जापानमा अध्ययनरत नेपाली युवतीहरु यौन शोषणमा, चासो र चिन्ता बढ्यो, समाधान प्रयास भएन

टोकियो ।
जापानमा अध्ययनको लागि आएका नेपाली युवतीहरुमाथि यौन शोषण हुने गरेको गम्भिर तथ्य सार्वजनिक भएको छ ।

जापानको ओकिनावा टाईम्सले यस्तो कुराको पुष्टि गर्दै महत्वका साथ समाचार छापेपछि घटना बाहिर आएको हो ।

जापानको अन्य ठाउँमा समेत यस्ता घटना हुने गरेको नेपालीहरुबिच बेला बेलामा चर्चा भएपनि ओकिनावामा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि भने यौन शोषणसम्मको घटना भइरहेको ओकिनावा टाइम्सले आफ्नो एक बर्षको अध्ययनले देखाएको समाचार लेखेको छ ।

ओकिनावाबाट प्रकाशित हुने अन्य स्थानिय पत्रिकाले समेत नेपाली विद्यार्थीहरुको आवश्यक कागजपत्र हडपेर राख्ने गरेको समाचार बाहिर आए लगतै यस्ता समाचारहरु प्रकाशित गरेका छन् ।

आवासिय अनुमतिपत्र जाईरियो कार्ड एवं विमा कार्ड होकेनस्यो विद्यार्थीलाई नदिइ विद्यालयहरुले नै राख्नेगरेको रहस्य सार्वजनिक हुन नपाउँदै नेपाली महिला विद्यार्थीमाथि यौन शोषणको डरलाग्दो खवर बाहिरिएको हो ।

ओकिनावाका पत्रिकाहरुले लेखे अनुसार नेपाली कन्सल्टेन्सी तथा शैक्षिक परामर्सदाताहरुकै कारण विद्यालयहरुले त्यस्ता महत्वपूर्ण कागज विद्यार्थीलाई नदिए राख्ने गरेका हुन् ।

विद्यार्थीहरु विभिन्न बहानामा भाग्ने गरेकाले आफुहरुले नेपाली परमर्शदाता तथा एजेन्टहरुले नै भनेकाले राखेको विद्यालय प्रशासनले बताएको समाचारमा उल्लेख छ ।

जापानको दक्षिणी क्षेत्रमा पर्ने ओकिनावा टापुमा करिव दुई हजार नेपाली विद्यार्थी अध्ययन गर्दै आएका छन् । नेपाली पक्ष वा अन्य कुनै ठाउँबाट पुष्टि गर्न नसकिएपनि जापानी पत्रिकाले आफ्नो अध्ययनले भन्दै यस क्षेत्रमा रहेका अधिकाशं नेपाली युवतिहरु विभिन्न खाले यौन शोषणमा पर्ने गरेको लेखेको छ । उसले यसमध्ये कयौं बाध्यतावश यौन सम्पर्कसम्मको यौन शोषणमा परिररहेको जनाएको छ ।

पत्रिकाले नेपाली युवतीहरु यौन शोषणमा पर्नुपर्ने बाध्यताको कारण समेत लेख्दै कमजोर भाषा, जसरी पनि पैसा कमाउनुपर्ने बाध्यता र लक्ष्य रहेको जनाएको छ ।

विद्यार्थीको रुपमा आएर अध्ययनका लागि भन्दा पैसा कमाउनकै लागि लक्ष्य राख्दा जस्तो सुकै सम्झौता गर्दा उनिहरु शोषणमा पर्ने गरेको समाचारमा लेखिएको छ ।

पत्रिकाले जापान अध्ययनका लागि आउने युवतीहरुले थोरै पैसा बोकेर आउने, भाषामा अत्यन्त कमजोर, सहयोग गर्ने व्यक्ति नहुँदा यौन शोषणलाई स्विकार्दै आएको लेखेको छ ।

विद्यालयले महत्वपूर्ण कागजात नदिंदा, काम गर्ने ठाउँ खोज्न समस्या, कामदार कम्पनीले अरुको तुलनामा न्युन ज्याला दिने, काम दिएपनि परिश्रम र दवाव बढि पर्ने गरेको उल्लेख गर्दै पत्रिकाले यस्ता समस्या झेल्न नसकेर अधिकाशं विद्यार्थीहरु ओकिनावाबाट अन्यत्र शहरमा जाने गरेको समेत बताएको छ ।

