काठमाडौं ।
लाजालाम मेलो नाम, बिहे नगली हुन्तुकी पलमधाम बोलको थेगोबाटै चर्चित बनेका कलाकार आरपी लामिछानेको आकस्मिक निधन भएको छ ।

हांस्य टेलिश्रृंखना तितोसत्यबाट हांस्य कलाकारको लोकप्रिय छवि बनाएका उनको बिराटनगरमा निधन भएको हो ।

पछिल्लो पटक उनले अभिनय गरेको छक्का पञ्जा चलचित्र हाल प्रदर्शनमै रहेको छ । आरपी राष्टिय नाचघरका कलाकार समेत हुन् ।

कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा लेखे अनुसार बेलुकी खाना खाएर सुतेका उनि बिहान मृत भेटिएका हुन् ।

प्रेसर, सुगर जस्ता रोगबाट पीडित रहेका ४२ बर्षीय आरपी लामिछानेको मृत्युको कारण भने खुलिसकेको छैन ।

चारदिन अघि मात्र सामाजिक सञ्जालमा आफु घर जाँदै भनेर लेखेका उनको श्रीमती र २ छोरा रहेका छन् ।

आरपीले हांस्य व्यंग्यका करिव १ दर्जन गित पनि गाएका छन् ।

22.58¡ÆC