महायज्ञको छैटौं दिन: दिल खोलेर दान गर्नेको ओइरो,कति भयो संकलन?

पप्पु गुरुङ्ग,  दोेधारा  चाँदनी,पुस ४ । भानु बहुमुखी क्याम्पस दोधारा चाँदनीले संचालन गरेको धनधान्य महायज्ञको हिजो छटौ दिनमा भक्तजनहरुले दिल खोलेर दान दिए । आफ्नो  बालबालिकाको उज्जवल भविष्यको लागी शिक्षा क्षेत्रमा दान दिएको सबै दाताहरुले बताएका छन् । दोधारा चाँदनीको एक मात्र उच्च शिक्षा हासिल गर्ने शैक्षिक संस्थालाई सबैले आफुले सक्दो दान दिएको दाताहरुले बताएका छन् ।

दाताहरुको दान दिन दिनै बढ्दै गएको आयोजक महायज्ञ मुल आयोजक समितिले जनाएको छ् । दोधारा चाँदनी नपा ५ बस्ने तथा पुर्व–माननिय ईन्द्र बहादुर खत्रीले आफु र आफ्ना २ वटा श्रीमती सुमित्रा र नन्दा देबी खत्रीको नाउमा १ कट्टा भुमी भानुको अक्षय कोषको लागी दान गर्नुभएको छ् ।

उक्त जग्गाको मुल्य रु. १५ लाख १ हजार १ सय ११ रुपिँया आंकलन गरिएको छ् । यस्तै दोधारा चाँदनी नपा ६ निवासी नारायण दत्त भट्टले पनि १ कट्टा जग्गा दान गर्नुभएको छ् । जस्को मुल्य रु. २ लाख १ हजार १ सय ११ रुपिँया आंकलन गरिएको छ् । नगद दानाबाट रु. १ लाख ५३ हजार ३ सय ६ रुपिँया, कलशबाट रु. ५७ हजार २ सय, बचन दानबाट रु. ४ लाख २ हजार ६ सय ९९ रुपिया गरि आजको जम्मा रकम रु. २३ लाख १५ हजार ३ सय ८७ रुपिँया र १० कुन्टल धान दान प्राप्त भएको सचिवालयका प्रवक्ता गगन खत्रीले जानकारी दिनुभएको छ् ।

महायज्ञमा आज सम्म भुमी दान सहित रु. ६३ लाख ५६ हजार २ सय ४० रुपि“या र ४३ कुन्टल धान बराबरको दान प्राप्त भएको छ् । छटौ दिनमा सबै दाताहरुलाई सम्मान समेत गरिएको महायज्ञ मुल आयोजक समितिका सल्लाहकार संयोजक बेल बहादुर रानाले जानकारी दिनुभएको छ । महायज्ञका भजन टोलीले आज कृतन समेत प्रस्तुत भएको थियो ।

महायज्ञमा प्रत्यक दिन योगा बिहान ७ बजे देखी मूल पाठ पारायणबाट दैनिकी प्रवचन एवं भजन कृतन सुरु र हवन, १० बजे भजन कृतन, ११ बजे कथा वाचन एवं दान दाता सम्मान, २ बजे प्रवचन एवं झाँकी तथा लिला कार्यक्रम हुने महायय मूल आयोजक समितिका महासचिव गगन खत्रीले जानकारी दिनुभएको छ । यस्तै बेलुकी ७ बजे देखी साढे ९ बजे सम्म प्रवचन एवं भजन कृतन कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो । महायज्ञको धार्मीक कार्यमा सहभागी हुन आयोजकले सबैमा आग्रह गरेको छ ।

नुवाकोट शेरामा गाई आकारको मुर्तिको दर्शन गर्न दर्शनार्थीको घुइँचो

त्रिशुली ।
नुवाकोट जिल्लाको विदुर नगरपालिका स्थित वडा नम्बर ३ शेरामा भेट्टिएको गाईको स्वरुपमा रहेको मुर्तिको दर्शन गर्न दर्शनार्थीको घुईचो लाग्न थालेको छ ।

गौ माता भगवानको संरक्षणमा नुवाकोट दरबार स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय नुवाकोटले चासो समेत देखाएको छ ।

गएको मंसिर २८ गते धान्य पूर्णिमा पर्वको दिन महेश्वर श्रेष्ठ र मदनसिंह खड्काको खेतको सिमानामा भेट्टिएको ढुङ्गाको आकृतिमा रहेको गाईको स्वरुपमा रहेको भगवानको स्थलगत निरीक्षण गर्दै दरबार हेरचाह कार्यालय नुवाकोटका प्रमुख अर्जुनप्रसाद फुयाँलले पुरातात्विक रहेको अनुमान गर्दै संरक्षणको लागी केन्द्र मार्फत नै पहल सुरु गरेको बताउनुभएको छ ।

