काठमाडौं ।
काठमाडौंको जैसीदेवलमा मन्दिर उत्खननका क्रममा मानव कंकाल भेटिएको छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण ध्वस्त भएको मन्दिर उत्खनन गर्दा डडेको अवस्थामा रहेको मानव कंकाल भेटिएको हो ।

चौतारिया लक्ष्मीनारायण जोशीले मल्लकालमा निर्माण गरेको जैसीदेवलमा मानव कंकाल भेटिएपछि पुरातत्व विभागले परीक्षणका लागि बेलायत पठाउने भएको छ ।

करिब एक सय फिटमुनि भेटिएको मानव कंकाल र अन्य वस्तुको अनुसन्धान गरिने भएको छ । पुरतत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही जनावर र मानव हड्डी भेटिएको जानकारी गराउदै थप अध्ययन भइरहेको वताए ।

विभागले बेलायतस्थित दुरहाम विश्वविद्यालयको सहयोगमा ४० दिनसम्म ७ वटा सम्पदाको अध्ययन गरेको थियो ।

सबै विषयको अध्ययन गरी इतिहासको थप प्रमाण फेला पार्ने उद्देश्यले मन्दिरमा उत्खनन गरिएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

५ पुस, भैरहवा ।
एमाले युवा भातृ संगठन युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या पूर्व एमाले कार्यकर्ता रहेका मनोज पुन भन्ने पनोज बुढा मगरले हत्या गरेको प्रहरीले बताएको छ ।

पुरानो रिसइबिका कारण मगरले हत्या गरेको पाइएको प्रहरीले बताएको छ । सोमबार दिउँसो देवदहको खैरनी बजारमा तिवारी माथि गोली प्रहार गरिएको थियो । कोखामा गोली लागेका उनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।
हत्या अभियुक्त मगर देवदह नपा ६ का २८ वर्षीय युवा हुन् ।

‘घटनाको अनुसन्धान गर्दा हालसम्म तिवारीको हत्यामा मनोज पुनको प्रत्यक्ष संग्लनता पाएको भन्दै प्रहरीले पुनको तिवारीसँग पुरानो रिसिइबी र ९ महिना अघि पनि पुनले तिवारीमाथि गोली प्रहार गराउनु ९आक्रमण० अघि २० लाख रुपैयाँ फिरौती मागेको अनुसन्धानमा खुलेको बताएको छ ।

पुन पुन यसअघि पनि संगठित अपराध हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेको पाइएको भन्दै फरार रहेका पुनको खोजि भइरहेको बताएको छ ।

हत्या पछि परार पुनले इन्टरेनबाट फोन गरेर हत्या आफुले गराएको बताएको प्रहरीले जानकारी दिएको छ । चन्दा असुलीका कारण तिवारीकै दवावमा पार्टीबाट निस्कासित भएपछि यसअघि समेत गोली प्रहार गरि हत्या प्रयास गरेपनि असफल रहेका पुनका ८ सहयोगी यसअघि नै पक्राउ परेका थिए ।

यसपटक पनि उनले भारतमा रहेर तिवारीको हत्या गराएको प्रहरी आशंका छ । प्रहरीले घटनामा संलग्नहरुको व्यापक खोजि भइरहेको भन्दै भारतीय प्रहरीको सहयोगमा पनि प्रहरीको खोजि थालिने बताएको छ ।

एजेन्सी ।
रुसका राजदूतको टर्कीमा गोली हानी हत्या भएको छ । टर्कीका लागि रुसी राजदूत एन्ड्रे कार्लोफको टर्कीका प्रहरी अधिकारीले नै गोली हानी हत्या गरेका हुन् ।

राजधानी अंकारामा रहेको आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा भाषणका लागि मञ्चमा जान लागेका राजदूत कार्लोफमाथि २२ वर्षिय प्रहरी अधिकारी मेवलुत मेर्त एडिन्टासले गोली हानी हत्या गरेका हुन् ।

एडिन्टास अंकारा दंगा प्रहरीमा कार्यरत रहेको बताइएको छ । एडिन्टास जवाफी कारवाहीमा मारिएको टर्कीका सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सिरियामा भइरहेको संघर्षमा रुसले सिरियाली राष्ट्रपति बसर अल असदको समर्थन गरेको विरोधमा टर्कीमा प्रदर्शन हुँदै गएको छ ।

