काठमाडौं,पुस ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ २३ गते संसद्मा सार्वजनिक महत्त्वका विषयमा सम्बोधन गर्दै स्वास्थ्योपचारका लागि महत्त्वपूर्ण कुरा उठाए। उनको सम्बोधनको बुँदा नम्बर १९ मा अस्पतालहरूमा साँझसम्म बहिरंग सेवा ओपीडी सञ्चालन गर्ने प्रतिबद्धता थियो। १० देखि २ बजेसम्म सञ्चालन हुँदै आएको सेवा ५ बजेसम्म सञ्चालन हुने उल्लेख थियो।
त्यसैलाई आधार मानेर स्वास्थ्य मन्त्रालयले असोज ९ गते सबै अस्पताल र विभागलाई सोहीअनुरूप सञ्चालन गर्न परिपत्र गर्यो। कार्यान्वयन भने भएको छैन। कतिपय अस्पतालहरूले जनशक्ति अभावलगायत कारणहरू देखाएर सेवा दिइरहेका छैनन् भने कतिपयले यसबारे कुनै निर्देशन नआएको बताएका छन्।
कतिपय अस्पतालमा भने यही समयावधिलाई बहाना बनाएर उल्टै महँगो ‘पेइङ’ उपचार सेवा थालेका छन्।
अस्पतालहरूले ‘जनशक्ति अभाव’ लाई कारण देखाउँदै आएका छन्। ‘१० देखि ५ ओपीडी चलाउन सक्ने अवस्था छैन,’ कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले भने, ‘ल्याब, एक्सरे, काउन्टरलगायत फाँटमा कर्मचारी अभाव छ।
नियमअनुसार ८ घण्टा काम गरेकालाई १२ घण्टा लगाउनुपरेपछि अतिरिक्त भत्ता दिन अस्पतालसँग स्रोत छैन।’ अहिले १० देखि ५ बजेसम्म चलाउने कुनै तयारी नभएको उनले बताए।
जनकपुर अञ्चल अस्पतालका चिकित्सकको उस्तै जवाफ छ, ‘तयारीबिना ल्याइएको नीति कार्यान्वयन गर्न सकिन्न।’ अस्पतालका मेडिकल अधिकृत एवं नेपाल चिकित्सक संघ जनकपुरका कामु अध्यक्ष डाअनिलकुमार ठाकुर यथास्थितिमा नयाँ तालिकाअनुसार सेवा सञ्चालन गर्न नसकिने बताउँछन्।
‘एक त दरबन्दीभन्दा झण्डै आधा चिकित्सक र स्वास्थ्यकर्मी मात्रै छन्,’ उनले भने, ‘अतिरिक्त समय काम गरेको बेग्लै सुविधा दिने प्रावधान छैन। यस्तो अवस्थामा निर्देशन कार्यान्वयन गर्न सकिन्न।’
दुई सय शय्या क्षमता भएको जनकपुर अञ्चल अस्पताल यस भेगकै ‘रेफरल’ अस्पताल हो। यसमा नेपाल सरकारतर्फ १ सय ३८ चिकित्सक, स्वास्थ्यकर्मीलगायत कर्मचारीको दरबन्दी भए पनि हाल ६४ जनामात्र कार्यरत छन्। अस्पताल विकास समितिको १ सय ५२ दरबन्दीमा १ सय २५ पदमात्र छन्। (कान्तिपुर दैनिक)
काठमाडौं,पुस ३ ।
अमेरिका स्थित सियाटल र फ्लोरिडामा भएका दुइवटा छुट्टाछुट्टै सडक दुर्घटनामा दुइ नेपालीको मृत्यु भएको छ ।
सियाटलमा भएको सडक दुर्घटनामा ममता कँडेलको मृत्यु भएको दोश्रो दिन फ्लोरिडामा भएको सडक दुर्घटनामा अर्की नेपाली युवतीको मृत्यु भएको हो।
फ्लोरिडा प्रहरीले बताए अनुसार संगम सुवेदीले चलाएको गाडी दुर्घटनामा एक युवतीको मृत्यु भएको हो। घटना स्थलमै मृत्यु भएकी युवतीको परिचय नखुलेको प्रहरीले बताएको छ ।
यो भन्दा अगाडी दुर्घटनामा आइडोहा विश्वविद्यालयमा अध्ययनरत नेपाली युवती कँडेलको घटनास्थलमै मृत्यु भएको थियो भने चालक विकाश सिग्देल घाइते भएका थिए। सिग्देलले चलाइरहेको गाडी नियन्त्रण बाहिर गएर मालबाहक गाडीमा ठोकिएको प्रहरीले बताएको छ।