जमिनमुनी भेटिएको गाइ आकारको मुर्तीबारे खवर सार्वजनिक भएपछि नुवाकोट जिल्ला सहित धादिंग र रसुवा जिल्लाबाट समेत दर्शनार्थीहरु आउन थालेको पाइएको छ ।

नेपालीसँग रहेका ५ सय र १ हजारका भारू खोस्टा सरह,अब नसाटिने निश्चित

काठमाडौं,पुस ४ । नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारतीय रूपैयाँ साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटक(पटक आग्रह गरे पनि भारतको वित्त मन्त्रालयले पुरै बेवास्था गरेपछि नोट नसाटिने देखिएको हो।

भारतमा यी नोट साट्ने अवधि पुस १६ सम्म छ। भारतीय पक्षले बेवास्था गरेका कारण नेपालबाट भारतीय पक्षसँग कुराकानी गर्ने जाने भनिएको टोली जान सकेको छैन। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अहिलेसम्म नेपालले भारतीय पक्षबाट आउने जवाफ पर्खेरै बसेको बताए।‘को सँग कुरा गर्ने र कहिले कुरा गर्ने भन्ने विषयमै उनीहरूको जवाफ पर्खिरहेका छौ,’ उनले भने। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

‘भारत भ्रमणका बेला अख्तियार उचालेर ‘कू’ गर्न खोजियो’

विराटनगर, पुस ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उचालेर आफू भारत भ्रमणमा रहेको बेला ‘कू’ गर्न खोजिएको बताएका छन्। विराटनगरमा आयोजित पार्टीको १ नम्बर प्रदेश कार्यकर्ता भेलामा आइतबार दाहालले लडाकु शिविर अनियमितता छानबिन नाममा आफूलाई पक्राउ गर्ने र सरकारविरुद्ध ‘कू’ गर्ने योजना बनेको र त्यो सफल नभएको बताए।

‘भारत भ्रमणका बेला अख्तियारलाई उचालेर ‘कू’ गर्ने प्रयास भएको थियो र कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीले त्यसलाई रोकेपछि थाहा भयो,’ भेलामा दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘लडाकु शिविर अनियमितता छानबिन नाममा अख्तियारलाई उचालेर प्रधानमन्त्रीलाई पक्राउ पत्र थमाउने योजना थियो, पक्राउपत्र तयार पारेर खाम ठिक्क पारेपछि रोकिएछ।’

उनले सरकारबाट आफूलाई हटाउन न्वारानदेखिको बल लगाइरहेको बताए। दाहालले पहिलो कार्यकालमा जस्तै आफू भावनामा बगेर कुर्सी नछोड्ने समेत बताए। ‘अघिल्लो पटक भावनामा बगेर कुर्सी छाडियो, यसपटक छाडिदैन,’ उनले भने,‘विपक्षीले मेरा विरूद्ध अविश्वासको प्रस्ताव हालेर संसदबाट गलहत्याए भने मात्रै छोडिन्छ तर संघीयता र गणतन्त्रविरूद्ध दायाँ बायाँ गर्न दिइँदैन।’ आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

दोलखा समाज जापान अध्यक्षमा नवराज थापा, ३१ सदस्यीय कार्यसमिति चयन

जापान ।
जापानमा रहँदै आएका दोलखा जिल्ला घर भएका नेपालीहरु सँगठित भएका छन् । दोलखालीहरुले दोलखा समाज गठन गर्दै अध्यक्षमा नवराज थापालाई चयन गरेका छन् ।

डिसेम्वर १८ तारिखका दिन राजधानी टोकियोमा भएको भेलाले अध्यक्षमा थापा सहित उपाध्यक्षमा मर्मलाल तामाङ, गिरबहादुर तामाङ र कुलबिन्द्र फुयाँललाई चयन गरेको छ ।

३१ सदस्यीय कार्यसमितिले ३ जनालाई सल्लाहकारमा नियुक्त समेत गरेको छ ।

यसैगरी सचिवमा लोकराज चौलागाइ र सहसचिवमा बालकुमारी फुयाँल चयन हुनुभएको छ भने कोषाध्यक्षमा रोशन थापा र सहकोषाध्यक्षमा सञ्जिव पोखरेल चुनिएका छन् ।

