एथ्लेटिकोलाई पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लियो

काठमाडौं,मंसिर ५ । स्पेनिस घरेलु लिग ‘ला लिगा’मा क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा रियल मड्रिडले चिरप्रतिद्धन्द्धी एथ्लेटिको मड्रिडलाई पराजित गर्दै लिको शीर्षा स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले शहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडमाथि ३—० गोल अन्तरको पराजित गर्दै शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा रोनाल्डोले २३ औं मिनेटमा खाता खोलेका थिए । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो । ७१ औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्ता दोब्बर पारेका उनले ७७ औं मिनेटमा हृयाट्रक पूरा गरे । यो रोनाल्डोको करियरको ३९ औं हृयाट्रिक हो ।

जितसँगै रियल मड्रिडले ला लिगामा १२ खेलको समाप्तिमा ३० अंककासाथ शीर्ष स्थानमा उक्लेको छ । योसँगै दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा चार अंकको अग्रता कायम गरेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट २६ अंक रहेको छ भने सेभिल्ला २४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

उपसभापतिमा विमलेन्द्र, महामन्त्रीमा पूर्णबहादुर पक्का

काठमाडौं,मंसिर ५ । कांग्रेस सभापति शेरबहादुर देउवा मंसिरभित्रै मनोनीत गर्न बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गर्ने निष्कर्षमा पुगेका छन् । महाधिवेशन सम्पन्न भएको आठ महिना बितिसक्दा पनि केन्द्रीय समितिलाई पूर्णता दिन नसकी पार्टीभित्रै अक्षमको आलोचना खेपिरहेका सभापति देउवाले आन्तरिक तयारीसहित मंसिरभित्रै मनोनीत गर्न लागेका हुन् । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।

देउवा २४ फागुन ०७२ मा सभापति निर्वाचित भएका थिए । १३औं महाधिवेशनबाट पारित विधानमा दुई महिनाभित्रै सम्पूर्ण विभाग तथा अन्य निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था छ । तर, पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नसक्दा सभापति देउवाले केन्द्रीय समिति तथा अन्य विभागहरूले पूर्णता पाउन सकेको छैन । कांग्रेसको विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति तथा निकाय गठन गरी पूर्णता दिनुपर्ने व्यवस्था छ । धेरै आकांक्षी र विवादका कारण सभापति देउवाले उपसभापति, एक महामन्त्री, सहमहामन्त्री र प्रवक्तासमेत मनोनीत गर्न सकेका छैनन् । तरुण दल, नेपाल विद्यार्थी संघको निर्वाचन सकिएसँगै देउवा केन्द्रीय समितिलाई पूर्णता दिने मनस्थितिमा पुगेको उनीनिकट नेताले बताएका छन् ।

केन्द्रीय सदस्य महेन्द्र यादवले मनोनीत गर्दै केन्द्रीय कार्यसमिति र विभागलाई पूर्णता दिने विषयमा सभापति देउवा टुंगोमा पुगिसकेको बताए । ‘पार्टीभित्र आकांक्षी बढी भएर केही समय ढिलाइ भएको हो, अब पूर्णता दिने निष्कर्षमा पुगिसक्नु भएको छ,’ देउवानिकट केन्द्रीय सदस्य यादवले राजधानीसँग भने, ‘सभापतिले आफूलाई काम गर्न सहज हुने गरी मंसिरभित्रै सहमतिबाट निर्णय लिनु हुनेछ ।’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने मनोनयनको विषयमा आफूहरूसँग सभापति देउवाले अहिलेसम्म छलफल नै नगरेको बताएको छ । पौडेल पक्षधर नेता गुरुराज घिमिरेले मनोनयनको विषयमा छलफल नै नभएको जिकिर गरे । सहमतिबाटै मनोनीत गर्नुपर्छ भन्ने विषयमा नेता पौडेल सकारात्मक रहेको तर यस विषयमा छलफल नै नभएको उनको भनाइ छ ।

