यूथ फर यूथ जापानको नयाँ वर्ष बिशेष सांस्कृतिक कार्यक्रम हुँदै

पुस ४, २०७३ मा प्रकाशित | 1029 views

जापान ।
जापानमा रहेका नेपाली युवाहरुको संस्था  ‘यूथ फर यूथ’ जापानले अँग्रेजी नयाँ बर्षको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

युथ फर युथले आफ्नो तेश्रो सम्मेलनको अवसर पारेर यही डिसेम्बर २५ तारिख टोकियोमा नयाँ बर्ष शुभकामना आदान प्रदान सहित सांगितिक कार्यक्रम गर्न लागेको हो ।

राजधानी टोकियोको शिनओकुबो स्थित बाराकाँडे गुड टाइम रेष्टुरेण्टको सभा हलमा विभिन्न चर्चित लोक दोहोरी गायकहरुले मनोरञ्जन दिने भएका छन् ।

युथफर युथका अध्यक्ष अध्यक्ष बाबुराम पौडेलका अनुसार कार्यक्रममा चर्चित लोक दोहोरी गायक सूर्य खड्का, लोक दोहोरी गायक तथा मोडल विनोद भण्डारी, नवगायक चेतन घर्तीमगर, हाँस्य कलाकार नकुल गौतम लगायतले विशेष प्रस्तुती देखाउनुहुनेछ ।

कार्यक्रम डिसेम्बर २५ का दिन १२ बजे देखि सुरु हुने भन्दै आयोजक संस्था युथ फर युथले कार्यक्रममा जापानबासी सबै नेपालीमा उपस्थितिको लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web