सदस्यहरुमा खुमबहादुर श्रेष्ठ, रोजिव बस्नेत, महेश खड्का, महेन्द्रबहादुर रावत, गणेश रिजाल चिन्तन, जानुका खतिवडा, शैलेन्द्र खड्का, सुशिला तामाङ, सुरेश थापा मगर, निलकण्ठ चौलागार्इँ, नवराज केसी, रेशम थामी, सरोज रावत, कुमार चौलागाईँ, बालकृष्ण तिमल्सिना, सुरेशराज थापा, आङपेम्बा शेर्पा, सुशिल पोखरेल, चन्द्र बुढाथोकी, सुरज खड्का, प्रदिप केसी, राजेन्द्र बस्नेत र मोहनलाल श्रेष्ठ चयन भएका छन् भने सल्लाहकारहरुमा रघुदीप खड्का, बिदुर खड्का र नवराज श्रेष्ठलाई राखिएको छ ।

अधिवेशनको उदघाटन समारोहमा नेपाली जनसम्पर्क समितिका अध्यक्ष डिपी कँडेल, प्रवासी नेपाली मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ, नेपाली जनप्रगतिशील मञ्चका उपमहासचिव बाबुराम पौडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल एवं हाल जापानमा रहेका दोलखाली गायक अमृत खातीको उपस्थिति रहेको थियो । उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो भने गायक खातीले गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

चन्द्रागिरि केवलकार लगानी, प्राकृतिक सम्पदा लुट र वास्तविकता !

गोकर्ण खतिवडा-

आफुलाइ उसै त छुच्चो भन्छन् , किन बोलिरहनु भन्ने लागेर अहिलेसम्म चुपचाप नै बसिरहेको थिए !

आफुलाइ नम्बर एक सन्चार गृह भएको स्वघोषणा गर्ने एउटा मिडिया समेत केही पुङ्ग न पुच्छरका अनलाइनको शैलिलाइ पच्छ्याउदै चन्द्रागिरी केवलकारको बिरुद्धमा लागेको देखेपछी भने नबोली भएन भन्ने लाग्यो र केही कुराहरु बुदागत रुपमा राख्दैछु । चित्त बुझ्ने या नबुझ्नेहरुले सभ्य ढङ्गले आफ्ना बिचारहरुलाइ राखिदिनु होला !

सबैलाइ थाहा हुनुपर्छ, आजको नेपालको सम्भवत: सबैभन्दा चासोका साथ हेरिएको यो परियोजनाको बिकासबाट नेपालको पर्यटन क्षेत्रले सबैभन्दा बढी लाभ लिन सक्ने विशेषज्ञहरुलेनै बताउदै आएका छन । चन्द्रागिरी केवलकारको निर्माणपछि नेपालले एक नया पर्यटकिय गन्तव्य प्राप्त गरेको कुरामा पनि कसैको दुई मत नहोला !

यो परियोजनामा आजसम्म करिव साढे तीन अर्व खर्च भैसकेको र अरु लगभग त्यत्तिनै रकम खर्च हुने योजना रहेको सार्वजनिक भैसकेकै तथ्य हो । ती रकम नेपाली प्रवर्तकहरु आफ्ना जाय, जेथा, घर, घडेरी बेचेर पनि जुटाएका होलान ।

आइएमइका ढकाल दाजुभाइ, भाटभटेनीका गुरुङ्ग बाउ-छोरा, अम्बिका पौडेल, नवराज नेपालजस्ता प्रवर्तकहरु आफ्नै मेहनत, परिश्रम र भाग्यका कारण केही बर्ष यता ठुला लगानिकर्ताका रुपमा उदाएका ब्यक्तिहरु न हुन । यिनिहरु मध्ये कोहि पनि चादिको थालमा सुनको चम्चाले भात खाएर हुर्किएका बर्गभित्रका पर्दैनन । सम्भवत: यिनिहरु सबैको जिब्रोमा आज पनि गुन्द्रुक र ढिडोको स्वाद र पैतालामा जुताको तलुवा खिआएर कोसौ हिडेको अनुभव अझै होला !

यिनिहरुले निर्जन चन्द्रागिरिको डाडामा अरबौको लगानी बहुलाको कुकुरले टोकेर गरेका पक्कै होइनन होला !

बर्षको एक दिन फागु पुर्णिमाको दिन उकालो चढ्न सक्ने थानकोट र पारिपट्टी चित्लाङ्गका स्थानियले भाकल गर्ने र पुज्ने भालेश्वर महादेव मन्दिरको जिर्णोद्दारमा करोडौ खर्च गर्ने प्रवर्द्धकहरु बेबकुफ होलान ?

जानकारहरुका अनुसार, नेपालमा राणाकाल पछि भालेश्वर महादेवको जस्तो स्वरुपको अर्को मन्दिर निर्माण या जिर्णोद्दार भएकै छैन । के यो बिकास हैन? यो नम्बर वान अखबारले देख्नुपर्ने तथ्य हैन ?