‘लामो समय भयो, यसले गर्दा अन्य निकायमा समेत अन्योलको स्थिति सिर्जना भएको छ,’ घिमिरेले भने, ‘अब लामो समय लम्ब्याउनु हुन्न भन्नेमा नेता पौडेलसमेत सकारात्मक हुनुहुन्छ ।’ १३औं महाधिवेशनपछि कांग्रेसभित्र तेस्रो धारका रूपमा उदाएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर पनि पदाधिकारी तथा केन्द्रीय सदस्य जति सक्दो छिटो मनोनीत गर्नुपर्ने पक्षमा रहेको छ ।

महाधिवेशनपछि भ्रातृ संगठनहरूमा आफ्नो बलियो उपस्थिति देखाउँदै आएको सिटौला समूहले समेत आफ्नो पक्षको सम्मानजनक उपस्थिति खोजिरहेको स्रोतको भनाइ छ । शान्ति प्रक्रिया र संविधान निर्माण तथा जारीमा पार्टीभित्र नेतृत्वको नजिक रहेर सबैभन्दा महŒवपूर्ण भूमिका खेलेका सिटौला पक्षलाई साथमा लिएर अघि बढ्ने देउवाको योजना छ ।

महाधिवेशनका समयमा सभापति देउवाका प्रस्तावक रहेका अर्का नेता खुमबहादुर खड्का पनि आफ्नो पक्षलाई दिने स्थानको विषयमा पर्ख र हेरको स्थितिमा रहेका छन् । उनले आफ्ना पक्षका केहीलाई भागबन्डामा मिलाउने गरी उपसभापतिको लविङबाट पछि हटेको बुझिएको छ ।

यद्यपि उनले उपसभापति मनोनीत गर्ने सहमति भइसकेकाले सहमतिअनुसार काम गर्न देउवालाई दबाब बढाइरहेका छन् । उपसभापति छाड्नु परेमा महŒवपूर्ण हिस्सा मागेको स्रोतको भनाइ छ । खड्कानिकट केन्द्रीय सदस्य मोहन बस्नेतले भ्रातृ संगठनमा प्रभाव पर्ने भएकाले विभाग तथा अन्य निकायको विस्तार केही ढिला भएको र अब प्रेसरको स्थिति सकिएकाले छिट्टै हुनेमा आफू ढुक्क रहेको बताए ।

पदाधिकारीअन्तर्गत मनोनयन गर्न बाँकी उपसभापति पदमा मात्रै देउवा पक्षका विमलेन्द्र निधि, खुमबहादुर खड्का र गोपालमान श्रेष्ठ आकांक्षी छन् । अर्का नेता कुलबहादुर गुरुङले आकांक्षा देखाए पनि उनी वरिष्ठ नेताको हैसियत पाए बार्गेनिङ गर्ने पक्षमा छैनन् । यस्तै महामन्त्री पदका लागि देउवा समूहबाटै पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, एनपी साउद र बालकृष्ण खाँड लागिरहेको स्रोतको भनाइ छ । यस्तै, सहमहामन्त्रीमा भने देउवा पक्षबाट महेन्द्र यादव र मानबहादुर विश्वकर्माको नाम चर्चामा छ ।

स्रोतका अनुसार देउवा आन्तरिक व्यवस्थापनसहित निधिलाई उपसभापति, अघिल्लो केन्द्रीय समितिमा सहमहामन्त्री रहिसकेका पूर्णबहादुर खड्कालाई महामन्त्री दिने मनस्थितिमा पुगेको बुझिएको छ । यस्तै, निर्वाचनबाट महामन्त्री र कोषाध्यक्ष हात पारेको पौडेल पक्षलाई सहमहामन्त्री दिने सोचमा देउवा रहेका छन् ।

