टोकियो ।
अनुहारमा मासुको डल्ला पलाउनुका साथै शरिरका विभिन्न भागमा ट्युमरका कारण मासु पलाएपछि समस्यामा परेका ललितपुर जिल्लाका अशोक श्रेष्ठको उपचारको लागि जापानमा अभियान सुरु गरिएको छ ।

अमेरिकामा मात्र यसको उपचार संभव भएको तथा उपचारको लागि करिव ४० लाख नेपाली रुपैयाँ लाग्नेभएपछि अपुग रहेको करिव ५ लाख रुपैयाँ सहयोगको लागि नेवास् अन्तर्राष्ट्रिय फोरम जापानले आर्थिक संकलन अभियान सुरु गरेको हो ।

ललितपुर धोवीघाटका अशोक श्रेष्ठको उपचारार्थ विभिन्न देशमा रहेका नेपालीहरुको पहलमा करिव ३४ लाख नेपाली रुपैयाँ संकलन भइसकेको बताइएको छ ।

जापानमा नेवास् अन्तर्राष्ट्रिय फोरम जापानको नेतृत्वमा जापानवासी नेपालीहरुसँग सहयोग संलकन थालिएको हो ।

समाचार अनुसार ३४ हजार डलर संकलन गरिसकेका अशोकको लागि ६ हजार डलर अपुग रहेको छ ।

स्नाकोत्तर तहसम्म अध्ययन गरिसकेका अशोक विज्ञानका शिक्षक समेत थिए ।

तर उनले हाल शरिरमा ट्युमरकै कारण पलाएको मासुका कारण दैनिक जिवनमा समस्या झेल्नुका साथै रोजगारी समेत नपाइरहेकाले एक नेपालीको उपचार र भविष्यको लागि सहयोग गर्न नेवास् अन्तर्राष्ट्रिय फोरम जापानले अनुरोध गरेको छ ।

अशोक श्रेष्ठलाइ उपचारको निम्ति जापानमा आर्थिक संकल अभियान संचालन गर्ने नेवास् अन्तर्राष्ट्रिय फोरम जापानको जापान पोष्ट बैक १०१७०(८९१९१८०१ नेवास् कोक्साई फोरम जापान९ ネワコクサイフォーラムジャパン० मार्फत सहयोग गर्न अपिल गरेको छ।

आफ्नो बारेमा आर्थिक सहयोगको बारेमा अशोकले यस्तो भनेका छन् ।

विभिन्न काम तथा पढाईको सिलसिलामा जापानमा बस्दै आउनु हुने समस्त नेपाली दाजुभाई, दिदीबहिनिहरुमा मेरो नमस्कार । सर्बप्रथम समस्त नेपाली दाजुभाई, दिदीबहिनिहरुमा सुस्वास्थ्य र सफलताको लागि प्रथना गर्दछु ।

मेरो उपचारका लागि विभिन्न देशमा नेपाली दाजुभाई, दिदीबहिनिहरुबाट आर्थिक सहयोग अभियानबाट सहयोग जुटिरहेको जानकारी गराउन चाहन्छु । अमेरिकाको सिकागो स्थित सेन्ट जोसेफ अस्पतालमा डा। म्याकिननसँग सन् २०१४ देखि निरन्तर सम्पर्क रहेको र डा म्याकिननले मेरो थ्रीडि सिटि स्कान सहित मेरो सम्पुर्ण मेडिकल अध्ययन गर्नु भएको छ । सोही अनुसार हस्पिटलले इस्टिमेट गरेको अनुसार अप्रेसनको लागि ३५,००० डलर र अन्य खर्च गरि कूल ४०,००० डलर लागत अनुमान गरि मैले आर्थिक सहयोग लागि आव्हान गरिएको थिए र सोही अनुसार आर्थिक सहयोग जुट्न थालेको र हालसम्म ३४,००० डलर उठेको छ ।

अनुमानित रकमको केहि हजार डलर अझै अपुग छ, त्यो रकम पुगेपछि अमेरिका भिसाको लागि प्रोसेस गर्नेछु । भिसाको लागि रकम मेरो आफ्नै खातामा देखाउनु पर्ने भएकोले संकलित सबै रकम मेरो एकाउन्टमा ट्रान्सफर गर्न अनुरोध गरेको छु र सो रकम क्रमश मेरो बैक खातामा जम्मा हुन थालेको छ ।

