । मैले पब्लिक युथ, क्षेत्रपाटिमा मास्टरसम्म पढेको हु । मैले करिब १० बर्ष दैनिक ज्यालादारी एकाउन्टेन्ट र १० बर्ष कम्प्युटर ट्रेनरको रुपमा काम गरेको थिए ।

म सिंगल अविबाहित हु । मेरो मातापिताको देहान्त पछि मेरो विकराल स्थिति आयो (विस्तृत जानकारिका कृपया भिडियो हेर्नू होला)।

मेरो बाल्यकालमा कुनै ट्युमर थिएन । म तपार्इहरु झै सामान्य थिए । मेरो कलेज लाइफसम्म पनि आजको जस्तो विकराल स्थिती थिएन । तर कलेज लाइफसम्म आँखा ढाकी सकेको थियो । हालको भन्दा ४० प्रतिशत भन्दा कम होला । मेरो बायाँ आँखा पनि हाल -७.५ भिजन कमजोर रहेको छ । चश्मा लगाउन नमिल्ने (नअड्ने)हुनाले कन्टाक्ट लेन्स लगाउदै आएको छु ।

तर कन्टाक्ट लेन्समा नजिकको पढ्न लेख्न समस्या ।

मैले नेपालमा वेलायत डाक्टर र भारतमा गरि चारपल्ट अप्रेसन गरि सकेको छु । मुल समस्या भनेको मेरो अनुहारको बिकराल ट्युमरका कारण खानपिन, बोलिमा समस्या हुनु र समाजिक हैरानी हुनु, जागिर नपाउनु हो । यिनै सबैको कारण मैले इन्टरनेट मार्फत अमेरिकामा डाक्टर म्याककिननसँग सम्पर्क भएको हो । डाक्टर म्याककिननका अनुसार मेरो यो अप्रेसन जटिल रहने र मेरो दायाँ कन्चटको सम्पूर्ण गिलो मासु निकाली रिकन्ट्रक्सन गर्नुपर्ने हुन्छ। मेरो यो अप्रेसन ३-४ पटकसम्म लाग्न सक्ने छ। यो ३५,००० पहिलो ठूलो अपरेसनको लागि अनुमानित गरेको रकम हो

मैले अहिले पहिलो अपरेसनको लागि सबैसित अनुरोध गरेको हु । पहिलो अपरेसन गराउन सकेमा र सफल भएमा थप अरुको लागि के गर्ने म तपाईंहरु को सल्लाह ले गर्नेछु । मेरो यहाँहरु सबैसित बिनम्र अनुरोध छ कि कृपया आफुलाई समस्या नपर्ने गरि स्वेच्छाले चाहनु हुनेहरुले मात्र सहयोग गर्नु होला । आफुलाई समस्या पर्ने गरि कृपया नगर्नु होला, यसबाट मलाई पीडा महसुस हुन्छ ।

अन्तमा जापान स्थित नेपाली दाजुभाई, दिदिबहिनिहरुमा र समस्त सहयोगिहरुमा हृदय देखि धन्यवादर न्यानो अभिबादन । मैले यथास्थिति छोटकरीमा म र मेरो समस्या उल्लेख गरि जानकारी गराएको छु । विस्तृत जानकारी, बैंक एकाउन्ट, इमेल र सम्पर्क नम्बरको लागि मेरो फेसबुक पेज हेर्नू होला । विस्तृत जानकारीको लागि मेरो भिडियो र अन्तरबार्ताको लिंक यसै साथ राखेको छु ।

साथै तपाइहरुलाई कुनै थप जानकारी वा जिज्ञासा भएमा मेरो मोबाइल वा इमेलमा सम्पर्क राख्नु हुन विनम्र अनुरोध गर्दछु ।

पप्पु गुरुङ्ग-२ मंसिर, दोधारा चाँदनी ।

दोधारा चाँदनीको भानु बहुमखी क्याम्पस दोधारा चा“दनीले अक्षय कोष निमार्णको लागी धार्मिक महोत्सव ज्ञान महायज्ञ संचालनको लागी वडा समिति गठन कार्य अघि बढाईएको छ् । हिजो दोधारा चा“दनी नगरपालिका वडा नं. १ को महाकाली आदर्श माबिमा र हनैनाथ मन्दिरमा एक कार्यक्रमको बिच ज्ञान महायज्ञ संचालन वडा समिति गठन भएको छ् ।

धार्मिक महोत्सव ज्ञान महायज्ञका मुुल समिति संयोजक जंग बहादुर चन्दको अध्यक्षतामा संचालित वडा समिति गठन कार्यक्रममा भानु बहुमखी क्याम्पसका अध्यक्ष राजिब खड्का, तत्कालिन दोधारा गाबिस कार्यालय अध्यक्ष बेल बहादुर राना, भानु बहुमखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश चन्द, नेपाली काग्रेस दोधारा चाँदनी नगर कार्य समिति सभापती डम्मर चन्द, दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बहादुर बम लगाएत स्थानियहरुको सभागिता रहेको थियो । यस्तै आज शंकर पार्वती माबि र साबिकको चाँदनी गाबिसको कार्यालयको प्राङग्रणमा ज्ञान महायज्ञ संचालन वडा समिति गठन भएको क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष राजिब खड्काले जानकारी दिएका छन् । यस्तै भोली महामाया प्राबि वडा नं. ५ र कमलशा प्राबि वडा नं. ६ मा ज्ञान महायज्ञ संचालन वडा समिति गठन गर्ने निर्णय भएको क्याम्पस प्रशासनले जनाएको छ् ।

मंसिर २८ गते देखि धार्मिक महोत्सव ज्ञान महायज्ञ संचालन गर्ने भएको भानु बहुमखी क्याम्पस दोधारा चा“दनीका क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष राजिव खड्काले जानकारी दिएका छन् । “सबै वडा तथा टोलमा उपसमिति गठन कार्य अघि बढाएका छौ” क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष राजिव खड्का बताए । ¬क्याम्पसको सर्वागिण बिकासका लागी अक्षय कोष तथा दोधारा चा“दनी क्षेत्रको आध्यात्मिक चेतना अभिबृद्धी एवम् पृतिमोक्षको लागी नेपालकै प्रख्यात गुरु वाचन प्रविण दीनबन्धु पोखरेलको मुखार विन्दबाट कथा बाचन हुने गरि धार्मिक महोत्सव संचालन गर्ने निर्णय समेत गरिएको छ् ।

समाजसेवी तथा ब्यवसायी जंग बहादुर चन्दको अध्यक्षतामा २८ सदस्यीय ज्ञान महायज्ञ आयोजक मुुल समिति र तत्कालीन दोधारा गाबिस कार्यालय अध्यक्ष बेल बहादुर रानाको संयोजकत्वमा ११ सदस्यीय ज्ञान महायज्ञ आयोजक सल्लाहकार समिति गठन गरिए पछि वडा तथा टोल उपसमिति गठन कार्य अघि बढाईएको क्याम्पस प्रशासनले जनाएको छ्