फ्लोरिडा प्रहरीले बताएअनुसार रातो बत्तीमा चालकले गाडी रोक्न नसकेका कारण घटना भएको थियो। ‘चालक संगम सुवेदीले रातो बत्तीमा नरोकेर अगाडी दौडाएका कारण गाडी मालबाहक ट्रकसँग ठोकिन पुगेको हो ।’
दुर्घटनामा परि घाइतेहुनेहरु श्रदा ठकुरी र असलीसा पण्डितलाई फ्लोरिडाको वे चिकित्सा केन्द्रमा उपचार गराइरहेको प्रहरीले बताएको छ ।
काठमाडौं,पुस ३ । सरकारले आगामी १५ वर्षसम्ममा पेट्रोलियम पदार्थ आयात ५ खर्ब रुपियाँभन्दा बढीको हुने प्रक्षेपण गरेको छ । बढ्दो इन्धन आयातले वैदेशिक व्यापारमा समेत समेत प्रतिकुल प्रभाव परेको भन्दै चिन्ता प्रकट भइरहेका बेला आपूर्ती मन्त्रालयले आर्थिक वर्ष २०८६/८७ सम्ममा आयात ५ खर्बभन्दा बढी हुने प्रक्षेपण गरेको हो ।
सरकारले कुल ९० दिनलाई पुग्ने इन्धन भण्डारण गृह स्थापनाको तयारी गरिरहे पनि प्रक्षेपणमा इन्धन आयात बढ्दै जाने देखिएको छ । नेपाल आयल निगमका अनुसार हाल बाषिर्क १ खर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भइरहेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
काठमाडौं,पुस ३ । पृथ्वीनारायण शाह राष्ट्रनिर्मातासँगै मुलुकको प्रगति, अखण्डता र एकताका स्वप्नदर्शी रहेको विश्लेषण प्रमुख दलका प्रबुद्ध नेताहरूले गरेका छन् । पृथ्वीनारायण विचार अभियान राष्ट्रिय एकता तथा २९५ औं पृथ्वीनारायण शाह जयन्ती नागरिक मूल समारोह समितिले शनिबार राजधानीमा आयोजना गरेको 'नेपाली राष्ट्रियता र राष्ट्र निर्माता शाह' विषयक कार्यक्रममा गणतान्त्रिक आन्दोलनमा सहभागी नेताहरूले समेत पृथ्वीनारायणमा 'स्टेटम्यानसिप' रहेकै कारण उनी नेपाल र नेपाली रहेसम्म सम्मानित राजा रहिरहने धारणा व्यक्त गरे ।यो खबर हामीले आजकव अन्नपूर्ण पोष्टबाट लिएका हौ।
नेताहरूले भने, 'मुलुक अत्यन्त जटिल र कठिन स्थितिबाट गुज्रँदै गएको वर्तमान अवस्थामा स्टेटम्यानसिपको खडेरी छ ।' मुलुक विदेशीको ठाडो हस्तक्षेपबाट अघि बढ्न लागेकाले राष्ट्रको रक्षार्थ परेमा संघीयता, राजतन्त्र र धर्म निरपेक्षतामाथि जनमतसंग्रहमा जान नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले सुझाए ।
माओवादी केन्द्रका नेता शक्ति बस्नेतले आफ्नो राजनीतिक सिद्धान्तले राजतन्त्र नमाने पनि पृथ्वीनारायण शाहकै एकीकरण अभियानद्वारा आज नेपाल र नेपालीको अस्तित्व रहेको बताए ।
वर्तमान राज्य व्यवस्थाले पृथ्वीनारायण शाहको सही मूल्यांकन गर्न नसकेको आरोप पनि लगाए उनले ।पृथ्वीनारायण शाहको बखानसँगै राजतन्त्र र हिन्दु नेपालको आवश्यकता औंल्याउँदै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काले आफ्ना पूर्वनेता गिरिजाप्रसाद कोइरालालाई राष्ट्र विभाजनको खलनायकका रूपमा उभ्याए ।
'गिरिजाको लाहाछापमा लादिएको संघीयता र धर्मनिरपेक्षताले मुलुक विभाजन गराउँदै सिंगो राष्ट्र र पृथ्वीनारायणप्रति कांग्रेसले गरेको ऐतिहासिक भूलले आफू कांग्रेस केन्द्रीय सदस्य हुँदा पनि कांग्रेस हुँ भन्न लाज लाग्न थालेको छ,' खड्काले भने ।