आफ्नो जिवनकै सबैभन्दा ठूलो लगानिको जोखिम मोल्नेहरुलाई पक्कै थाहा होला, यो परियोजना असफल भयो भने त्यसको के हबिगत हुन्छ होला? त्यसैले उनिहरुसङ्ग कम्पनी कसरी चलाउने भन्ने व्यवस्थित कार्ययोजना पनि पक्कै होला !

हुनसक्छ सामान्य गल्ती कमजोरी हुनसक्छ, तर स्थापित मिडियाले समेत २६० रुपैया प्रती प्लेटको म:मको भजन गाउनु चै आफैमा लाजमर्दो कुरा हैन र? दुनियालाइ थाहा भएको कुरा हो, दरबारमार्ग लगायतका केही नाम चलेका रेष्टुरेन्टमा जानुस, १३% VAT र १०% service charge जोडेर एक प्लेट म:म:को भाउ कति पुग्छ ?

२५५१ मिटरको उचाइमा आजपनि ट्रकमा पानी ओसारेर एउटा निर्जन जङ्गलमा सुबिधासम्पन्न रेष्टुरेन्ट चलाउनेले भरपेट बुफे लन्च खुवाएवापत करिब ५०० रुपैया लिएको कुरालाइ लिएर चन्द्रागिरिमा अचाक्ली महङ्गो भन्ने शिर्षकको कथा छाप्नु अघि अलिकती विवेक पुर्याउनु पर्दैन ?

त्यो मिडियाले आजसम्म एयर्पोर्टभित्र एक कप कालो चियाको ५० रुपैया र एक कप कफिको २५० रुपैया तथा अन्य खाद्य पदार्थमा २००% सम्म बढी मुल्य लिएर बर्षौदेखी जनता ठगिरहेको नदेख्नु र भर्खर खुल्दै गरेको एउटा राष्ट्रिय गौरवको नमुना आयोजनाले तोकेको म:म: को भाउमा कैफियत देखेर प्रथम पृष्ठ भरिको समाचार बनाउनुको अर्थ र कारण के हुनसक्छ ?

गत बिहिबार चन्द्रागिरि केवलकारका अध्यक्ष चन्द्र ढकाल प्रधानमन्त्रीका अगाडि गर्वका साथ भन्दै थिए,"हामिले मासिक ५० लाख राजस्व दाखिला गर्न थालेका छौ ।" भर्खर खुलेको एउटा आयोजनाले यति राजस्व दाखिला गर्न थाल्नु पनि आफैमा एउटा सुखद समाचार हैन? परियोजना अगाडि बढ्दै गयो भने राज्यको कमाइ पनि त पक्कै बढ्ने होला! अनि यो नम्बर वान अखबारको समाचारको "कन्टेन्ट" हुन सक्दैन? मासिक लाखौको राजस्व सन्कलन मनलागी लेख्दै हिड्ने झोले मिडियाले पुरै डाडाको मासिक १५ हजार मात्रै भाडा! भनेर उठाएको प्रश्नको स्व:जवाफ हैन र? यो प्रश्नको अब थप जवाफ दिइरहनु आवश्यक पर्छ र ?

आफुलाइ नम्बर वान दाबी गर्ने मिडिया र जे मन लाग्यो त्यही लेख्ने केही अन्य मिडिया बिचमा कुनै भिन्नता हुन्छ कि हुन्न? यदि मिडियाको काम बिरोध मात्रै गर्ने हो भने हाम्रो समाजमा राम्रो कामको सुरुवात गर्नेलाइ स्याबासी कस्ले दिने हो ?

मिडियाले चन्द्रागिरीलाई यसैगरी असफल बनाउने रणनिती लिने हो र असफल नै बनाउने हो भने भबिष्यमा जोखिम लिन को अघि सर्छ? भबिष्यमा यस्ता ठुला आयोजनाहरुमा कस्ले लगानी गर्छ? हामी कस्तो देशको निर्माण गर्न खोज्दैछौ? के मिडियाको भुमिका र दायित्व बिकसित र सम्बृद्धशाली नेपाल बनाउनमा हुदैन ?