२८ घण्टा भन्दा बढी समय काममा लगाउन नपाउने भएपनि सो भन्दा बढी समय लगाएर कम ज्याला दिएर नेपाली विद्यार्थीहरुमाथि शोषण भइरहेको भन्दै पत्रिकाले उनिहरुले तल्लो स्तरको मानिएको खेतीपाती, माछा मासु काट्ने, तरकारी काट्ने देखि केहीले अवैध मानिएको डान्स बार तथा यौन क्रियाकलाप सम्म हुने त्यस्ता खाले ठाउँमा काम गर्नुपरिरहेको दावीका साथ समाचार लेखेको छ ।

यस्ता समाचार बाहिरिएसँगै जापानमा रहेका नेपाली समुदायबाट घटनाबारे चिन्ता र चासो व्यक्त गरिएका छन् ।
तर जापानमा रहेका नेपालीहरुको साझा अभिभावक मानिने नेपाली राजदूतावास जापान र ठूलो संस्थाको रुपमा चिनिएको एनआरएन जापान लगायत संघसंस्थाहरुले केही बोलेको छैनन् ।

यस्ता घटनाका समाचार तथा विवरणहरु जापानमा रहेका क्रियाशिल परिचित केही व्यक्ति तथा समाचारमार्फत जापान सहित नेपालमा समेत पुग्दा जापानमा अध्ययनका लागि आएका आफ्ना किशोरी छोरी तथा छोराहरुबारे चिन्ता र चासो व्यक्त गर्ने क्रम बढेको पाइएको छ ।

बबरमहल–त्रिपुरेश्वरमा यस्तो ‘फ्लाई ओभर’ बन्ने भो

काठमाडौं ।

काठमाडौँ उपत्यकालाई व्यवस्थित र सवारी जामरहित बनाउनका लागि बबरमहल–त्रिपुरेश्वर सडक खण्डमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । काठमाडौँको बढी सवारीजाम हुने क्षेत्रमध्ये बबरमहल–थापाथली–त्रिपुरेश्वर एक हो ।

त्रिपुरेश्वरबाट सीधै माइतीघर पुगिने गरी निर्माण हुने यस फ्लाई ओभरबाट थापाथली भएर माइतीघर पुग्नुपर्ने बाध्यता हट्नुका साथै त्रिपुरेश्वर, थापाथली र माइतीघर सडक खण्डको जाम पनि पूर्णरूपमा हट्ने विश्वास गरिएको छ । करिब एक किलोमिटर लम्बाइको यो फ्लाई ओभर निर्माणका लागि नौ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । सडक विभाग वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जय श्रेष्ठले यो सडक खण्डमा ‘फ्लाई ओभर’ निर्माणका लागि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए।

यो ‘फ्लाई ओभर’ निर्माणका लागि जापानी सहयोग नियोग 'जाइका'ले प्रारम्भिक डिजाइन नेपाल सरकारलाई बुझाइसकेको जानकारी उनले दिए। जाइकाले सो डिजाइन जापानी कम्पनी ‘निपन–कोई’बाट गराएको थियो । करिब नौ अर्ब रुपियाँको लगानीमा निर्माण हुने सो ‘फ्लाई ओभर’ जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिनेछ ।

प्रारम्भिक डिजाइनमा मात्र दुई लेनको प्रस्ताव गरिएको छ, जुन अहिले सो सडक खण्डमा गुड्ने सवारी साधनका लागि पर्याप्त हुन सक्दैन भन्दै उप–महानिर्देशक श्रेष्ठले चार लेनको डिजाइन गर्न सरकारले जाइकालाई अनुरोध गरेको जानकारी दिए। उनले चार लेनको डिजाइन जाइकाले चाँडै नै सरकारलाई बुझाउने बताए। आजको गोरखापत्रमा खबर छ ।

जाइकाले सरकारलाई बुझाएको प्रारम्भिक डिजाइनमा त्रिपुरेश्वरबाट माइतीघरसम्म सीधा फ्लाई ओभर निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ । युरोफेली–अमेरिकी मापदण्डको निर्माण हुने सो फ्लाई ओभरमा अत्याधुनिक सुविधा र सुरक्षाका प्रबन्ध मिलाइने जानकारी दिइएको छ ।