जसका लागि पौडेल पक्षबाट आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडु र महेश आचार्य लागिरहेका छन् । तेस्रो धारको नेतृत्व गरिरहेका सिटौला पक्षलाई भने पदाधिकारी र केन्द्रीय सदस्य नदिने योजना सभापति देउवाको रहेको स्रोतको भनाइ छ । सिटौलालाई चित्त बुझाउन संसदीय दलमा समेट्ने गरी देउवाले गृहकार्य अघि बढाएको उनीनिकट नेताहरूले बताएका छन् ।

एक दलका कार्यकर्ता बोकेर राष्ट्रिय मानव अधिकार उच्च स्तरिय टोली कुतियाकवरमा

पप्पु गुरुङ्ग, ४ मंसिर दोधारा चाँदनी ।

राष्ट्रिय मानव अधिकार उच्च स्तरिय टोली आज कुतियाकवर पुगेको बिषयमा कुन काम बिशेषले उच्च स्तरिय टोली पुग्यो भन्ने बिषयमा स्थानिय राजनितिक दल तथा स्थानियहरु अन्योलमा रहेको बताएका छन् ।

आज बिहान राष्ट्रिय मानव अधिकारको टोलीमा राष्ट्रिय मानव अधिकार आयोगका माननियद्धय सदस्य सुदिप पाठक, प्रकाश वस्ती, राष्ट्रिय मानव अधिकार क्षत्रिय कार्यालय धनगढीका नि. निर्देशक दिपक जंगध्वज कार्की, मानव अधिकार अधिकृतद्धय मोहन देब जोशी, यज्ञ अधिकारी लगाएत सुरक्षा घेरा भित्र पुगेका थिए । अनुगमनमा स्थानिय राजनितिक दलका प्रतिनिधीलाई नसमेटेर जिल्ला तहका एक राजनितिककर्मीलाई अगाडी लगाएर कुतियाकवरको अवस्था बुझेको आरोप स्थानिय राजनितिककर्मीले लगाएका छन् ।

“राष्ट्रिय मानव अधिकार उच्च स्तरिय टोली पार्टीको कार्यक्रम जस्तो पो देखियो” एक स्थानिय राजनितिक दलका कार्यकर्ताले भने – “ राष्ट्रिय मानव अधिकार टोली कुनै पनि समय तथा अवस्थामा जनताको मानव अधिकारको अवस्था बझ्ने अधिकार छ् । कुतियाकवरमा भदौ २१ र २४ गते श्रंखलाबद्ध आक्रमण हुने बेला संचार माध्यममा समाचार आउदा समेत देखा नपर्ने अहिले कुन कामले आयो थाहै भएन्” दोधारा चाँदनीका स्थानिय तथा नेकपा एमाले जिल्ला कमिटि सदस्य गगन खत्री अनुसार आफुहरु स्थानिय भएर पनि कुनै जानकारी नभएको बताएका छन् ।

“हामी कतियकवरको स्थानिय समेत हुदा हुदै हामीलाई जानकारी छैन्” स्थानिय तथा नेकपा एमाले जिल्ला कमिटि सदस्य गगन खत्रीले भने–  “जिल्ला तहका एक पार्टीको नेताले लिएर आएको मैले खबर सुनेको हु” जिल्ला कमिटि सदस्य गगन खत्री अनुसार स्थानिय राजनितिक दलहरुलाई अनुगमनको बारे खासै जानकारी नभएको बताएका छन् ।

“स्थानिय राजनितिक दलहरुलाई अनुगमनको बारे जानकारी नै भएन्” जिल्ला कमिटि सदस्य गगन खत्रीले भने । कुतियाकवरमा भदौ २१ र २४ गते श्रंखलाबद्ध आक्रमणको बेला देखा नपर्ने राष्ट्रिय मानव अधिकार टोली आज अचानक जिल्लामा रहेका एक नेतालाई लिएर कुतियाकवरको अवस्था बुझेको बारे आफुलाई जानकारी आएको बताउदै जिल्ला कमिटि सदस्य खत्रीले संबेधानिक राष्ट्रिय मानव अधिकार टोली स्थानिय दलका तथा स्थानियहरुलाई संग लिएर अनुगमन गर्दा राम्रो हुने बताएका छन् ।

