एशिया कपका लागि नेपाली महिला टोलीको घोषणा

मंसिर ३, २०७३ मा प्रकाशित | 921 views

एशिया कपका लागि नेपाली महिला टोलीको घोषणा

<p>काठमाडौं,मंसिर ३ । आगामी नोभेम्बर २७ देखि थाइल्याण्डमा हुने छैटौं संस्करणको एशिया कप टी—२० महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि सम्मिलित छनौट समितिले आज १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीको कप्तानीको जिम्मेवारी रुविना क्षेत्रीलाई कायमै राखिएको छ ।</p><p>नेपाली टोलीका सदस्यहरुमा इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मी शर्मा चौलागाईं, रोशनी बोहर, सवनम राई, सीता मगर, सरस्वती कुमारी चौधरी, संगीता राई, शोभा आले र सीता रानामगर छन् । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल २६ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ । त्यस्तै २८ नोभेम्बरमा श्रीलंका, २८ नोभेम्बरमा बंगलादेश, १ डिसेम्बरमा आयोजक थाइल्याण्ड र २ डिसेम्बरमा भारतीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web