यो फ्लाई ओभर निर्माण गर्दा नेपाली सेना र त्रिभुवन विश्वविद्यालयको केही जग्गा काटिने भएकाले यसको निर्माणमा सैनिक र त्रिभुवन विश्वविद्यालयको पनि सहमति आवश्यक रहेको श्रेष्ठले बताए।

यातायातको व्यवस्थापनका लागि राजधानीको चाबहिल, कालीमाटी, कोटेश्वर, बानेश्वर, महाराजगञ्जलगायतका ठाउँमा पनि ‘फ्लाई ओभर’ निर्माण गर्ने योजना सरकारको रहे पनि ती ठाउँमा अहिलेसम्म कुनै किसिमको काम प्रारम्भ भएको छैन ।सरकारले बानेश्वरमा फ्लाई ओभर निर्माण गर्न चार वर्षअघि नै चार करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । सडक विभागले बङ्गलादेशी कम्पनीसँग मिलेर अध्ययनसमेत गरेको तर त्यो अध्ययन विवादमा आएपछि बीचमै रोकियो र सो क्षेत्रमा सडक विस्तारको काम सुरु भएको थियो ।

बाबुरामलाई जुत्ता हानेका सञ्जिवकी आमा भन्छिन्-‘छोराले जे गर्यो राम्रो गर्यो’

काठमाडौं ।
बिहीबार पोखराको पृथ्वी नारायण क्याम्पस हाताभित्र नयाँ शक्ति निकट नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई लक्षित गरेर कैलालीका सञ्जिव भट्टराईले जुत्ता प्रहार गरे ।

कैलाली नारायणपुरका २९ वर्षीय भट्टाई पृथ्वी नारायण क्याम्पसमा अर्थशास्त्रमा स्नातकोतरमा अध्ययनरत थिए । उनले जुत्ता प्रहार गर्नुअघि उनले ‘बाबुराम भट्टराई मुर्दावाद’ भन्दै कालो झन्डा देखाएर नारा लगाएका थिए । घटनालगत्तै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बगरको हिरासतमा राखेर साँझ उनलाई छोडिदिएको छ । उनले प्रहरी समक्ष नेताहरुले देश विगारेका कारण वितृष्णा जागेकाले जुत्ता हानेको बताए । उनले जुन सुकै ठूला पार्टीका ठूलो नेता भएको भए पनि प्रहारा गर्ने उनको लक्ष्य रहेको प्रहरीसमक्ष बयान दिए ।

हुन त हाम्रो गोत्र एउटै हो । उनी पनि भट्टराई हामी पनि भट्टराई । हामी पोखराका हौँ उनी गोर्खाका यति मात्रै फरक हो । तर, राजनीतिले जात, धर्म, गोत्र भन्दैन । र मेरो छोराले पनि त्यस्तै सोच्दैन । हाम्रा तीन छोरा मध्येको माइलो छोरा हो । मेरो जेठा छोरा संतोष चितवनमा अधिकृत छ भने कान्छो छोरा सागर काठमाडौँमा बसेर पढ्दै छ । माइलो सञ्जिव धेरै दुःख, हण्डर खाइसकेको आम युवा हो । ऊ पोखरा बसेर पृथ्वी नारायण क्याम्पसमा अध्ययनर थियो । उसको व्यवहार एकदमै हसिलो परासिलो छ । धेरै कुरा मनमा खेलाएर बस्न सक्दैन ।

हामी विवाह कार्यक्रममा थियो । गाउलेबाट नै छोरा सञ्जिवले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई जुत्ता प्रहार गरेको खबर पायौँ । पहिला केही नराम्रो लागे पनि हामी छोरासँग सहमत छौँ । उसले जे गर्यो राम्रो गर्यो । विकास गर्छु भन्दै हिँड्नेले विकासका काम नगरेको देख्दा जसको पनि चित्त दुख्छ हैन र रु अहिलेको अवस्थालाई हेर्दा पार्टीमा पुगको मान्छेले आफ्नै भुडी भरेको देखिन्छ । देश भनेको त सामान्य मान्छेलाई मात्र चाहिने । उनीहरुलाई मात्र देशको चिन्ता हुने । त्यसैले कारणले पनि होला छोराले जुत्ता प्रहार गरेको । तर, हामी उसको ब्यवहार प्रति पूर्णरुपमा सहमत छौँ ।