“यो त पार्टीको तथा राष्ट्रिय मानव अधिकार टोली जस्तो पो लाग्यो” स्थानिय तथा जिल्ला कमिटि सदस्य खत्रीले भने । नेपाली काग्रेस दोधारा चा“दनी नगर कार्य समितिका सभापती डम्मर चन्दले कुतियकवरको अनुगमनको बारे आफु पुर्णरुपमा अनबिज्ञ रहेको बताएका छन् । “मलाई कुतियाकवरमा राष्ट्रिय मानव अधिकार उच्च स्तरिय टोलीको अनुगमन छ भन्ने बारे थाहै भएन्” कुन उद्धेश्यले एउटा मात्रै दललाई लिएर राष्ट्रिय मानव अधिकार उच्च स्तरिय टोलीले अनुगमन ग¥यो अच्चमै मानेको नेपाली काग्रेस दोधारा चाँदनी नगर कार्य समितिका सभापती डम्मर चन्दले बताएका छन् । आफुहरुलाई साबिकाको दोधारा गाबिसको कार्यालयमा राष्ट्रिय मानव अधिकार उच्च स्तरिय टोलीको एक कार्यक्रम छ भनेर बोलाईएको उनले बताए ।

नेकपा एमाले दोधारा चाँदनी नगर कमिटि अध्यक्ष किशोर कुमार लिम्बुले आफुलाई राष्ट्रिय मानव अधिकारको कुनै कार्यक्रमको बारे आधिकारीक जानकारी समेत नभएको बताए । “मलाई कसैले खबर नै गरेनन्” नेकपा एमाले दोधारा चाँदनी नगर कमिटि अध्यक्ष किशोर कुमार लिम्बुले भने– “कुतियाकवर क्षेत्रमा स्थानिय सबै दलहरुलाई जानकारी गराउनुको साटो जिल्ला तहका एक दलका नेतालाई लिएर अनुगमन गरेको खबर पाएको छु” कुतियाकवरको एक–दुई घट्नाको बारे उजुरी आएको थियो । दोधारा चा“दनी महाकाली पारी त्यसैमा त्यो पारी भन्दा २–३ वटा बस्तीमा त्यहा आर्थिक सामाजिक, सास्कृतीक, मानव अधिकारका कुराहरु मानवअधिकारको संरक्षण गर्ने दायित्व अन्तर्गत आयोगले त्यहाको यथार्त अवस्था कस्तो के छ भन्ने बिषयमा बुझ्न पुगेको मानव अधिकार अधिकृतद्धय मोहन देब जोशी मानव अधिकार अधिकृतद्धय मोहन देब जोशीले भने– “भदौमा भएको घट्नाको बिषयमा कानुनीरुपमा पत्राचार गर्ने कुरा आफ्नो ठाउमा प्रकृया गरिनै रहेको छ् । रिजल्ट आउन सबै प्रकया पुगाउनु पर्छ ।

आयोगले त्यो घट्नाको नियमित काम गरिरहेको अवस्था हो” कुतियाकवरको कुन घट्नाको उजुरी छ भन्ने बिषयमा भने अधिकृतद्धय मोहन देब जोशीले खुलाएनन् । राष्ट्रिय मानव अधिकारको टोलीमा राष्ट्रिय मानव अधिकार आयोगका माननियद्धय सदस्य सुदिप पाठक, प्रकाश वस्ती, राष्ट्रिय मानव अधिकार क्षत्रिय कार्यालय धनगढीका नि. निर्देशक दिपक जंगध्वज कार्की, मानव अधिकार अधिकृतद्धय मोहन देब जोशी, यज्ञ अधिकारी लगाएत राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल लगाएत सुरक्षा टोलीले कुतियकवरका स्थानियहरु संग मानव अधिकारका बारे छलफल गरेको थियो ।