४६ को परिवर्तनपछि राज्य बीपी कोइरालाको नीतिमा अघि बढ्न नसक्दा आज धराशायी भइरहेको दाबी उनको थियो ।
गणतन्त्र २०६२÷६३ को आन्दोनलमा नउठेको तर गिरिजाको लाहाछापमा आएका संघीयता र धर्मनिरपेक्षता स्वीकार्य नभएको भन्दै संघीयता, राजतन्त्र र हिन्दु राष्ट्रमा जनमतसंग्रहको माग खड्काले गरे ।
नेपालको अस्तित्व संकटमा आउनुका पछि आईएनजीओको हात रहेको उल्लेख गर्दै खड्काले भने, 'आईएनजीओ नेपाल प्रवेश गराएर आन्दोलनमा नउठेका मुद्दालाई संविधानमा राख्ने कार्य प्रमुख दलका प्रमुख नेताबाटै भएको छ ।'
'म पूर्वगृहमन्त्री पनि भएकाले तीन दलमा को-को विदेशी एजेन्ट छन् भन्ने कुरा बुझ्छु । यद्यपि अहिले उनीहरूको नाम सार्वजनिक गर्ने स्थिति भने छैन र त्यो दिन टाढा पनि छैन,' उनले भने । 'विदेशीको डलर खाएर नेपाली नेपालीबीचको एकतामा खलल पुर्याउनेलाई जनताबीच दण्डित गर्नेुपर्ने' पनि उनको धारणा थियो ।
'संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता संविधानसभामार्फत छिराउने कार्य कांग्रेसले नै गरेको हो । ५१ प्रशितशत जनताले त्यसलाई स्वीकारेका छैनन् र व्यक्तिगत रूपमा मैले पनि स्वीकारेको छैन', उनले थपे, 'मधेस र मधेसीलाई अल्मल्याउँदै राष्ट्रलाई अप्ठ्यारोमा पार्ने पनि गिरिजाप्रसाद नै हुन् ।'
कार्यक्रममा एमाले नेता एवं सांसद लालबाबु यादवले पुष्पलाल, मदन भण्डारी, डा. बाबुराम र सीपी मैनालीले पृथ्वीनारायणको योगदानको चर्चा गर्दै लेखेका कृतिबाट आफू प्रभावित भएको बताएका थिए ।
'शाहले राष्ट्रिय एकीकरणका लागि शक्ति प्रयोग गरेका हुन्, हाम्रा नेताहरू जस्तो पदीय हैसियत दुरुपयोग गरेर सुरक्षाकर्मीको प्रयोग गरेका होइनन्', उनले भने, 'शाह सच्चा कम्युनिस्ट र डेमोक्र्याट भएकाले नेपाल सदाकाल सार्वभौम राष्ट्र हुन सफल भयो ।'
यादवले हाम्रा नेता र पार्टीहरूको स्वार्थका कारण आईएनजीओहरूले मुलुक ध्वस्त गरेको तर शाहले अढाइ सय वर्षअघि नै यसमा रोक लगाएको बताए ।
मालेका नेता चन्द्रप्रकाश मैनालीले शाहको प्रशंसा गर्दै उनले नेपालका लागि गरेको योगदान विश्वका कुनै पनि नेताबाट नभएको उल्लेख गर्दै शाहको सम्मानका लागि एकता दिवसमा सार्वजनिक बिदा दिन माग गरे ।
कार्यक्रममा कांग्रेस नेता एवं पूर्वमन्त्री रामशरण महतले पृथ्वीनारायण शाह एउटा लडाकु राजामात्र नभएर स्टेटम्यान पनि रहेको बताए । 'उनी नेपालको एउटा सच्चा छोरा हुन् भन्ने कुरा स्वीर्कानैपर्छ', डा.महतले भने ।
गणतन्त्र आन्दोलनको माग नभएको र कुनै पनि नेताले नचाहेको संघीयतामा जान खोज्दा मुलुक धराशायी हुँदै गएको डा. महतले बताए ।
'पुस २७ मा बिदा'
भूमिसुधारमन्त्री विक्रमबहादुर पाण्डेले पुस २७ गते २९५ औं पृथ्वी जयन्तीमा सार्वजनिक बिदा हुने बताए । उनले भने, 'त्यसका लागि मन्त्रिपरिषद्को बैठकमा विधि र प्रक्रियासम्मत रूपमा प्रस्ताव लैजानेछु ।' उनले पुस २७ लाई एकता दिवस बनाउन प्रधानमन्त्री पनि सकारात्मक भएको अनुभव आफूले गरेको बताए ।
कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले पृथ्वी जयन्तीको बिदा मन्त्रिपरिषद्को बैठकले नभएर गृह मन्त्रालयको एकल निर्णयमा काटिएको जनाउँदै बिदा काटिएको विषयमा आफूले मन्त्रिपरिषद्मै आपत्ति जनाएको स्पष्टीकरण दिएका थिए । त्यति बेला गृहमन्त्री कृष्णप्रसाद सिटौला थिए ।
कार्यक्रममा उद्घोषकले केही सयमअघि बीबीसीमा अन्तर्वार्ता दिने क्रममा कांग्रेस नेता सिटौलाले पृथ्वीनारायण कोहो, आफूले चिनेको छैन भन्दै अपमान गरको विषय राख्दा उपस्थित सहभागीले 'र' को एजेन्टले चिन्नु आवश्यक छैन भन्दै नाराबाजी गरेका थिए ।
काठमाडौं,पुस २ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा शनिबार राजधानीमा र्याली निस्किएको छ । समर्थक र सर्वसाधारण भृकुटीमण्डपमा भेला भएर र्यालीसहित खुल्लामञ्चमा पुगेर सभामा परिणत भएका थिए ।
खुल्लामञ्चको भित्तामा समर्थकले ‘समृद्ध नेपालका निम्ति सक्षम नेतृत्वलाई समर्थन गरौँ’, ‘कुशल ब्यक्तिलाई सबै मिली प्रोत्साहन गरौँ भन्नेलगायतका नारा लेखिएको घिसिङको तस्विर सहितको ब्यानर राखेका थिए ।
लोडसेडिङ्को मार खेप्दै आएका जनता स्वतस्फूर्त रुपमा खुल्लामञ्चमा आएर घिसिङलाई विद्युत प्राधिकरणको नेतृत्वबाट बाट हटाउन खोज्ने बिरुद्ध पनि नाराबाजी गरे ।विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएलगत्तै लोडसेडिङ हटाएर घिसिङ चर्चामा आएका छन् । तर, उनका विरोधीहरुले घिसिङविरुद्ध षडयन्त्र गरिरहेको र देशलाई पुनः अन्धकारमा धकेल्ने चलखेल भइरहेका समाचार सार्बजनिक भइरहेका छन् ।
काठमाडौं,पुस २ – यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ । बोल्न र हिँड्डुल गर्न नसक्ने, कहिल्यै विद्यालय नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको जवाफ कलमले लेखेर दिन्छ । भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे । नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए ।
इतिहासदेखि भुगोलसम्म,गणितदेखि विज्ञानसम्म,धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे विषयमा सोधिए पनि आदित्यले जे सोधे पनि आदित्यले चामत्कारिक रुपमा उत्तर दिँदै गए । वेद र उपनिषद्का श्लोकहरु पनि लेख्न भ्याए । नेपाली र अंग्रेजी मात्रै होइन,चाइनिज कोरियन,रसियनलगायत लिपीमा लेखेर उनले प्रमाणित गरिदिए कि दुनियाँमा कुनै पनि चिज उनको कलिलो मस्तिस्कभन्दा बाहिर छैनन् । आफूलाई भेट्न आउनेहरु को हुन्,उनलाई पहिल्यै थाहा हुन्छ । एमालेका अध्यक्ष भेट्न जाँदा उनकी आमाको नाम लेख्न लगाइयो ।
आदित्यले मधुमाता लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए । मुख्यसचिव लीलामणि पौडेल भेट्न जाँदा आदित्यले लेखे,बागमतीमा सफाइ होइन,फोहोर फाल्न बन्द गरौं । पूर्वमुख्यसचिव पुग्नासाथ आदित्यले कागज मागेर लेखे,‘माधव सर नमस्कार ।’ तिनै घिमिरेले आदित्यसित लिखित प्रश्न सोधे,‘अब मैले के गर्दा राम्रो हुन्छ ?’ आदित्यको जवाफ यस्तो थियो,ध्यान गर्नुहोस्,बाटो आफैं भेट्नुहुनेछ ।’ कहिलेकाहीँ आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि हुन्छन् ।
नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन्,‘जनमत संग्रह गरौं ।’ नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो,‘नेताहरु बोल्छन मात्र काम गर्दैनन् । उनले तिमी यो संसारमा आउनुको कारण के हो भनेर प्रश्न गर्दा उनले लेखे,‘नट नाउ पछि कुरा गरौंला ल ?’ नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनको जवाफ छ,‘नेताहरुको झगडा मिलेपछि २०७२ भित्र । सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम लेखिदिएका थिए ।
उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए,भो,आज लेख्दिनँ ।’ आफ्नो बारे पनि आदित्यले लेख्ने गरेका छन् । एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो । प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
एजेन्सी । पछिल्लो समय भारतीय चलचित्र क्षेत्रमा राज गरेकी सन्नी लियोनीलाई एक रातमा चार मिनेट नृत्य गर्न चार करोडको आफर गरिएको छ । रातको केही समय प्रस्तुत गर्नका निम्ति उनलाई यति ठूलो रकमको अफर आएको हो । मुम्बईको एक पाँचतारे होटलले सन्नीलाई सो गीतमा नृत्य प्रस्तुतिका लागि चार करोड भारुको अफर गरेको चर्चाले अहिले भारतीय सञ्चार माध्यम तानेको छ । सो होटलले नयाँ वर्षको अवसरमा गर्न लागको रात्रिकालिन कार्यक्रममा सन्नीलाई उपस्थित गराउन यस्तो अफर गरेको हो । पोर्नस्टारबाट चलचित्रमा जमेकी उनको चलचित्रले खासै राम्रो व्यापार गरेको रेकर्ड छैन । तर, पनि उनको चर्चा दिनप्रतिदिन बढेकै बढ्यै छ । उनको व्यक्तिगत आम्दानीमा कुनै असर परेको छैन ।
सन्नीले पछिल्लो पटक भारतीय सुपर स्टार शाहरुख खानसँग चलचित्र रइसमा स्क्रिन रोमान्स गरेकी छन् । सो चलचित्रमा ‘लैला ओ लैला’ बोलको गीत समावेश भएको छ । सो गीतमा सन्नीले फिचरिङ गरेकी छिन् । सो गीत सार्वजनिक भइसकेको छैन । तर सञ्चार माध्यममा आएको चर्चाकै आधारमा सो गीत यति लोकप्रिय भइसकेको छ कि, हरेकको जिब्रो जिब्रोमा झुन्डिएको छ । सोही गीत रातको केही समय प्रस्तुत गर्नका निम्ति उनलाई यति ठूलो रकमको अफर आएको छ कि सुन्दै अचम्म लाग्छ ।
टोकियो ।
जापानमा रहँदै आउनुभएका व्यवसायि चिरन्जीवी थापाले व्यक्तिगत सहयोगमा दाङ जिल्लाको विकट बस्तिमा ३० लाख रुपैयाँ बराबरको सोलार व्यानल सहयोग गरेका छन् ।
सिंचाइ र खाने पानीको लागी जापानी प्रबिधिको सोला पम्पिङ हस्तान्तरण गरिएको थापाले जनाएका छन् ।
थापाका अनुसार सोलार प्यानल इसाका जापान र जापान नेपाल क्लिन इनर्जि मार्फत थारु समुदायलाई सो सहयोग निशुल्क गरिएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापानका सल्लाहकार समेत रहेका थापाले शुक्रवार एक समारोह वीच मन्त्री दीपक गिरीको उपस्थितिमा समुदायमै पुगेर सोलार हस्तान्तरण गरेका हुन् ।
