<p>काठमाडौं,मंसिर ४ । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइल सेवामा तत्कालै बिलिङ हुने (रियल टाइमिङ बिलिङ) सिस्टममा समावेश गरेको छ। टेलिकमले शुक्रबार राति ११ बजेदेखि काम सुरु भएकोमा साढे ५ घण्टाभित्रै रियल टाइम बिलिङ सिस्टममा लगिएको टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिए।<br></p><p>पोस्टपेडमा रियल टाइम बिलिङ सिस्टम समावेश भएसँगै ग्राहकलाई बिल भुक्तानीका लागि सहजता हुने छ। ‘भविष्यको सहजतालाई लक्षित गर्दै नयाँ सिस्टम समावेश गरिएको हो’ । यो सिस्टमसँगै प्राविधिक असामञ्जस्यताका कारण छुट्टाछुट्टै रुपमा बिल भुक्तानी गर्नुपर्ने वाध्यकारी अवस्था अन्त्य भएको छ। टेलिकमले गएराति ११ बजेदेखि बिहान ६ बजेसम्म जिएसएम तथा सिडिएमए सेवा अवरुद्ध हुन सक्ने पुर्व सूचना गराएको थियो।<br></p>
15.19¡ÆC