नयाँ किन्दा कमिसन पाउने भएपछि अर्बौका स्वास्थ्य उपकरण खेर फाल्दै

मंसिर २३, २०७३ मा प्रकाशित | 990 views

काठमाडौं ।
मुलुकका प्रमुख अस्पतालहरूमा सरकारले अर्बौ रूपैयाँ खर्चेर खरिद गरेका स्वास्थ्य उपकरणहरू बेकम्मा भएर थन्किएका छन् ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन क्षेत्रीय अस्पताल पोखरा र अन्य अस्पतालका उपकरण मर्मत नगरी थन्क्याइएका हु।

नयाँ खरिद गर्दा कमिसन पाइने भएकाले बिग्रिएका महंगा उपकरणहरू मर्मत नगरिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला अस्पतालसहित मुलुकमा १ सय भन्दा बढी सरकार अस्पताल छन्। मुलुकको सबैभन्दा पुरानो अस्पताल वीरमा मात्रै करोडौका उपकरण थन्क्याएर राखिएको छ ।

वीरमा युरोलोजी, न्यूरो, कार्डियो र जनरल सर्जरी, इएनटी, रेडियोलोजी,आँखा, फिजियो, ग्यास्ट्रो र अन्य रोगसँग सरोकार राख्ने उपकरण बिग्रिएको भन्दै थन्क्याएर राखिएको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web