सिरिया युद्धमा रुसी समर्थनको विपक्षमा रहेका ति प्रहरी अधिकारीले राजदूत कार्लोफको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले आक्रमर्ण रुस र टर्कीको सम्बन्ध बिगार्ने उद्देश्यले भएको प्रतिक्रिया दिएका छन् ।

दुई देशबिचको सम्बन्ध बिगार्ने कसैको उद्देश्य पूरा हुन नदिने भन्दै उनले यो घटनाका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेको समाचारमा जनाइएको छ ।

काठमाडौं,पुस ५ । गैरकानुनी सम्पत्ति आर्जनको उजुरीमा छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन सांसदलाई ‘क्लिन चिट’ दिएको छ । अख्तियारले सांसदहरु उमेश श्रेष्ठ, बाबुराम पोखरेल र जनार्दन ढकाललाई कारबाही नचल्ने गरी उजुरी तामेलीमा राख्ने निर्णय गरेको हो ।

तीनै जना सांसदले अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेपछि अख्तियारमा छानबिन चलिरहेको थियो । लिटिल एन्जल्स स्कुलका अध्यक्ष रहेका श्रेष्ठ कांग्रेसका समानुपातिक कोटाबाट सांसद भएका हुन् ।

भीएस निकेतनका अध्यक्ष पोखरेल मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र ढकाल एमालेबाट सांसद भएका हुन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

एमालेले हिजो बसेको बैठकमा संशोधन प्रस्ताव फिर्ता लिए मात्र सहमति हुने स्पष्ट पारेको छ ।

काठमाडौं,पुस ५ । संसद्को गतिरोध अन्त्य गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको सामेबार बसेको बैठक बिनानिश्कर्ष टुंगिएको आजको कान्तिपुर दैनिकमा खबर छ । संविधान संशोधन विधेयकबारे सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडान नछाड्दा बैठक निश्कर्षविहिन बनेको हो ।

बैठकमा शीर्ष नेताहरुबीच चर्काचर्कीनै परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तर संसद् अवरोधको आलोचना गरेपछि नेकपा एमाले अध्यक्ष केपी ओलीले पनि त्यसको प्रतिवाद गर्दै ‘प्रधानमन्त्रीको ओहदामा बसेर अशोभनीय अभिव्यक्ति नदिन’ सचेत गराएका थिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष बामदेव गौतमबीच पनि चर्को बाद प्रतिवाद भएको समाचारमा उल्लेख छ । बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले भने देउवाभन्दा फरक धारणा राखेका थिए ।

एमालेले हिजो बसेको बैठकमा संशोधन प्रस्ताव फिर्ता लिए मात्र सहमति हुने स्पष्ट पारेको छ ।

काठमाडौं,पुस ५ । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनासाथ राजधानी उपत्यका र आपसापका जिल्लामा लोडसेडिङ अन्त्य भयो। तिहारको झिलिमिलीपछि लोडसेडिङ बढ्ने त्रास थियो तर, अचानक लोडसेडिङ गायब भयो। मान्छे चकित छन् आखिर के चमत्कार गरे कुलमानले? यो चमत्कार होइन भने बिजुली कहाँ थियो भन्ने प्रश्न जीतितै छ। किनकी १३ वर्षदेखि जनता अध्यारोको प्रताडना भोग्न बाध्य थिए। अहिले विद्युत प्रणालीमा बिजुली नथपिए पनि लोडसेडिङ समाप्त भएको छ। यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ।

विगतका वर्षमा पनि लोडसेडिङको चर्चा हुन्थ्यो, यस वर्ष पनि यसैको चर्चा भइरहेको छ। फरक यति मात्र छ, विगतमा कति घन्टा लोडसेडिङ हुन्छ भन्ने चर्चा हुन्थ्यो भने यस वर्ष कसरी लोडसेडिङ अन्त्य भनयो भन्ने जिज्ञासा।

त्यही जिज्ञासा कार्यकारी निर्देशन घिसिङसँग नयाँ पत्रिकाले गरेको कुराकानीका क्रममा घिसिङले अब लोडसेडिङको तालिका नआउने बताएका छन्। उनले उपभोक्तालाई ढुक्क हुन समेत आग्रह गरेका छन्।

काठमाडौं,पुस ४ । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ । अज्ञात समूहको गोली लागेका युवासंघ जिल्ला अध्यक्ष दुर्गा तिवारीको उपचारको क्रममा निधन भएको हो ।