१० वर्ष जनयुद्धका बेला धेरै जनताले दुःख पाए । अव विकास गर्नु पर्ने हो । तर, अहिले भट्टराईले पार्टीभित्र चित्त नबुझेर पार्टी टुक्राउँदै हिँडेका छन् । त्यसरी नै देशलाई निकास चाहिएको बेला नेताहरुले देश टुक्राउने सहमती गर्न लागेका छन् । त्यहि भएर उसले यस्तो गरेको हुनु पर्छ ।

उसले पहिला कैलालीस्थित रमेश चौधरीले संचालन गरेको फूलबारी एफएममा समाचार वाचकको रुपमा करिब ५ वर्ष जति काम पनि गरेको थियो । फूलबारी एफएममा काम गर्दा उसले पाउनु पर्ने उचित पारिश्रमिक प्राप्त गर्न नसेपछि ऊ पोखरा पढ्ने गएको थियो । सञ्जिवका बुबा स्थानिय विद्यालयमा अध्यापन गराउँछन् भने आमा नारायणपुर गाविसकी उपाध्यक्ष तथा एमाले नेत्री हुन् ।

हांस्य कलाकार लाजालाम अर्थात् आरपी भट्टराइको निधन

काठमाडौं ।
लाजालाम मेलो नाम, बिहे नगली हुन्तुकी पलमधाम बोलको थेगोबाटै चर्चित बनेका कलाकार आरपी लामिछानेको आकस्मिक निधन भएको छ ।

हांस्य टेलिश्रृंखना तितोसत्यबाट हांस्य कलाकारको लोकप्रिय छवि बनाएका उनको बिराटनगरमा निधन भएको हो ।

पछिल्लो पटक उनले अभिनय गरेको छक्का पञ्जा चलचित्र हाल प्रदर्शनमै रहेको छ । आरपी राष्टिय नाचघरका कलाकार समेत हुन् ।

कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा लेखे अनुसार बेलुकी खाना खाएर सुतेका उनि बिहान मृत भेटिएका हुन् ।

प्रेसर, सुगर जस्ता रोगबाट पीडित रहेका ४२ बर्षीय आरपी लामिछानेको मृत्युको कारण भने खुलिसकेको छैन ।

चारदिन अघि मात्र सामाजिक सञ्जालमा आफु घर जाँदै भनेर लेखेका उनको श्रीमती र २ छोरा रहेका छन् ।

आरपीले हांस्य व्यंग्यका करिव १ दर्जन गित पनि गाएका छन् ।

संविधान संशोधन बिरुद्ध रिटमा सर्वोच्चले प्रधानमन्त्री र सभामुखलाई बोलायो

काठमाडौं ।

विवादास्पद संविधान संशोधनका विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले प्रधानमन्त्री र सभामुखलाई जवाफको लागि उपस्थित हुन निर्देशन दिएको छ ।

पूर्व सांसद मञ्चले दायर गरेको रिटमा विपक्षी अर्थात् प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीलाई समेत पुस ५ गते अदालतले झिकाएर यसबारे छलफल गरेपछि अन्तरिम आदेश दिने नदिनेबारे निर्णय गर्ने भएको छ ।

रिटमाथि विहीबार सर्वोच्च अदालतमा पहिलो सुनुवाइ भएको हो । रिट निवेदकले संविधान संशोधन रोक्न अन्तरिम आदेश माग गरेकामा यसबारे अन्तरिम आदेश दिने वा नदिने सम्बन्धमा आगामी पुस ५ गते छलफल हुने भएको छ ।

न्यायाधीश जगदीशप्रसाद शर्माको एकल इजलासले अदालतमा विपक्षीलाई पनि उपस्थित गराउनू भन्ने आदेश दिएको छ ।

पूर्वसांसद मञ्चले दायर गरेको रिटमा संविधान संशोधन प्रस्तावविरुद्ध अन्तरिम आदेशको माग गरिएको थियो । तर, अदालतले विपक्षीसँग छलफल गरेरमात्रै अन्तरिम आदेशबारे निर्णय लिने भएको छ ।

यू-१९ क्रिकेटका कप्तान सन्दिप लामिछाने एपीएफ क्लबमा अनुवन्धित

काठमाडौं ।
यु-१९ क्रिकेटका कप्तान सन्दिप लामिछाने सशस्त्र प्रहरीको विभागिय क्रिकेट क्लव एपिएफ क्लबमा अनुबन्धित भएका छन् ।

