ढुक्क हुनुस्, अब लोडसेडिङ तालिका आउँदैनः कुलमान

पुस ५, २०७३ मा प्रकाशित | 529 views

<p>काठमाडौं,पुस ५ । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनासाथ राजधानी उपत्यका र आपसापका जिल्लामा लोडसेडिङ अन्त्य भयो। तिहारको झिलिमिलीपछि लोडसेडिङ बढ्ने त्रास थियो तर, अचानक लोडसेडिङ गायब भयो। मान्छे चकित छन् आखिर के चमत्कार गरे कुलमानले? यो चमत्कार होइन भने बिजुली कहाँ थियो भन्ने प्रश्न जीतितै छ। किनकी १३ वर्षदेखि जनता अध्यारोको प्रताडना भोग्न बाध्य थिए। अहिले विद्युत प्रणालीमा बिजुली नथपिए पनि लोडसेडिङ समाप्त भएको छ। यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ।</p><p>विगतका वर्षमा पनि लोडसेडिङको चर्चा हुन्थ्यो, यस वर्ष पनि यसैको चर्चा भइरहेको छ। फरक यति मात्र छ, विगतमा कति घन्टा लोडसेडिङ हुन्छ भन्ने चर्चा हुन्थ्यो भने यस वर्ष कसरी लोडसेडिङ अन्त्य भनयो भन्ने जिज्ञासा।</p><p>त्यही जिज्ञासा कार्यकारी निर्देशन घिसिङसँग नयाँ पत्रिकाले गरेको कुराकानीका क्रममा घिसिङले अब लोडसेडिङको तालिका नआउने बताएका छन्। उनले उपभोक्तालाई ढुक्क हुन समेत आग्रह गरेका छन्।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web