यसै क्रममा जापानमा बस्नु हुने नेपाली दाजुभाई, दिदीबहिनिहरु पनि आर्थिक सहयोगका लागि इच्छुक हुनुहुन्छ भन्ने खबर पाँए, अत्यन्तै खुशी लाग्यो । जापानमा बसोबास गर्दै आऊनुभएको शिव तण्डुकारले मलाई प्रयत्क्ष सम्पर्क राख्नुभएको थियो । उहाँ आवद्ध संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम, जापानको अगुवाईमा आर्थिक सहयोग संकलन गरे हुन्छ भनेर सोध्नुभएको थियो । यदि स्वईच्छाले दिनुहुन्छ भने हुन्छ भनेको छु ।

सहयोग गर्न चाहनुहुने जापानवासी दाजुभाई, दिदीबहिनिहरु तथा जापानी एवंम विदेशी सहयोगीहरुलाई मेरो बारे केही छोटो जानकारी गराउन चाहन्छु ।

मेरो विस्तृत जानकारी भिडियो तथा राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तर्वार्ताबाट अवगत भएको हुनुपर्छ । तथापि छोटो जानकारी दिन चाहन्छु । मेरो नाम अशोक श्रेष्ठ हो र म हाल ललितपुर धोबिघाटमा डेरामा बस्दै आएको छु । मैले पब्लिक युथ, क्षेत्रपाटिमा मास्टरसम्म पढेको हु । मैले करिब १० बर्ष दैनिक ज्यालादारी एकाउन्टेन्ट र १० बर्ष कम्प्युटर ट्रेनरको रुपमा काम गरेको थिए ।

म सिंगल अविबाहित हु । मेरो मातापिताको देहान्त पछि मेरो विकराल स्थिति आयो (विस्तृत जानकारिका कृपया भिडियो हेर्नू होला)।

मेरो बाल्यकालमा कुनै ट्युमर थिएन । म तपार्इहरु झै सामान्य थिए । मेरो कलेज लाइफसम्म पनि आजको जस्तो विकराल स्थिती थिएन । तर कलेज लाइफसम्म आँखा ढाकी सकेको थियो । हालको भन्दा ४० प्रतिशत भन्दा कम होला । मेरो बायाँ आँखा पनि हाल -७.५ भिजन कमजोर रहेको छ । चश्मा लगाउन नमिल्ने (नअड्ने)हुनाले कन्टाक्ट लेन्स लगाउदै आएको छु ।

तर कन्टाक्ट लेन्समा नजिकको पढ्न लेख्न समस्या ।

मैले नेपालमा वेलायत डाक्टर र भारतमा गरि चारपल्ट अप्रेसन गरि सकेको छु । मुल समस्या भनेको मेरो अनुहारको बिकराल ट्युमरका कारण खानपिन, बोलिमा समस्या हुनु र समाजिक हैरानी हुनु, जागिर नपाउनु हो । यिनै सबैको कारण मैले इन्टरनेट मार्फत अमेरिकामा डाक्टर म्याककिननसँग सम्पर्क भएको हो । डाक्टर म्याककिननका अनुसार मेरो यो अप्रेसन जटिल रहने र मेरो दायाँ कन्चटको सम्पूर्ण गिलो मासु निकाली रिकन्ट्रक्सन गर्नुपर्ने हुन्छ। मेरो यो अप्रेसन ३-४ पटकसम्म लाग्न सक्ने छ। यो ३५,००० पहिलो ठूलो अपरेसनको लागि अनुमानित गरेको रकम हो

मैले अहिले पहिलो अपरेसनको लागि सबैसित अनुरोध गरेको हु । पहिलो अपरेसन गराउन सकेमा र सफल भएमा थप अरुको लागि के गर्ने म तपाईंहरु को सल्लाह ले गर्नेछु । मेरो यहाँहरु सबैसित बिनम्र अनुरोध छ कि कृपया आफुलाई समस्या नपर्ने गरि स्वेच्छाले चाहनु हुनेहरुले मात्र सहयोग गर्नु होला । आफुलाई समस्या पर्ने गरि कृपया नगर्नु होला, यसबाट मलाई पीडा महसुस हुन्छ ।

अन्तमा जापान स्थित नेपाली दाजुभाई, दिदिबहिनिहरुमा र समस्त सहयोगिहरुमा हृदय देखि धन्यवादर न्यानो अभिबादन । मैले यथास्थिति छोटकरीमा म र मेरो समस्या उल्लेख गरि जानकारी गराएको छु । विस्तृत जानकारी, बैंक एकाउन्ट, इमेल र सम्पर्क नम्बरको लागि मेरो फेसबुक पेज हेर्नू होला । विस्तृत जानकारीको लागि मेरो भिडियो र अन्तरबार्ताको लिंक यसै साथ राखेको छु ।

साथै तपाइहरुलाई कुनै थप जानकारी वा जिज्ञासा भएमा मेरो मोबाइल वा इमेलमा सम्पर्क राख्नु हुन विनम्र अनुरोध गर्दछु ।

16.12¡ÆC