जापानमा अध्ययनरत नेपाली युवतीहरु यौन शोषणमा, चासो र चिन्ता बढ्यो, समाधान प्रयास भएन

मंसिर २४, २०७३ मा प्रकाशित | 3114 views

टोकियो ।
जापानमा अध्ययनको लागि आएका नेपाली युवतीहरुमाथि यौन शोषण हुने गरेको गम्भिर तथ्य सार्वजनिक भएको छ ।

जापानको ओकिनावा टाईम्सले यस्तो कुराको पुष्टि गर्दै महत्वका साथ समाचार छापेपछि घटना बाहिर आएको हो ।

जापानको अन्य ठाउँमा समेत यस्ता घटना हुने गरेको नेपालीहरुबिच बेला बेलामा चर्चा भएपनि ओकिनावामा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि भने यौन शोषणसम्मको घटना भइरहेको ओकिनावा टाइम्सले आफ्नो एक बर्षको अध्ययनले देखाएको समाचार लेखेको छ ।

ओकिनावाबाट प्रकाशित हुने अन्य स्थानिय पत्रिकाले समेत नेपाली विद्यार्थीहरुको आवश्यक कागजपत्र हडपेर राख्ने गरेको समाचार बाहिर आए लगतै यस्ता समाचारहरु प्रकाशित गरेका छन् ।

आवासिय अनुमतिपत्र जाईरियो कार्ड एवं विमा कार्ड होकेनस्यो विद्यार्थीलाई नदिइ विद्यालयहरुले नै राख्नेगरेको रहस्य सार्वजनिक हुन नपाउँदै नेपाली महिला विद्यार्थीमाथि यौन शोषणको डरलाग्दो खवर बाहिरिएको हो ।

ओकिनावाका पत्रिकाहरुले लेखे अनुसार नेपाली कन्सल्टेन्सी तथा शैक्षिक परामर्सदाताहरुकै कारण विद्यालयहरुले त्यस्ता महत्वपूर्ण कागज विद्यार्थीलाई नदिए राख्ने गरेका हुन् ।

विद्यार्थीहरु विभिन्न बहानामा भाग्ने गरेकाले आफुहरुले नेपाली परमर्शदाता तथा एजेन्टहरुले नै भनेकाले राखेको विद्यालय प्रशासनले बताएको समाचारमा उल्लेख छ ।

जापानको दक्षिणी क्षेत्रमा पर्ने ओकिनावा टापुमा करिव दुई हजार नेपाली विद्यार्थी अध्ययन गर्दै आएका छन् । नेपाली पक्ष वा अन्य कुनै ठाउँबाट पुष्टि गर्न नसकिएपनि जापानी पत्रिकाले आफ्नो अध्ययनले भन्दै यस क्षेत्रमा रहेका अधिकाशं नेपाली युवतिहरु विभिन्न खाले यौन शोषणमा पर्ने गरेको लेखेको छ । उसले यसमध्ये कयौं बाध्यतावश यौन सम्पर्कसम्मको यौन शोषणमा परिररहेको जनाएको छ ।

पत्रिकाले नेपाली युवतीहरु यौन शोषणमा पर्नुपर्ने बाध्यताको कारण समेत लेख्दै कमजोर भाषा, जसरी पनि पैसा कमाउनुपर्ने बाध्यता र लक्ष्य रहेको जनाएको छ ।

विद्यार्थीको रुपमा आएर अध्ययनका लागि भन्दा पैसा कमाउनकै लागि लक्ष्य राख्दा जस्तो सुकै सम्झौता गर्दा उनिहरु शोषणमा पर्ने गरेको समाचारमा लेखिएको छ ।

पत्रिकाले जापान अध्ययनका लागि आउने युवतीहरुले थोरै पैसा बोकेर आउने, भाषामा अत्यन्त कमजोर, सहयोग गर्ने व्यक्ति नहुँदा यौन शोषणलाई स्विकार्दै आएको लेखेको छ ।

विद्यालयले महत्वपूर्ण कागजात नदिंदा, काम गर्ने ठाउँ खोज्न समस्या, कामदार कम्पनीले अरुको तुलनामा न्युन ज्याला दिने, काम दिएपनि परिश्रम र दवाव बढि पर्ने गरेको उल्लेख गर्दै पत्रिकाले यस्ता समस्या झेल्न नसकेर अधिकाशं विद्यार्थीहरु ओकिनावाबाट अन्यत्र शहरमा जाने गरेको समेत बताएको छ ।

२८ घण्टा भन्दा बढी समय काममा लगाउन नपाउने भएपनि सो भन्दा बढी समय लगाएर कम ज्याला दिएर नेपाली विद्यार्थीहरुमाथि शोषण भइरहेको भन्दै पत्रिकाले उनिहरुले तल्लो स्तरको मानिएको खेतीपाती, माछा मासु काट्ने, तरकारी काट्ने देखि केहीले अवैध मानिएको डान्स बार तथा यौन क्रियाकलाप सम्म हुने त्यस्ता खाले ठाउँमा काम गर्नुपरिरहेको दावीका साथ समाचार लेखेको छ ।

यस्ता समाचार बाहिरिएसँगै जापानमा रहेका नेपाली समुदायबाट घटनाबारे चिन्ता र चासो व्यक्त गरिएका छन् ।
तर जापानमा रहेका नेपालीहरुको साझा अभिभावक मानिने नेपाली राजदूतावास जापान र ठूलो संस्थाको रुपमा चिनिएको एनआरएन जापान लगायत संघसंस्थाहरुले केही बोलेको छैनन् ।

यस्ता घटनाका समाचार तथा विवरणहरु जापानमा रहेका क्रियाशिल परिचित केही व्यक्ति तथा समाचारमार्फत जापान सहित नेपालमा समेत पुग्दा जापानमा अध्ययनका लागि आएका आफ्ना किशोरी छोरी तथा छोराहरुबारे चिन्ता र चासो व्यक्त गर्ने क्रम बढेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web