युवा क्रिकेटर सन्दिपले अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको एकेडेमीमा झण्डै २ महिना क्रिकेट खेलेर लाए लगत्तै एपिएफसँग अनुबन्ध गरेका हुन् ।

यू १९ एसिया कपको तयारीमा रहेका सन्दिलाई एपिएफले बिहीबार क्लबमा अनुवन्धित गरेको हो ।

एपिएफ क्लवले रातौं राष्ट्रिय खेदकुदको तयारीका लागि टिम निर्माण भइरहेको समेत बताएको छ ।

बाबुराम भट्टराईलाई भट्टराईले नै हाने जुत्ताले, पोखरामा खनियो जनआक्रोस

२३ मंसिर, पोखरा ।
नयाँ शक्ति नेपाल पार्टिका संयोजक डा.बाबुराम भट्टराईमाथि पोखरामा जनआक्रोस पोखिएको छ । उनलाई एक युवाले जुत्ता प्रहार गरि आक्रोस पोखेका छन् ।

पृथ्वीनारायण क्याम्पसमा कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेका हुन् । उनि अर्थशास्त्र विषयमा स्नाकोत्तर अध्ययनरत विद्यार्थी हुन् ।

भट्टराई बोलिरहेका बेला पछाडि बसेका सञ्जिवले बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाएर जुत्ता प्रहार गरेका हुन् ।

भट्टराई पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा भन्दै गरेको कार्यक्रममा भट्टराई थर भएकै युवाले उनिमाथि जुत्ता प्रहार गरेका हुन् ।

आफु बिरुद्ध जनताको आक्रोस पोखिएर मुर्दावाद भन्दै कालो झण्डा देखाउँदा भट्टराईले बिरोध गर्नुको कारण र जनताको आक्रोस बुझ्न खोज्नुको साटो उल्दै कालो झण्डा र गाली तथा मुर्दाबादका नारा कति सुनियो सुनियो, यसले केही फरक पर्दैन भनेका थिए ।

लगत्तै सञ्जिवले आफुले लगाएको जुत्ता फुकाल्दै भट्टराईलाई ताकेर हानेका थिए । तर पनि भट्टराईलाई जुत्ताले भने लागेन ।

भट्टराईमाति जुत्ता प्रहार भएपछि उनका कार्यकर्ताहरुले सञ्जीवमाथि हातपात गरेका थिए । पछि उनलाई प्रहरीको जिम्मा लगाएका छन् । भट्टराईका कार्यकर्ताको कुटाइबाट सञ्जिवको कान र नाकमा चोट लागेको छ ।

प्रहरीले सञ्जिवलाई वडा प्रहरी कार्यालय बगरमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

१५ जनवरी जापानमा ‘विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड’को भव्य कन्सर्ट

टोकियो ।
स्वरले नै लोकप्रिय बनेका एक गायक हुन् विपुल क्षेत्री । स्वरले यस अर्थमा गित भन्दा म्युजिक भिडियोमा बढी मेहनत र लगानी खर्चेर चल्तीका बनिरहेका गायक भन्दा फरक छन् उनि अर्थात् विपुल ।

युट्युवमा मात्र उनलाई सब्सक्राइब गर्नेको संख्या ७८ हजार नाघिसकेको छ । राम साईलि, असार, सिन्डिकेट जस्ता गितलाई युट्युवमा दशौं लाख पटक सुनिसकिएको छ ।

त्यसो त उनको लोकप्रियता दाँज्ने र जाँच्ने यि नै एकमात्र आधार भने होइनन् । विना कुनै म्यूजिक भिडियो, केवल दुई एल्बम (इस्केचेज अफ दार्जिलिगं २०१४, मायाँ २०१६), त्यसमाथि विल्कुल फरक धारको नेपाली गित संगित ।

यसैको जगमा टेकेर सबै उमेर समुहको रोजाईमा पर्न सक्नु उनको वास्तविक संगितको कला हो । यस कारण लोकप्रिय छ विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड ।

विश्वविख्यात विश्वविद्यालयमा सांगितिक अध्ययन गरेका बिपुलको अगाडी पश्चिमा र भारतीय संगित क्षेत्रको कमाई र लोकप्रियताको अवसर बग्रेल्ति थिए र छन् ।