उच्च स्तरिय टोलीको अनुगमन पछि साबिकको दोधारा गाबिसको कार्यालयको सभाकक्षमा एक कार्यक्रम गरि दोधारा चा“दनीका स्थानिय राजनितिक दल, महिला मुल समिति, पत्रकार, सुरक्षा निकाय लगाएत सरोकारवाला संग दोधारा चाँदनीमा भए, गरेका मानव अधिकार हन्नका घट्ना बारे छलफल गरेको छ् । छलफलमा स्थानियहरुले सिमा क्षेत्रमा हुने समस्या, सरकारद्धारा गरेको दोधारा चा“दनीबासीलाई गरेको अधिकार हन्न, बाढीको समस्या, सशस्त्र प्रहरीलाई थप ब्यवस्थीत तथा सिमा क्षेत्रमा स्थापना गर्ने, जंगली जनावारको समस्या लगाएत बिकासको कार्यमा दोधारा चा“दनीलाई गरेको वेवास्थाको वारे प्रश्न उठाएका थिए ।

हवाई आक्रमणमा आइएसका कमाण्डरसहित सातको मृत्यु

३ मंसिर, एजेन्सी ।
अफगानिस्तानमा इस्लामिक स्टेट 'आइएस' एक कमाण्डर सहित सात जना लडाकुहरु मारिएका छन् ।

नानगाहार प्रान्तको कोट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने स्थानमा लुकेर बसेका आतङ्ककारीलक्षित आक्रमणमा ती लडाकूहरु मारिएका स्थानीय सरकारी प्रवक्ताले जनाएका छन् ।

हवाई आक्रमण भईरहेको ठाउमा आईएसका कमाण्डर मुल्लाह बजार्ग मारिएको उनले दाबी गरे ।

नवयुगको गोलमा जापान मैत्रीपूर्ण फुटवलमा नेपालसँग पराजित

३ मंसिर, काठमाडौं ।
नपाली राष्ट्रिय फुटबल टोलीले जापानको व्यवसायीक फुटबल खेलाडीहरु सम्मिलित टिमबिच भएको मैत्रीपूर्ण खेलमा विजयी हुन सफल भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको मैदान सातदोबाटोमा शनिबार सम्पनन खेलमा नेपालले फ्रेन्डस् अफ जापानलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

खेलमा एक मात्र निर्णायक गोल खेलको ५८ औँ मिनेटमा नेपालका नवयुग श्रेष्ठले गरेका थिए ।

भर्खरै मलेसियामा सम्पन्न सोलिड्यारिटि कप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीले अर्को जित हात पार्न सफल भएका छन् ।

भुकम्पबाट क्षेती पुगेका विद्यालयहरुको पुन निर्माण गर्ने उद्देश्यले नेपाल जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष गाँठको अवसर पारेर मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।

नेपाल रेल्वेका अमूल्य सामग्री जीर्ण बन्दा सरकार बेखवर

३ मंसिर, जनकपुर ।
देशको एक मात्र रेल सेवा जनकपुर जयनगर रेल्वे, ब्रोडगेज निर्माणको क्रममा बन्द भएको करिब तीन वर्ष पूरा हुन लागेको छ ।

तर नेपाल रेल्वेसँग अहिले रहेको रेल्वेका सामग्रीको संरक्षणमा सम्बन्धित पक्षले ध्यान नदिँदा जीर्ण बन्दै गएको हो ।

न्यारोगेजका– पाँचवटा कोइला इन्जिनलाई सरकारको नेपाल रेल्वे कम्पनीले संरक्षण गर्न नसक्दा ती इन्जिन कबाडीमा जाने अवस्थामा परिणत हुन लागेका छन् ।

नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १८ जना कर्मचारी खटाए पनि उनीहरुले संरक्षणमा चासो नदिँदा इन्जिनका पार्टपुर्जादेखि कारखानामा रहेका अन्य सामग्री समेत चोरी हुन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