आज लगानी गरेर भोलिनै प्रतिफल चाख्न पाउने आजको यान्त्रिक जमानामा आएर १० बर्षमा पनि लगानी उठ्ने या नउठ्ने शन्काकै भरमा जिवनभरी दुख गरेर कमाएको करोडौ रुपैयाको जोखिम उठाएका चन्द्रागिरिका प्रवर्तकहरुलाइ असफल बनाएर आत्महत्या गर्न प्रेरित गर्ने नम्बर वान अखबारको नियत के हो, स्पष्ट भएन ।

मिडियाले एक ढङ्गले सामाजिक चरित्रको निर्माण गर्दछ । स्थापित मिडियाको भुमिका त झन महत्वपुर्ण रहन्छ । हामी कस्तो समाजको निर्माण गर्न खोजिरहेका छौ? सम्बन्धित सबैले छातिमा हात राखेर सोच्ने हो कि?
अन्त्यमा,

चन्द्रागिरी डाडामा जो कोहि पुगेको छ, उसले पक्कै भनेको हुनुपर्छ ।
वाह! क्या आनन्द !

२५५१ मिटरको उचाइमा आत्याधुनिक सुबिधाको सहायताले पुग्दा प्राप्त हुने "वाह! क्या आनन्द!" को कुनै मूल्य हुन्छ र ?
यस्तो अमुल्य कुराको आनन्द उठाउनुको सट्टामा हामी किन दुई चार सयको हिसाब लगाइरहेका छौ ?

बडवाल टोलमा झोलुङ्गे पुलको निर्माण कार्य सुरु

पप्पु गुरुङ्ग, ३ पौष, दोधारा चाँदनी । दोधारा चाँदनीको बडवाल टोलमा झोलुङ्गे पुल निमार्ण कार्य सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडवाल टोललाई जोड्नको लागी मंसिर १० गते देखि निर्माण कार्य संचालन भएको बताईएको छ् । हात्ती प्रभावती क्षेत्र भनेर प्रख्यात यस क्षेत्रमा हात्तीको आतंक सहित जगबुडा नदीबाट आउने बाढीले बिगत लामो समय देखि स्थानियहरु आतंकित बन्दै आएका छन् ।

गत असार सम्झौता अनुसार आउदो असारमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कार्यको जिम्मा लिएका श्री गिता स्वर्णीम जेबी, पोखराले जनाएको छ् । कम्पनीका प्रतिनिधी बिश्व खनालले दोधारा चाँदनीको वडा नं. ३ मा जगबुडा नदीमा निर्माण हुदै गरेको झोलुङ्गे पुल यहि असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन् । करिब १ सय ४७ मिटर लामो निर्माण हुन लागेको पुलले बडवाल टोल, तथा सिमावर्ती भारतिय बजार नगरालाई समेत जोड्ने भएको हुदा हजारौ स्थानियहरु प्रत्यक्ष लाभान्भित हुने स्थानियहरुको भनाई रहेको छ् । पुल बन्दै गर्दा बडवाल टोलका स्थानियहरु बढी खुशी भएका छन् ।

जंगली हात्ती तथा बाढीको त्राशले निकै सताउदै आएका स्थानिहरुमा पुल बन्दा भागेर ज्यान जोगाउन सहज भएको महशुस गरेका छन् । “बल्ल बडवाल टोलमा एसएलसी पढ्ने मानछेको उत्पादन हने भयो” स्थानिय महाबिर क्षेत्रीले भने । जगबुडा नदीमा पुलको अभावले बडवाल टोलका बिद्यार्थी प्राबि तह उक्लेपछि बिद्यालय छाड्ने गर्थे ।

“तर अब पुल बनेपछि हाम्रा नानीहरु निमाबि तह पढ्न पाउने भए” हर्षित हुदै स्थानिय क्षेत्रीले भने । एउटा प्राथमिक तहको विद्यालय बाहेक अरु कुनै सरकारी निकाय छैन्  “सरकारको उपस्थिति भनेको एउटा अधुरो विद्यायल मात्रै हो,” स्थानिय क्षेत्रीले भने –“त्यो विद्यालयको अपुरो शिक्षा हासिल गरेर हाम्रा छोराछोरी भारतमा मजदुरी गर्न बाध्य छन् ।” विद्यालय स्थापना भएको साल देखि नै गाउ“का बालबालिकाले प्राथमिक तह सम्मको शिक्षा हासिल गर्ने गरेको भए पनि निम्न माध्यमिक र त्यस भन्दा माथिको शिक्षा हासिल गर्न वगबुडा नदी बाधक बन्दै गउको हो ।

गाउँका ६ सय भन्दा बढी बालबालिकाले प्रावि तह सम्मको अध्ययन गरेको भए पनि गाउ“मा माथिल्लो तह सम्मको अध्यापन हुने विद्यालय नहुदा र जोगबुढा नदीमा पुल नभएकै कारण विद्यार्थीको पढाइ अधुरो रहदै आएको छ । “अब हाम्रो टोलमा एसएलसी पढ्ने मान्छे पाईने भए” अर्का स्थानिय लक्ष्मी क्षेत्रीले भने । उनले थपे–“अब बाढी तथा हात्तीले बच्न पनि झेलुङ्गे पुल हाम्रो लागी बरदान हुने भयो” खुशी हुदै क्षेत्रीले भने ।