तर पनि मनै नेपाली तनै नेपाली भएपछि सबै फिक्का हुँदो रहेछ बिपुल भन्छन्-'हिन्दी र अंग्रेजी भाषामा काम गर्न अहिलेसम्म रुचि जागेको छैन, म नेपाली हुँ र नेपाली संगीत नै मेरा निम्ति प्रिय छ, अबको मेरो जीवन नेपाली संगीतमै समर्पित रहनेछ ।'

बसाईले भारत भएपनि विगुलकै शब्दमा भन्ने हो भने शरीरमा नेपाली रगत र श्रृजनामा नेपाली संगित बोक्दै नयाँ सांगितिक अध्याय कारिरहेका बिपुल आगामी महिना अर्थात् जनवरी १५ तारिखका दिन जापानमा रहेका नेपालीहरुका लागि सांगितिक मनोरञ्जन दिन आउने भएका छन् ।

'बिदेसिएका नेपालीमा नेपाली भावना प्रगाढ हुन्छ, म त्यही नेपाली संस्कारमा हुर्किएँ, त्यसैले आफ्नोपन जाग्छ, अझ राम्रो गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।' यहि भावनाका साथ जापानमा रहेका नेपालीहरुका लागि नेपालीपन झल्कने मौलिक गित संगित पस्कन विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड आउन लागेको आयोजक गोरेटो प्रोडक्सन्स् टिमले टपनेपालन्युजडटकम लाई जानकारी दिएको छ ।

नेपालमा आधा दर्जन कन्सर्ट गरेका बिपुल नेपालसँगै भारतमा रहेका नेपालीबिच उत्तिकै लोकप्रिय छन् । दर्जन हाराहारीमा भारतका ठूला सहरमा कन्सर्ट गरिसकेको विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डले जनवरी १५ तारिखमा जापानमा रहेका नेपालीहरुका लागि विशेष प्रस्तुती गर्दैछ ।

आफ्ना लोकप्रिय दर्जन बढी गितसँगै केही नयाँ श्रृजना समेत पस्कने तयारीमा रहेको बताइएको कन्सर्टको तयारी र टिकट विक्रि धमाधम भइरहेको आयोजकले बताएको छ ।

जापानमा मुक्ति एण्ड रिभाइवल व्याण्डको हालसम्मकै भव्य नेपाली कन्सर्ट गरेको 'गोरेटो प्रोडक्सन्स्'ले बिपुल र उनको व्याण्डको यस कन्सर्टलाई अझै उत्कृष्ठ बनाउने बताएको छ ।

नयाँ बर्षको शुभकामना सँगै जनवरी १५ तारिख आइतबारका दिन हुने कन्सर्ट टोकियो स्थित रुने कोदाइरा हल कोदाइरा स्टेशन नजिक गर्ने भएको छ ।

टोकियो सहित नजिकका शहरबाट समेत कन्सर्टमा आउनको लागि टिकट लिने क्रम बढेको भन्दै आयोजकले हालसम्म ३ सय बढी टिकट विक्रि भइसकेको भन्दै एक हजार दर्शक उपस्थित हुने लक्ष्य राखेको छ ।

साँझ ६ बजेबाट हुने कन्सर्टको लागि ४ बजेनै हल खुल्ला हुने र कन्सर्ट समयमै सुरु हुने भन्दै आयोजकले टिकट बुकिगं र विक्रि उत्साहजनक रहेकोमा हालसम्म टिकट लिनुभएका सबैलाई धन्यवाद सहित टिकट लिन चाहनुहुने सबैलाई समयमै लिगिदिन अनुरोध समेत गरेको छ ।

कार्यक्रम स्थलमै टिकट लिएमा ४ हजार जापानी येन लाग्ने भएकाले अहिलेनै लिएमा ५ सय येन छुट रहेको भन्दै टिकट बुकिगंको लागि आयोजलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कार्यक्रमबारे आयोजकको जानकारी र सम्पर्क यहाँबाट गर्न सकिन्छ
Bipul Chettri & the travelling band live in JAPAN (TOKYO)!!!
Date: 2017 January 15th, Sunday
Venue: TOKYO (Rune Kodaira Hall)
Access: Kodaira Station
(Just 1 min walk from station)
24 mins to Kodaira station from Takadanobaba Station
Gate open at: 16:00 PM
Live Start: Sharp 17:00 PM
Ticket Price: ¥3500 (Advance)
¥4000 (On door)

For Booking Please Message Us.. Goreto Production

लौन भगवान नै खतरामा परे !