मकवानपुर कार दुर्घटनामा दाजु बहिनिको मृत्यु, तीन जना चिन्ताजनक

३ मंसिर, मकवानपुर ।

मकवानुपरको भीमफेदी–२ जुरीखेतमा आज बिहान भएको कार दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा ३ च ९२८९ नं. कार दुर्घटनामा कारमा सवार पाँच जनामध्ये काठमाडौंका ५० वर्षीय सरद वैद्य र ४० वर्षीय अनुजा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इप्रका भमिफेदीले जनाएको छ । मृतकहरु दाजु बहिनी रहेको बताइएको छ ।

दुर्घटनामा परी घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

उता, कपिलवस्तु बुङ्चीमा आज बिहान करिब ३ बजे बस र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एमबुलेन्समा सवार कञ्चनपुर बाइस विजुवाका ५५ वर्षीय सुब्बा राना र ६० वर्षीय मदिया राना रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीषक विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् ।

Constitutional body chief posts to naturalized citizenship-holders not Morcha’s demand’

Federal Socialist Forum chairman Upendra Yadav has demanded that the provinces should be made autonomous and vested with full powers while amending the constitution.

Speaking in the face-to-face programme organised by Reporters Club Nepal Kathmandu today, he insisted that the constitution should be amended on the basis of the report of the State Restructuring Commission, the provisions of the Interim Constitution and the past agreements reached between the government and the different parties.

Leader Yadav said the Federal Alliance has not demanded that those holding the naturalized citizenship should also be appointed the President, Prime Minister, Speaker and chiefs of security bodies and the heads of constitutional bodies.

Do not break up Province No 5, cautions UML chair Oli

CPN (UML) chairman and former Prime Minister KP Sharma Oli has said the Province No 5 should not be fragmented.

Talking in a press meet at Gautam Buddha Airport in Bhairahawa today, leader Oli said some forces are deliberately working out to divide the province aimed at separating the Tarai from hills, adding that it is the plot aimed at dividing the sovereignty.

Chair Oli urged all not to think on fragmenting the province as it has a harmony within it.

In another context, chair Oli clarified that the naturalized citizenship certificate holders will not be eligible for constitutional body chief.

७ प्रदेशले हुँदैन, १० प्रदेश नै चाहिन्छः उपेन्द्र यादव

काठमाडौं,मंसिर ४ । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले हल्ला भएजस्तोगरि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराईए त्यो कुनै हालतमा आफूहरुले नमान्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गठबन्धनका संयोजक यादवले भने,‘अहिले सरकारले ४ बुँदे संशोधनको प्रस्ताव तयार गरेको छ भन्ने हल्ला बाहिर आएको छ, यदि यो कुरा साँचो हो भने हामी त्यसलाई कुनै हालतमा मान्दैनौं, यसले समस्याको समाधान हुँदैन् ।’ उनले आफूहरुले संशोधनको नाममा संशोधन मात्रै नखोजेको उल्लेख गर्दै संविधानमा भएका विभेदकारी प्रावधानहरुको अन्त्य हुनेगरि संशोधन चाहेको स्पष्ट पारे ।

साक्षात्कारमा यादवले वर्तमान सरकारले संविधान संशोधनबारे आन्दोलन पक्षसँग अहिलेसम्म कुनै सहमति नै नगरेको बताउँदै भने,‘हामीसँग सहमति नगरीकन एकलौटी ढंगले संशोधन प्रस्ताव दर्ता भयो भने त्यसको कुनै अर्थ हुँदैन, त्यसले समस्याको समाधान वा निकास दिँदैन् ।’ उनले संघीय गठबन्धनसँग सहमतिको आधारमा संशोधन प्रस्ताव अघि बढाउनुपर्ने जिकिर गरे ।