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं,पुस ३ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य मूल्य बढाएको छ । ग्यासको मूल्य भने पुरानै कायम रहेको छ । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ ।

पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा र डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० मूल्य बढाइएको  आयल निगमले जनाएको छ ।  ९७ रुपैयाँबाट अब पेट्रलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ । डिजेल र मटितेलमा  दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ । ग्यासको मूल्य भने पुरानै कायम राखिएको छ । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ थियो ।

प्रधानमन्त्री दाहालको आरोप-‘चुनावको मिति घोषणा गर्न एमालेले दिएन’

विराटनगर ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावको विरोध गरिरहेको एमालेकै कारण स्थानिय चुनावको मिति घोषणा हुन नसकेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले संसद अवरुद्ध हुँदा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल पनि रोकिएको र निर्वाचनको मिति घोषणा गर्न पनि नदिइएको आरोप लगाए ।

माओवादी समर्थक पत्रकारहरुको संगठन प्रेस सेन्टर मोरङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री दाहालले राजनीतिक गतिरोध अन्त्य हुने कि नहुने भन्ने कुरा एमालेमा भर परेको बताए ।

आफ्ना मागमा संसद अवरोध, कुर्सी तोडफोड र सुटकेस च्यात्न समेत पछि नपरेका माओवादी अध्यक्ष दाहालले एमालेले संसदमा गर्दै आएको अवरोधलाई भने गैरलोकतान्त्रिक र गैरसंसदीय प्रक्रिया भएको बताए ।

‘प्रतिपक्षले तर्क वितर्क गरेर संशोधन प्रस्तावलाई असफल पार्छ भने त्यो उसको अधिकार हो । तर, त्यसको छिनोफानो गर्ने थलो संसद नै हो,’ प्रधामनन्त्री दाहालले भने ‘त्यसकारण जो साथीहरुले संसद अवरुद्ध गर्नुभएको छ उहाँहरुले अविलम्ब यो गैरसंसदीय, गैरलोकतान्त्रिक प्रक्रियालाई बन्द गर्नुपर्छ । आफ्नो मत संसदभित्रै राख्नुपर्छ र संसदबाट नै यसको टुंगो लगाउनुपर्छ । जति छिटो प्रतिपक्षका साथीहरुले बुझ्नुहुन्छ, त्यति छिटो राजनीतिक गतिरोधको अन्त्य हुन्छ ।’

विवादास्पद र देशभर बिरोध भइरहेको संविधान संशोधन प्रस्ताव देशलाई एकता गर्नेगरि ल्याएको तर्क गर्दै प्रधानमन्त्री दाहालले एमालेले संसद अवरुद्ध गरेर देशको निकासलाई रोकेको आरोप लगाए ।

शिर्ष नेता बैठक डाकेर राष्ट्रपतिले नसकेको बिवाद सभामुखले मिलाउन सक्लिन् त !

३ पुस, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई साता अघि डाकेको बैठकपछि दलहरुबिचको विवाद मिल्नुको साटो झन बढ्दो छ ।

उक्त बैठकमा काँग्रेस सभापती शेर बहादुर देउवाले एमाले अध्यक्ष केपी ओलिलाई हप्काएनन् मात्र तमलोपा अध्यक्ष रहेका महन्थ ठाकुरले देश टुक्राउने सम्मको अभिव्यक्ति दिंदा समेत कसैले केही प्रतिकार गरेनन् ।
फलत राष्ट्रपतिले डाकेको बैठकले उपलब्धि शुन्य हात पार्यो ।

अहिले फेरी सभामुद सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक आह्वान गर्दै दलहरुको बिवाद मिलाएर संसद खुलाउन प्रयास गरेकी छिन् ।

संसद बैठक स्थगित गरि हप्तौं बिदेश भ्रमणमा जाँदा चर्को आलोचना खेपेकी सभामुख घर्तीले डाकेको बैठकमा उनले माओवादी केन्द्रको बिल्लाबाट मुक्त भएर स्वतन्त्र सभामुखको भूमिका निभाउन सक्लिन् वा माओवादी पक्षमै सहमत गराएर खुलाउन प्रयास अबको संसद खुल्ने र अवरोध जारी रहने कुरा यसमै अड्कने देखिएको छ ।

भारतीय ईशारामा माओवादी केन्द्र र नेपाली काँग्रेसले संसदमा दर्ता गरेको विवादास्पद संविधान संशोधन विधेयक फिर्ता नगरेसम्म दलहरुबिचको विवाद मिल्ने देखिन्न ।