काठमाडौं ।
हिन्दु धर्मावलम्बीको आश्थाको केन्द्र बनेको जुम्लाको चन्दननाथ मन्दिरमा मंसिर ११ गते भएको मूर्ति चोरी घटनाको प्रहरी अनुसन्धान जारी छ ।

काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थलमा छ।

गृहमन्त्रालयले घटनाको चासो मात्र दिएको छैन। जतिसक्दो चाँडो घटनाको सत्यतथ्य सार्वजनिक गर्न दबाब पनि दिइरहेको छ ।

तालुकदार मन्त्रालय र पुरातात्वविभागले घटनाका सम्बन्धमा चासो देखाइरहेका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लीएका हौ।

जुम्लेलीहरू सडकमै ओर्लिएर मूर्ति खोज्न दबाब दिइरहेका छन्।

जुम्लाको घटनाअघि डोल्पाको शे गुम्बाबाट पाँच थान प्राचिन बहुमुल्य मूर्ति चोरिएका थिए।

प्रहरीका अनुसार तथ्यांक घटनाक्रमले देशका विभिन्न स्थानमा रहेका बहुमुल्य, पुरातात्विक र प्राचिन मूर्ति, शिलालेख तथा स्मारक खतरामा रहेको संकेत देखिएपनि खतरा कसबाटरु प्रहरी स्वयम् अलमलमा छ।

अब काठमाडौंमा ‘मोनो रेल’

काठमाडौं ।
काठमाडौंमा शहरी पारवहन 'मोनो रेल' सञ्चालनका लागि लगानी बोर्डले तीव्रगतिमा गृहकार्य अगाडि बढाएको छ ।

काठमाडौंमा मोनो रेल र मेट्रो रेलको विकास निर्माण र सञ्चालनका लागि अध्ययन गर्ने जिम्मा पाएसँगै बोर्डले गृहकार्यलाई तीव्रता दिएको हो ।

काठमाडौं मोनो रेल सञ्चालनका लागि मोनो रेल कम्पनी प्रालीले प्रस्ताव गरेको छ भने यसले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर त्यसको प्रतिवेदन बोर्डलाई बुझाएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

बोर्डले उक्त प्रतिवेदन अध्ययन गरिरहेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रस्तावक कम्पनीले निर्देशन दिइए अनुसार प्रतिवेदन बुझाइसकेपछि त्यो प्रतिवेदन हेरेर निर्णय निले बताए।

भारतीय षड्यन्त्र, अबौैं घाटा पारेर बूढीगण्डकी आयोजनाको आधा पानि खेर

काठमाडौं ।
बूढीगण्डकी जलाशययुक्त आयोजनाको कुल जलभण्डारमा आधा पानी उपयोग गर्नै नमिल्ने 'डेड स्टोरेज' गरी डिजाइन गरेको फेला परेको छ ।

बाँध बाँधेर नियन्त्रण गरिने पानीलाई सुख्खायाममा अमृत समान मानिए पनि बूढीगण्डकीको परामर्शदाता ट्र्याकवेलले आधा पानी सिँचाइ तथा बिजुली उत्पादनमा उपयोग गर्न नसकिने गरी डिजाइन गरेको हो ।

बूढीगण्डकीको कुल ४५ किलोमिटर लामो जलभण्डारमा चार अर्ब ४० करोड क्युबिक मिटर पानी जम्मा हुन्छ । कुल आयतनमध्ये दुई अर्ब २० करोड क्युबिक मिटर पानीमात्र उपयोग गर्न मिल्ने गरी डिजाइन गरेर बूढीगण्डकी जलविद्यत् आयोजना विकास समितिलाई परामर्शदाता ट्र्याकवेलले एक वर्षअघि बुझाएको हो । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

भारतले सुरु गरेको नदी जोड योजनालाई सघाउ पुग्ने गरी बूढीगण्डकीको पानीलाई उपयोगहीन बनाइएको तर्क जलस्रोत क्षेत्रका ज्ञाताहरूले गरेका छन् ।

यस्ताखाले जलभण्डारमा सामान्यतया १० प्रतिशत पानी मात्र डेड स्टोरेज राख्ने विश्वव्यापी चलन छ ।