थारु समुदायको बसोबास रहेको सो ठाउँमा सिंचाइको अभाव तथा विद्युत सुविधा कमै व्यक्तिले प्रयोग गर्दै आएकोमा थापाको यो सहयोगबाट करिव बीस बिघा जमिनमा सिंचाई पुग्नुका साथै दुई सय घर प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् ।
उमेर २४ वर्ष । घर सुदुरपश्चिम । झट्ट हेर्दा लाउँलाउँ खाउँखाउँको उमेर । लवाइखुवाइ पनि राम्रै । व्यायम निरन्तर गर्ने भएकाले राम्रै ज्यान बनेको थियो । महिनाको झन्डै ५० हजार रुपैयाँ जसोतसो बच्ने । त्यसरी सुखदुःखले कमाएको ५० हजार महिना बिराएर पालैपालो नेपाल पठाउने गर्दथे ।
गएको सोमबार नेपालमा भएको परिवारलाई घरखर्चसहित व्यवहारिक हिसाबकिताबका लागि भन्दै युएईको अजमानमा कार्यरत कन्चनपुर ६ बनगाउका मनोज ठगुन्ना भरत सिंहले साथी प्रज्वलसँग मिलेर घरमा एक लाख रुपैया पैसा पठाउनु भएको थियो ।
साँझपख पैसा पठाएर मनोज सहकर्मी प्रज्वलसँगै आफूबस्ने कम्पनीको कोठामा आउनुभयो । घरमा पैसा पठाएकोबारे कोठामै आएर काठमाडौमा बुवाआमासँगै बस्ने दाइभाउजुलाई फोन गरेर पैसा पठाएको नम्बर टिपाउनु भयो । ‘आज पैसा पठाएँ । भोली पैसा पाउनुहुन्छ निकाल्नुहोला’ फोनमा मनोजले यही कुरा दोहोर्याएर भन्नुभएको थियो ।
फोनमा कुरा गरि सकेर मनोजले कोठामा साथीहरुसँगै मिलेर खाना पकाउँदै गर्दा उहाँलाई छाती दुख्न सुरु भयो । सहकर्मीहरुले खाना खान बोलाउदा छाती दुख्यो भन्दै ओछ्यानबाट उठेर आउनु भयो । खाना खाएर बिस्तारामा पल्टिएका उहाँको छाती दुखिरहेकै थियो ।
साथीभाइले अस्पताल जाउँ, एम्बुलेन्स बोलाउँछौ भन्दा आत्तिनु पर्दैन खटाउछु बरु पानी दिनुस् न भनेर माग्नुभयो । पानी पिएको केही छिनमा उहाँ अचेत हुनुभयो । सहकर्मीहरु आत्तिएर एम्बुलेन्स बोलाए । एम्बुलेन्स मार्फत अस्पताल पुर्याउदा डाक्टरले उहाँको हृदयघातका कारण ज्यान गईसकेको बताए ।
हिजो पैसा पठाएको मान्छे । घरमा पैसा पाए नपाएको अत्तोपत्तो थिएन । १० महिना पहिले युएईको आबुधाबीमा रहेको अलधाबी कन्स्ट्रक्सन कम्पनीको अजमान शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत मनोज भने सधैंका लागि युएईमै अस्ताई सक्नुभएको थियो । हिजो पैसा पठाउन सँगै गएको र आज सहकर्मीको निधनबारे घरमा कसरी खबर गर्ने सहकर्मीहरुलाई अप्ठेरो परेको थियो ।
सहकर्मीहरुले मृतकका दाजुलाई सम्पर्क गरेर मनोजको ज्यान गएकोबारे खबर गरे । परिवारमा रुवावासी छ । मृत्युको खबर पाएको परिवारमा बुवाआमा अहिले अचेत अवस्थामा हुनुहुन्छ ।
यता मृतकको शव सक्दो छिट्टो नेपाल लैजान उहाँका छिमेकी तथा नातेदार सुदुरपश्चिम सेवा समाज युएई अलऐन क्षेत्रीय समितिका अध्यक्ष दिनेश महरा तथा चेतन थापा लागि पर्नुभएको छ । आबुधाबी पुलिस फोर्समा कार्यरत उहाँहरु कामबाट बिदा मिलाएर शव नेपाल पठाउन अस्पताल, प्रशाशन तथा दूतावासको कागजी प्रक्रिया पूरा गर्न खटिनुभएको छ ।