तर सोमबार बिहान एघार बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको संयुक्त बैठकमा यसले कस्तो रुप लिन्छ हेर्न बाँकी रहेको छ ।

स्मरणीय छ सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ भने यसको देशभर व्यापक बिरोध र प्रदर्शन समेत भइरहेको छ ।

दलहरुबिच वार्ता र समस्या समाधान भन्दा पनि सरकारले सोमबारको संसद बैठकमा संशोधन प्रस्तावलाई कार्यसूचीमा राख्ने तयारी गरेको छ ।

लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्तावलाई त्यसै अलपत्र पारेको सरकारले एकाएक संविधान संशोधन विधेयक ल्याएर कार्की बिरुद्धको महाअभियोगलाई तुहाउने रणनीति बनाएको ठानिएको छ ।

फिलीपीन्सका राष्ट्रपतिले भने-‘अमेरिकी सहयोग बिनै हामी बाँच्न सक्छौं’

एजेन्सी ।
अमेरिकी सरकारले फिलीपीन्सलाई दिंदै आएको सहयोगमा आफ्ना सर्त राखेपछि फिलीपीन्सका राष्ट्रपतिले आफ्नो देश अमेरिकी सहयोग बिना पनि बाँच्ने भन्दै अमेरिकी संस्थाहरुलाई देश छाड्न निर्देशन दिएका छन् ।

फिलीपीन्सलाइ दिदै आएको आर्थिक सहयोगमा सर्त राख्दै कटौतिको घोषणा भएपछि फिलीपीन्सका राष्ट्रपति राड्रिगो दुर्तेतेले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

फिलीपीन्समा काम गर्दै आएको मिलीननीयम च्यालेन्ज कर्पोरेशनलाइ राष्ट्रपति६ महिना भित्र देश छाडेर जान भनेका छन् । उनले भने अमेरिकन सहयोग बिना पनि फिलीपीन्सले आर्थिक बिकास गर्न सक्छ। अमेरिकाले दिने यो आर्थिक सहयोग नपाएकोमा हामी खुसी छौँ।’

अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन मार्फत फिलीपीन्सलाई छुट्याएको ४३ करोड डलर अनुदानमा सर्त राख्दै नमानेपछि नविकरण नगर्ने बताएको थियो ।

फिलीपीन्सका राष्ट्रपतिले भनेका छन् अमेरिकाले गरेको यो निर्णयबाट म हतास भएको छैन। र, फिलीपीन्समा पनि कुनै खास असर पर्ने छैन।’

फिलीपीन्समा रहेको अमेरिकी गरिवी सहायता एजेन्सीलाई तत्काल देश छाडन पनि आग्रह गरेको बताउँदै दुर्तेतेले बताएका छन् ‘अमेरिकी एजेन्सीहरु घर फर्कने तयारी गर्दै गरे हुन्छ। ६ महिना भित्र सबै फर्कि सक्नु पर्ने छ।’

अमेरिकाले सहयता गर्नका लागी केहि सर्त अगाडी सारेको बताउँदै फिलीपीन्सका बिदेश मन्त्रीले अमेरिकाको आलोचना गर्दै आएका थिए ।

फिलीपीन्सको आवश्यकता भन्दा अमेरिकी स्वार्थमा त्यस्ता संस्थाहरुले सहयोग परिचालन गर्न थालेपछि फिलीपिन्सका गैर सरकारी संस्थाहरुले सरकारको बिरोध गरेपनि नागरिकहरुले भने सरकारको समर्थन गर्दै निर्णयको स्वागत गरेको बताइएको छ ।

फेसबुकबाटै यसरी लुटिन्छ अस्मिता र सम्पत्ति

काठमाडौं,पुस ३ । कमला (नाम परिवर्तन) लाई एउटा युवाको फेसबुकमा साथी बन्ने अनुरोध आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन्। उनले साथी बन्ने अनुरोड्ढ स्वीकारिन्। कमला र ती युवा फेसबुकमा साथी भए।

सरकारी सेवामा अधिकृत स्तरको जागिरे कमलासँग विस्तारै ती युवाको च्याट हुन थाल्यो। युवाको कुराकानी र प्रसंग चाखलाग्दा बन्दै गए। अविवाहित कमलालाई युवाको गफले मोहित बनाउँदै लग्यो। केही महिनाको अन्तरालपछि च्याटमै कमला र ती युवाको मित्रता प्रेममा परिणत भयो। अब दृश्यसहितको संवादमा कहिले युवाले त कहिले कमलाले दायर नाघ्दै गए।