परामर्शदाता ट्र्याकवेलले बुझाएको डिजाइन र विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० माथि टिप्पणी गरी उपयुक्त रायसुझाव पेस गर्न समितिले पूर्वजलस्रोतमन्त्री तथा जलस्रोतविद् दीपक ज्ञवालीको नेतृत्वमा विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक दीपकप्रसाद उपाध्याय र विद्युत् विकास विभागका पूर्वउपमहानिर्देशक दामोदर भट्टराईसहितको टोलीलाई जिम्मा दिएको थियो ।

टोलीले गत फागुन २ मा समितिलाई आफ्नो सुझावसहितको प्रतिवेदन बुझाएको थियो । टोलीमा पूर्वजलस्रोत सचिव डा. द्वारिकानाथ ढुंगेल र पूर्व ऊर्जासचिव शीतलबाबु रेग्मी पनि सहभागी थिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका ज्ञवालीले नेपाललाई आर्थिक र प्राविधिक रूपले ठूलो नोक्सानी हुने गरी डिजाइन गरिएको र उक्त डिजाइन सच्याउनुपर्ने बताए ।

‘जनतालाई उठिबास लगाएर जम्मा गरिएको पानी आधामात्र उपयोग हुने गरी डिजाइन आउनु सरासर गलत नियत देखिन्छ, ज्ञवालीले बुधबार अन्नपूर्णसित भने, ‘यो पानी पूर्ण उपयोग हुने गरी डिजाइन गरेको भए चितवन र नवलपरासीका एक लाख हेक्टरमा सिँचाइ पुग्ने र सप्तगण्डकीमा आठ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने थियो ।'

ज्ञवालीका अनुसार सन् १९८२ मा बूढीगण्डकी अध्ययन गरिँदा 'त्यतिबेला ६ सय मेगावाट, हाल १२ सय मेगावाट' नारायणी नदीमा पानी थप हुन पुगी सप्तगण्डकी बहुउद्देश्यीय आयोजना '२२५ मेगावाट' को विद्युत् उत्पादन क्षमता आठ सय मेगावाट पुग्ने उल्लेख गरिएको थियो । ‘सप्तगण्डकी, विद्युत् र सिँचाइ तीनवटै मुख्य जलस्रोतलाई पूरै बेवास्ता गरिएको रहेछु, ज्ञवालीले भने ।

जलभण्डारमा सञ्चित नियन्त्रित पानीको अधिकतम उपयोग गर्न कुलेखानीको अनुभवबाट पाठ सिक्दै स्लोपिङ इनटेक डिजाइन 'बाँधको पिँधमा पानी निकास हुने' गर्न टोलीको प्रतिवेदनले सुझाएको छ ।

परामर्शदाता ट्र्याकवेलले बूढीगण्डकीबाट विद्युत् उत्पादन हुँदाका बखत आउने बाढीसरहको पानीलाई नियन्त्रण गर्ने संरचना 'रि–रेगुलेटिङ ड्याम' को परिकल्पना गरेको छैन ।

नयाँ किन्दा कमिसन पाउने भएपछि अर्बौका स्वास्थ्य उपकरण खेर फाल्दै

काठमाडौं ।
मुलुकका प्रमुख अस्पतालहरूमा सरकारले अर्बौ रूपैयाँ खर्चेर खरिद गरेका स्वास्थ्य उपकरणहरू बेकम्मा भएर थन्किएका छन् ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन क्षेत्रीय अस्पताल पोखरा र अन्य अस्पतालका उपकरण मर्मत नगरी थन्क्याइएका हु।

नयाँ खरिद गर्दा कमिसन पाइने भएकाले बिग्रिएका महंगा उपकरणहरू मर्मत नगरिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला अस्पतालसहित मुलुकमा १ सय भन्दा बढी सरकार अस्पताल छन्। मुलुकको सबैभन्दा पुरानो अस्पताल वीरमा मात्रै करोडौका उपकरण थन्क्याएर राखिएको छ ।

वीरमा युरोलोजी, न्यूरो, कार्डियो र जनरल सर्जरी, इएनटी, रेडियोलोजी,आँखा, फिजियो, ग्यास्ट्रो र अन्य रोगसँग सरोकार राख्ने उपकरण बिग्रिएको भन्दै थन्क्याएर राखिएको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web