एजेन्सी ।
रुसका राजदूतको टर्कीमा गोली हानी हत्या भएको छ । टर्कीका लागि रुसी राजदूत एन्ड्रे कार्लोफको टर्कीका प्रहरी अधिकारीले नै गोली हानी हत्या गरेका हुन् ।

राजधानी अंकारामा रहेको आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा भाषणका लागि मञ्चमा जान लागेका राजदूत कार्लोफमाथि २२ वर्षिय प्रहरी अधिकारी मेवलुत मेर्त एडिन्टासले गोली हानी हत्या गरेका हुन् ।

एडिन्टास अंकारा दंगा प्रहरीमा कार्यरत रहेको बताइएको छ । एडिन्टास जवाफी कारवाहीमा मारिएको टर्कीका सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सिरियामा भइरहेको संघर्षमा रुसले सिरियाली राष्ट्रपति बसर अल असदको समर्थन गरेको विरोधमा टर्कीमा प्रदर्शन हुँदै गएको छ ।

सिरिया युद्धमा रुसी समर्थनको विपक्षमा रहेका ति प्रहरी अधिकारीले राजदूत कार्लोफको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले आक्रमर्ण रुस र टर्कीको सम्बन्ध बिगार्ने उद्देश्यले भएको प्रतिक्रिया दिएका छन् ।

दुई देशबिचको सम्बन्ध बिगार्ने कसैको उद्देश्य पूरा हुन नदिने भन्दै उनले यो घटनाका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेको समाचारमा जनाइएको छ ।

18.12¡ÆC