देवदहमा ईट्टा व्यवसाय सञ्चालन गर्दै आएका तिवारीमाथि रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले दिउँसो साढे तीन बजे देवदह ८ कोलीय बचत तथा सहकारी संस्थादेखि १ सय मिटर दक्षिणमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । दायाँतर्फ पछाडिबाट हानिएको गोली छातीको अगाडि बायाँतर्फबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ।

अज्ञात समूहले गोली प्रहार गरेपछि अस्पताल पुर्याइएको थियो । घटनापछि स्थानीय अरू युवाहरूलाई समेत प्राईभेट नम्बरबाट फोनगरी मनोज पुन भन्ने व्यक्तिले धम्की दिने गरेको स्थानीयले जनाएका छन्। गोली प्रहार पछि देवदहवासी त्रसित बनेका छन्। ५ नम्बर प्रदेश टुक्राउन नहुने माग गर्दै एमालेको नेतृत्वमा संविधान संसोधन विरुद्धको आन्दोलन चलिरहेको समयमा एमाले भातृ संगठनका जिल्ला नेता मारिएपछि तनाव बढ्ने संकेत देखिएको छ ।

काठमाडौं ।
विवादास्पद संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै आएको प्रतिपक्षिदल नेकपा एमालेले सभामुखले राखेको शिर्ष दल बैठकमा आफ्नो अडान दोहोर्याएको छ ।

यसअघि राष्टपतिले डाकेको बैठकमा समेत एमालेको अडान र सरकारको हठका कारण निस्कर्ष बिहिन बनेको वैठककै कारण आजको संसद बैठक समेत स्थगित हुन पुगेको छ ।

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन एमाले सहित प्रतिपक्षिदलहरुले माग गर्दै आएको छ भने सत्ता साझेदार दल कुनैपनि हालतमा विवादीत संशोधन प्रस्ताव पारित गर्ने अडान राख्दै आएको छ ।

सोमबार बसेको संसद बैठकको सुरुमा नेपा राष्ट्रिय पार्टीका संसदीय दलका नेता लक्ष्मण राजवंशीले संशोधन प्रस्ताव फिर्ता लिन माग गरेका थिए ।

उनले अहिलेको संशोधन प्रस्तावले मुलुकको समस्या समाधान हुने भन्दा पनि समस्या बल्झिने भन्दै प्रस्ताव फिर्ता लिन माग गरेका थिए ।

राजवंशीले आफ्नो भनाइ राखिसकेपछि सबै विपक्ष दलका सांसद आफ्नो आशनबाट उठेर विरोध जनाएका थिए ।

सभामुखले आफ्नो सिटमा बस्न गरेको आग्रह सांसदहरुले नमानेपछि बैठक पुस ७ गते बिहीबार एक बजे सम्मकालागि स्थगित भएको छ ।

सभामुख ओनसरी घर्तीले संसद सुचारु गर्ने विषयमा शिर्ष दलका शिर्ष नेताको बैठक आज बिहान राखेकी थिइन् ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष बामदेव गौतम र प्रमुख सचेतक भानुभक्त ढकाललगायतका नेता सहभागी थिए ।

बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने मागमा एमाले अडिग रहेको भन्दै संशोधन प्रस्ताव थाँती राखेर निर्वाचन सम्बन्धी विधेयक संसदमा पेश गरे संसद सुचारु हुने बताए ।

संविधान संशोधनको प्रस्तावका कारण लगातार संसद बैठक अबरोध हुँदा संसदमा छलफलमा रहेको निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव समेत अन्योलमा परेको छ ।

जसले गर्दा कार्कीमाथिको कारवाही प्रक्रिया त्यसै रोकिएको छ । विभिन्न पार्टीका सांसद तथा नागरिक स्तरबाट एमाले सहितका दलहरुले गर्दै आएको संसद अवरोधमा कार्कीको विषय रोक्न नहुने भन्दै कार्की बिरुद्धको छलफलमा संसद खुल्न दिन माग हुँदै आएको छ ।

४ पुस, काठमाडौं ।
उर्जा मन्त्रालयले लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन सञ्चालकलाई बर्खास्त गरेर नयाँ सदस्य नियुक्त गरेको छ ।

सरकारले आजै नियुक्त गरेका तीन सदस्यमा रुकुम पूर्तिमकाँडा-६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी-३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर-६ का उमेशप्रसाद थानी रहेका छन् ।

ऊर्जामन्त्रीका स्वकीय सचिव बसन्त शर्माका अनुसार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालक समिति सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले काममा अवरोध गरेपछि स्पष्टिकरण चित्तबुझ्दो नपाएपछि हटाएर नयाँ नियुक्त गरिएको हो ।