अध्यक्ष यादवले अहिले संविधानमा उल्लेख भएबमोजिमको ७ प्रदेशले मुलुकको समस्या समाधान हुनै नसक्ने ठोकुवा गर्दै भने,‘७ प्रदेशले समस्याको हल हुँदैन, त्यसैले पहिलाका राज्य पूर्नसंरचना आयोगले अघि सारेझैं १० प्लसको अवधारणमा जानुपर्छ ।’ उनले आयोगको प्रतिवेदन, मधेशी मोर्चासँग भएको सम्झौता र अन्तरिम संविधानमा उल्लेख भएबमोजिम तराई–मधेश–थरुहट यसमै रहनेगरि पूर्नसंरचना हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवले पहाडमा पहिचान र सार्मथ्यका आधारमा पूर्नसरंचना गर्नुपर्ने धारणा सार्वजनिक गरे । त्यस्तै उनले आदिवासी, जनजातिहरुको समस्याहरु पनि एउटै प्याकेजमै हल गर्नुपर्ने जिकिर गरे । उनले थपे,‘किस्ताबन्दीमा समस्याको हल हुनै सक्दैन, त्यो हामीलाई कुनै हालतमा मान्य छैन ।’

उनले वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले अघि सारेको ४ बुँदे संशोधन प्रस्तावले मधेशी र जनजाति फुटाउन षड्यन्त्र गरेको समेत आरोप लगाए । त्यस्तै यादवले ५ वटा विवादित जिल्लाहरुको समस्या हल गर्न आयोगलाई जिम्मा लगाउने काम पनि मान्य नहुने चेतावनी दिए । उनले थपे,‘आयोगलाई जिम्मा लगाउने चाल पूरानै चाल हो, यसले समस्याको समाधान हुँन सक्दैन ।’ उनले विवादित जिल्लाहरुलाई माथिल्लो भागलाई माथि नै र तल्लो भागलाई तल नै राख्नुपर्ने धारणा राखे ।

त्यस्तै उनले जातीय समूहगत आधारमा पूर्ण समानुपातिक–समावेशी बनाउनुपर्नेमा जोड दिए । उनले नेपालजस्तो मुलुकमा एकल जातीय हुनै नसक्ने ठोकुवा गरे ।

त्यस्तै उनले दलित, अल्पसंख्यक लगायतलाई विशेष आरक्षणको व्यवस्था गर्नुपर्ने आफूहरुको माग रहेको जनाए । उनले नेपालमा बहुभाषिक समूदाय भएकोेले सोही बमोजिम बुहभाषीक नीति बनाउनुपर्नेमा जोड दिए । उनले थपे,‘केन्द्रदेखि प्रदेशसम्म सबै निकायमा भाषा सूचिको बनाउनुपर्छ ।’ यादवले प्रदेशको निर्वाचन क्षेत्रको निर्धारण पनि जनसंख्याको आधारमा गर्नुपर्ने बताए । त्यस्तै उनले प्रदेशको क्षेत्रको आधारमा संसद सिफारिश गर्ने बताए ।

उनले विदेशीहरुलाई नागरिकता दिने कुरा आफूहरुको पनि माग नभएको दाबी गरे । यादवले थपे,‘यो माग हाम्रो होईन, हाम्रोजस्तो मुलुकमा नागरिकताको सवालमा अंगीृकत प्रावधान नराख्दा नै बेश हुन्छ ।’ यद्धपी उनले बिहे गरेर ल्याएपछि बुहारी विदेशी नहुने बताए । उनले आफूहरुले महिला र पुरुषमा विभेद हुनुहुँदैन भन्ने आफूहरुको माग रहेको स्पष्ट पारे ।

त्यस्तै उनले न्यायप्रणालीपनि एकात्मक र केन्द्रिकृत भएकोले यसलाई संघीय संरचना अनुसार अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने,‘न्यायधिशहरुको नियुक्ती पनि यहाँ भागबण्डाको आधारमा गरिनुहुँदैन् ।’

