टोकियो ।
स्वरले नै लोकप्रिय बनेका एक गायक हुन् विपुल क्षेत्री । स्वरले यस अर्थमा गित भन्दा म्युजिक भिडियोमा बढी मेहनत र लगानी खर्चेर चल्तीका बनिरहेका गायक भन्दा फरक छन् उनि अर्थात् विपुल ।

युट्युवमा मात्र उनलाई सब्सक्राइब गर्नेको संख्या ७८ हजार नाघिसकेको छ । राम साईलि, असार, सिन्डिकेट जस्ता गितलाई युट्युवमा दशौं लाख पटक सुनिसकिएको छ ।

त्यसो त उनको लोकप्रियता दाँज्ने र जाँच्ने यि नै एकमात्र आधार भने होइनन् । विना कुनै म्यूजिक भिडियो, केवल दुई एल्बम (इस्केचेज अफ दार्जिलिगं २०१४, मायाँ २०१६), त्यसमाथि विल्कुल फरक धारको नेपाली गित संगित ।

यसैको जगमा टेकेर सबै उमेर समुहको रोजाईमा पर्न सक्नु उनको वास्तविक संगितको कला हो । यस कारण लोकप्रिय छ विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड ।

विश्वविख्यात विश्वविद्यालयमा सांगितिक अध्ययन गरेका बिपुलको अगाडी पश्चिमा र भारतीय संगित क्षेत्रको कमाई र लोकप्रियताको अवसर बग्रेल्ति थिए र छन् ।

तर पनि मनै नेपाली तनै नेपाली भएपछि सबै फिक्का हुँदो रहेछ बिपुल भन्छन्-'हिन्दी र अंग्रेजी भाषामा काम गर्न अहिलेसम्म रुचि जागेको छैन, म नेपाली हुँ र नेपाली संगीत नै मेरा निम्ति प्रिय छ, अबको मेरो जीवन नेपाली संगीतमै समर्पित रहनेछ ।'

बसाईले भारत भएपनि विगुलकै शब्दमा भन्ने हो भने शरीरमा नेपाली रगत र श्रृजनामा नेपाली संगित बोक्दै नयाँ सांगितिक अध्याय कारिरहेका बिपुल आगामी महिना अर्थात् जनवरी १५ तारिखका दिन जापानमा रहेका नेपालीहरुका लागि सांगितिक मनोरञ्जन दिन आउने भएका छन् ।

'बिदेसिएका नेपालीमा नेपाली भावना प्रगाढ हुन्छ, म त्यही नेपाली संस्कारमा हुर्किएँ, त्यसैले आफ्नोपन जाग्छ, अझ राम्रो गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।' यहि भावनाका साथ जापानमा रहेका नेपालीहरुका लागि नेपालीपन झल्कने मौलिक गित संगित पस्कन विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड आउन लागेको आयोजक गोरेटो प्रोडक्सन्स् टिमले टपनेपालन्युजडटकम लाई जानकारी दिएको छ ।

नेपालमा आधा दर्जन कन्सर्ट गरेका बिपुल नेपालसँगै भारतमा रहेका नेपालीबिच उत्तिकै लोकप्रिय छन् । दर्जन हाराहारीमा भारतका ठूला सहरमा कन्सर्ट गरिसकेको विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डले जनवरी १५ तारिखमा जापानमा रहेका नेपालीहरुका लागि विशेष प्रस्तुती गर्दैछ ।

आफ्ना लोकप्रिय दर्जन बढी गितसँगै केही नयाँ श्रृजना समेत पस्कने तयारीमा रहेको बताइएको कन्सर्टको तयारी र टिकट विक्रि धमाधम भइरहेको आयोजकले बताएको छ ।

जापानमा मुक्ति एण्ड रिभाइवल व्याण्डको हालसम्मकै भव्य नेपाली कन्सर्ट गरेको 'गोरेटो प्रोडक्सन्स्'ले बिपुल र उनको व्याण्डको यस कन्सर्टलाई अझै उत्कृष्ठ बनाउने बताएको छ ।

नयाँ बर्षको शुभकामना सँगै जनवरी १५ तारिख आइतबारका दिन हुने कन्सर्ट टोकियो स्थित रुने कोदाइरा हल कोदाइरा स्टेशन नजिक गर्ने भएको छ ।

टोकियो सहित नजिकका शहरबाट समेत कन्सर्टमा आउनको लागि टिकट लिने क्रम बढेको भन्दै आयोजकले हालसम्म ३ सय बढी टिकट विक्रि भइसकेको भन्दै एक हजार दर्शक उपस्थित हुने लक्ष्य राखेको छ ।

साँझ ६ बजेबाट हुने कन्सर्टको लागि ४ बजेनै हल खुल्ला हुने र कन्सर्ट समयमै सुरु हुने भन्दै आयोजकले टिकट बुकिगं र विक्रि उत्साहजनक रहेकोमा हालसम्म टिकट लिनुभएका सबैलाई धन्यवाद सहित टिकट लिन चाहनुहुने सबैलाई समयमै लिगिदिन अनुरोध समेत गरेको छ ।

कार्यक्रम स्थलमै टिकट लिएमा ४ हजार जापानी येन लाग्ने भएकाले अहिलेनै लिएमा ५ सय येन छुट रहेको भन्दै टिकट बुकिगंको लागि आयोजलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कार्यक्रमबारे आयोजकको जानकारी र सम्पर्क यहाँबाट गर्न सकिन्छ
Bipul Chettri & the travelling band live in JAPAN (TOKYO)!!!
Date: 2017 January 15th, Sunday
Venue: TOKYO (Rune Kodaira Hall)
Access: Kodaira Station
(Just 1 min walk from station)
24 mins to Kodaira station from Takadanobaba Station
Gate open at: 16:00 PM
Live Start: Sharp 17:00 PM
Ticket Price: ¥3500 (Advance)
¥4000 (On door)

For Booking Please Message Us.. Goreto Production

15.25¡ÆC