सामाजिक सञ्जालकै दृश्य संवादमा कमला र युवा दुबैले गोपनियता भन्ने केही बाँङ्की राखेनन्। तर, त्यती घनिष्टता अहिले कामलाका लागि जीवनकै ठूलो भुल साबित भएको छ।विवाहको मिति र समय पनि फेसबुकबाटै तय गरेका युवक अन्तर्राष्ट्रिय ठग भएको तथ्य सार्वजनिक भएपछि कमलाको दैनिकी तनावग्रस्त बन्यो।

कमलाजस्तै काठमाडौंकी अर्की एक महिला फेसबुकमा साथी बनेका युवाले अमेरिकाबाट पठाएको २० लाख रूपैयाँको उपहार लिन आठ लाख खर्च गरेकी छन्। तर उपहार हात पर्न सकेको छैन।ती युवाले उनलाई सुरूमा साथी बनाएर उनको व्यक्तिगत र पारिवारिक जानकारी लिएका थिए। उनलाई सबैभन्दा आकर्षक बस्तुकाविषयम सोधेर सोही बस्तु खरिद गरेको भन्दै फोटो पठाएका थिए।

उपहार पार्सल गरी पठाएको जानकारी दिएर बिदामा बसेका ती युवा उनले रकम पठाएको भोलिपल्टदेखिनै सामाजिक सञ्जालबाट हराए। उनलाई उपहार पठाउन लाग्ने भन्सार शुल्क भन्दै भारत र भैरहवाबाट फोन गरी रकम मागिएको थियो।केही लाख खर्च गरेर लाखौंको सामग्री पाउने चाहनामा उनले आठ लाख गुमाएको अनुसन्धानमा खुलेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा फेसबुकलाई माध्यम बनाएर ठगिएका आधा दर्जन उजुरी परेका छन्। ब्युरोका अनुसार ठगिने सबै महिला छन्। अधिकांशलाई उपहारको लोभ देखाउर भन्सार र भाडाबापतको रकम भन्दै पैसा मागिएको छ। केही युवतीसँग भने अश्लील दृश्यसहित संवाद भएको उजुरी परेको ब्युरोले जनाएको छ।

‘अमेरिका र युरोपबाटै गिरोहले धन्दा चलाएको देखिन्छ। भारत र नेपालमा रहेका गिरोहका सदस्य रकम लिने र फोन गर्ने कार्यमा जुटेको भेटियो,’ ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले भने।

उनका अनुसार धनाढ्य परिवारका गृहिणी गिरोहको पहिलो निसानामा परेका छन्। यस्तै केही जागिरे र कामकाजी महिलासमेत गिरोहबाट ठगिएको ब्युरोको अनुसन्धानमा देखिएको छ। ‘हामीले एक हजार पाँच सयको हाराहारीमा युवती तथा महिला ठगिएको अनुमान गरेका छौं, निवेदन आउने क्रम जारी छ। ठगिएका केही महिला परिवारको प्रतिष्ठाका कारण सार्वजनिक हुन चाहेनन्,’ सिलवालले भने।

ब्युरोमा परेको उजुरीअनुसार उपहारको लोभमा परी ठगिने महिलालाई अमेरिकामा रहेका युवाले उपहार पठाएको जानकारी दिएपछि आफू बिदामा रहने बताएका थिए। उनले उपहार पठाएको तेस्रो दिन भारतबाट कसैले फोन गर्दै उपहार महँगो भएको र भन्सारमा मिलाउने भन्दै रकम मागेको थियो।

नेपालबाट पैसा पठाएको दोस्रो दिन भैरहवाबाट नेपाली युवाले फोन गरी थप रकम माग गरेका थिए। भैरहवामा रकम पठाएको दुई सातासम्म उपहार हात नपरेपछि महिला ब्युरोको सम्पर्कमा पुगेकी हुन्।

‘हामीले ठग गिरोहको निर्देशनमा रकम पठाउन सघाउने दुईजनालाई पक्राउ गरेका छौं। सामाजिक सञ्जालमार्फत भएको कुराकानीका आधारमा व्यक्ति पहिचान र पक्राउ गर्न समय लाग्छ, अनुसन्धान जारी छ’ ब्युरोकी एसपी मिरा चौधरीले भनिन्। उनले यस्तै प्रकारको ठगीको घटना केही महिनाअघि मकवानपुरमा समेत भएको बताइन्।

ब्युरोले मंसिर २३ मा एक महिलाको उजुरीपछि ललितपुर सुन्धाराका अनिलनाथ श्रेष्ठ र काठमाडौं बनस्थलीकी अनीता महर्जनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। दुवैले ठगिने महिलाले पठाएको रकम व्यवस्थापन गर्न सघाएको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो आजको नागरिक दैनिकमा समाचार छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web