उनले आफूहरुले उल्लेख गरेका यी कुराहरु संविधान संशोधन मार्फत लागु नगरीए मुलुक दुर्घट्नामा जाने समेत खतरा औंल्याए । उनले संविधान संशोधनको प्रस्तावको खेल खेलेर ठूला दलहरुले जालझेल, प्रपञ्च र षडयन्त्र गरे मुलुकलाई दुर्घटनामा धकेल्ने काम बाहेक अरु केही नहुने जिकिर गरे ।

उनले वर्तमान सरकारले मुलुकको समस्याको समाधान गर्न नचाहेको समेत आरोप लगाए । यादवले अघि थपे,‘सरकारले चाह्यो भने गर्न सक्छ, तर गर्न चाहेकोजस्तो लाग्दैन् ।’

पोस्टपेडमा ‘रियल टाइम बिलिङ’ सिस्टम समावेश,कस्तो हो यो सिस्टम ?

काठमाडौं,मंसिर ४ । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइल सेवामा तत्कालै बिलिङ हुने (रियल टाइमिङ बिलिङ) सिस्टममा समावेश गरेको छ। टेलिकमले शुक्रबार राति ११ बजेदेखि काम सुरु भएकोमा साढे ५ घण्टाभित्रै रियल टाइम बिलिङ सिस्टममा लगिएको टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिए।

पोस्टपेडमा रियल टाइम बिलिङ सिस्टम समावेश भएसँगै ग्राहकलाई बिल भुक्तानीका लागि सहजता हुने छ। ‘भविष्यको सहजतालाई लक्षित गर्दै नयाँ सिस्टम समावेश गरिएको हो’ । यो सिस्टमसँगै प्राविधिक असामञ्जस्यताका कारण छुट्टाछुट्टै रुपमा बिल भुक्तानी गर्नुपर्ने वाध्यकारी अवस्था अन्त्य भएको छ। टेलिकमले गएराति ११ बजेदेखि बिहान ६ बजेसम्म जिएसएम तथा सिडिएमए सेवा अवरुद्ध हुन सक्ने पुर्व सूचना गराएको थियो।

हाउसफुल छक्का पञ्जा आईतवार टोकियो र सिजुओकामा प्रदर्शन, ओकिनावामा निशुल्क

टोकियो ।
पहिलो प्रदर्शन हाउसफुल भएपनि माग बढेपछि चलचित्र छक्का पञ्जा जापानको राजधानी टोकियोमा भोली आइतबार पुन प्रदर्शन हुने भएको छ ।

टोकियो मेगुरो कुमिन सेन्टरमा भोली आईतवार नोवेम्वर २० तारिकका दिन साँझ ६ बजे दोश्रो प्रर्दशन हुन लागेको हो ।

जापानमा चलचित्र प्रदर्शनको अधिकार पाएको लाखे ईन्टरटेनमेन्टका अनुसार चलचित्र प्रदर्शनको अधिकाशं टिकट बुकिंग भइसकेको छ ।

चलचित्र फुकुओका, ओशाका, टोकियो र नागोयामा यसअघिनै एक शो प्रदर्शन भइसकेको छ ।

छक्का पञ्जा सिजुओकामा पुरस्कार सहित चलचित्र प्रर्दशन हुन लागेको छ । सेभेन सामुराइ इन्टरनेसनलको संयोजनमा हुन लागेको चलचित्रको प्रदर्शनको तयारी पुरा भएको बताइएको छ ।

रोउसे खाईकान सिजुओकामा भोली नोभेम्बर २० तारिख आईतवार दिउँसो २ बजे चलचित्र प्रदर्शन हुँदैछ ।

चलचित्र हेर्न आउने दर्शकहरु मध्ये २ जनालाई हिमालयन मार्टले उपहार प्रदान बताइएको छ ।

यस्तै आगामी नोवेम्वर ३० तारिक ओकिनावामा प्रर्दशन हुने चलचित्र छक्कापञ्जा भने निशुल्क हेर्ने व्यवस्था मिलाईएको आयोजक क्युएस रेमिट जापानले जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web