नियुक्त गरिएकाहरुले भोलीबाटै काम थाल्ने भन्दै शर्माले उनिहरुले प्राधिकरणलाई चुस्त र व्यवस्थित बनाउन सहयोग गर्ने दाबी गरे ।

लोडसेडिङ न्यूनिकरणमा अहसयोग गर्ने प्राधिकरण सञ्चालक समितिका तीन सदस्य बर्खास्त

काठमाडौं ।
लोडसेडिङ न्यूनिकरण तथा विद्युत चुहावटमा असहयोग गर्दै आएका नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीनजना सदस्य पदबाट बर्खास्त भएका छन् ।

बर्षौं देखी विद्युत लुकाएर तथा चुहावटलाई न्यूनिकरण गर्न उदासिन रहँदै आर्थिक लाभ लिंदै आएको आम आरोप लागेका तीन सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई उर्जामन्त्रालयले पदबाट हटाएको हो ।

उर्जा मन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको भन्दै प्राधिकरण सञ्चालक समितिका यि तीन सदस्यलाई बर्खास्त गरेको बताइएको छ ।

कार्यकारी निर्देशक घिसिङलाई लोडसेडिङ घटाउन मद्दत गर्नुको साटो अवरोध गरेको आरोप उनिहरुमाथि लाग्दै आएको थियो ।

आरोपीतहरुमाथि सोधिएको स्पष्टिकरणमा बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएपछि हटाइएको हो ।

लोडसेडिङ मुक्त बनाउने अभियान र घिसिङलाई असहयोग गरेपछि मन्त्रालयले उनीहरुलाई स्पष्टिकरण मागेको थियो ।

जापान ।
जापानमा रहेका नेपाली युवाहरुको संस्था ‘यूथ फर यूथ’ जापानले अँग्रेजी नयाँ बर्षको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

युथ फर युथले आफ्नो तेश्रो सम्मेलनको अवसर पारेर यही डिसेम्बर २५ तारिख टोकियोमा नयाँ बर्ष शुभकामना आदान प्रदान सहित सांगितिक कार्यक्रम गर्न लागेको हो ।

राजधानी टोकियोको शिनओकुबो स्थित बाराकाँडे गुड टाइम रेष्टुरेण्टको सभा हलमा विभिन्न चर्चित लोक दोहोरी गायकहरुले मनोरञ्जन दिने भएका छन् ।

युथफर युथका अध्यक्ष अध्यक्ष बाबुराम पौडेलका अनुसार कार्यक्रममा चर्चित लोक दोहोरी गायक सूर्य खड्का, लोक दोहोरी गायक तथा मोडल विनोद भण्डारी, नवगायक चेतन घर्तीमगर, हाँस्य कलाकार नकुल गौतम लगायतले विशेष प्रस्तुती देखाउनुहुनेछ ।

कार्यक्रम डिसेम्बर २५ का दिन १२ बजे देखि सुरु हुने भन्दै आयोजक संस्था युथ फर युथले कार्यक्रममा जापानबासी सबै नेपालीमा उपस्थितिको लागि अनुरोध गरेको छ ।

सिन्धुली ।
सिन्धुलीमा जिप दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा परी एकजना नदिमा बगेर बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार काठमाडौंबाट खोटाङको हलेसीतर्फ जादै गरेको बा १२ च ८८९७ नं को स्कारपियो जिप रत्नावती गाविस ३, मध्यपहाडी लोकमार्गको सोखुखोला नजिकबाट सुनकोशी नदीमा खसेको हो ।

२ महिला सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जीपमा सवार ९ जना मध्ये एकजना हराइरहेका छन भने गम्भिर घाइते दुई महिलालाई उपचारको लागि उदयपुरको घुर्मीतर्फ लगिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङकट्टिؘ–७ का ५० वर्षीय साङदोर्जे शेर्पा, ५७ वर्षीय बाले शेर्पा, ५० वर्षीया निवुटी शेर्पा, सोही गाविस वडा नम्बर ९ की ५० वर्षीया सर्कीनी शेर्पा र जीप चालक लमजुङ समिभन्ज्याङका ४० वर्षका झपटबहादुर गुरुङ रहेका छन् ।

घुर्मी अस्पतालमा उपचारकै क्रममा काठमाडौँ गोलढुङ्गाकी ६० वर्षीया टुकुली शेर्पाको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।