कम्पनीले दिनुपर्ने सेवा सुविधा बापतको रकम खुलाएर आवश्यक सबै प्रक्रिया पूरा गरेर सक्दो छिट्टो शव नेपाल पठाउने दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । मृतकको शव अहिले अजमानको सेख खलिफा अस्पतालमा राखिएको र कम्पनी मालिक युएई भन्दा बाहिर रहेको तथा शुक्रबार र शनिबार सार्वजनिक बिदा हुने भएकोले सोमबारसम्ममा शव नेपाल पठाउने तयारी गरिएको छ । उज्यालो अनलाइनबाट
काठमाडौं ।
बाहिरि हल्लाका खवर बताइरहँदा स्वयं अमेरिकी राष्ट्रपति चुनावमा पराजित भएकी हिलारी क्लिनटनले नै आफ्नो हारको लागि रुसलाई दोस दिएकी छिन् ।
रुसले गरेको इमेल ह्याकिङका कारण आफुले चुनाव हारेको भन्दै हिलारीले डेमोक्रेटिक उम्मेदवारबाट हाफुले हारेको भन्दा यो अमेरिकाको हार भएको समेत बताएकी छिन् ।
हिलारी अमेरिकाको विदेशमन्त्री हुँदा सरकारी काम कारबाहीको क्रममा आफ्नो निजी इमेल प्रयोग गरेको खुलासा भएको थियो जसबाट हिलारीलाई निकै आलोचना सहनु परेको थियो ।
पार्टीका दाताहरुसँग कुरा गर्दै रुसी राष्ट्रपति ब्लादिमिर पुटिनसँग उनको निजी गुनासो रहेको बताइन् किनकी उनले पाँच वर्ष अघि नै चुनावमा धाँधलीको कुरा उठाएका थिए ।
रुसमाथि डेमोक्रेटिक पार्टी र हिलारी क्लिन्टनको एक प्रमुख सहयोगीको इमेल ह्याक गरेको आरोप लागेको छ । तर रुसले यस आरोपको खण्डन गर्दै आएको छ ।
हिलारीले भेनकी छिन् ‘यो केबल मेरो र मेरो अभियानमा मात्रै हमला होइन । यो हमला देशको विरुद्ध छ । यो हाम्रो लोकन्तत्रको अखण्डता र देशको सुरक्षासँग जोडिएको मामिला हो ।’
उता अमेरिकी राष्ट्रपति बराक ओबामाले वर्षको आफ्नो अन्तिम प्रेस कन्फ्रेन्समा ह्याकिङको आरोपलाई सम्हाल्नका लागि आफ्नो तर्फबाट बचाउ गरेका थिए । यद्यपी अमेरिकी राष्टपति बिजेता डोनाल्ड ट्रम्पले यस कुरालाई ‘बेतुक’ भन्दै खारेज गर्दै आएका छन् ।
२ पुस, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको पिद्युत चुहावट र कालोबजारीबाट मुक्त गर्दै लोकसेडिगं न्यून गर्दै लगेका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन हुन लागेको छ ।
‘भ्रष्टहरुको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौं’ भन्ने नारासहित प्रदर्शन हुन लागेको हो ।
उज्यालो नेपालको आयोजना र विवेकशील नेपाली दलको व्यवस्थापनमा र्यालीसहित प्रदर्शन गर्न लागिएको हो ।
भृकुटी मण्डपबाट दिउँसो एक बजेपछि सुरु हुने र्याली खुल्लामञ्च जाने र विशेष साँस्कृतिक कार्यक्रममा परिणत हुने विवेकशील नेपाली समाजले जनाएको छ ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएलगत्तै लोडसेडिङ हटाएर घिसिङ चर्चामा आएका छन् । तर, उनका विरोधीहरुले घिसिङविरुद्ध षडयन्त्र गरिरहेको र देशलाई पुनः अन्धकारमा धकेल्ने चलखेल भइरहेको बताइंदै आएको छ ।
यसअघि लोडसेडिङ मुक्त अभियानमा बाधा पुर्याएको भन्दै ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणका तीन जना सञ्चालकसँग स्पष्टिकरण मागेको थियो ।